1त्यसपछि, प्रभु येशूले 72 जना मानिसहरूलाई छान्नु भयो। उहाँले तिनीहरूलाई दुई दुई जनाको दल बनाई आफू जुन जुन शहर र ठाउँहरू जान चाहनुहुन्थ्यो ती ठाउँहरूमा आफ्नो अगुवा बनाई पठाउनु भयो।
1
بعد از این عیسی خداوند، هفتاد نفر دیگر را تعیین فرمود و آنان را دو نفر دو نفر پیشاپیش خود به شهرها و نقاطی كه در نظر داشت از آنها دیدن نماید فرستاد.
2येशूले भन्नु भयो, “फसल त धेरै छ, तर खेतालाहरू कम्ती छन्। यसर्थ फसलका प्रभुलाई प्रार्थना गर ताकि उहाँले आवश्यकता अनुसार खेतालाहरू पठाउन सकुन्।
2
به آنان فرمود: «محصول فراوان است امّا كارگر كم، پس باید از صاحب محصول تقاضا كنید كه كارگرانی برای جمعآوری محصول بفرستد.
3अब तिमीहरू जानसक्छौ। तर सुन! म तिमीहरूलाई पठाउँदैछु, अनि तिमीहरू ब्वाँसोहरू माझ भेडा जस्तै हुनेछौ।
3
بروید و بدانید كه من شما را مثل برّهها در بین گرگها میفرستم.
4पैसा, झोला जुत्ता केही साथमा नलैजाऊ। बाटो हिंडदा मानिसहरूसंग बोल्न नछाड।
4
هیچ كیسه یا کولهبار یا كفش با خود نبرید و در بین راه به كسی سلام نگویید.
5कसैको घरमा पस्न अघि, भन, यस घरमा तिमीहरूलाई शान्ति होस्।’
5
به هر خانهای كه وارد میشوید اولین كلام شما این باشد: 'سلام بر این خانه باد.'
6यदि शान्तिप्रिय मानिस त्यहाँ छ भने, तिमीहरूको शान्तिको आशीर्वाद उहीसंग रहनेछ। यदि त्यहाँ शान्तिप्रिय मानिस छैन भने तिमीहरूको शान्तिको आशीर्वाद तिमीहरूसँगै फिर्ता हुनेछ।
6
اگر كسی اهل صلح و صفا در آنجا باشد: سلام شما بر او قرار خواهد گرفت وگرنه آن سلام به خود شما باز خواهد گشت.
7शान्त घरमा बस, मानिसहरूले जे खाना-पिउन दिन्छन्, खाऊ। किनभने कर्मचारीले आफ्नो ज्याला पाउनु योग्यको हुन्छ। अर्को घरमा बस्नलाई पहिलो घर नछोड।
7
در همان خانه بمانید و از آنچه پیش شما میگذارند بخورید و بنوشید زیرا كارگر مستحق مزد خود است. خانه به خانه نگردید.
8यदि तिमीहरू शहरमा जान्छौ र मानिसहरूले त्यहाँ स्वागत गर्छन् भने, तिनीहरूले जे खानेकुरा दिन्छन् खाऊ।
8
وقتی به شهری وارد میشوید و از شما استقبال میکنند، غذایی را كه برای شما تهیّه میکنند، بخورید.
9त्यस ठाँउका बिमारीहरूलाई निको पार। अनि तिनीहरूलाई भन, परमेश्वरको राज्य तिमीहरूको नजिक आएको छ।’
9
بیماران آنجا را شفا دهید و بگویید 'پادشاهی خدا به شما نزدیک شده است.'
