1सबै मानिसहरूले यर्दन नदीपार गरिसके पछि परमप्रभुले यहोशूलाई भन्नुभयो,
1
وقتیکه همهٔ مردم به سلامتی از رود اردن عبور کردند، خداوند به یوشع فرمود:
2“प्रत्येक कुल समूहबाट एक-एकजना गरी बाह्र जना मानिसहरू छान।
2
«دوازده نفر، یکی از هر طایفه انتخاب کن
3त्यहाँ तिनीहरूलाई नदीमा जहाँ पूजाहारीहरू उभिरहेका छन् हेर भन्। त्यस स्थानमा बाह्रवटा ढुङ्गा खोज भनी तिनीहरूलाई भन। ती बाह्रवाटा ढुङ्गाहरू तिमीहरुलेबोक। आज राती तिमीहरू जहाँ बस्छौ त्यस स्थानमा ती बाह्रवटा ढुङ्गाहरूलाई राख।”
3
به آنها بگو که هرکدام یک سنگ از همان جای خشک رودخانه که کاهنان ایستادهاند، بردارند و در جایی که امشب اردو میزنید، بگذارند.»
4यसकारण यहोशूले प्रत्येक कुल समूहबाट एक एकजना मानिसलाई चुने। तब तिनले ती बाह्र-मानिसहरूलाई साथमा बोलाए।
4
پس یوشع آن دوازده نفر نمایندهٔ طایفههای اسرائیل را فرا خوانده،
5यहोशूले ती मानिसहरूलाई भने, “नदीको त्यस ठाउँमा जाऊ जहाँ परमप्रभु तिमीहरूका परमेश्वरको करारको सन्दूक छ। तिमीहरू प्रत्येकले एक-एकवटा ढुङ्गा लिनै पर्छ। इस्राएलका बाह्र कुल समूह प्रत्येक समूहको लागि तिमीहरूले एक एकवटा ढुङ्गा लेऊ। यी ढुङ्गा तिमीहरूले आफ्नो काँधमा बोक।
5
به آنها گفت: «به رود اردن، جایی که صندوق پیمان خداوند خدایتان قرار دارد، بروید و هر کدام به نمایندگی از هر طایفهٔ اسرائیل، یک سنگ را بر روی شانهٔ خود بیاورید.
6यी ढुङ्गाहरू तिमीहरूका निम्ति यादको चिन्ह हुनेछन। भविष्यमा, तिमीहरूका छोरा-छोरीहरूले तिमीहरूलाई ‘यी ढुङ्गाहरूको अर्थ के हो? भनी सोध्नेछन्’
6
آن دوازده سنگ، کارهای بزرگی را كه خداوند برای آنها انجام داده است، به یاد میآورند. و در آینده چون فرزندان شما بپرسند که این سنگها برای چیست،
7तिमीहरूले छोरा-छोरीहरूलाई भन्ने छौ कि परमप्रभुले यर्दन नदीको पानी बग्न बन्द गरिदिनु भयो। जब परमप्रभुको करारको पवित्र सन्दूक नदीपार भयो। ती ढुङ्गाहरूले इस्राएलका मानिसहरूलाई यो कुरा सदा याद गर्नमा सहायता गर्नेछ।”
7
شما به آنها بگویید که وقتی صندوق پیمان خداوند از رود اردن عبور میکرد، جریان آب قطع شد و به همین سبب، این سنگها برای بنیاسرائیل خاطرهای جاودانه میباشند.»
8यसकारण इस्राएलका मानिसहरूले यहोशूको आज्ञा पालन गरे। तिनीहरूले यर्दन नदीको माझबाट बाह्रवटा ढुङ्गाहरू बोके। इस्राएलका बाह्र कुल समूहका प्रत्येकले एक-एकवटा ढुङ्गा लिए। तिनीहरूले यो काम परमप्रभुले यहोशूलाई आज्ञा गर्नु भए अनुसार गरे। मानिसहरूले ती ढुङ्गाहरू आफूसित बोके। त्यसपछि तिनीहरूले ती ढुङ्गाहरू त्यस स्थानमा राखे जहाँ तिनीहरूले आफ्ना छाउनी खडा गरेका थिए।
8
آنها دستور یوشع را بجا آوردند و همانطور که خداوند فرموده بود، به نمایندگی از دوازده طایفهٔ اسرائیل دوازده سنگ از رود اردن آورده، در جایی که اردوگاه ایشان بود، قرار دادند.
