1एक समय, विश्रामको दिनमा येशू अन्नको खेत भएर जाँदै हुनुहुन्थयो। उहाँका चेलाहरूले अन्नाका बालाहरू टिप्दै तिनीहरूको हातमा माँडेर खाए।
1
یک روز سبت عیسی از میان كشتزارهای گندم میگذشت. شاگردان او خوشههای گندم را میچیدند و در كف دستهای خود پاک میکردند و میخوردند.
2कोही फरिसीहरूले भने, “तिमीहरू किन त्यसो गर्दैंछौ? विश्रामको दिनमा यसो गर्नु मोशाको व्यवस्थाको विरुद्ध हो?”
2
بعضی از فریسیان گفتند: «چرا شما كاری را كه در روز سبت جایز نیست انجام میدهید؟»
3येशूले उत्तर दिनुभयो, “तिमीहरूले पढेका छैनौ, दाऊदले जब तिनी र तिनीसित हुनेहरू भोकाएका थिए तब क गरेका थिए?
3
عیسی پاسخ داد: «مگر نخواندهاید داوود در وقتیکه خود و یارانش گرسنه بودند چه كرد؟
4दाऊद परमेश्वरका घर गए अनि तिनले परमेश्वरलाई चढाएको रोटी लिए अनि खाए। अनि तिनले रोटीहरू आफूसंग हुने मानिसहरूलाई बाँडे। वास्तवमा यो मोशाको व्यवस्था विरुद्ध थियो। व्यवस्था अनुसार केवल पूजाहारीरूलाई मात्र यस्तो रोटी खाने अनुमति छ।”
4
او به خانهٔ خدا وارد شد و نان تقدیس شده را برداشت و خورد و به یاران خود نیز داد، درصورتیکه خوردن آن نانها برای هیچکس جز كاهنان جایز نیست.»
5अनि येशूले फरिसीहरूलाई भन्नुभयो, “मानिसका पुत्र नै विश्राम दिनको प्रभु हुन्।”
5
همچنین به ایشان فرمود: «پسر انسان صاحب اختیار روز سبت است.»
6अर्को एक विश्रामको दिन येशू सभा घरमा जानु भयो। उहाँले मानिसहरूलाई शिक्षा दिनु भयो। एकजना दाहिने हात सुकेको मानिस त्यहाँ थियो।
6
عیسی در روز سبت دیگری به كنیسه رفت و مشغول تعلیم شد. از قضا مردی در آنجا حضور داشت كه دست راستش خشک شده بود.
7शास्त्रीहरू र फरिसीहरू त्यो विश्रामको दिन पनि येशूले कसैलाई निको पार्छन् कि भनेर हर्दैं बसिरहेका थिए। तिनीहरू चाहन्थे येशूबाट केही भूल होस् अनि उनलाई दोष लगाउन पाइयोस्।
7
علما و فریسیان مواظب بودند كه ببینند آیا عیسی او را در روز سبت شفا خواهد داد تا مدركی علیه او به دست آورند.
8तर येशूले तिनीहरूले के विचार गर्दैंछन् भनी बुझी हाल्नु भयो। उहाँले त्यो सुकेको हात भएको मानिसलाई भन्नुभयो, “उठ , अनि यी मानिसहरूको अघाडि उभ।” यसकारण त्यो मानिस जुरूक्कै उठ्यो अनि त्यहाँ उभियो।
8
امّا عیسی به افكار آنان پی برد و به مردی كه دستش خشک شده بود فرمود: «بلند شو و در وسط بایست.» او برخاست و آنجا ایستاد.
9येशूले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई सोध्दछु विश्रामको दिन के काम गर्न उचित होलाः राम्रो वा नराम्रो? प्राण बँचाउनु वा नाश गर्नु?”
9
عیسی به ایشان فرمود: «سؤالی از شما دارم: آیا در روز سبت، نیكی كردن رواست یا بدی كردن؟ جان انسان را نجات دادن یا نابود كردن؟»
10येशूले ती वरिपरि बसेका सबैलाई हेर्नु भयो। अनि त्यस मानिसलाई भन्नु भयो, “खोई मलाई तिम्रो हात हेर्न देऊ।” त्यस मानिसले उहाँलाई हात देखायो। त्यसको हात तुरन्तै निको भइहाल्यो।
10
دور تا دور به همهٔ آنها نگاه كرد و به آن مرد فرمود: «دستت را دراز كن.» او دست خود را دراز كرد و دستش خوب شد.
11फरिष्ठ्वसीहरू र शास्त्रीहरू साह्रै रिसाए। तिनीहरू आपसमा र्तक गर्न लागे, “येशूलाई हामीले के गर्नु पर्ने हो?”
