1येशू जैतून डाँडामा जानुभयो।
1
امّا عیسی به كوه زیتون رفت
2बिहानै येशू मन्दिर तर्फ र्फकनुभयो। सबै मानिसहरू येशूकहाँ आए। येशू बस्नु भयो र तिनीहरूलाई सिकाउनु भयो।
2
و صبح زود باز به معبد بزرگ آمد و همهٔ مردم به دور او جمع شدند و او نشست و به تعلیم دادن آنها مشغول شد.
3शास्त्रीहरू र फरिसीहरूले एकजना आइमाईलाई त्यहाँ ल्याए। त्यस आइमाईले व्यभिचार गरिररहेको बेला समातिएकी थिई। ती यहूदीहरूले त्यस आइमाईलाई बलजफ्ती जनसमूह समक्ष ल्याए।
3
در این وقت علما و فریسیان زنی را كه در هنگام عمل زنا گرفته بودند پیش او آوردند و در وسط برپا داشتند
4तिनीहरूले येशूलाई भने, “गुरूज्यू, यस आइमाई पर-पुरुषसँग व्याभिचार सम्बन्धमा रहेको बेला समातिई।
4
آنان به او گفتند: «ای استاد، این زن را در هنگام عمل زنا گرفتهایم.
5मोशाको व्यवस्थाले आज्ञा गर्दछ कि यस्तो आइमाईलाई ढुङ्गाले हानेर मार्नु पर्छ। अब तपाईं के भन्नु हुन्छ?”
5
موسی در تورات به ما دستور داده است كه چنین زنهایی باید سنگسار شوند. امّا تو در این باره چه میگویی؟»
6यहूदीहरूले येशूलाई जालमा पार्नुका निम्ति त्यस्ता प्रश्नहरू गरिरहेका थिए। तिनीहरू येशूले गल्ती कुरा गरोस् भन्ने चाहन्थे ताकि तिनीहरूले उहाँलाई आरोप लगाउन सकुन। तर येशू निहुरनु भयो र आफ्नो औंलाले जमीनमा लेख्न थाल्नु भयो।
6
آنان از روی امتحان این را گفتند تا دلیلی برای اتّهام او پیدا كنند. امّا عیسی سر بزیر افكند و با انگشت خود روی زمین مینوشت.
7यहूदीहरूले लगातार त्यही प्रश्न येशूलाई सोधिरहे। तब येशू उभिनु भयो अनि भन्नुभयो, “तिमीहरू माझमा कुनै एक मानिस जो पाप रहित छ त्यो मानिसले उसलाई प्रथम ढुङ्गा हान्ने।”
7
ولی چون آنان با اصرار به سؤال خود ادامه دادند، عیسی سر خود را بلند كرد و گفت: «آن کسیکه در میان شما بیگناه است سنگ اول را به او بزند.»
8तब फेरि येशू निहुँरनु भयो र जमीनमा लेख्नु भयो।
8
عیسی باز سر خود را بزیر افكند و بر زمین مینوشت.
9जब येशूले भनेको तिनीहरूले सुने तिनीहरू एक पछि अर्को गर्दै त्यहाँबाट जान थाले। बूढा मानिसहरूले पहिला छाडे र त्यसपछि अरूअरूले छाड्दै गए। येशू एक्लो छाडिनु भयो त्यस आइमाईसंग। त्यस आईमाई उहाँ समक्ष उभिरहेकी थिई।
9
وقتی آنها این را شنیدند، از پیران شروع كرده یک به یک بیرون رفتند و عیسی تنها با آن زن كه در وسط ایستاده بود، باقی ماند.
10येशू उठनु भयो अनि तिनलाई सोध्नु भयो, “नारी, तिनीहरू कहाँ छन्? तिनीहरू कसैले तिमीलाई दोषी ठहराउन सकेनन्?”
10
عیسی سر خود را بلند كرد و به آن زن گفت: «آنها كجا رفتند؟ کسی تو را محكوم نكرد؟»
11उसले भनी, “महोदय, मलाई कसैले दोषी ठहरयाउन सकेन।” तब येशूले भन्नुभयो, “तब म पनि तिमीलाई दोषी ठहरयाउँदिन, तिमी जान सक्छौ, तर फेरि पाप नर्गनू।”
11
زن گفت: «هیچکس ای آقا.» عیسی گفت: «من هم تو را محكوم نمیکنم، برو و دیگر گناه نكن.»]
