Nepali

Persian

Leviticus

20

1परमप्रभुले मोशालाई भन्नुभयो,
1 خداوند به موسی فرمود:
2“तिमीले इस्राएलीहरूलाई यी कुराहरू भन्नुपर्छ इस्राएलीहरू मध्ये कोही पनि होस् देशी अथवा विदेशी, तिनीहरू मध्ये कसैले आफ्ना नानीहरूबाट एक जनालाई मिथ्या देवता मोलेकलाई दिन्छ भने उसलाई मार्नैपर्छ। यस देशका मानिसहरूले उसलाई ढुङ्गले हिर्काएर मार्नुपर्छ।
2 «به قوم اسرائیل بگو که هرکسی، چه اسرائیلی باشد چه بیگانه‌ای که در بین آنها زندگی می‌کند، اگر فرزندان خود را برای بت مولِک قربانی کند، باید سنگسار شود.
3म त्यस मानिसको विरोधमा हुनेछु। उसलाई म आफ्ना मानिसहरूबाट छुट्‌याउनेछु। किन? किनभने उसले आफ्ना नानीहरू मोलेकलाई दिन्छ अनि यसरी मेरो पवित्र नामको सम्मान गरेन अनि मेरो पवित्र स्थानलाई अशुद्ध बनाउँछ।
3 من خودم برضد او بر می‌خیزم و از بین قوم طردش می‌کنم، زیرا فرزندان خود را برای بت مولِک قربانی کرده و با این کار خود معبد مرا آلوده و نام مقدّس مرا بی‌حرمت نموده است.
4जब त्यस मानिसले मोलेकलाई आफ्नो नानी दिन्छ समुदायका मानिसहरूले उसलाई ध्यान दिदैनन् अनि उसलाई मार्दैनन्,
4 اگر مردم از گناه او چشم بپوشند و او را محکوم به مرگ نکنند،
5म त्यस मानिसलाई साथै त्यसको परिवारलाई विरोध गर्नेछु। म तिनलाई तिनको आफ्नै मानसिहरूबाट अलग गर्नेछु। ती सबै मानिसहरू जो मोलेकको पूजा गर्न प्रभावित भएका थिए, म तिमीहरूलाई तिमीहरूको आफ्नै मानिसहरूबाट अलग गर्नेछु।
5 آن وقت خودم به ضد او و خانواده‌اش و همهٔ کسان دیگری که با پرستش بت مولِک به من خیانت کرده‌اند، بر می‌خیزم و آنها را از بین قوم طرد می‌کنم.
6कुनै मानिस जो सल्लाह लिनु झाँक्री अथवा जादूगर कहाँ जान्छ, उसले मलाई अविश्वास गर्दैन यसर्थ म उसलाई आफ्ना मानिसहरूबाट छुट्‌याउनेछु।
6 «اگر شخصی از ارواح و جادوگران کمک طلب کند، گناهکار است و من به ضد او بر می‌خیزم و از بین قوم طردش می‌کنم.
7“तिमी आफैंलाई पवित्र बनाऊ अनि पवित्र भएर बस। किनभने, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
7 پس خود را تقدیس کنید، و مقدّس باشید، زیرا من خداوند خدای شما هستم.
8मेरा विधिहरू सम्झना गर अनि तिनीहरूलाई अनुसरण गर। म तिमीहरूको परमप्रभु हुँ जसले तिमी सबै मानिसहरूलाई पवित्र बनाउँछु।
8 احکام مرا بجا آورید. من خداوند هستم و شما را پاک و مقدّس می‌سازم.
9“यदि कुनै मानिसले आफ्नो आमा अथवा बाबुलाई सराप दिन्छ भने त्यास मानिसलाई मारिनुपर्छ। जब उसले आफ्नो आमा-बाबुलाई सराप दिएको कारण उसको मृत्युको जिम्मावारी ऊ आफैं हुनेछ। व्यभिचारका पापहरूको निम्ति दण्ड
9 «هرکسی که پدر یا مادر خود را لعنت کند باید کشته شود و خونش به گردن خودش می‌باشد.
10“यदि कुनै मानिसले आफ्नो छिमेकीकी स्वास्नीसित सहवास गरे ती दुवैलाई मार्नुपर्छ कारण ती दुवैजना व्यभिचारको दोषी हुन्।
10 «اگر شخصی با زن شخص دیگری زنا کند، باید زن و مرد هر دو کشته شوند.
