Nepali

Persian

Mark

1

1येशूख्रीष्ट, परमेश्वरको पुत्रको सुसमाचार, अगमवक्ता यशैयाहले भनेका घट्नाबाटै आरम्भ हुन्छ।
1 ابتدای انجیل عیسی مسیح پسر خدا:
2यशैयाहले लेखेकाछन्: “सुन। म मेरो दूतलाई तिम्रो अघि-अघि पठाउँछु, जसले तिम्रो बाटो तयार पार्नेछन्।” मलाकी 3:1
2 در كتاب اشعیای نبی آمده است كه: «من قاصد خود را پیشاپیش تو می‌فرستم، او راه تو را باز خواهد كرد.
3‘उजाड-स्थानमा कोही कराईहेकोछः परमप्रभुको बाटो तयार पार, उहाँका गोरेटोहरू सोझो बनाओ।’” यशैया 40:3
3 ندا کننده‌ای در بیابان فریاد می‌زند: راه خداوند را آماده سازید و مسیر او را راست گردانید.»
4बप्तिस्मा दिने यूहन्ना आए अनि उजाड-स्थानमा मानिसहरूको बप्तिस्मा गर्ने काम गरे। तिनले मानिसहरूलाई भने आफ्नो जीवन परिवर्तन गर्न चाहेको देखाउनलाई बप्तिस्मा दिनु पर्छ। यसरी तिनीहरुको पापहरूको क्षमा हुनेछन्।
4 یحیای تعمید‌ دهنده در بیابان ظاهر شد و اعلام كرد كه مردم برای آمرزش گناهان، باید توبه كنند و تعمید بگیرند.
5यहूदिया र यरूशलेमका सम्पूर्ण मानिसहरू यूहन्ना कहाँ गए। तिनीहरूले आफूले गरेका पापहरूको पश्चाताप गरे, अनि तीनीहरूलाई यर्दन नदीमा यूहन्नाले बप्तिस्मा दिए।
5 مردم از تمام سرزمین یهودیه و شهر اورشلیم پیش او می‌رفتند و با اعتراف به گناهان خود، در رود اردن به وسیلهٔ او تعمید می‌گرفتند.
6यूहन्नाले ऊँटको रौंबाट तयार गरिएका लुगाफाटा पहिरिएका थिए र उनको कम्मरमा छालाको पेटी थियो। तिनले सलह र वन-मह खान्थे।
6 لباس یحیی از پشم شتر بود و كمربندی چرمی به كمر می‌بست و خوراكش ملخ و عسل صحرایی بود.
7त्यसपछि यूहन्नाले मानिसहरूमा प्रचार शुरू गरेः मभन्दा पछि एक मानिस आउनु हुनेछ, उहाँ मभन्दा महान हुनुहुन्छ। म निहुरेर उहाँको जुत्ताको फित्ता खोलिदिने योग्यको छैनँ।
7 او اعلام كرده گفت: «بعد از من مردی تواناتر از من می‌آید كه من لایق آن نیستم كه خم شوم و بند كفشهایش را باز كنم.
8म पानीद्वारा तिमीहरूलाई बप्तिस्मा दिन्छु तर उहाँले त तिमीहरूलाई पवित्र आत्माले बप्तिस्मा दिनुहुनेछ।
8 من شما را با آب تعمید می‌دهم، امّا او شما را با روح‌القدس تعمید خواهد داد.»
9त्यसै बेला यूहन्ना भएको स्थानमा गालीलको नासरत भन्ने शहरबाट येशू आउनु भयो। यर्दन नदीमा यूहन्नाले येशूलाई बप्तिस्मा दिए।
9 در این هنگام عیسی از ناصرهٔ جلیل آمد و در رود اردن از یحیی تعمید گرفت.
10जब येशू पानीदेखि बाहिर निस्कनु हुँदै थियो, उहाँले आकाश खुल्ला देख्नुभयो। पवित्र आत्मा ढुकुरको रूप लिएर येशूकहाँ ओर्लिनु भयो।
10 همین‌که عیسی از آب بیرون آمد، دید كه آسمان شكافته شد و روح‌القدس به صورت كبوتری به سوی او فرود آمد.
11स्वर्गबाट एउटा अवाज आयो अनि भन्योः तिमी मेरा पुत्र हौ, अनि म तिमीलाई प्रेम गर्दछु। म तीमीसँग धेरै प्रसन्न छु।
11 و آوازی از آسمان شنیده شد كه می‌گفت: «تو پسر عزیز من هستی، از تو خشنودم.»
12त्यसपछि पवित्र आत्माले येशूलाई मरूभूमितर्फ पठाऊनुभयो।
12 فوراً روح خدا او را به بیابان برد.