12त्यसपछि, येशू फेरि मानिसहरूसंग कुराकानी गर्न थाल्नु भयो। उहाँले भन्नुभयो, “म संसारको ज्योति हुँ। जुन मानिस मेरो पछि लाग्दछ ऊ कहिल्यै अन्धकारमा पर्ने छैन। त्यस मानिसले ज्योति पाउनेछ जसले जीवन प्रदान गर्नदछ।”
12
عیسی باز به مردم گفت: «من نور جهان هستم، کسیکه از من پیروی كند در تاریكی سرگردان نخواهد شد، بلكه نور حیات را خواهد داشت.»
13तब फरिसीहरूले येशूलाई भने, “तपाईं आफै आफ्नु गवाही दिइरहनु भएकोछ। यसर्थ तपाईको गवाही अमान्य ठहरिन्छ।”
13
فریسیان به او گفتند: «تو دربارهٔ خودت شهادت میدهی پس شهادت تو اعتباری ندارد.»
14येशूले जवाफ दिनुभयो, “हो, यदि मैले यी कुराहरू आफ्नै विषयमा भनिरहेको छु। तर मैले भनेका कुरा सत्य हुन्। किनभने म जान्दछु म कहाँबाट आएको हुँ र कहाँ जान्छु। म तिमीहरू जस्तो होइन। तिमीहरू जान्दैनौ म कहाँबाट आएँ र कतातिर गइरहेछु।
14
عیسی در پاسخ گفت: «من حتّی اگر بر خود شهادت بدهم، شهادتم معتبر است، زیرا من میدانم از كجا آمدهام و به كجا میروم ولی شما نمیدانید كه من از كجا آمدهام و به كجا میروم.
15तिमीहरूले मलाई अन्य मानिसलाई सरह न्याय गर्दैछौ। म कुनै मानिसलाई न्याय र्गदिनँ।
15
شما از نظر انسانی قضاوت میکنید، ولی من دربارهٔ هیچکس چنین قضاوت نمیکنم.
16तर यदि मैले न्याय गरें भने, मेरो न्याय सत्य हुनेछ। किन? किनभने जब म न्याय गर्दछु म एक्लो हुन्न। पिता जसले मलाई पठाउनु भयो उहाँ मसंग हुनुहुन्छ।
16
اگر قضاوت هم بكنم قضاوت من درست است، چون در این كار تنها نیستم، بلكه پدری كه مرا فرستاد نیز با من است.
17तिमीहरूको आफ्नै व्यवस्था छ कि यदि दुई जना गवाहीले एउटै कुरा भन्यो भने तिमीहरूले स्वीकार गर्नैपर्छ।
17
در شریعت شما هم نوشته شده است، كه گواهی دو شاهد معتبر است:
18म त्यस्तै एक गवाही हुँ जसले आफ्नै विषयमा भन्दछ। अनि पिता जसले मलाई पठाउनु भयो उहाँ अर्को गवाही हुनुहुन्छ।”
18
یکی خود من هستم كه برخود شهادت میدهم و شاهد دیگر، پدری است كه مرا فرستاد.»
19मानिसहरूले सोधे, “तपाईंको पिता कहाँ छ?” येशूले जवाफमा भन्नुभयो, “तिमीहरूले मलाई अथवा मेरो पितालाई चिन्दैनौ। यदि तिमीहरूले मलाई चिन्दछौ भने, तिमीहरूले मेरो पितालाई पनि चिन्दछौ।”
19
به او گفتند: «پدر تو كجاست؟» عیسی پاسخ داد: «شما نه مرا میشناسید و نه پدر مرا. اگر مرا میشناختید پدر مرا نیز میشناختید.»
20येशूले यी कुराहरू मन्दिरमा सिकाई रहनु भएको बेलामा भन्नुभयो। उहाँ त्यस ठाउँको छेऊमा हुनुहुन्थ्यो जहाँ सबै जना मानिसहरू भेटी चढाउन आउँथे। तर कुनै मानिसले पनि उहाँलाई पक्वेनन्। यशूको ठीक समय अझ आइपुगेको थिएन। येशूको विषयमा यहूदीहरूले भुझेनन्
20
عیسی این سخنان را هنگامیکه در بیتالمال معبد بزرگ تعلیم میداد گفت و کسی به طرف او دست دراز نكرد، زیرا وقت او هنوز نرسیده بود.