11यदि कुनै मानिसले आफ्नो बाबुकी स्वास्नी (सौतेनी आमा) सँग सहवास गर्छ भने ती दुवै जनालाई मारिनुनै पर्छ, आफ्नो मृत्युको निम्ति तिनीहरू स्वयं जिम्मेवार हुन्। यो त्यस मानिसले आफ्नै बाबुसित सहवास गरे झैं हो।
11 کسی‌که با زن پدر خود همبستر شود، به پدر خود بی‌حرمتی کرده است و هر دو باید کشته شوند و خونشان به گردن خودشان خواهد بود.
12“यदि कुनै मानिसले आफ्नो छोरा बुहारीसित सहवास गरे ती दुइजनालाई मार्नैपर्छ। तिनीहरू आफैं तिनीहरूको मृत्युको निम्ति जिम्मेवार छन् कारण तिनीहरूले खुबै अधम व्यभिचार गरेका हुन्छन्।
12 هرگاه مردی با عروس خود زنا کند، هر دو باید کشته شوند، زیرا با محرم خود زنا کرده است و خونشان به گردن خودشان خواهد بود.
13“यदि एकजना मानिसले अर्को पुरूषसँग स्त्रीसँग झैं सहवास गरे, तिनीहरूले भयंकर पाप गरेको बुझिन्छ। तिनीहरूलाई मार्नै पर्छ र तिनीहरू स्वंय आफ्नो मृत्युको निम्ति जिम्मेवार हुन्छन्।
13 اگر مردی با مرد دیگری رابطهٔ جنسی داشته باشد، هردوی آنها مرتکب کار زشتی شده‌اند و باید هر دو کشته شوند، خودشان مسئول مرگ خودشان خواهند بود.
14“यदि एकजना मानिसले आमा र छोरी दुवैसँग शारिरिक कर्म गर्छ यो व्यभिचार पाप हो। तिमीले मानिसहरूमा यस्तो व्यभिचार हुन दिनु हुँदैन। तिमीले मानिस अनि स्त्री दुवैलाई आगोमा जलाउनु पर्छ।
14 اگر مردی با زنی و مادر او ازدواج کند، گناه عظیمی را مرتکب شده است و هر سه را باید در آتش بسوزانند، تا این لکهٔ بدنامی از میان شما پاک شود.
15“यदि कुनै मानिसले पशुसँग सम्भोग गरे त्यस मानिस र पशुलाई मार्नुपर्छ।
15 اگر مردی با یک حیوان جماع کند، آن مرد با حیوان یک‌‌جا کشته شوند.
16यदि कुनै स्त्री पशुसँग सम्भोग गरे त्यस स्त्री र पशुलाई मार्नु र्पछ। तिनीहरू आफ्नो मृत्युको निम्ति आफैं जिम्मेवार हुन्छन्।
16 همچنین اگر زنی با یک حیوان جماع کند، زن و حیوان هر دو باید کشته شوند و خونشان به گردن خودشان خواهد بود.
17“यदि कुनै दाज्यूभाई आफ्नी बहिनी अथवा सौतेनी बहिनीसित लैंगिक कर्म गर्छ, यो लाजमर्दो कुरा हो। तिनीहरूलाई जनताअघि दण्ड दिनुपर्छ र आफ्ना मानिसहरूबाट छुट्‌याउनु पर्छ। आफ्नी दिदीबहिनीसित जुन मानिसले शारिरिक कर्म गर्छ उसलाई उसको पापको निम्ति दण्ड दिनैपर्छ।
17 «اگر مردی با خواهر یا خواهر ناتنی خود ازدواج کند، کار بسیار زشتی کرده است و هر دو باید در برابر عموم مردم از بین قوم طرد گردند و آن مرد باید جزا ببیند، چرا که با خواهر خود زنا کرده است.
18“यदि कुनै मानिस रजस्वलाको समयमा स्त्रीसित लैंगिक सम्बन्ध राख्छ भने स्त्रीपुरूष दुवैलाई तिनीहरूका मानिसहरूबाट छुट्‌याउनु पर्छ। तिनको रगतको मूल देखाएर तिमीहरूले पाप गरेका छौ।
18 اگر مردی با زنی که عادت ماهانه دارد همبستر شود، هر دو قانون شکنی کرده‌اند و باید از بین قوم طرد گردند.
19“तिमीले आफ्नी फुपु अथवा काकीसित लैंगिक सम्बन्ध राख्नु हुँदैन यो सगोत्र सम्भोग हो र तिम्रो पापको निम्ति तिमीले दण्ड पाउनु पर्छ।
19 «اگر مردی با عمه یا خالهٔ خود همبستر گردد، هر دو باید مجازات شوند، چرا که با محرم خود زنا کرده‌اند.