13चालीसदिनसम्म येशू त्यही मरूभूमिमा हुनुहुन्थ्यो। उहाँ त्यहाँ वन पशुहरूसंग हुनुहुन्थयो। जबसम्म येशू मरूभूमिमा हुनुहुन्थ्यो, उहाँ शैतानको परीक्षामा पर्नु भयो। स्वर्गदूतहरू आए अनि येशूलाई मदत गरे।
13 او مدّت چهل روز در بیابان بود و شیطان او را وسوسه می‌کرد. عیسی در بین حیوانات وحشی بود و فرشتگان او را خدمت می‌کردند.
14त्यसपछि यूहन्नालाई कैदमा पारियो। येशू गालील जानुभयो अनि परमेश्वरको सुसमाचार प्रचार गर्नुभयो।
14 پس از بازداشت یحیی، عیسی به استان جلیل آمد و مژدهٔ خدا را اعلام فرمود
15येशूले भन्नुभयो, यही नै उचित समय हो। परमेश्वरको राज्य नजीक आएको छ। तिमीहरूले आफ्नो रहन सहन र हृदय परिवर्तन गर, अनि सुसमाचारमा विश्वास गर।
15 و گفت: «ساعت مقرّر رسیده و پادشاهی خدا نزدیک است. توبه كنید و به این مژده ایمان آورید.»
16गालील तालको किनार भएर येशू हिँडिरहनु भएको थियो। येशूले शिमोन र उसको भाइ अन्द्रियासलाई देख्नुभयो। यी दुवैजना माछा पक्रनेहरू थिए अनि पोखरीमा माछा समात्न जाल हान्दै थिए।
16 وقتی عیسی در كنار دریاچهٔ جلیل قدم می‌زد، شمعون و برادرش اندریاس را دید كه تور به دریا می‌انداختند چون ماهیگیر بودند.
17येशूले तिनीहरूलाई भन्नुभयो, “आओ अनि मसँग हिँड, म तिमीहरूलाई बेग्लै प्रकारको माछा पक्रनेहरू बनाउँछु। तिमीहरू मानिसहरू बटुल्ने काम गर्नेछौ माछाहरू होइन।”
17 عیسی به آنها فرمود: «دنبال من بیایید تا شما را صیّاد مردم گردانم.»
18त्यसकारण शिमोन र अन्द्रियासले तिनीहरूको जाल फ्याँकिदिए अनि येशूलाई पछ्याए।
18 آن دو نفر فوراً تورهایشان را گذاشته، به دنبال او رفتند.
19येशू गालीलको ताल भएर केही पर गइरहनु भएको थियो। उहाँले अरू जब्दीका दुइजना छोराहरू दाज्यू-भाइ याकूब र यूहन्नालाई देख्नु भयो, तिनिहरू आफ्नो डुङ्गामा चढेर माछा मार्न जाल तयार गर्दैथिए।
19 كمی دورتر عیسی، یعقوب پسر زبدی و برادرش یوحنا را دید كه در قایقی مشغول آماده كردن تورهای خود بودند.
20तिनीहरूका बाबु जब्दी र उनका काम गर्नेहरू पनि तिनीहरूसित डुङ्गामा नै थिए। जब येशूले यी दूई दाज्यू-भाइलाई देख्नुभयो, उहाँले तिनीहरूलाई आफूकहाँ बोलाउनु भयो र तिनीहरु आफ्ना बाबुलाई छोडेर येशूकहाँ आए।
20 عیسی آن دو نفر را نیز فوراً پیش خود خواند. آنها پدر خود زِبدی را با كارگرانش در قایق ترک كردند و به دنبال او رفتند.
21येशू अनि उहाँका चेलाहरू कफर्नहुममा जानुभयो। त्यसैबेला उहाँले विश्रामको दिनमा सभाघरमा पसी मानिसहरूलाई शिक्षा दिनलाग्नु भयो।
21 عیسی و شاگردانش وارد كفرناحوم شدند و همین‌که روز سبت فرا رسید، عیسی به كنیسه رفت و به تعلیم پرداخت.
22त्यहाँ मानिसहरू येशूको उपदेश सुनेर चकित भए। व्यवस्थाका शिक्षकहरूले झैं येशूले तिनीहरूलाई सिकाउनु भएन। येशूले तिनीहरूलाई कुनै अधिकार भएको मानिसले जस्तो सिकाउनुहुन्थ्यो।
22 مردم از طرز تعلیم او حیران ماندند، زیرا برخلاف علمای یهود، او با اقتدار و اختیار به آنها تعلیم می‌داد.