21फेरि, येशूले मानिसहरूलाई भन्नुभयो, “म तिमीहरूलाई छोडेर जानेछु। तिमीहरूले मलाई मलाई खोज्ने-छौ, तर तिमीहरू आफ्नै पापले मर्नेछौं। जहाँ म गइरहेछु त्यहाँ तिमीहरू आउन सक्तैनौ।”
21
باز عیسی به ایشان گفت: «من میروم و شما به دنبال من خواهید گشت ولی در گناهان خود خواهید مرد و به جاییکه من میروم نمیتوانید بیایید.»
22तब यहूदीहरूले आपसमा सोधे, “के येशूले आफैलाई मार्नेछ? के यसको अर्थ यो हो जब उहाँले भन्नु भयो, ‘जहाँ म गइरहेको छु त्यहाँ तिमीहरू आउन सक्तैनौ?”
22
یهودیان به یكدیگر گفتند: «وقتی میگوید جاییکه من میروم شما نمیتوانید بیایید، آیا منظورش این است كه او میخواهد خودش را بكشد؟»
23तर येशूले ती यहूदीहरूलाई भन्नुभयो, “तिमीहरू यहाँ तलबाट आएका हौ। तर माथिबाट आएको हुँ। तिमीहरू यस संसारका हौ, तर म यस संसारको होइन।
23
عیسی به آنها گفت: «شما به این عالم پایین تعلّق دارید و من از عالم بالا آمدهام، شما از این جهان هستید، ولی من از این جهان نیستم.
24मैले भनिसकें तिमीहरू आफ्नै पापहरूमा मर्नेछौ। हो, तिमीहरू आफ्नै पापहरूमा मर्नेछौ, यदि तिमीहरूले मलाई म उही हो भनेर विश्वास गरेनौ भने।”
24
به این جهت به شما گفتم كه در گناهان خود خواهید مرد. اگر ایمان نیاورید كه من او هستم، در گناهان خود خواهید مرد.»
25यहूदीहरूले सोधे, “तब तिमी को हौ?” येशूले जवाफ दिनुभयो, “शुरुदेखि नै मैले तिमीहरूलाई जे भनिरहेछु म त्यही हुँ।
25
آنان از او پرسیدند: «تو كیستی؟» عیسی جواب داد: «من همان کسی هستم كه از اول هم به شما گفتم.
26तिमीहरूका विषयमा मलाई धेरै कुराहरू भन्नु छ। तिमीहरूलाई म न्याय गर्न सक्थें, तर उहाँ एक जसले मलाई पठाउनु भयो सत्य उहाँ नै हुनुहुन्छ। उहाँबाट जे कुरा मैले सुने ती कुराहरू बोल्छु।”
26
چیزهای زیادی دارم كه دربارهٔ شما بگویم و داوری نمایم امّا فرستندهٔ من حق است و من آنچه را كه از او شنیدهام به جهان اعلام میکنم.»
27येशू कुन विषयमा कुरा गरिरहेछन् भनेर मानिसहरूले बुझ्दैनन्। येशूले तिनीहरूलाई पिताको विषयमा भनिरहनु भएको थियो।
27
آنها نفهمیدند كه او دربارهٔ پدر با آنان صحبت میکند.
28यसैले मानिसहरूलाई भन्नुभयो, “तिमीहरूले मानिसको पुत्रलाई उठाउनेछौ त्यतिबेला मात्र म उही हुँ भनेर तिमीहरू जान्नेछौ। तिमीहरूले जान्नेछौ कि जुन कुराहरू म गरिरेहछु त्यो मेरो आफ्नै अधिकारबाट गरेको होइन। तिमीहरूले जान्नेछौ कि मैले जे जति कुराहरू भन्दैछु त्यो पिताबाट मैले जानेको हो।
28
به همین دلیل عیسی به آنان گفت: «وقتی شما پسر انسان را از زمین بلند كردید آن وقت خواهید دانست كه من او هستم و از خود كاری نمیکنم، بلكه همانطور كه پدر به من تعلیم داده است سخن میگویم.