20“कुने मानिसले आफ्नो काकाको पत्नीसित लैंगिक सम्बन्ध राख्नु हुँदैन किनभने यसो गर्नु आफ्नो काकासित लैंगिक सम्बन्ध राखे जस्तै हो। तिनीहले पापको लागि दण्ड भोग्नैपर्छ। तिनीहरू अपुताली नै मर्नेछन्।
20 اگر مردی با زن عمو یا زن دایی خود همبستر شود، به ایشان بی‌حرمتی کرده است. این مرد و زن باید به سزای کار خود برسند و بدون فرزند بمیرند.
21“यदि कुनै पुरूषले आफ्नी भाउज्यू अथवा भाइबुहारी सित सहवास गर्छ भने त्यो अनुचित हो। यो दाज्यूसित सहवास गरे झैं नै हो। तिनीहरू अपुताली रहनेछन्।
21 هرگاه مردی با زن سابق برادر خود ازدواج کند، به برادر خود بی‌احترامی کرده است و هر دو بدون فرزند خواهند مُرد.
22“म तिमीहरूलाई जुन देशमा लाँदैछु त्यहाँ तिमीहरू बस्नेछौ। मेरो विधि-विधानहरू सम्झना गर अनि पालन गर। यदि तिमीहरूले मेरा विधि-विधानहरू पालन गर्छौ भने तिमीहरू त्यस देशबाट निकालिने छैनौ।
22 «شما باید همهٔ احکام و دستورات مرا بجا آورید و به آنها عمل کنید تا شما را از آن سرزمینی که به شما بخشیده‌ام، طرد نکنم.
23म त्यस देशका अरू मानिसहरूलाई बलपूर्वक बाहिर निकाल्दैछु। किन? किनभने तिनीहरूले त्यस्ता पापहरू गरे। म ती कर्महरू घृणा गर्छु, यसर्थ तिमीहरूले तिनीहरूको जीवन शैली नपछ्याऊ।
23 شما نباید از آداب و رسوم مردمی که می‌خواهم از آنجا برانم، پیروی کنید؛ زیرا آنها به‌خاطر کارهایشان، مرا از خودشان بیزار کرده‌اند.
24“मैले तिमीहरूलाई पहिल्यै भनिसकेको छु म तिमीहरूलाई तिनीहरूको भूमि दिनेछु, अनि यो तिमीहरूको हुनेछ। यो भूमि दूध र महले भरिएको हुनेछ। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ जसले तिमीहरूलाई अन्य राष्ट्रबाट छुट्टाए। “मैले तिमीहरूसित भिन्दै प्रकारले व्यवहार गरेको छु कारण तिमिहरूलाई मैले मेरो विशेष मानिसहरू बनाएको छु।
24 من به شما وعده داده‌ام که شما آن سرزمین غنی و حاصلخیز را متصرّف شوید. من خداوند خدای شما هستم که شما را از اقوام جهان جدا کردم و برای خود برگزیدم.
25यसर्थ, तिमीहरूले शुद्ध अनि अशुद्ध पशु-पंक्षीहरूलाई भिन्नै प्रकारले व्यवहार गर्नुपर्छ। अशुद्ध पशु चराहरू अनि घस्रिने प्राणीहरू खाएर तिमीहरू आफैंलाई अशुद्ध बनाऊ मैले तिनीहरूलाई तिमीहरू निम्ति अशुद्ध झैं छुट्टाएको छु।
25 شما باید بتوانید تشخیص دهید که کدام حیوان یا پرنده حلال یا حرام است. و شما نباید گوشت حیوان یا پرندهٔ حرام را بخورید، زیرا من آنها را حرام ساخته‌ام و خوردن آنها شما را ناپاک می‌کند.
26मैले तिमीहरूलाई मेरा विशेष मानिस बनाउनलाई तिमीहरूलाई पवित्र पारेको छु। यसर्थ तिमीहरू मेरो निम्ति पवित्र रहनुपर्छ। किन? किनभने म परमप्रभु हुँ अनि पवित्र छु।
26 شما باید برای من پاک و مقدّس باشید، زیرا من، خداوند و قدّوس هستم و شما را از اقوام دیگر جدا کردم تا قوم من باشید. «هر مرد یا زنی که ارواح مردگان را احضار می‌کند، باید سنگسار شود و خونش به گردن خودش خواهد بود.»
27“एकजना मानिस जो झाँक्री अथवा जादूगर छ उसलाई मार्नु पर्छ। मानिसहरूले तिनीहरूलाई ढुङ्गले हिर्काएर मार्नु पर्छ। तिनीहरूलाई मृत्यु चाहिन्छ।”
27 «هر مرد یا زنی که ارواح مردگان را احضار می‌کند، باید سنگسار شود و خونش به گردن خودش خواهد بود.»