Nepali

Persian

Leviticus

25

1परमप्रभुले सीनै पर्वतमा मोशालाई भन्नुभयो,
1 خداوند این دستورات را در کوه سینا به موسی داد:
2“इस्राएलका मानिसहरूलाई भन, जब तिमीहरू जमीनमा पुग्छौ, जो म तिमीहरूलाई दिन्छ, त्यस समय तिमीहरूले परमप्रभुको सम्मानमा भूमिलाई विशेष विश्राम दिनु पर्छ।
2 «به قوم اسرائیل بگو هنگامی‌که وارد سرزمینی که به شما می‌دهم شدید، هر هفت سال بگذارید که زمین من استراحت کند.
3छ वर्षसम्म तिमीहरूले बीऊहरू रोप्न सक्छौ अनि छ वर्ष सम्म दाख बगैंचामा कलम काट्न सक्छौ, फलहरू बटुल्न सक्छौ।
3 شش سال زمینهای خود را کشت کنید، درختان انگور را هرس نمایید و محصولات خود را جمع کنید.
4तर सातौं वर्षमा तिमीहरूले जमीनलाई विश्राम दिएर त्यहाँ बीऊहरू छर्ने छैनौ, त्यहाँका बोटहरू छिमोल्ने छैनौं कारण परमप्रभुको सम्मानमा यो विशेष विश्राम हुनेछ।
4 امّا در سال هفتم زمین را به خداوند وقف نمایید و در آن چیزی نکارید و هرس نکنید.
5उब्जनी उठाइसकेपछि त्यहाँ आफैं उम्रेका बोटहरूबाट अन्न उठाउनु सक्तैनौ अनि नछिमोलेको दाख बोटहरूबाट फल बटुल्न सक्तैनौ। जमीनले एक वर्ष विश्राम पाउनेछ।
5 نباتات خودرو را که در زمین شما می‌رویند درو نکنید و همچنین انگور را از درختانی که هرس نشده‌اند برای خود نچینید. آن سال برای زمین، سال استراحت است.
6“यदि भूमिलाई विश्राम दिएको भएता पनि तिमीहरूको निम्ति अनि तिमीहरूका मानिसहरूको अनि नोकर-नोकरनीहरूको निम्ति दैनिक मजदूरहरू तथा तिमीहरूसंग बस्ने विदेशीहरूको निम्ति प्रशस्त फसल हुनेछ।
6 گرچه در آن سال کشت و زراعت نمی‌شود، امّا من برای شما و غلام، کنیز و کارگرانتان و همچنین بیگانگان که در بین شما زندگی می‌کنند، خوراک تهیّه می‌کنم.
7तिमीहरूले घरेलू र अरू पशुहरूको निम्ति पनि त्यहाँ प्रशस्त फसल हुनेछ।
7 رمه و گلّهٔ شما و جانوران وحشی هم باید از محصول زمین بخورند.
8“तिमीहरूले सात वर्ष सात पल्ट गन्नु जसको प्रतिफल 49 वर्ष निस्कन्छ। त्यस समयको अवघिमा त्यहाँ भूमिलाई सात वर्षको निम्ति विश्राम हुनेछ।
8 «هفت مرتبه هفت سال یعنی در مجموع چهل و نُه سال بشمار،
9सासौं महीनाको दशौं दिन जुन प्रायश्चितको दिन हुन्छ भेडाको सींगको तुरही बजाउनु। यो सारा देशभरि बजाउनु पर्छ।
9 سپس در روز دهم ماه هفتم، یعنی روز کفّاره، شخصی را بفرست تا در سرتاسر زمین شیپور بزند.
