Nepali

Persian

Luke

3

1सिजर टिबेरियसको पन्ध्रौं र्वषमा पन्तियस पिलातस यहूदियाका राज्यपाल थिए, अनि जब हेरोद गालीलका शासक थिए तिनको भाइ फिलिप इतुरिया र त्राखोनितिसका शासक थिए अनि लुसानियास अबलेनका शासक थिए।
1 در پانزدهمین سال حكومت طیبریوس قیصر، وقتی پنطیوس پیلاطس فرماندار یهودیه و هیرودیس، حاكم استان جلیل و برادرش فیلیپُس، حاكم استانهای ایتوریه و نواحی ترخونیتس، و لیسانیوس حاكم آبلیه بود،
2जब अन्नास र कैयाफा प्रधान पूजाहारीहरू भएका थिए उजाड स्थानमा जकरियाको छोरो यूहन्नाले परमेश्वरको वचन पाए।
2 یعنی در زمانی‌که حنا و قیافا كاهنان اعظم بودند، كلام خدا در بیابان به یحیی پسر زكریا رسید.
3तिनी यर्दन नदीको वरिपरिको जम्मै स्थानहरूमा गए। तिनीहरूको पाप मोचनको लागि बप्तिस्मा लिएर हृदय र जीवन परिवर्तन गर्ने बारेमा तिनले मानिसहरूलाई प्रचार गर्दै थिए।
3 او به تمام نواحی اطراف رود اردن می‌رفت و اعلام می‌کرد كه مردم توبه كنند و برای آمرزش گناهان خود تعمید بگیرند.
4यी सबै कुराहरू अगमवक्ता यशैयाले लेखेको पुस्तकको वर्णन अनुसार भयोः “उजाड स्थानमा कराइरहेको आवाजः परमप्रभुका निम्ति मार्ग तयार पार। उहाँको पथहरू सोझो पार।
4 همچنان‌که در كتاب اشعیای نبی آمده است: «شخصی در بیابان فریاد می‌زند: راهی برای خداوند آماده سازید، طریق او را راست نمایید.
5प्रत्येक खाल्डा पुरिनेछ। अनि हरेक डाँडा र ढिस्का सम्म पारिनेछ, अप्ठेरा बाटोहरू समतल पारिनेछन अनि दुर्गम् बाटोहरू सहज बनाइन्छन्!
5 درّه‌ها پر شوند، کوهها و تپّه‌ها صاف گردند، کجی‌ها راست خواهند شد راههای ناهموار هموار خواهند گشت
6सबै मानिसहरूले परमेश्वरको मुक्तिको दर्शन गर्नेछन्।”‘ यशैया 40:3-5
6 و همهٔ آدمیان نجات خدا را خواهند دید.»
7यूहन्नाद्वारा बप्तिस्मा लिनलाई मानिसहरू आए। यूहन्नाले तिनीहरूलाई भने, “तिमीहरू विषालू साँपहरू जस्तै छौ! तिमीहरूलाई परमेश्वरको क्रोध जो आँउदैछ त्यबाट भाग्न कसले भन्यो?
7 انبوه مردم می‌آمدند تا از دست یحیای تعمید بگیرند. او به ایشان گفت: «ای مارها، چه كسی شما را آگاه ساخت تا از خشم و غضب آینده بگریزید؟
8तिमीहरूले आफ्नो हृदय परिवर्तन गरसकेकाछौ भन्ने देखाउनलाई उचित कामहरू गर्नुपर्छ। घमण्ड नगर अनि अब्राहामनै हाम्रा पिता हुन् नभन। म तिमीहरूलाई भन्छु कि परमेश्वरले अब्राहामका लागि यी चट्टानहरूबाट पनि सन्तान उत्पन्न गर्न सक्नुहुन्छ।
8 پس توبهٔ خود را با ثمراتی كه به بار می‌آورید، نشان دهید و پیش خود نگویید كه ما پدری مانند ابراهیم داریم. بدانید كه خدا قادر است از این سنگها فرزندانی برای ابراهیم بیافریند.