10तर जब तिमीहरू शहरमा जान्छौ, अनि मानिसहरूले त्यहाँ तिमीहरूको स्वागत नगरे, शहरको गल्लीहरूमा आऊ अनि भन,
10
وقتی به شهری وارد میشوید و روی خوش به شما نشان نمیدهند به داخل کوچههای آن شهر بروید و بگویید:
11तिमीहरूको विरोधमा हाम्रा पइतालामा टाँसिएको तिम्रो शहरको धूलो समेत टक्टकाएर जाँदैछौ। तर यो याद राख्नु परमेश्वरको राज्य नजिकै आएको छ।’
11
'خاكی را هم كه از شهر شما به پاهای ما چسبیده است پیش روی شما از پای خود میتکانیم ولی این را بدانید كه پادشاهی خدا نزدیک شده است.'
12म तिमीहरूलाई भन्छु, न्यायको दिन त्यो शहरका मानिसहरूको अवस्था सदोमका मानिसहरूको भन्दा अझ असहनीय हुनेछ।
12
بدانید كه آن روز برای سدوم بیشتر قابل تحمّل خواهد بود تا برای آن شهر.
13“ए खोराजिन! तँलाई धिक्कार छ! ए बेत्सैदा! तँलाई धिक्कार छ। मैले तिमीहरूमा धेरै चमत्कारहरू गरें। यदि त्यही चमत्कारहरू टायर र सीदोनमा गरिएको भए, त्यहाँका मानिसहरूले आफ्नो जीवनशैली अघि नै परिवर्तन गरिसकेका हुन्थे। अनि तिनीहरूले पाप गर्न छोडिसकेका हुन्थे। तिनीहरूले अघि नै शरीरमा भाँग्रा लगाएर र खरानी धसेर आफ्नो पापहरूको निम्ति पश्चात गरी सकेका हुन्थे।
13
«وای بر تو ای خورزین، وای بر تو ای بیتصیدا، اگر معجزاتی كه در شما انجام شد، در صور و صیدون میشد، مدّتها پیش از این، پلاسپوش و خاكسترنشین، توبه میکردند.
14तर न्यायको दिनमा टायर र सायडनका मानिसहरूका अवस्था भन्दा तिमीहरूको अवस्था अझ सहनीय हुनेछ।
14
ولی روز داوری برای صور وصیدون بیشتر قابل تحمّل خواهد بود تا برای شما.
15ए कफर्नहुम तिमी स्वर्गमा उचालिने छौ? अँहँ! तिमीलाई पनि मृत्यूको ठाउँमा खसालिनेछ।
15
و امّا تو ای كفرناحوم، میخواستی سر به آسمان بكشی؟ به دوزخ سرنگون خواهی شد.
16“उ जसले तिमीलाई सुन्छ भने मलाई सुनेको हुन्छ।तर उ जसले तीमीलाई अस्वीकार गर्छ, मलाइ ग्रहण गर्न अस्वीकार गरेको हुन्छ। अनि जसले मलाई ग्रहण गर्न अस्वीकार गर्छ, त्यसले उहाँ एक जसले मलाई पठाउन भयो, उहाँलाई अस्वीकार गरेको हुन्छ।”
16
«ای شاگردانم: هرکه به شما گوش دهد، به من گوش داده است هرکه شما را رد كند مرا رد كرده است و هرکه مرا رد كند فرستندهٔ مرا رد كرده است.»
17जब ती सत्तरी जना मानिसहरू फर्केर आए, तिनीहरू खुबै खुशी थिए। तिनीहरूले भने, “हे प्रभु, जब तपाईंको नाउँ हामीले आदेश दियौ भूतहरूले पनि हाम्रो आज्ञा माने!”
17
آن هفتاد شاگرد، خوش و خرّم بازگشتند و عرض كردند: «خداوندا، با ذكر نام تو حتّی دیوها تسلیم ما میشوند!»
18येशूले तिनीहरूलाई भन्नुभयो, “मैले शैतानलाई स्वर्गबाट बिजुली चम्के झैं खसिरहेको देखें।
18
عیسی پاسخ داد: «من دیدم چطور شیطان مانند برق از آسمان سقوط كرد.