10तिमीहरूले पचासौं वर्षलाई विशेष वर्ष रूपमा मनाउनेछौ अनि सारा देशका सबै मानिसहरूको निम्ति स्वतन्त्रताको घोषणा गर्नेछौ, जसलाई जयन्ती उत्सवको रूपमा मनाइनेछ। यस समयमा प्रत्येक मानिसले आफ्नो सम्पत्ति फिर्ता पाउनेछ। प्रत्येक सेवक आफ्नो घरमा फर्किनेछ। आफ्नो घर-जमीनमा जानेछ, आफ्नो परिवार भएकोमा फर्केर जानेछ।
10 به این ترتیب، سال پنجاهم را مقدّس بشمارید و برای همهٔ ساکنان سرزمین اعلام آزادی کنید. در این سال همهٔ دارایی، مردمی که فروخته شده بودند، به صاحبان اصلی یا بازماندگان‌شان بازگردانده شوند و هرکس که به عنوان برده فروخته شده بود، به خانوادهٔ خود بازگردد.
11तिमीहरूको निम्ति यो पचासौ वर्ष एक विशेष उत्सवको वर्ष हुनेछ। त्यति बेला कुनै पनि बीऊ नछर विजन नलगाऊ, आफैं फलेको अन्न नउठाऊ अनि नछिमोलेको दाखबाट नबटुल।
11 در سال پنجاهم نه چیزی در زمین بکارید، نه محصول آن را درو نمایید و نه انگورها را جمع کنید.
12यो वर्ष तिमीहरूको निम्ति महोत्सवको वर्ष हो र यो पवित्र समय मान्नु। तिमीहरूले खेतमा उठाएको अन्न खानु।
12 سال پنجاهم، سال مقدّس است و در این سال هر چیزی را که در زمین می‌روید، بخورید.
13जयन्ती वर्षमा प्रत्येक मानिसले आफ्नो सम्पत्ति फिर्ता पाउनेछ।
13 «در سال پنجاهم هرکسی باید به مُلک و جای خود بازگردد.
14“जब तिमीहरूले आफ्नो जमीन बेच्दा आफ्ना छिमेकीहरूलाई नठग। उसले पनि तिमीलाई नठगोस् जब तिमी ऊबाट जमीन किन्छौ।
14 در معاملهٔ خرید و فروش زمین، صادق و با انصاف باشید.
15जब तिमी तिमीहरूको छिमेकीको जमीन किन्छौ तब विगत वर्षको उत्सवको संख्यालाई गन र उचित मूल्य गणना गर्नु ती संख्याहरू प्रयोग गर। किन? किनभने तिम्रो छिमेकीले तिमीलाई अर्को (उत्सव) सम्म सही तरीकाले खेती-पाती गर्नको निम्ति बेचेको छ।
15 قیمت آن باید مطابق تعداد سالهایی که به سال پنجاهم آینده مانده است، تعیین گردد.
16तिमीले वर्षहरू अनुसार दामको हिसाब गर्नु पर्छ। यदि त्यहाँ धेरै वर्षहरू बाँकी रहे उत्सव दाम ज्यादा हुनु पर्छ। यदि वर्षहरू कम्ति भए दाम कम्ति हुनु पर्छ। किनभने उसले तिमीलाई अन्नहरू संख्याहरू मात्र बेचेका हुन्।
16 یعنی اگر سالهای زیادی به سال پنجاهم مانده باشند، قیمت زمین زیادتر و اگر سالهای کمی مانده باشند، از قیمت آن کاسته می‌شود. به این معنی که فروشنده، قیمت محصولات سالهای باقیمانده را از خریدار می‌‌گیرد.
17एकार्कालाई नठग। आफ्नो परमेश्वरलाई आदर गर। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
17 در معامله با بنی‌اسرائیل صادق باشید و از من که خداوند خدای شما هستم، اطاعت کنید.
18“मेरो विधि-विधानहरू याद राखेर पालन गरे तिमीहरू आफ्नो जमीनमा आराम साथ बस्न सक्छौ।
18 «اوامر و فرامین مرا بجا آورید تا در سرزمین خود با آسودگی و امنیّت زندگی کنید.
19अनि जमीनले प्रशस्त बाली उब्जाउनेछ र तिमीहरूसित अन्नको केही कमी नहुँदा तिमीहरू आनन्दले बाँच्नु सक्छौ।
19 زمین، محصول کافی بار می‌آورد و هرقدر که بخواهید، می‌توانید از محصول آن بخورید و سیر شوید.