9रूखहरू काट्नलाई बन्जरो पनि तयार छ। प्रत्येक रुख जसले असल फल फलाउदैन त्यो काटिनेछ अनि आगोमा फालिनेछ।”
9 تیشه بر ریشهٔ درختان گذاشته شده و هر درختی كه میوهٔ خوب به بار نیاورد، بریده و در آتش افكنده خواهد شد.»
10मानिसहरूले यूहन्नालाई सोधे, “हामीले के गर्नु पर्ने हो?”
10 مردم از او پرسیدند: «پس تكلیف ما چیست؟»
11यूहन्नाले उत्तर दिए, “यदि तिमीहरूसित दुइवटा दौरा छ भने अर्को नहुनेलाई एउटा देऊ। खानेकुरा छ भने पनि अरूलाई बाँड।”
11 او پاسخ داد: «آن کسی‌که دو پیراهن دارد، باید یكی از آنها را به کسی‌که ندارد بدهد و هرکه خوراک دارد، باید همچنین كند.»
12कर उठाउनेहरू पनि यूहन्नाकहाँ आए। तिनीहरूले बप्तिस्मालिन चाहँन्थे। तिनीहरूले यूहन्नालाई भने, “गुरुज्यू, हामीले के गर्नु पर्छ?”
12 باجگیران هم برای گرفتن تعمید آمدند و از او پرسیدند: «ای استاد، ما چه باید بكنیم؟»
13यूहन्नाले तिनीहरूलाई भने, “तिमीहरूलाई जति उठाउने आदेश छ त्यो भन्ष्ठ्वदा ज्यादा कर नउठाऊ।”
13 به ایشان گفت: «بیش از آنچه مقرّر شده مطالبه نكنید.»
14कोही सिपाहरूले यूहन्नालाई सोधे, “हामीले चाँहि के गर्ने?” यूहन्नाले तिनीहरूलाई भने, “बलपूर्वक मानिसहरूबाट पैसा नलेउ। कसैको बारेमा झुटो नबोल। आफुले कमाएको जे जति पैसा छ त्यसैमा सन्तुष्ट होऊ।”
14 سپاهیان هم پرسیدند: «ما چه ‌كنیم؟» به آنان گفت: «از كسی بزور پول نگیرید و تهمت ناروا نزنید و به حقوق خود قانع باشید.»
15सबै मानिसहरु ख्रिष्ट आउनु हुन्छ भन्ने प्रतिक्षामा थिए अनि यूहन्नाको बारेमा अचम्म मानिरहेका थिए। तिनीहरुले सोचे, “के उहाँनै ख्रिष्ट हुनुहुन्छत?”
15 مردم در انتظار به سر می‌بردند و از یكدیگر می‌پرسیدند كه آیا یحیی مسیح موعود است یا نه.
16यूहन्नले प्रत्येकलाई उत्तर दिए, “म तीमीहरूलाई पानीद्वार बप्तिस्मा दिन्छु तर म पछि जुन एकजना आउनु हुनेछ उहाँले मैले भन्दा धेरै महान कार्य गर्न सक्नु हुन्छ। म उहाँको जुत्ताको फिता मात्र पनि खोल्ने योग्यको छैन। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा गर्नु हुनेछ। उहाँ खला सफा पार्नु तयार हुनुहुन्छ। उहाँले राम्रो अन्नालाइ भूसदेखि अलग पार्नु हुनेछ। उहाँले असल अन्नालाई उहाँको ढुकुटीमा थुपार्नु हुनेछ। अनि नराम्रो जति उहाँले कहिल्यै ननिभ्ने आगोमा जलाइदिनु हुनेछ।”
16 امّا او چنین جواب داد: «من شما را با آب تعمید می‌دهم امّا كسی خواهد آمد كه از من تواناتر است و من لایق آن نیستم كه بند كفش او را باز كنم. او شما را با روح‌القدس و آتش تعمید خواهد داد.
17[This verse may not be a part of this translation]
17 او چنگال خود را در دست دارد تا خرمن خود را پاک كند و گندم را در انبار جمع نماید، امّا كاه را در آتشی خاموش نشدنی، خواهد سوزانید.»