19सुन, मैले तिमीहरूलाई साँपहरू र बिच्छीहरूलाई कुल्चने शक्ति दिएकोछु। मैले तिमीहरूलाई शत्रुहरूको सबै शक्तिमाथि आधिकार दिएकोछु। अनि कसैले तिमीहरूलाई हानी पुर्याउँने छैन।
19
من به شما قدرت دادهام كه مارها و عقربها و تمام قوای دشمن را زیر پا لگدمال نمایید و هرگز هیچ چیز به شما صدمهای نخواهد رسانید،
20तर ती आत्माहरू तिमी हरूको आज्ञालाई पालन गर्दछन् भनेर तिमीहरू खुशी हुनु हुँदैन। बरू तिमीहरूको नाम स्वर्गमा लेखिएको छ भनी तिमीहरू खुशी होऊ।” मत्ती
20
ولی از اینکه ارواح تسلیم شما میشوند شادی نكنید، بلكه شاد باشید كه اسامی شما در عالم بالا ثبت شده است.»
21त्यसपछि येशूलाई पवित्र आत्माले अत्यन्त खुशी बनायो। उहाँले भन्नुभयो, “हे पिता! स्वर्ग र पृथ्वीका परमप्रभु! म तपाईंलाई धन्यवाद चढाउँछु। म तपाईंको प्रसंशा गर्छु कि बुद्धिमान र समझदार मानिसहरूबाट तपाईंले यी कुराहरू लुकाएर राख्नु भएको छ। तर तपाईंले यी कुराहरू ती बालकहरू सरहका सरल मानिसहरूमा देखाइदिनु भयो। हो पिता, तपाईंले यसो गर्नुभयो किनभने त्यो तपाईंको रूचि थियो।
21
در آن لحظه روحالقدس شادی عظیمی به عیسی بخشید و عیسی گفت: «ای پدر، ای خداوند آسمان و زمین، تو را سپاس میگویم كه این چیزها را از خردمندان و دانایان پنهان نموده، به كودكان آشكار ساختی. آری ای پدر، ارادهٔ تو چنین بود.»
22“मेरा पिताले मलाई सब थोकहरू दिनुभएकोछ। कसैले जान्दैन कि पुत्र को हो-केवल पिताले मात्र जान्नुहुन्छ। अनि पिता को हुन, कसैले जान्दैन केवल पुत्रलाई मात्र थाहा छ। मानिसहरूमा पितालाई तिनीहरूले जान्दछन् जसलाई पुत्रले बताउन खोजोको छ।”
22
«پدر همهچیز را در اختیار من گذاشته است. فقط پدر میداند كه پسر كیست و همچنین فقط پسر و کسانیکه پسر بخواهد پدر را به آنان مكشوف سازد، میدانند پدر كیست.»
23त्यसपछि येशू एक्लै आफ्ना चेलाहरूसंग हुनु हुन्थ्यो, उहाँ तिनीहरू पट्टि र्फकनु भयो अनि भन्नुभयो, “तिमीहरू धन्य हौं। जो तिमीहरूले देख्दैछौ।
23
عیسی رو به شاگردان خود كرد و به طور خصوصی گفت: «خوشا به حال آن چشمانی كه آنچه را شما میبینید، میبینند.
24म तिमीलाई भन्छु, धेरै अगमवक्ताहरू अनि राजाहरूले यो हेर्न चाहन्थे जो तिमीहरूले देखिरहेकाछौ, तर तिनीहरूले यी बस्तुहरू देखेनन्। अनि धेरै अगमवक्ताहरू र राजाहरू, सुन्न चहान्थे तर तिनीहरूले ती सुनेनन्।”
24
بدانید انبیا و پادشاهان بسیاری آرزو میکردند كه آنچه را شما میبینید ببینند، امّا ندیدند و آنچه را شما میشنوید، بشنوند امّا نشنیدند.»
25त्यसपछि एकजना व्यवस्थाका शास्त्री त्यहाँ खडा भए अनि तिनले येशूलाई जाँच्ने चेष्टा गरे। तिनले भने, “हे गुरुज्यु, मैले अनन्त जीवन पाउनलाई के गर्नुपर्छ?”