20“तर हुन सक्छ तिमीहरूले भन्न सक्छौ, ‘यदि हामीले बीऊ छरेनौ अथवा बाली उठाएनौ भने सातौं वर्षमा खाने हामी सित केही रहँदैन।’
20 «بعضی خواهند پرسید: 'پس در سال هفتم که هیچ کشت و زراع نمی‌شود، چه بخوریم؟'
21चिन्ता नगर! छैटौं वर्षमा म मेरो आशीर्वाद दिने छु जसले गर्दा जमीनले तीन वर्षको निम्ति बाली उब्जाउनेछ।
21 جواب این است که من، زمین را در سال ششم آن‌قدر برکت می‌دهم که برای سه سال محصول کافی بار آورد.
22जब तिमीहरू आठौं वर्ष बाली लगाउँछौ त्यस समयमा पहिलेको अन्न नै खाइरहेको हुनेछौ। नवौंवर्ष तिमीहरूको बाली पाकी सक्दा पनि तिमी त्यही पुरानो अन्न नै खाँदै गरेका हुनेछौ।
22 تا وقتی در سال هشتم شروع به جمع‌آوری محصول خود می‌کنید، هنوز هم خوراک کافی داشته باشید.
23“भूमि साँच्चै नै मेरो हो यसकारण तिमीहरूले सदाको निम्ति बेच्न सक्तैनौ। तिमीहरू त मेरो जमीनमा मसँग बस्न आएका परदेशी अथवा यात्रीहरू मात्र हौ।
23 «زمین را نباید به صورت دایمی بفروشید، زیرا زمین متعلّق به من است. به شما اجازه می‌دهم تا همچون بیگانگان از آن استفاده کنید.
24मानिसहरूले जमीन बेच्न सक्छन् तर फेरि तिनीहरूको परिवारको सदस्यले त्यो भूमि फिर्ता गर्न सक्छ।
24 «وقتی زمین فروخته شد، مالک اصلی حق دارد که آن را دوباره بخرد.
25तिमीहरूको देशमा कुनै मानिस एकदमै गरीब हुँदा जमीन बेच्नु सक्छ तर उसको अति नजिकको आफन्त आएर आफ्नो मानिसको निम्ति त्यो भूमि किन्न सक्छ।
25 اگر یک اسرائیلی تنگدست شود و مجبور گردد که زمین خود را بفروشد، یکی از نزدیکترین خویشاوندان او باید زمین را بازخرید کند.
26कुनै गरीब मानिसलाई उसको जमीन किनी दिने आफन्त नहोला, तर उसको प्रशस्त धन भएको समयमा आफैंले यो जमीन किन्न सक्छ।
26 هرگاه آن شخص، کسی را نداشته باشد که زمینش را بازخرید کند، اگر بعد از مدّتی خودش پول کافی به دست آورد که زمین را دوباره بخرد،
27त्यो जमीन किन्न उचित मूल्य तिर्न उसले बेचेको वर्षबाट किन्ने समयसम्म कति वर्ष उसले त्यस जमीनमा खेती गर्यो, त्यो गनोस्, र बाँकी रहेको वर्षहरूमा त्यस जमीनबाट कति उब्जनी हुन्छ त्यसको मूल्य तिरेर आफ्नो जमीन किनोस् तब त्यो जमीन फेरि उसको हुन्छ।
27 در آن صورت باید قیمت محصولاتی را که تا سال پنجاهم از زمین حاصل می‌شود پرداخت کند و زمین را بازخرید نماید.
28तर यदि त्यस मानिसको जमीन किन्न प्रशस्त धन कमाउन नसके अनि जमीनको मूल्य तिर्न नसके महोत्सव वर्षसम्म त्यो जमीन किन्ने मानिस कै भइरहनेछ। तब विशेष महोत्सवको समयमा त्यो जमीन फेरि पुरानो त्यसको मालिकलाई फर्काइनेछ र त्यो जमीन त्यसको सही मालिक कै हुनेछ।
28 اگر توان بازخرید آن را نداشته باشد، زمین تا سال پنجاهم، پیش خریدار باقی می‌ماند، امّا در سال پنجاهم، باید دوباره آن را به صاحب اصلی خود بازگرداند.