11
امّا آنان بسیار خشمگین شده در میان خودشان به گفتوگو پرداختند كه با عیسی چه میتوانند بكنند.
12त्यस समयमा येशू एउटा डाँडामा गएर प्रार्थना गर्ने गर्नु हुन्थ्यो। सारा रात उहाँले प्रार्थना गरेर बिताउनु हुन्थ्यो।
12
در آن روزها عیسی برای دعا به كوهستان رفت و شب را با دعا به درگاه خدا به صبح رسانید.
13भेलिपल्ट बिहान, उहाँले आफ्नो चेलाहरूलाई उहाँले तिनीहरूलाई “प्रेरित” नाउँ दिनु भुयो। तिनीहरू थीएः
13
وقتی سپیدهٔ صبح دمید شاگردان خود را احضار كرد و از میان آنان، دوازده نفر را انتخاب كرد و آنها را رسولان نامید:
14शिमोन (येशूले तिनलाई पत्रुस नाउँ राख्नु भएको थियो) र आन्द्रियास पत्रुसको भाई, याकूब र यूहन्ना, फिलीप र बर्थुलमाई,
14
شمعون كه به او لقب پطرس داد و اندریاس برادر او، یعقوب و یوحنا، فیلیپُس و بارتولما،
15मत्ती, थोमा, याकूब अल्फाइको छोरो,) अनि शिमोन (जसलाई जेलोट पनि भनिन्छ),
15
متّی و توما، یعقوب پسر حلفی و شمعون معروف به فدایی، یهودا پسر یعقوب
16यहूदा (याकूबको छोरो) अनि यहूदा इस्करयोती। यो यहूदा नै तीमध्ये एकजना हो जसले येशूलाई शत्रुहरूको हातमा सुम्पेको थियो। (मत्ती 423-23; 51-12)
16
و یهودای اسخریوطی كه خائن از كار درآمد.
17येशू र प्रेरितहरू डाँडाबाट ओर्लेर आए। उहाँ त्यहीं एउटा सम्म जग्गामा उभिनु भयो। उहाँका चेलाहरूको एउटा ठुलो भीड त्यहाँ थियो। अनि टायर र सायडन सागर तटका शहरहरूबाट र यहूदियाका सबै ठाउँबाट, यरूशलेमबाट आएका धेरै मानिसहरू पनि त्यहाँ थिए।
17
عیسی با آنان از كوه پایین آمد و در زمین همواری ایستاد. اجتماع بزرگی از شاگردان او و گروه كثیری از تمام نقاط یهودیه و اورشلیم و اطراف صور و صیدون حضور داشتند.
18तिनीहरू सबै त्यहाँ उहाँबाट सुन्न र आफुलाई निरोगी पार्न आएका थिए। उहाँले शैतान दुष्टात्माले पीडित मानिसहरूलाई निको पारिदिनु भयो।
18
آنها آمده بودند تا سخنان او را بشنوند و از امراض خود شفا یابند. آن کسانیکه گرفتار ارواح پلید بودند، شفا یافتند
19सबैले येशूलाई छुने चेष्टा गरिरहेका थिए किनभने ती सबैलाई निको पार्दै उहाँबाट शक्ति बाहिर निस्किरहेथ्यो।
19
و هر كسی در میان جمعیّت سعی میکرد دست خود را به عیسی بزند چون قدرتی كه از او صادر میشد، همه را شفا میداد.
20उहाँले आफ्ना चेलाहरूलाई हेर्नु भयो अनि भन्नु भयो, हे दीन मानिसहरू, तिमीहरूलाई आशीर्वाद छ, किनभने परमेश्वरको राज्य तिमीहरूकै हो।
20
بعد به شاگردان خود چشم دوخت و گفت:
«خوشا به حال شما كه فقیرید،
پادشاهی خدا از آن شماست.
21तिमीहरू, जो अहिले भोकाएका हरूलाई पनि आशीर्वाद छ, किनभने तिमीहरू तृप्त हुनछौ। तिमीहरू, जो अहीले रोइरहेकाहरूलाई आशीर्वाद छ किनभने तिमीहरू खुशीसंग हाँस्नेछौ।
21
«خوشا به حال شما كه اكنون گرسنهاید،
شما سیر خواهید شد.
خوشا به حال شما كه اكنون اشک میریزید،
شما خندان خواهید شد.