23जतिबेला येशू सभाघरमा हुनुहुन्थ्यो, त्यसबेला एकजना दुष्टात्मा भएको मानिस त्यहाँ थियो।
23 در همان موقع مردی كه روح پلید داشت، وارد كنیسه شد و فریاد زد:
24त्यो चिच्यायो, “हे नासरतका येशू, हामीदेखि तपाईं के चाहनुहुन्छ के तपाईं हामीलाई सर्वनाश गर्न आउनुभएको हो? म तपाईंलाई चिन्छु तपाईं परमेश्वरका परम पवित्र जन हुनुहुन्छ।”
24 «ای عیسای ناصری با ما چه‌کار داری؟ آیا آمده‌ای تا ما را نابود كنی؟ من می‌دانم تو كیستی، ای قدّوس خدا.»
25येशूले दुष्ट आत्मालाई हकार्नु भयो अनि भन्नुभयो, “चूपलाग्!” त्यस मानिसबाट निस्केर बाहिर आइज!”
25 امّا عیسی او را سرزنش كرده گفت: «ساكت شو و از این مرد بیرون بیا.»
26त्यो दुष्टात्माले उसलाई जोडले झट्काएको थियो। त्यसैबेला त्यो दुष्टात्मा ठूलो स्वरले चिच्याएर त्यसबाट बाहिर निस्क्यो।
26 روح پلید آن مرد را تكان سختی داد و با فریاد بلند از او خارج شد.
27सबै मानिसहरू छक्क परे, र तिनीहरूले एका-अर्कामा भन्नलागे, “यहाँ के भइरहेको छ? शायद यो मानिसले केही नयाँ कुरो सिकाईरहेका होलान् उनले, अधिकारपूर्वक सिकाइरहेको भएको छ। उनले दुष्टात्मालाई आज्ञा गर्नसक्नु हुन्छ, अनि त्यो दुष्ट आत्माले उहाँको आज्ञा पालन गर्छ।
27 همه چنان حیران شدند، كه از یكدیگر می‌پرسیدند: «این چیست؟ چه تعالیم تازه‌ای است و با چه قدرتی به ارواح پلید فرمان می‌دهد و آنها اطاعت می‌کنند!»
28अनि यसो हुने बित्तिकै चाँडै नै येशूको खबर गालीलको सबै मुलुकभरि जाताततै फैलियो।
28 بزودی شهرت او در سراسر جلیل پیچید.
29येशू अनि उहाँका चेलाहरूले सभाघर छोडनुभयो। तिनीहरू सबै याकूब र यूहन्नासँग सिमोन र अन्द्रियासको घरमा जानुभयो।
29 عیسی و شاگردانش از كنیسه بیرون آمدند و به اتّفاق یعقوب و یوحنا یک‌راست به خانهٔ شمعون و اندریاس رفتند.
30सिमोनकी सासु जरोले थलिएर ओछ्यान परेकी थिइन्। मानिसहरूले येशूलाई तिनको बारेमा सबै कुरा सुनाए।
30 مادر زن شمعون تب داشت و خوابیده بود. به محض اینكه عیسی به آنجا رسید او را از حال آن زن باخبر كردند.
31त्यसपछि येशू तिनको ओछ्यान छेउमा जानुभयो। येशूले ती स्त्रीको हात समात्नु भयो, अनि तिनलाई उठ्न सहायता गर्नुभयो। यसो गर्ने बित्तिकै जरो हरायो। तिनी जाति भइन्। त्यसपछि तिनले उहाँको सेवा गरिन्।
31 عیسی پیش او رفت، دستش را گرفت و او را برخیزانید، تبش قطع شد و به پذیرایی آنها پرداخت.
32त्यस साँझमा जब सूर्य अस्तायो, मानिसहरूले अनेकौं रोगीहरूलाई येशूकहाँ ल्याए। तिनीहरूले भूत लागेकाहरूलाई पनि ल्याए।
32 وقتی خورشید غروب كرد و شب شد، همهٔ بیماران و دیوانگان را پیش او آوردند.
33शहरका सारा मानिसहरू घरको ढोकामा भेला भएका थिए।
33 تمام مردم شهر در جلوی آن خانه جمع شدند.
34येशूले बेग्ला-बेग्लै रोग लागेकाहरू ससबैलाई निको पार्नुभयो। तर येशूले भूतहरूलाई बोल्न दिनु भएन, किनभने भूतहरूले उहाँ को हुनुहुन्छ भनेर जान्दथ्यो।
34 عیسی بیماران بسیاری را كه امراض گوناگون داشتند، شفا داد و دیوهای زیادی را بیرون كرد و نگذاشت آنها حرفی بزنند، چون او را می‌شناختند.
35भोलिपल्ट बिहान, येशू चाँडै उठनुभयो। उहाँले घर छोडनुभयो, विहान अंध्यारोमा नै येशू एकान्तमा जानूभयो अनि प्रार्थना गर्न लाग्नु भयो।
35 سحرگاه روز بعد، عیسی از خواب برخاسته از منزل خارج شد و به جای خلوتی رفت و مشغول دعا شد.