29“यदि कुनै मानिसले पर्खाल लगाएको शहरभित्रको घर बेच्छ भने उसले एक वर्षभित्र घर उक्साउने अधिकार पाउनेछ।
29 «هرگاه کسی خانهٔ خود را که در میان دیوارهای شهر واقع است بفروشد، او حق دارد که در ظرف یک سال آن را دوباره بخرد.
30तर यदि त्यो बेच्ने मालिकले बेचेको दिनबाट एक वर्ष भित्रमा फर्काउन नसके त्यो पर्खालको घेराभित्रको घर किन्ने मानिस तथा उसको सन्तानहरूको स्थायी सम्पति हुनेछ। महोत्सवको समयमा त्यो घर पुरानो मालिकलाई फर्काइने छैन।
30 اگر بعد از یک سال نتواند آن را بازخرید کند، در آن صورت خانه به خریدار تعلّق می‌‌گیرد و فروشنده نمی‌تواند در سال پنجاهم آن را دوباره به دست آورد.
31तर पर्खालले नघेरिएको जग्गा खुल्ला मैदान सरह रहन्छ र त्यस्तो ठाउँको घर बेचिएको खण्डमा महोत्सवको बेला पहिलेको मालिकले नै त्यो घर पाउँनेछ।
31 امّا اگر خانه در روستای بدون دیوار واقع باشد، حکم زمین زراعتی را دارد. مالک اصلی حق بازخرید آن را دارد و آن را باید در سال پنجاهم به او بازگرداند.
32“तर लेवीहरूको शहर विषयमाः लेवीहरूसित तिनीहरूको घर फिर्ता पाउने अधिकार छ जो तिनीहरूको शहरहरू भित्र छ।
32 امّا لاویان می‌توانند املاک خود را در شهرهایی که تعیین شده، در هر زمان بازخرید کنند.
33लेवी शहर भित्रको लेवीहरूको घर यदि कुनै मानिसले किनेकी भए पनि महोत्सवको समयमा त्यो घर फेरि पुरानो मालिककोमा फर्केर जान्छ। किन? किनभने लेवी शहर भित्रका घरहरू लेवी परिवारहरू कै हुन्। इस्राएलीहरूले लेवीहरूलाई ती घरहरू दिएका हुन्।
33 اگر یکی از لاویان خانه خود را در شهر بفروشد و نتواند آن را بازخرید کند، باید در سال پنجاهم آن را دوباره به او بازگردانند، زیرا املاک لاویان به طور دایم متعلّق به مردم اسرائیل است.
34लेवी शहरहरूको वरिपरि रहेका खेतहरू तथा चउरहरू बेच्न सक्दैन किनभने ती सब सदाको निम्ति लेवीहरू कै हुन्।
34 امّا لاویان نمی‌توانند کشتزارهای اطراف شهر خود را بفروشند، چرا که آنها مِلک دایمی ایشان است.
35“तिमीहरूको शहर भित्रैको कोही मानिस यति गरीब हुन सक्छ कि उसले आफैंलाई पनि गुजारा गर्न नसक्ला। यस्तो खण्डमा तिमीहरूले उसलाई परदेशी पाहुनालाई जस्तै तिमीहरूसितै बस्न दिनुपर्छ।
35 «هرگاه یکی از اسرائیلیان همسایهٔ تو فقیر و تنگدست شود، به او کمک نما. تو باید از او همانند کارگران خودت حمایت کنی تا بتواند در میان شما زندگی کند.
36तिमीहरूले उसलाई ऋण दिए सूद-ब्याज वा नाफा नलिन र आफ्नो परमेश्वरको सम्मानमा उसलाई तिमीहरूसित बस्न देऊ।
36 از او سودی نگیر، بلکه از خدای خود بترس و اجازه بده که با تو زندگی کند.