9यहोशूले बाह्रवटा ढुङ्गाहरू यर्दन नदीका माझमा राखे। उसले ती ढुङ्गाहरू त्यस स्थानमा राखे जहाँ परमप्रभुको पवित्र सन्दूक बोक्दा पूजाहारीहरू उभिएका थिए। त्यस स्थानमा ती ढुङ्गाहरू आजसम्म पनि छन्।
9
یوشع در وسط رودخانه، جایی که کاهنان حامل صندوق پیمان خداوند ایستاده بودند نیز دوازده سنگ بر روی هم قرار داد. آن سنگها تا به حال در همانجا قرار دارند.
10परमप्रभुले यहोशूलाई आज्ञा दिनु भएको थियो कि मानिसहरूलाई भन कि तिनीहरूले के गर्नु पर्छ। ती यी कुराहरू थिए जो मोशा र यहोशूले गर्नैपर्छ भनेका थिए। जबसम्म पवित्र सन्दूक बोकेर पूजाहारीहरू नदीको माझमा उभिरहे तबसम्म ती कुराहरू पूरा भएनन्। मानिसहरू हत्तारिएर नदीपारि गए।
10
کاهنان در وسط رودخانه ایستادند تا آنچه را که خداوند به یوشع دستور داده بود، انجام شود. همانطور که موسی به یوشع فرموده بود.
قوم با عجله از رودخانه عبور کرد.
11मानिसहरूले नदी तर्ने काम सके त्यसपछि, पूजाहारीहरूले परमप्रभुको सन्दूक मानिसहरूको समक्ष बोकेर ल्याए।
11
بعد از آنکه همگی به آن طرف رودخانه رسیدند، کاهنان حامل صندوق پیمان خداوند، پیشاپیش مردم به راه افتادند.
12रूबेन, गाद अनि मनश्शेका आधा कुल समूहका लडाकु मानिसहरूले मोशाका आदेशहरू अनुशरण गरे र नदी पार गरी अरू मानिसहरूको अगाडि गए।
12
مردان طایفهٔ رئوبین، جاد و نصف طایفهٔ منسی برحسب دستور موسی، پیشاپیش مردم دیگر حرکت کردند.
13झण्डै चालिस हजार सैनिकहरू युद्धका निम्ति तयार भए, तिनीहरू यरीहोको मैदानतिर गएर परमप्रभुको अगाडि नदी पार गरे।
13
در حدود چهل هزار نفر، همگی مسلّح و آماده برای جنگ از صحرای اریحا گذشتند.
14त्यस दिन परमप्रभुले इस्राएलका सबै मानिसहरूको नजरमा यहोशूलाई एक महान मानिस बनाउनु भयो। त्यस समय देखि मानिसहरूले यहोशूलाई सम्मान गर्न थाले। तिनीहरूले यहोशूलाई तिनको जीवनकाल भरि त्यही प्रकारले सम्मान गरे जसरी तिनीहरूले मोशालाई सम्मान गर्थे।
14
در آن روز خداوند یوشع را در نظر بنیاسرائیل سرافراز نمود. و در تمام طول عمرش همانطور که به موسی احترام میگذاشتند، به او نیز احترام میگذاشتند.
15सन्दूक बोकेर पूजाहारीहरू नदीमा उभिरहेका बेला परमप्रभुले यहोशूलाई भन्नु भयो,
15
خداوند به یوشع فرمود: «به کاهنان حامل صندوق پیمان خداوند بگو که از رود اردن خارج شوند.»