25
روزی یكی از معلّمین شریعت آمد و از راه امتحان از او پرسید: «ای استاد، چه باید بكنم تا وارث حیات جاودان شوم؟»
26येशूले तिनलाई भन्नुभयो, “व्यावस्था के लेखिएको छ? तिमीले त्समा के पढछौ?
26
عیسی به او فرمود: «در تورات چه نوشته شده؟ آن را چطور تفسیر میکنی؟»
27त्यस मानिसले भन्यो, “तिमीले परमप्रभु तिम्रो परमेश्वरलाई आफ्नो सारा हृदय, सारा आत्मा सारा शक्ति अनि सारा मनबाट प्रेम गर्नु पर्छ। अनि तिमीले आफैलाई जस्तो अरू मानिसहरूलाई पनि प्रेम गर्नुपर्छ।’ “
27
او جواب داد: «خدای خود را با تمام دل و تمام جان و تمام قدرت و تمام ذهن خود دوست بدار و همسایهات را مانند جان خود دوست بدار.»
28येशूले त्यस मानिसलाई भन्नुभयो, “तिम्रो उत्तर सही छ। त्यही गर अनि तिमीले अनन्त जीवन पाउनेछौ।”
28
عیسی فرمود: «درست جواب دادی. این كار را بكن كه حیات خواهی داشت.»
29त्यस मानिसले उहाँको प्रश्नलाई सिद्ध गर्न चाहनन्थ्यो। यसर्थ उसले येशूलाई भन्यो, “तर ती मानिसहरू को हुन् जसलाई मैले प्रेम गर्नु पर्छ?”
29
امّا او برای اینكه نشان دهد آدم بیغرضی است به عیسی گفت: «همسایهٔ من كیست؟»
30यसको उत्तर येशूले भन्नुभयो, “एकजना मानिस यरूशलेमदेखि यरिको गइरहेको थियो। केही डाँकूहरूले तिनलाई घेरे। तिनीहरूले तिनको लुगा च्याते अनि कुटे। त्यसपछि त्यो मानिसलाई त्यहीं भुँईमा लडाएर छोडिराखे। त्यो मानिस प्रायः मरिसकेको थियो।
30
عیسی چنین پاسخ داد: «مردی كه از اورشلیم به اریحا میرفت، به دست راهزنان افتاد. راهزنان او را لخت كردند و كتک زدند و به حال نیممرده انداختند و رفتند.
31संयोगवश एकजना यहूदी पूजाहारी त्यही समय त्यो बाटोमा गइरहेका थिए। त्यो पूजाहारीले जब उसलाई देखे, तिनी त्यस मानिसलाई मदत गर्न रोकिएनन् तिनी हिंडिनै रहे।
31
اتّفاقاً كاهنی از همان راه میگذشت، امّا وقتی او را دید از طرف دیگر جاده رد شد.
32एकजना लेवी पनि त्यही बाटो आयो। उसले त्यस घाइते मानिसलाई देख्यो, तर उ अर्को पट्टि लाग्यो।
32
همچنین یک لاوی به آن محل رسید و وقتی او را دید از طرف دیگر عبور كرد.
33त्यसपछि एकजना सामरी त्यही बाटोमा आए। तिनी त्यो घाइते मानिसलाई देखे तिनलाई त्यो मानिसमाथि दया जाग्यो।
33
پس از آن یک مسافر سامری به او رسید و وقتی او را دید، دلش به حال او سوخت.
34सामरी त्यस मानिस भएकहाँ गए अनि जैतूनको तेल र दाखरस लगाएर उसको चोटहरूमा पट्टि बाँधिदिए। तब तिनले त्यो घाइते मानिसलाई गधामा चढाए अनि एउटा पौवामा लिएर गए। त्यस मानिसको स्याहार गरे।
34
نزد او رفت، زخمهایش را با شراب شست و بر آنها روغن مالید و بست. بعد او را برداشته، سوار چارپای خود كرد و به كاروانسرایی برد و در آنجا از او پرستاری كرد.