37उसलाई ऋण दिए सूद नलगाऊ अनि उसलाई खान बेचेको खाद्यमा नाफा नराख।
37 از پولی که به او قرض می‌دهی، سود نگیر و چون به او غذا می‌دهی، توقّع فایده نداشته باش.
38म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। तिमीहरूका परमेश्वर हुनुलाई र कनान देश तिमीहरूलाई दिनु मैले तिमीहरूलाई मिश्रदेशबाट बाहिर ल्याएँ।
38 من خداوند خدای شما هستم که شما را از سرزمین مصر بیرون آوردم تا سرزمین کنعان را به شما بدهم و خودم خدای شما باشم.
39“तिमीहरूको आफ्नै देशको कुनै मानिस यति गरीब हुनु सक्छ कि उसले आफैंलाई तिमीहरू कसै कहाँ कमारा सरह बेच्न सक्छ तर तिमीहरूले उसलाई कमारालाई झै नखटाऊ।
39 «اگر یکی از همسایگان اسرائیلی تو فقیر شود و خود را به تو بفروشد، تو نباید با او مانند یک غلام رفتار کنی.
40महोत्सवको समयसम्मलाई उसलाई कुनै परदेशी अथवा मजदूरी गर्न खटाइएको मानिसलाई झैं व्यवहार गर।
40 او باید مثل یک کارگر روزمزد تا سال پنجاهم برای تو کار کند.
41तब ऊ अनि उसका छोरा-छोरीहरू तिमीहरूदेखि मुक्त हुनेछन्। ऊ आफ्नो पूर्खौली सम्पत्तिमा फर्केर आउनु सक्छ।
41 بعد از آن می‌تواند با اطفال خود، خانهٔ تو را ترک کند و به زمین خود و پیش خانوادهٔ خود بازگردد.
42किन? किनभने त्यस्ता मानिसहरू मेरा सेवकहरू हुन। मैले तिनीहरूलाई मिश्रबाट ल्याएँ। तिनीहरूलाई कमाराको रूपमा बोच्नु हुँदैन।
42 شما بندگان خدا هستید و او شما را از مصر بیرون آورد، پس نباید به بردگی فروخته شوید.
43तिमीहरू तिनीहरूको निम्ति निष्ठुर मालिक हुनुहुँदैन। तिमीहरूले आफ्नो परमेश्वरको डर अनि आदर गर्नुपर्छ।
43 با آنها با خشونت رفتار مکن و از خداوند بترس.
44“तिमीहरूको स्री तथा पुरूष कमारी-कमाराहरूका विषयमाः आफ्नो वरिपरिका देशहरूबाट तिमीहरूले कमारा-कमारीहरू पाउन सक्छौ।
44 اگر به برده نیاز دارید می‌توانید از اقوامی که در اطراف شما هستند، خریداری کنید.
45तिमीहरूकै देशमा बसो-बास गर्ने विदेशीहरूबाट पनि बालक-बालिका कमारा-कमारीहरू पाउँन सक्छौ। ती बालक कमारा-कमारीहरू तिमीहरूका हुनेछन्।
45 همچنین می‌توانید فرزندان بیگانگانی را که در بین شما زندگی می‌کنند، حتّی اگر در سرزمین شما به دنیا آمده باشند، بخرید.
46तिमीहरूको मृत्युपछि ती विदेशी कमारा-कमारीहरू तिम्रा नानीहरू का हुनेछन् अनि तिनीहरू सधैंको निम्ति तिमीहरूकै हुनेछन्। तिमीहरूले विदेशीहरूलाई कमारा-कमारीहरू बनाउन सक्छौ तर इस्राएली मानिसहरू तिमीहरूको आफन्तहरूप्रति तिमीहरू निष्ठूर मालिक बनिनु हुँदैन।
46 آنها تا زنده هستند، غلام شما می‌باشند و می‌توانید آنها را بعد از خود برای فرزندانتان واگذارید، امّا شما نباید با اسرائیلی بدرفتاری کنید.