16“पूजाहारीहरूलाई यर्दन नदीबाट बाहिर निस्कनु भनी आदेश दे।”
16
پس یوشع امر کرد که آنها از رودخانه بیرون بیایند.
17यसकारण यहोशूले पूजाहारीहरूलाई आदेश दिए। तिनले भने, “यर्दन नदीको बाहिर आऊ।”
17
همین که کاهنان از رود اردن خارج شدند و پای به خشکی گذاشتند، آب رودخانه دوباره به حالت اول خود برگشت و آب آن بر تمام کنارههایش جاری شد.
18पूजाहारीहरूले यहोशूको आज्ञा पालन गरे। तिनीहरूले आफूसित सन्दूक बोके अनि नदी बाहिर आए। जब पूजाहारीहरूले नदीको पल्लो छेउको भूमिलाई छोए, नदीको पानी फेरि बग्न शुरूभयो। पानीले यसको किनारहरू त्यस्तै गरि ढाक्यो जसरी मानिसहरू नदी पार गर्नु अघि ढाकेको थियो।
18
روزی که مردم اسرائیل از رود اردن عبور کردند، روز دهم ماه اول سال بود و آنها در جلجال، در سرحد شرقی اریحا، اردو زدند.
19मानिसहरूले पहिलो महीनाको दशौं दिनमा यर्दन नदीपार गरे। मानिसहरूले यरीहोको पूर्व गिलगालमा छाउनी बसाए।
19
یوشع در آنجا دوازده سنگی را که از رود اردن آورده بودند، بر روی هم نصب کرد.
20मानिसहरूले तिनीहरूसित ती बाह्रवटा ढुङ्गाहरू बोके जो यर्दन नदीबाट ल्याएका थिए। अनि यहोशूले ती ढुङ्गाहरूलाई गिलगालमा स्थापना गरे।
20
آنگاه به مردم گفت: «در آینده وقتی فرزندان شما بپرسند که این سنگها برای چیست؟
21तब यहोशूले मानिसहरूलाई भने, “भविष्यमा तिमीहरूका छोरा-छोरीहरूले आफ्ना माता-पितालाई सोध्नेछन्, ‘यी ढुङ्गाहरूको अर्थ के हो?’
21
شما به آنها بگویید که این سنگها به یادبود روزی است که مردم اسرائیل از میان رود اردن، از خشکی عبور کردند.
22तिमीहरूले छोरा छोरीहरूलाई भन्नेछौ, ‘ती ढुङ्गाहरूले इस्राएलका मानिसहरूले सूख्खा भूमि भएर कसरी यर्दन नदी पार गरे सो सम्झना दिलाउन हामीलाई सहायता गर्नेछ।
22
بگویید که خداوند خدای ما، آب رود اردن را خشک کرد و آن را نگه داشت تا همگی از رود عبور کردند. درست مانند همان معجزهای که چهل سال پیش انجام شد، یعنی وقتیکه خداوند آب دریای سرخ را خشک کرد تا ما از آن عبور کنیم.
تا تمام مردم روی زمین بدانند که قدرت خداوند عظیم است و شما نیز همیشه به خداوند خدای خود احترام بگذارید.»
23परमप्रभु तिमीहरूका परमेश्वरले यर्दन नदीको पानीलाई बग्न बन्द गरिदिनु भयो यसकारण तिमीहरूले सूख्खा भूमि भएर यर्दन पार गर्न सक्यौ-ठीक त्यही बेलामा जस्तै जब परमप्रभुले लाल समुद्रको पानीलाई रोकि दिनु भयो अनि हामीले यसलाई सूख्खा भूमि भएर पार गर्न सक्यौ।’
23
تا تمام مردم روی زمین بدانند که قدرت خداوند عظیم است و شما نیز همیشه به خداوند خدای خود احترام بگذارید.»
24परमप्रभुले यस भूमिमा भएका मानिसहरूलाई उहाँ अति शक्तिशाली हुनुहुन्छ र तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रत्येक दिन स्मारण गरून् भनी यसो गर्नु भयो।”