22मानिसको पुत्रको कारण यदि तिमीहरूलाई मानिसहरूले घृणा गरे, आफ्नो समूहबाट निकाली दिए, तीनीहरूले निन्दा गरे, तिनीहरूले तिमीहरूलाई अस्वीकारे तिमीहरू धन्य हौ।
22
«خوشا به حال شما هرگاه بهخاطر پسر انسان، مردم از شما روی گردانند و شما را از بین خود بیرون كنند و به شما اهانت كنند و یا به شما بد بگویند.
23त्यसबेला रमाऊ अनि खुशीले उफ्र, किनभने स्वर्गमा तिमीहरूले ठूलो इनाम पाउनेछौ। तिनीहरूका पुर्खाहरूले अगमवक्ताहरूलाई त्यसै गरेथे, त्यसरीनै ती मानिसहरूले तिमीहरूलाई पनि त्यही व्यवहार गर्नेछन्।
23
در آن روز شاد باشید و از خوشی پایكوبی كنید چون بدون شک پاداش سرشاری در عالم بالا خواهید داشت زیرا نیاکان ایشان نیز درست به همینطور با انبیا رفتار میکردند.
24तर धनी मानिसहरू हो! तिमीहरूलाई धिक्कार किनभने तिमीहरूले सुखी जीवन भोगेकाछौ।
24
«امّا وای به حال شما ثروتمندان،
شما روزهای كامرانی خود را پشت سر گذاشتهاید.
25तिमी अघाएकाहरूलाई, धिक्कार! किनभने तिमीहरू भोकाउनेछौ। तिमी अहिले हाँसिरहेकाहरूलाई, धिक्कार! किनभने तिमीहरू शोकगर्नु र रूनु पर्नेछ।
25
وای به حال شما كه اكنون سیر هستید،
گرسنگی خواهید كشید.
وای به حال شما كه اكنون میخندید،
شما ماتم خواهید گرفت و اشک خواهید ریخت.
26“धिक्कार! तिनीहरूको बारेमा मानिसहरूद्वारा प्रशंसा गरिऐको भए पनि, किनभने तिनीहरूका पुर्खाहरूले पनि झूटो अगमवक्ताहरूलाई सधैं प्रशंसा गरे।
26
«وای به حال شما وقتی همه از شما تعریف میکنند. نیاکان ایشان درست همین كار را با انبیای دروغین كردند.
27“म तिमीहरूलाई भन्दछु जसले मलाई सुनिरहेकाछौ, आफ्ना शत्रुहरूलाई प्रेम गर। जसले तिमीहरूलाई घृणा गर्छन तिनीहरूलाई पनि राम्रै गर।
27
«امّا به شما كه سخن مرا میشنوید میگویم: به دشمنان خود محبّت نمایید، به آنانی كه از شما متنفّرند نیكی كنید.
28तिमीहरूलाई सराप्नेहरूलाई पनि आशीर्वाद देऊ। तिमीहरूसित दुर्व्यवहार गर्नेहरूको लागि पनि प्रार्थना गर।
28
برای آنانی كه به شما دشنام میدهند دعای خیر كنید. برای آنانی كه با شما بدرفتاری میکنند دعا كنید.
29यदि कसैले तिमीहरूको एउटा गालामा थप्ड लगाए उसलाई अर्को गाला पनि थापि देऊ। यदि कसैले तिम्रो कोट लगेको छ भने उसलाई कमीज लिनु नरोक।
29
وقتی كسی به صورت تو میزند طرف دیگر صورت خود را هم پیش او ببر. وقتی كسی قبای تو را میبرد بگذار پیراهنت را هم ببرد.
30जसले माग्छ हरेकलाई देऊ। यदि कसैले तिम्रो केही लगेकोछ भने उसलाई त्यो चीज फर्काई नमाग।
30
به هرکه چیزی از تو بخواهد ببخش و وقتی كسی آنچه را كه مال توست میبرد آن را مطالبه نكن.
31अरूबाट तिमी जे चाहन्छौ, अरूको निम्ति पनि त्यही गरी देऊ।
31
با دیگران آنچنان رفتار كنید كه میخواهید آنها با شما رفتار كنند.
32जसले तिमीहरूलाई प्रेम गर्छन् तिनीहरूलाई मात्र प्रेम गरे, तिमीहरू के कुनै प्रशंसाको योग्य हुन सक्छौ? अँह। पापीहरू पनि तिनहरूलाई प्रेम गर्नेहरूलाई प्रेम नै गर्दछन्।
32
«اگر فقط كسانی را دوست بدارید كه شما را دوست دارند برای شما چه افتخاری دارد؟ حتّی خطاكاران هم دوستداران خود را دوست میدارند.