29परमेश्वर जसले मलाई पठाउनु भयो उहाँ मसंग हुनुहुन्छ। म सधैं त्यही कुरा गर्दछु जसले उहाँलाई खुशी दिँदछ। यसैले उहाँले मात्र मलाई एकलै छोडनु भएन।”
29
فرستندهٔ من با من است. پدر مرا تنها نگذاشته است، زیرا من همیشه آنچه او را خشنود میسازد به عمل میآورم.»
30जब येशूले यी कुराहरू गरिरहनु भएको थियो, धेरौ मानिसहरूले उहाँलाई विश्वास गरे।
30
در نتیجهٔ این سخنان بسیاری به او گرویدند.
31तब येशूले भन्नुभयो कि यहूदीहरू जसले उहाँमाथि विश्वास गरे, “यदि तिमीहरूले लगातार मेरो शिक्षाहरू पालन गरिरह्यौ भने तिमीहरू साँच्चै मेरो चेलाहरू हौ।
31
سپس عیسی به یهودیانی كه به او گرویده بودند گفت: «اگر مطابق تعالیم من عمل كنید، در واقع شاگردان من خواهید بود
32तब मात्र तिमीहरूले सत्य जान्नेछौ। अनि सत्यले तिमीहरूलाई मुक्ति गराउनेछ।”
32
و حقیقت را خواهید شناخت و حقیقت شما را آزاد خواهد كرد.»
33यहूदीहरूले जवाफ दिए, “हामी अब्राहामका सन्तान हौ। अनि हामी कहिल्यै कसैको दास भएका छैनौ। तब किन भन्छौ, ‘तिमीहरू’, स्वतन्त्र हुनेछौ?”
33
آنها به او جواب دادند: «ما فرزندان ابراهیم هستیم و هرگز بردهٔ كسی نبودهایم. مقصود تو از اینكه میگویی شما آزاد خواهید شد چیست؟»
34येशूले जवाफ दिनुभयो, “म साँचो भन्दछु। प्रत्येक मानिस जसले लगातार पाप गर्छ ऊ पापको दास हो। पाप उसको मालिक हो।
34
عیسی به ایشان گفت: «یقین بدانید كه هرکسی كه گناه میکند بردهٔ گناه است
35दास सदैव मालिकको परिवारसंग बस्दैन। तर छोरो सधैं परिवारसंग बस्छ।
35
و برده همیشه در میان اهل خانه نمیماند ولی پسر همیشه میماند.
36यसर्थ जब पुत्रले तिमीहरूलाई स्वतन्त्र पार्दछ, तब तिमीहरू सत्यरूपमा स्वतन्त्र हुनेछौ।
36
پس اگر پسر، شما را آزاد سازد واقعاً آزاد خواهید بود.
37म जान्दछु तिमीहरू अब्राहामका सन्तान हौ। तर तिमीहरू मलाई मार्न चाहन्छौ। किनभने तिमीहरू मेरो वचन स्वीकार गर्न चाहँदैनौ।
37
میدانم كه شما فرزندان ابراهیم هستید. امّا چون تعالیم من در دلهای شما جایی ندارد، میخواهید مرا بكشید.
38म भनिरहेछु कि जे पिताले मलाई देखाउनु भयो तर तिमीहरूले त्यो काम गर्दछौ जो तिम्रा पिताबाट तिमीहरूले सुन्यौ।”
38
من دربارهٔ آنچه در حضور پدر دیدهام سخن میگویم و شما هم آنچه را از پدر خود آموختهاید، انجام میدهید.»
39यहूदीहरूले भने, “हाम्रा पिता अब्राहाम हुन्।” येशूले भन्नुभयो, “यदि तिमीहरू साँच्चि नै अब्राहामका सन्तान हुँदा हौ त तिमीहरूले त्यही कुराहरू गर्ने थियौ जुन कुरो अब्राहामले गरे।
39
آنها در پاسخ گفتند: «ابراهیم پدر ماست.»
عیسی به آنها گفت: «اگر فرزندان ابراهیم میبودید، کارهای او را بجا میآورید،
40म मानिस हुँ जसले परमेश्वरबाट सुनेको सत्य बताएँ। तर तिमीहरू मलाई मार्ने प्रयास गर्छौ। अब्राहमले त्यस्ता कुरा गरेनन्।
40
ولی حالا میخواهید مرا بكشید، درحالیکه من همان کسی هستم كه حقیقت را آنچنانکه از خدا شنیدهام به شما میگویم. ابراهیم چنین کاری نكرد.