35अर्को दिन, त्यो सामरीले दुइवटा चाँदीको सिक्का पौवाको मालिकलाई दिए। सामरीले भने, यो मानिसको हेरचाह गरिदिनुहोस्। यदि यस मानिसमाथि अझै तिमीले खर्च गरे, म फर्केर आँउदा तिर्नेछु।”‘
35
روز بعد دو سکّهٔ نقره درآورد و به صاحب كاروانسرا داد و گفت: 'از او مواظبت كن و اگر بیشتر از این خرج كردی، وقتی برگردم به تو میدهم.'
36त्यसपछि येशूले भन्नुभयो, “यी तीन जना मध्ये डाकूहरूले घाइते बनाएको मानिसलाई कसले प्रेम दर्शायो?”
36
به عقیدهٔ تو کدامیک از این سه نفر همسایهٔ آن مردی كه به دست دزدان افتاد به حساب میآید؟»
37व्यवस्थाको शास्त्रीले उत्तर दिए, “त्यसैले जसले त्यो मानिसलाई मद्दत गरे।” येशूले तिनलाई भन्नुभयो, “तिमी पनि जाऊ अनि त्यसै गर।”
37
جواب داد: «آن کسیکه به او ترحّم كرد.» عیسی فرمود: «برو مثل او رفتار كن.»
38जब येशू र उहाँका चेलाहरू जाँदै थिए, येशू एउटा शहर भित्र पस्नुभयो। मार्था नाउँ गरेकी एउटी स्त्रीले उहाँलाई आफ्नो घरमा सत्कार गरिन्।
38
در جریان سفر آنها، عیسی به دهکدهای آمد و در آنجا زنی به نام مرتا او را در خانهٔ خود پذیرفت.
39मार्थाको एउटी मरियम नाउँ गरेकी बहिनी थिइन्। मरियम येशूको पाऊ नेर बसेर उहाँको वचन सुनिरहेकी थिई। तर उसको दिदी मार्थ चाँहि घरको काममा नै व्यस्त थिइन्।
39
آن زن خواهری به نام مریم داشت كه پیش پاهای عیسی خداوند نشست و به تعالیم او گوش میداد.
40मार्थाले धेरै काम गर्नु पर्दा रिसाउँथी। मार्थाले गएर भनी, “हे प्रभु! मेरो बहिनीले मलाई एक्लै घर धन्धामा छोडेकोमा तपाईं व्याकुल हुनु हुन्न? दया गरी त्यसलाई भनिदिनोस् त्यसले मलाई मदत गरोस्।”
40
در این هنگام مرتا به علّت كارهای زیادی كه داشت نگران و دلواپس بود. پس پیش عیسی آمد و عرض كرد: «خداوندا، هیچ در فكر این نیستی كه خواهر من مرا رها كرده تا دست تنها پذیرایی كنم! آخر به او بفرما بیاید به من كمک كند.»
41अनि प्रभुले त्यसलाई भन्नुभयो, “मार्था, मार्था, तिमीले धेरै कुराको विषयमा चिन्ता र फिक्री गर्दी रहेछौ।
41
امّا عیسی خداوند جواب داد: «ای مرتا، ای مرتا، تو برای چیزهای بسیاری دلواپس و ناراحت هستی.
امّا فقط یک چیز لازم است: آنچه مریم اختیار كرده از همه بهتر است و از او گرفته نخواهد شد.»
42एउटा कुरा चाँहि महत्वपूर्ण हुन्छ। मरियमले आफ्नो लागि कुन असल हो त्यो छानेकी छे अनि त्यो ऊबाट कहिल्यै खोसिनेछैन्।”
42
امّا فقط یک چیز لازم است: آنچه مریم اختیار كرده از همه بهتر است و از او گرفته نخواهد شد.»