33यदि तिमी ती मानिसहरूको निम्ति मात्र भलाई गर्छौ ज-जसले तिम्रो भलाई गर्छन्, भने के तिमी प्रशंसाको योग्य हुन सक्छौ? होईन, कारण यस्तो त पापीहरूले पनि गर्छन्।
33
و اگر فقط به کسانیکه به شما نیكی میکنند نیكی كنید برای شما چه افتخاری دارد؟ چون خطاكاران هم چنین میکنند.
34यदि फिर्ता पाउने आशामा तिमी कसैलाई ऋण दिन्छौ भने के तिमी प्रशंसाको योग्य हुन सक्छौ? होइन, पापीहरू पनि पापीहरूलाई त्यति नै फिर्ता पाउने आशामा ऋण दिन्छन्।
34
و اگر فقط به كسی قرض بدهید كه توقّع پس گرفتن دارید دیگر چه افتخاری برای شما دارد؟ حتّی خطاكاران هم، اگر بدانند تمام آن را پس خواهند گرفت، به یكدیگر قرض خواهند داد.
35यसैले आफ्ना शत्रुहरूलाई प्रेम गर। तिनीहरूसंग राम्रो गर, अनि तिनीहरूबाट केही आशा नराखी ऋण देऊ। यदी तिमीहरूले यसो गर्यो भने तिमीहरूले ठूलो इनाम पाउनेछौ, तिमीहरू सर्वौच्च परमेश्वरका सन्तानहरू झैं हुनेछौ किनभने परमेश्वर बैगुनी तथा दुष्टहरू प्रति पनि कृपालु हुनुहुन्छ।
35
امّا شما به دشمنان خود محبّت نمایید و نیكی كنید و بدون توقّع عوض، قرض بدهید كه پاداش سرشاری خواهید داشت و فرزندان خدای متعال خواهید بود، زیرا او نسبت به ناسپاسان و خطاكاران مهربان است.
36जस्तो तिम्रा पिता प्रेमी र दयालु हुनु हुन्छ त्यस्तै प्रेमी र कृपालु बन।
36
پس همانطور كه پدر شما رحیم است رحیم باشید.
37अरूको न्याय नगर, अनि अरूले पनि तिम्रो न्याय गर्ने छैन। अरूलाई र्भत्सना नगर, अनि अरूले पनि तिम्रो र्भत्सना गर्दैन। अरूलाई क्षमा गर, अनि तिमीले पनि क्षमा पाउनेछौ।
37
«دربار دیگران قضاوت نكنید تا خود مورد قضاوت قرار نگیرید. محكوم نكنید تا محكوم نشوید. دیگران را ببخشید تا بخشیده شوید.
38अरूलाई दिने गर अनि तिमीले पनि पाउनेछौ। तिमीहरूले राम्रो ओजनमा पाउनेछौं, तिमीहरूलाई खाँदी खाँदी हल्लाँउदै काखमा पोखिने गरी पाउनेछौ जुन नापले तिमी अरूलाई दिंदछौ परमेश्वरले पनि तिमीहरूलाई त्यही नापले दिनु हुनेछ।”
38
بدهید كه به شما داده خواهد شد، پیمانهٔ درست و فشرده و تكان داده شده و لبریز در دامن شما ریخته خواهد شد، زیرا با هر پیمانهای كه به دیگران بدهید با همان پیمانه، عوض خواهید گرفت.»
39येशूले तिनीहरूलाई यो दृष्टान्त भन्नु भयोः के एउटा अन्धाले अर्को अन्धालाई डोर्याउन सक्छ? अहँ! दुवै नै खाडलमा पर्नेछन्।
39
همچنین مَثَلی برای ایشان آورد: «آیا یک كور میتواند عصاكش كور دیگری باشد؟ مگر هر دو در گودال نخواهند افتاد؟
40एउटा शिष्य आफ्नो गुरूभन्दा माथि हुन सक्तैन। तर प्रत्येक मानिस जसले पूर्णरूपले सिकिसक्छ तब मात्र उ गुरू झैं बन्नसक्छ।
40
شاگرد بالاتر از استاد خود نیست امّا وقتی تحصیلات خود را به پایان برساند به پایهٔ استادش خواهد رسید.
41जब तिमी आफ्नो आँखमा सानो छेस्का पसेको थाहा पाउदैनौ, भाईको आँखमा परेको धुलो किन देख्छौ?