41तब तिमीहरूले त्यही कुराहरू गरिरहेकाछौ जो तिम्रा आफ्नै पिताले गर्छन्। तर यहूदीहरूले भने, “हामी त्यस्ता अवैद्य बालहरू होइनौं जसले कहिल्यै पनि आफ्ना पिता को थिए जानेनौ। परमेश्वर नै हाम्रा पिता हुन्। हाम्रा अरु पिता छैनन्।”
41
شما كارهای پدر خود را بجا میآورید.»
آنها به او گفتند: «ما حرامزاده نیستیم، ما یک پدر داریم و آن خود خداست.»
42येशूले ती यहूदीहरूलाई भन्नुभयो, “यदि परमेश्वर साँच्चै तिमीहरूका पिता भएको भए तिमीहरूले मलाई प्रेम गर्ने थियौ। म परमेश्वरबाटै आएको हुँ, र म यहाँ छु। म आफ्नै अधिकारबाट आएको होइन। परमेश्वरले मलाई पठाउनु भयो।
42
عیسی به آنها گفت: «اگر خدا پدر شما میبود، مرا دوست میداشتید؛ زیرا من از جانب خدا آمدهام و در بین شما هستم. من خودسرانه نیامدهام، بلكه او مرا فرستاد.
43तिमीहरूले यी कुराहरू किन बुझदैनौ, जो म सिकाउँछु? किनभने तिमीहरूले मेरो शिक्षा स्वीकार गर्न सक्तैनौ।
43
چرا سخنان مرا نمیفهمید؟ برای اینكه طاقت شنیدن چنین سخنانی را ندارید.
44तिमीहरूका पिता शैतान हो। तिमीहरू उसका सन्तान हौ। उसले जे चाहन्छ तिमीहरू त्यही गर्दछौ। शैतान आदिकालदेखि नै हत्यारा थियो। उ सधैं सत्यको विरुद्धमा छ अनि उभित्र सत्य छैन। जब ऊ झूटो बोल्छ तब उसले त्यो झूठो स्वभाविक रूपले बोल्छ। हो शैतान असत्यवादी अनि असत्यको पिता हो ।
44
شما فرزندان پدر خود، ابلیس هستید و آرزوهای پدر خود را به عمل میآورید. او از اول قاتل بود و از راستی بیخبر است، چون در او هیچ راستی نیست. وقتی دروغ میگوید مطابق سرشت خود رفتار مینماید؛ زیرا دروغگو و پدر تمام دروغهاست.
45म साँचो भन्दछु। त्यसैले तिमीहरू मलाई विश्वास गर्दैनौ।
45
امّا من چون حقیقت را به شما میگویم، به من ایمان نمیآورید.
46म पापको दोषी छु भनेर तिमीहरूमा कसले प्रमाण दिन सक्छौ? म तिमीहरूलाई सत्य भन्दछु किन तिमीहरू मलाई विश्वास गर्दैनौ?
46
کدامیک از شما میتواند گناهی به من نسبت دهد؟ پس اگر من حقیقت را میگویم، چرا به من ایمان نمیآورید؟
47जो परमेश्वरको हो उसले परमेश्वरले भन्नु भएका कुरा मान्दछ। तर तिमीहरू परमेश्वरले जे भन्नु हुन्छ त्यो स्वीकार्दैनौ, किनभने तिमीहरू परमेश्वरका होइनौ।”
47
کسیکه از خدا باشد، به كلام خدا گوش میدهد. شما به كلام خدا گوش نمیدهید، چون از خدا نیستید.»
48यहूदीहरूले उत्तर दिए, “हामीहरूले भन्यौ तिमी सामरी हौ। अनि भूतात्मा तिमीभित्र छ। के यस्तो भन्नु हामी सही छैनौं?
48
یهودیان در جواب به او گفتند: «آیا درست نگفتیم كه تو سامری هستی و دیو داری؟»
49येशूले उत्तर दिनुभयो, “म भित्र भूतात्मा छैन। म आफ्ना पितालाई सम्मान गर्छु तर तिमीले मलाई सम्मान गर्दैनौ।
49
عیسی گفت: «من دیو ندارم، بلكه به پدر خود احترام میگذارم ولی شما مرا بیحرمت میسازید.