47“तिमीहरूकहाँ आउने विदेशी अथवा परदेशीहरू धनी पनि हुन सक्छन् अनि तिमीहरूको आफ्नै देशका दाज्यू-भाइहरू अत्यन्तै गरीब भई तिनीहरूको कमारा बनी बिक्री हुन सक्छन्।
47 «اگر یکی از بیگانگانی که در بین شما زندگی می‌کند ثروتمند شود و یکی از اسرائیلیان تنگدست گردد و خود را به آن بیگانه و یا نزدیکان او بفروشد،
48यदि यस्तो भएको खण्डमा त्यस मानिससित फिर्ता किन्ने अधिकार छ। उसलाई उसको दाज्यू-भाइहरू मध्ये कसैले किन्नु सक्छ।
48 یکی از برادرانش یا عمویش یا پسر عمویش یا یکی از اقوام نزدیکش می‌تواند او را بازخرید کند. اگر خودش پول کافی به دست آورد، می‌تواند خود را بازخرید نماید.
49अथवा उसको काका-मामा तथा उसको काका-मामाका छोराहरूले अथवा उसको आफ्नै आफन्तका कुनै मानिसले उसलाई किन्न सक्छ। अथवा ऊ आफैंले पनि आफ्नो प्रशस्त धन जोगाड गरे आफैंलाई फेरि किन्न सक्छ।
49 او باید با کسی‌که او را خریده مشورت کند و بهای بازخریدش را بر مبنای مزد کارگر روزمزد و سالهای باقیمانده تا سال پنجاهم حساب کند.
50“तिमी कसरी दाम तोक्न सक्छौ? अर्को जयन्ती वर्षसम्म विदेशीलाई उसले बेचेको दिनदेखि वर्षहरू गन। तोक्नको निम्ति त्यस संख्यालाई प्रयोग गर। किन? किनभने उसले सही रूपमा केही वर्षको निम्ति मात्र किनेको थियो।
50 او باید بهای آزادی خود را به نسبت سالهای باقیمانده بپردازد،
51यदि अर्को जयन्ती वर्षको समय आउन अझै निकै वर्ष छ, त्यस मानिसले निकै बेशी दाम तिर्नु पर्छ। तर दाम वर्षको संख्यामा भर पर्छ।
51 مانند کسی‌که سالانه استخدام شده باشد. صاحب او نباید با خشونت با او رفتار کند.
52अनि फेरि यदि अर्को महोत्सव वर्ष आउँन केही वर्ष मात्र रहे उसले आफ्नो पुरानो दाम भन्दा धेरै कम्ती रकम तिर्नुपर्छ।
52 اگر او با هیچ‌یک از این شرایط آزاد نشد، او و فرزندانش باید در سال پنجاهم آزاد گردند. یک اسرائیلی نمی‌تواند بندهٔ دایمی باشد، زیرا آنها بندگان خداوند هستند. او آنها را از مصر خارج کرد، او خداوند خدای شماست.»
53त्यो मानिस त्यसको मालिकसँग एक दैनिक हाजिरमा काम गर्ने मजदूर झैं रहनसक्छ अनि त्यस विदेशी मालिकले ऊसंग दुष्ट व्यवहार नगरोस्।
53 یک اسرائیلی نمی‌تواند بندهٔ دایمی باشد، زیرا آنها بندگان خداوند هستند. او آنها را از مصر خارج کرد، او خداوند خدای شماست.»
54“यदि त्यस मानिसलाई कसैले उक्साएको खण्डमा, त्यो मानिस अर्को महोत्सव वर्षमा स्वतन्त्र उस्कनु सक्छ महोत्सवको वर्षमा उसका नानीहरू पनि स्वतन्त्र बनिनु सक्छन्।
55किन? किनभने, इस्राएलीहरूलाई मिश्र देशमा तिनीहरूको दासत्वबाट उकासेर मेरो आफ्नो दास-दासीहरू बनाउन ल्याएको हुँ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।