41
«چرا به پركاهی كه در چشم برادرت هست نگاه میکنی و هیچ در فكر تیری كه در چشم خود داری نیستی؟
42तिमीहरूले कसरी आफ्नो भाइलाई भन्न सक्छौ, ए भाई मलाई तिम्रो आँखामा भएको धुलो निकाल्न देऊ। जब तिमीहरूले आफ्नो आँखामा परेको ठूलो छेस्कालाई पनि देख्न सक्तैनौ। तिमीहरू कपटी छौ। पहिले, तिमीहरू आफैले आफ्नो आँखबाट ठूलो छेस्का निकाल। त्यसपछि तिमीहरूले स्पष्टसंग तिमीहरूको भाइको आँखामा परेको धुलो निकाल्न सक्नेछौ।
42
چطور میتوانی به برادرت بگویی 'ای برادر، اجازه بده آن پر كاه را از چشمت بیرون بیاورم'، درصورتی كه تیر داخل چشم خود را نمیبینی؟ ای ریاكار، اول تیر را از چشم خود بیرون بیاور آن وقت درست خواهی دید كه پر كاه را از چشم برادرت بیرون بیاوری.
43एउटा असल बोटले खराब फल कहिल्यै दिँदैन। त्यसरी नै एउटा नराम्रो बोटले राम्रो फल दिनु सक्तैन।
43
«هرگز درخت خوب میوهٔ بد و یا درخت بد میوهٔ خوب به بار نیاورده است،
44हरेक बौट त्यसले दिएको फलबाट चिन्न सकिन्छ। मानिसहरूले काँडे पोथ्राबाट नेभारा बटुल्न सक्तैनन्। अनि तिनीहरूले काँडे पोथ्राबाट अंङ्गुर बटुल्न सक्तैनन्।
44
هر درختی از میوهاش شناخته میشود. از بوتههای خار، انجیر جمع نمیکنند و از خاربُن انگور نمیچینند.
45एउटा असल मानिसले आफ्नो हृदयमा असल कुरा नै राख्छ। अनि उसले आफ्नो हृदयबाट असल कुरा बाहिर निकाल्दछ। तर एउटा दुष्ट मानिसले आफ्नो हृदयमा दुष्ट कूराहरू नै राखेको हुन्छ। अनि उसले नराम्रा कुराहरू नै बाहिर निकाल्दछ। जुन कुरो हृदयमा परिपूर्ण छ त्यही नै मुखबाट निस्कन्छ।
45
مرد نیكو از خزانهٔ نیک درون خود نیكی به بار میآورد و مرد بد از خزانهٔ بد درون خود بدی به بار میآورد، چون زبان از آنچه دل را پر ساخته است سخن میگوید.
46जब मैले भनेको मान्दैनौ भने किन मलाई प्रभु, भन्दछै?
46
«چرا پیوسته به من خداوندا خداوندا میگویید ولی آنچه را كه به شما میگویم انجام نمیدهید؟
47हरेक मानिस जब मकहाँ आउँदछ अनि मेरो वचनहरू सुन्दछ र पालन गर्छ, म तिमीहरूलाई ऊ कस्तो हो देखाउनेछु।
47
هرکه پیش من بیاید و آنچه را كه میگویم بشنود و به آنها عمل كند به شما نشان میدهم مانند چه كسی است.
48ऊ एकजना घर बनाउने मानिस जस्तै नै हो। उसले गहिरो खनेर बलियो चट्टानमाथि जग बसाल्न सक्नेछ। जति बेला नदीमा बाढी आँउछ पानीले घरलाई धक्का दिन्छ तर त्यसले घरलाई हल्लाउन सक्तैन कारण त्यो घर राम्ररी बनिएको हुन्छ।
48
او مانند آن مردی است كه برای ساختن خانهٔ خود، زمین را عمیق كرد و شالودهٔ آن را روی سنگ قرار داد. وقتی سیل آمد، رودخانه طغیان كرد و به آن خانه زد امّا نتوانست آن را از جا بكند چون محكم ساخته شده بود.
امّا هرکه سخنان مرا بشنود و به آن عمل نكند مانند مردی است كه خانهٔ خود را روی خاکِ بدون شالوده بنا كرد. به محض اینكه سیل به آن خانه زد خانه فروریخت و به كلّی ویران شد!»
49तर जो मानिस मेरो वचन सुनछ तर पालन गर्दैन भने त्यो मानिस राम्ररी आधार नबसाई घर बनाउने मानिस जस्तै हो जसको घर नदीको बाढीको झोक्काँ लाग्दा नै झट्टै पल्टिन्छ र सम्पूर्ण रूपले ध्वंश हुन्छ।”
49
امّا هرکه سخنان مرا بشنود و به آن عمل نكند مانند مردی است كه خانهٔ خود را روی خاکِ بدون شالوده بنا كرد. به محض اینكه سیل به آن خانه زد خانه فروریخت و به كلّی ویران شد!»