36केही समयपछि सिमोन र उनका साथीहरू येशूलाई खोज्न गए।
36 شمعون و همراهانش به جستجوی او پرداختند.
37तिनीहरूले येशूलाई भेटे अनि भन्नलागे, सबै मानिसहरू तपाईंलाई नै हेरिरहेका छन।
37 و وقتی او را پیدا كردند به او گفتند: «همه به دنبال تو می‌گردند.»
38येशूले भन्नुभयो, “हामी यहाँ वरिपरिका अरु शहरहरूमा जानुपर्छ। त्यसर्थ ती ठाउँहरूमा पनि म प्रचार गर्न सक्नेछु। यहि काम गर्नु म आएको हूँ।”
38 عیسی به آنها فرمود: «به جاهای دیگر و شهرهای اطراف برویم تا در آنجا هم پیام خود را برسانم، چون من برای همین منظور آمده‌ام.»
39अनि येशूले गालीलको सबै ठाउँहरूमा यात्रा गर्नुभयो। उहाँले तिनीहरूका सभाघरहरूमा प्रचार गर्नुभयो अनि मानिसहरूमा लागेका भूतहरू भगाइदिनु भयो। येशूद्वारा एकजना रोगी निको भयो (मत्ति 8:1-4; लूका 5:12-16)
39 عیسی در سراسر جلیل می‌گشت و در کنیسه‌ها پیام خود را اعلام می‌کرد و دیوها را بیرون می‌‌نمود.
40एकजना कुष्ठरोग लागेको मानिस येशूकहाँ आयो। त्यसले घुँडा टेकेर येशूलाई बिन्ती गर्न लाग्यो, तपाईंमा त्यस्तो शक्ति छ, यदि तपाईंले चाहनु भयो भने म निको हुनसक्छु।
40 یک نفر جذامی پیش عیسی آمد، زانو زد و تقاضای كمک كرد و گفت: «اگر بخواهی می‌توانی مرا پاک سازی.»
41येशूलाई त्यस मानिसप्रति दया लग्यो। उहाँले त्यस मानिसलाई छुनुभयो। उहाँले भन्नुभयो, “म तिमीलाई निको पार्न चाहन्छु। निको होऊ।”
41 دل عیسی به حال او سوخت، دست خود را دراز كرد، او را لمس نمود و فرمود: «البتّه می‌خواهم، پاک شو.»
42त्यसपछि त्यस मानिसको कुष्ठरोग हरायो, अनि त्यो निको भयो।
42 فوراً جذامش برطرف شد و پاک گشت.
43येशूले त्यस मानिसलाई जाने आज्ञा दिनुभयो। उहाँले त्यसलाई कडा चेतावनी पनि दिनुभयो।
43 بعد عیسی درحالی‌که او را مرخّص می‌کرد با تأكید فراوان
44येसूले भन्नुभयो, होशियार बन तिम्रो निम्ति मैले गरेको काम बारे कसैलाई केही नभन्नू। तर पूजाहारीकहाँ गएर आफूलाईं देखाऊ, अनि परमेश्वरलाई केही भेटी चाढाऊ किनभने तिमी निको भएका छौ। मोशाले बताए बमोजिम भेटी चढाऊ। त्यसबाट मानिसहरूलाई तिमी निको भयौ भन्ने थाहा हुनेछ।
44 به او فرمود: «مواظب باش به كسی چیزی نگویی، بلكه برو خود را به كاهن نشان بده و به‌خاطر اینكه پاک شده‌ای قربانی‌ای را كه موسی حكم كرده، تقدیم كن تا برای شفای تو شهادتی باشد.» امّا آن مرد رفت و این خبر را در همه‌جا منتشر كرد. به طوری که عیسی دیگر نمی‌توانست آشكارا وارد شهر بشود. بلكه در جاهای خلوت شهر می‌ماند و مردم از همه طرف پیش او می‌رفتند.
45तर त्यो मानिस त्यहाँबाट गयो अनि यशूले आफूलाई निको पार्नु भएको बारेमा जाताततै सबै मानिसहरूसंग कुरा गर्यो। अनि येशूको बारेमा खबर फैलियो। यसकारण येशूले खुल्लम खुल्ला शहरमा प्रवेश गर्न सक्नु भएन। येशू मानिसहरू नबस्ने ठाउँतिर जानुभयो। तर सबै शहरहरूबाट मानिसहरू येशूलाई भेट्न आए।
45 امّا آن مرد رفت و این خبر را در همه‌جا منتشر كرد. به طوری که عیسی دیگر نمی‌توانست آشكارا وارد شهر بشود. بلكه در جاهای خلوت شهر می‌ماند و مردم از همه طرف پیش او می‌رفتند.