1एका विहानै मुख्य पूजाहारीहरू यहूदी बुढा प्रधानहरू शास्त्रीहरू र सबै यहूदी महासभाले योजना बनाए। तिनीहरूले येशूलाई सांग्लोले बाँधे अनि पिलातस कहाँ पुरयाए। तिनीहरूले येशूलाई पिलातसकहाँ सुम्पिदिए।
1
همینکه صبح شد، سران كاهنان به اتّفاق مشایخ و علما و تمام اعضای شورا، با عجله جلسهای تشكیل دادند. آنها عیسی را با زنجیری بسته و به پیلاطس تحویل دادند.
2पिलातसले येशूलाई सोधे, “के तिमी नै यहूदीहरूको राजा हौ? येशूले भन्नुभयो, “हो, त्यो सत्य हो।”
2
پیلاطس از او پرسید: «آیا تو پادشاه یهود هستی؟» عیسی جواب داد: «همان است كه میگویی.»
3मुख्य पूजाहारीहरूले उनी विरुद्ध अनेकौं अभियोग लगाएका थिए।
3
سران كاهنان، اتّهامات زیادی به او نسبت دادند.
4यसर्थ पिलातसले उनलाई फेरि एक प्रश्न गरे। के तिमी जवाफ दिन चाहँदैनौ? हेर तिनीहरूमाथि कतिवटा अभियोगहरू लगाएका छन्?”
4
پیلاطس باز از او پرسید: «جوابی نداری؟ ببین چه اتّهامات زیادی به تو نسبت میدهند.»
5तर येशूले उत्तर दिनु भएन। यसर्थ पिलातुस एकदमै छक्क परे।
5
امّا عیسی جوابی نداد، به طوری که باعث تعجّب پیلاطس شد.
6प्रत्येक र्वष निस्तार चाडको समयमा कैदमा परेका एकजनालाई हाकीमद्वारा जेलबाट मुक्त गरिन्थ्यो। मानिसहरूले चाहेका कुनै पनि कैदीलाई उसले मुक्त गरिदिन्छ।
6
در هر عید فصح پیلاطس بنا به خواهش مردم، یک زندانی را آزاد میکرد.
7त्यसबेला बारब्बा नाउँ गरेका एकजना विद्रोही पिलातुसको कैदमा थियो। त्यसले दंङ्गामा एउटाको हत्या गरेको थियो।
7
در آن زمان مردی معروف به «باراباس» همراه با یاغیانی كه در یک آشوب، مرتكب قتل شده بودند، در زندان بود.
8मानिसहरू कहाँ आए अनि उहाँले संधैं गरे झैं एकजना कैदीलाई मुक्त गरिदिनु भनी आग्रह गरे।
8
مردم پیش پیلاطس رفتند و از او خواهش كردند كه طبق معمول این كار را برایشان انجام دهد.
9पिलातसले मानिसहरूलाई भने, “के तिमीहरूले यहूदीको राजालाई मैले छोडिदिएको चाहन्छौ?”
9
پیلاطس از ایشان پرسید: «آیا میخواهید، پادشاه یهود را برای شما آزاد كنم؟»
10पिलातसले यसो भने किनभने मुख्य पूजाहारूहरूले येशूलाई उनीकाहाँ सुम्पिदिएको ईर्ष्याको कारणले हो भनी जान्दथे।
10
چون او میدانست كه سران كاهنان از روی حسد عیسی را تسلیم کردهاند.
11तर मुख्य पूजाहारीहरूले मानिसहरूलाई येशूको सट्टामा बारब्बाको मुक्तिको माँग गर्नु भनी उक्साए।
11
امّا سران كاهنان مردم را تحریک كردند كه از پیلاطس بخواهند «باراباس» را برایشان آزاد كند.
12पिलातसले मानिसहरूलाई फेरि एकपल्ट सोधे, “तब यो मानिसलाई के गर्नुपर्ने जसलाई तिमीहरू यहूदीरूका राजा भन्दछौ?”
12
پیلاطس بار دیگر به ایشان گفت: «پس با مردی كه او را پادشاه یهودیان مینامید، چه كنم؟»
13मानिसहरू फेरि चिच्याए, “उसलाई क्रुसमा टाँग्नुहोस्।”
13
آنها در جواب با فریاد گفتند: «مصلوبش كن.»