50म आफ्नै सम्मान पाउने कोशिश गरिरहेको छुँइन उहाँ एक हुनुहुन्छ जसले मेरो निम्ति सम्मान चाहनु हुन्छ। उहाँ न्यायकर्ता हुनुहुन्छ।
50
من طالب جلال خود نیستم، كس دیگری هست كه طالب آن است و او قضاوت میکند.
51म साँचो भन्छु। यदि कुनै मानिसले मेरो वचन पालन गर्छ भने, त्यो मानिस कहिल्यै मर्ने छैन।”
51
یقین بدانید اگر کسی از تعالیم من اطاعت نماید، هرگز نخواهد مرد.»
52यहूदीहरूले येशूलाई भने, “अब हामी पक्का भयौं कि तिमीभित्र भूतात्मा छ अनि अगमवक्ताहरू अनि अब्राहाम पनि मरे। तर तिमी भन्छौ, ‘जुन मानिसले तिम्रो वचन पालन गर्दछ ऊ कहिल्यै मर्ने छैन।’
52
یهودیان به او گفتند: «حالا مطمئن شدیم كه تو دیو داری. ابراهیم و همهٔ انبیا مردند ولی تو میگویی: هرکه از تعالیم من اطاعت نماید، هرگز نخواهد مرد.
53के तिमी आफैलाई हाम्रा पिता अब्राहामभन्दा महान सोच्छौ? अब्राहाम मरे। अनि अगमवक्ताहरू पनि मरे। तिमी आफूलाई के सम्झन्छौ?”
53
آیا تو از پدر ما ابراهیم و همهٔ انبیایی كه مردهاند بزرگتری؟ فكر میکنی كه هستی؟»
54येशूले जवाफ दिनुभयो, “यदि मैले आफूलाई सम्मान दिएको भए, त्यो सम्मान व्यर्थ हो। जसले मलाई सम्मान दिनुभयो उहाँ मेरा पिता हुनुहुन्छ। अनि जसलाई तिमीहरू आफ्नो परमेश्वर भन्छौ।
54
عیسی پاسخ داد: «اگر من خود را آدم بزرگی بدانم این بزرگی ارزشی ندارد، آن پدر من است كه مرا بزرگی و جلال میبخشد، همان کسیکه شما میگویید خدای شماست.
55तिमीहरू वास्तवमा उहाँलाई चिन्दैनौ। म उहाँलाई चिन्दछु। यदि मैले मेरा पितालाई चिनिनँ भने म तिमीहरू जस्तै झुटो हुनेछु। तर म उहाँलाई चिन्दछु। अनि म उहाँले जे भन्नुहुन्छ पालन गर्छु।
55
شما هیچوقت او را نشناختهاید، امّا من او را میشناسم و اگر بگویم كه او را نمیشناسم، مانند شما دروغگو خواهم بود، ولی من او را میشناسم و آنچه میگوید اطاعت میکنم.
56तिम्रा पिता अब्राहाम म आउने दिन हेर्नलाई र्हषित थिए। उनले त्यो दिन देखे र र्हषित भए।”
56
پدر شما ابراهیم از اینكه امید داشت روز مرا ببیند، خوشحال بود و آن را دید و شادمان شد.»
57यहूदीहरूले येशूलाई भने, “तिमीले अब्राहामलाई देखकाछौ? तिमी 50र्बष पनि पुगेका छैनौ!
57
یهودیان به او گفتند: «تو هنوز پنجاه سال هم نداری پس چگونه ممكن است، ابراهیم را دیده باشی؟»
58येशूले उत्तर दिनुभयो, “म तिमीलाई साँचो भन्छु। अब्राहाम जन्मनु अघि म छु।”
58
عیسی به ایشان گفت: «یقین بدانید كه پیش از تولّد ابراهیم، من بودهام و هستم.»
آنها سنگ برداشتند كه به سوی عیسی پرتاب كنند ولی از نظر مردم دور شد و معبد بزرگ را ترک كرد و رفت.
59जब येशूले त्यसो भने, मानिसहरूले उहाँमाथि ढंङ्गाहरू टिपेर हाने। तर येशू लुक्नु भयो र मन्दिर छाडेर जानुभयो।
59
آنها سنگ برداشتند كه به سوی عیسی پرتاب كنند ولی از نظر مردم دور شد و معبد بزرگ را ترک كرد و رفت.