18त्यसपछि तिनले मानिसहरूलाई धेरै अरू कूराहरूले उत्साह दिए अनि सुसमाचारहरू उनीहरूलाई भने। यूहन्नाले सुसमाचाहरू लगातार सुनाउन थाले।
18 یحیی با راههای بسیار و گوناگون مردم را تشویق می‌کرد و به آنها بشارت می‌داد
19हेरोदले आफ्नो भाइकी पत्नी हेरोदियाससँग अनैतिक सम्बन्ध राखेकोले यूहन्नाले शासक हेरोदलाई झपारेका थिए, हेरोदले गरेको अरू पनि धेरै दुष्ट कार्यहरूका निम्ति यूहन्नाले उसलाई झपारेका थिए।
19 امّا هیرودیس، كه بر سر موضوع زن برادرش هیرودیا و خلافکاریهای دیگر خود مورد سرزنش یحیی واقع شده بود،
20हेरोदले त्यस्तै नराम्रो काम गरेको थियो उसले यूहन्नालाई झ्यालखानामा पनि थुनेको थियो। हेरोदले गरेको नराम्रो कामहरूमा यो एउटा थप हो।
20 با انداختن یحیی به زندان مرتكب كاری بدتر از همه شد.
21जब सबै मानिसहरूलाई बप्तिस्मा गराइयो, येशू पनि आउनु भयो अनि बप्तिस्मा लिनु भयो। येशूले प्रार्थना गरिरहनू भएको बेला आकाश खोलियो।
21 پس از آنكه همه تعمید گرفتند، عیسی نیز تعمید گرفت و به دعا مشغول بود كه آسمان گشوده شد
22अनि शारीरिक रूपमा ढुकुर झैं उहाँमाथि पवित्र आत्मा आउनुभयो। त्यसपछि स्वर्गबाट एउटा आवाज आयो, “तिमी मेरा पुत्र हौ अनि म तिमीलाई प्रेम गर्छु। म तिमीसंग अत्यन्त आनान्दित छु।”
22 و روح‌القدس به صورت كبوتری بر او نازل شد و صدایی از آسمان آمد: «تو پسر عزیز من هستی. از تو خشنودم.»
23जब येशूले आफ्नो कार्य गर्न थाले त्यसबेला उहाँको उमेर झण्डै तीस र्वष पुगेको थियो। मानिसहरूले सोचेका थिए येशू यूसुफको पुत्र हुनुहुन्छ। यूसुफ एलीका पुत्र थिए।
23 وقتی عیسی مأموریت خود را شروع كرد در حدود سی سال از عمرش گذشته بود و برحسب تصوّر مردم او پسر یوسف بود و یوسف پسر هالی،
24एली मत्तातका पुत्र थिए। मत्तात लेवीका पुत्र थिए। लेवी मल्कीका पुत्र थिए। मल्की यान्नाका पुत्र थिए। यान्ना यूसुफका पुत्र थिए।
24 پسر مَتات، پسر لاوی، پسر مِلكی، پسر ینا، پسر یوسف،
25यूसुफ मत्तायियासका पुत्र थिए। मत्ताथियास आमोसका पुत्र थिए। आमोस नहूमका पुत्र थिए। नहूम इसलीका पुत्र थिए। इसली नग्गैका पुत्र थिए।
25 پسر مَتاتیا، پسر آموس، پسر ناحوم، پسر حِسلی، پسر نَجی،
26नग्गै माथका पुत्र थिए। माथ मत्ताथियासका पुत्र थिए। मत्ताथियास सेमैनका पुत्र थिए। सेमैन योसेखका पुत्र थिए। योसेख योदाका पुत्र थिए।
26 پسر مأت، پسر مَتاتیا، پسر شِمعی، پسر یوسف، پسر یهودا،
27योदा योहन्नका पुत्र थिए। योआनन रेसाका पुत्र थिए। रेसा यरूबाबेल का पुत्र थिए। यरूबाबेल शालतिएलका पुत्र थिए शालतिएल नेरीका पुत्र थिए।