14पिलातसले तिनीहरूलाई भने, “किन? उसले के त्यस्तो अपराध गरेको छ?” तर मानिसहरू झन जोर जोरसंग कराउन लागे, “उसलाई क्रुसमा टाँग्नुहोस्।”
14
پیلاطس پرسید: «چرا؟ مرتكب چه جنایتی شده است؟» امّا آنان شدیدتر فریاد میزدند: «مصلوبش كن!»
15पिलातसले मानिसहरूलाई खुशी तुल्याउन चाहन्थे, यसर्थ उनले बारब्बालाई तिनीहरूको निम्ति छोडिदिए। अनि पिलातसले सिपाहीहरूलाई येशूलाई कोर्रा लगाउने हुकून दिय्ए। तब पिलातसले येशूलाइ क्रूसमा टाँग्नका निम्ति सिपाहीहरूको हातमा जिम्मा दिए।
15
پس پیلاطس كه مایل بود، مردم را راضی نگه دارد «باراباس» را برای ایشان آزاد كرد و دستور داد عیسی را تازیانه زده، بسپارند تا مصلوب شود.
16पिलातसका सिपाहीहरूले येशूलाई महल भित्र (जसलाई प्रेटोरियम भनिन्छ) ल्याए। तिनीहरूले सबै रक्षकहरूलाई एकत्रित गरे।
16
سربازان عیسی را به داخل محوطهٔ كاخ فرمانداری بردند و تمام گروهان را جمع كردند.
17सिपाहीहरूले येशूलाई बैजनी रंगको लुगा लगाईदिए। अनि तिनीहरूले उहाँलाई लगाईदिनका निम्ति काँढाको मुकुट बनाए।
17
آنها ردای ارغوانی را به او پوشانیدند و تاجی از خار بافته و روی سرش گذاشتند
18त्यसपछि तिनीहरूले येशूलाई भने, “यहूदीहरूका राजा हामी तपाईंलाई सलाम गर्छौ!”
18
و به او ادای احترام كرده میگفتند: «سلام، ای پادشاه یهود.»
19तिनीहरूले उहाँलाई शिरमा कैयौं पटक लट्ठीले हिर्काए। तिनीहरूले उहाँमाथि थुके, अनि घुँडा टेकेर उनलाई दण्डवत् गरे।
19
و با چوب بر سرش میزدند و به رویش آب دهان میانداختند. بعد پیش او زانو زده و تعظیم میکردند.
20उहाँमाथि गिल्ला गरिसकेपछि तिनीहरूले उहाँको बैजनी लुगाफाटा उतारिदिए, अनि उहाँको आफ्नै लुगाफाटा लगाइदिए। तब तिनीहरूले येशूलाई क्रूसमा झुण्डयाउनलाई बाहिर ल्याए। : 32-44; लूका 23:26-43; यूहन्ना 19:17-27)
20
وقتی مسخرگیها تمام شد، آنها لباس ارغوانی را از تنش درآورده و لباسهای خودش را به او پوشانیدند و او را بیرون بردند تا مصلوب كنند.
21कुरेनीका एकजना मानिस शहरतिर जाँदै थिए। उनी आलेक्जेण्डर र रूफसको बाबू शिमोन थिए। शिमोन आफ्नो खेतबाट र्फकिरहेथ्यो। सिपाहीहरूले शिमोनलाई येशूको क्रूस बोक्न जबरजस्ती गरे।
21
آنان شخصی را به نام شمعون اهل قیروان، پدر اسكندر و روفس كه از صحرا به شهر میآمد و از آنجا میگذشت، مجبور كردند كه صلیب عیسی را حمل كند.
22तिनीहरूले येशूलाई गलगथा भन्ने ठाउँमा पुर्याए। (गलगथाको अर्थ हुन्छः “खोपडीको स्थान”)
22
آنها عیسی را به محلی به نام «جلجتا» كه معنی آن «محل كاسهٔ سر» است بردند.
23गलगथामा सिपाहीहरूले येशूलाई दाखरस पिउन वाध्य गरे। यो दाखरस मूर्र मिसाइएको थियो। तर येशूले पिउनु भएन।
23
به او شرابی دادند كه آمیخته به دارویی به نام «مُر» بود، امّا او آن را قبول نكرد.