27 پسر یوحنا، پسر ریسا، پسر زروبابل، پسر شالتیئیل، پسر نیری،
28नेरी मल्कीका पुत्र थिए। कोसाम एलमादमका पुत्र थिए। अद्दी कोसामका पुत्र थिए। कोसाम एलमादमका पुत्र थिए। एलमादम एरका पुत्र थिए।
28 پسر مِلكی، پسر اَدی، پسر قوسام، پسر ایلمودام، پسر عیر،
29एर यहोशूका पुत्र थिए। यहोशू एलिएजरका पुत्र थिए। एलीएजर योरीमका पुत्र थिए। योरीम मत्तातका पुत्र थिए। मत्तात लेवीका पुत्र थिए।
29 پسر یوسی، پسر الیعزر، پسر یوریم، پسر مَتات، پسر لاوی،
30लेवी शिमियोनका पुत्र थिए। शिमियोन यहूदाका पुत्र थिए। यहूदा यूसुफका पुत्र थिए। यूसुफ योनानाका पुत्र थिए। योनान एल्याकीमका पुत्र थिए।
30 پسر شَمعون، پسر یهودا، پسر یوسف، پسر یونان، پسر ایلیاقیم،
31एल्याकीम मलेआकाम पुत्र थिए। मलेआ भिन्नाका पुत्र थिए। भिन्ना मत्ताथाका पुत्र थिए। मत्ताथा नातानका पुत्र थिए। नातान दाऊदका पुत्र थिए।
31 پسر مِلیا، پسر مینان، پسر مَتاتا، پسر ناتان، پسر داوود،
32दाऊद यिशैका पुत्र थिए। यिशै ओबेदका पुत्र थिए। ओबेद बोअजका पुत्र थिए। बोअज सल्मोनका पुत्र थिए। सल्मोन नहशोनका पुत्र थिए।
32 پسر یَسی، پسر عوبید، پسر بوعز، پسر شَلمون، پسر نَحشون،
33नहशोम अम्मीनादबका पुत्र थिए। अम्मीनादाब आरामका पुत्र थिए। आराम हेस्रोनका पुत्र थिए। हेस्रोन फारेसका पुत्र थिए। फारेस यहूदाका पुत्र थिए।
33 پسر عمیناداب، پسر ارام، پسر حَصرون، پسر فارص، پسر یهودا،
34यहूदा याकूबका पुत्र थिए। याकूब इसहाकका पुत्र थिए। इसहाक अब्राहामका पुत्र थिए। अब्राहाम तेरहका पुत्र थिए। तेरह नाहोरका पुत्र थिए।
34 پسر یعقوب، پسر اسحاق، پسر ابراهیم، پسر تارح، پسر ناحور،
35नाहोर सरूगका पुत्र थिए। सरूग रऊका पुत्र थिए। रऊ पेलेगका पुत्र थिए। पेलेग एबेरका पुत्र थिए। एबेर शेलहका पुत्र थिए।
35 پسر سروج، پسر رعو، پسر فالج، پسر عابر، پسر صالح،
36शेलह केनानक पुत्र थिए। केनान अर्पक्षदक पुत्र थिए। अर्पक्षदक शेमका पुत्र थिए। शेम नूहका पुत्र थिए। नूह लेमेखका पुत्र थिए।
36 پسر قینان، پسر ارفكشاد، پسر سام، پسر نوح، پسر لامَک،
37लेमेख मतूशेलहका पुत्र थिए। मतूशेलह हनोकका पुत्र थिए। हनोक येरेदका पुत्र थिए। येरेद महलालेलका पुत्र थिए। महलालेल केनानका पुत्र थिए।
37 پسر متوشالَح، پسر خنوخ، پسر یارد، پسر مَهلئیل، پسر قینان، پسر انوش، پسر شیث، پسر آدم بود و آدم از خدا بود.
38केनान एनोशका पुत्र थिए। एनोश शेतका पुत्र थिए। शेत आदमका पुत्र थिए। आदम परमेश्वरका पुत्र थिए।
38 پسر انوش، پسر شیث، پسر آدم بود و آدم از خدا بود.