24तिनीहरूले उहाँलाई क्रूसमा काँटी ठोकेर टाँगि दिए। तब तिनीहरूले येशूका वस्त्रहरू भाग पारे तिनीहरू मध्ये कसले के पाउने हो भनी चिट्ठा गरे।
24
پس او را بر صلیب میخكوب كردند و لباسهایش را بین خود تقسیم نمودند و برای تعیین سهم هر یک، قرعه انداختند.
25तिनीहरूले येशूलाई क्रूसमा टाँग्दा बिहानी पखको नौ बजेको थियो।
25
ساعت نُه صبح بود كه او را مصلوب كردند.
26येशूको विरूद्धमा लगाइएको आरोपहरूको लिखित सुचना क्रूसमा थियो। सुचना पत्रमा भनिएको थियोः “यहूदीहरूका राजा।”
26
تقصیرنامهای به این شرح برایش نوشتند: «پادشاه یهودیان»
27तिनीहरूले दुइजना डाँकूहरूलाई पनि क्रूसमा टाँगेका थिए। तिनीहरू एकजना येशूको दाहिनेपट्टी र अर्को देब्रेपट्टि थिए।
27
دو نفر راهزن را نیز با او مصلوب كردند یکی در طرف راست و دیگری را در سمت چپ او. [
28[This verse may not be a part of this translation]
28
به این طریق آن كلامی كه میگوید: از خطاكاران محسوب شد، تحقّق یافت.]
29ओहोर-दोहोर गर्ने मानसहरू येशूलाई खिशी गर्थे। तिनीहरू टाउको हल्लाउँदै भन्दथे, “तपाई त्यही मानिस होइनौ जसले मन्दिर भत्काएर तीन दिन भित्रै बनाईदिन्छु भन्ने?
29
کسانیکه از آنجا میگذشتند، سرهایشان را تكان میدادند و با اهانت به عیسی میگفتند: «ای کسیکه میخواستی معبد بزرگ را خراب كنی و در سه روز بسازی،
30अब क्रूसबाट तल ओर्लनुहोस् अनि आफैलाई बचाउनु हवस्।”
30
حالا از صلیب پایین بیا و خودت را نجات بده.»
31यस्तै प्रकारले मुख्य पूजाहारीहरू र शास्त्रीहरूले येशूलाई गिज्याए । तिनीहरू एक अर्कामा भनिरहेका थिए, “उसले अरू मानिसहरूलाई बचायो। तर आफैलाई बचाउँन सकेन।
31
همچنین سران كاهنان و علما نیز او را مسخره میکردند و به یكدیگر میگفتند: «دیگران را نجات میداد، امّا نمیتواند خود را نجات دهد.
32यदि ऊ ख्रीष्ट, इस्राएलको राजा हो भने, ऊ क्रूसबाट तल झरेर आओस् जसद्वारा हामी यसलाई देख्न सकौं अनि उसमा विश्वास गरौं।” ती जसलाई उहाँसँगै क्रुसमा झुण्डयाईयो तिनीहरूले पनि उहाँको निन्दा गरे।
32
حالا این مسیح، پادشاه اسرائیل، از صلیب پایین بیاید تا ما ببینیم و به او ایمان بیاوریم.» كسانی هم كه با او مصلوب شده بودند، به او اهانت میکردند.
33मध्यान्हको बेला सारा देशमा अन्धकार भयो। अन्धाकार तीनबजे सम्म लगातार रहयो।
33
در وقت ظهر، تاریکی تمام آن سرزمین را فراگرفت و تا سه ساعت ادامه داشت.
34ठीक तीनबजे येशू ठूलो स्वरमा चिच्याउनु भयो, “एलोई,एलोई लामा सबकथनी?” यसको अर्थ हो, “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईले मलाई किन एक्लै छोडनुभयो?”
34
در ساعت سه بعد از ظهر، عیسی با صدای بلند گفت: «ایلی، ایلی لما سبقتنی؟» یعنی «خدای من، خدای من، چرا مرا ترک كردی؟»
35त्यहाँ उभिरहेका केही मानिसहरूले यो सुने। तिनीहरूले भने, “सुन! उहाँले एलियालाई बोलाइरहनु भएको छ।”
35
بعضی از حاضران وقتی این را شنیدند، گفتند: «نگاه كنید! او الیاس را صدا میکند!»
36तुरून्तै एकजना मानिस दगुरेर गयो अनि एउटा स्पञ्ज लिएर आयो। त्यस मानिसले स्पन्जमा सिर्का भर्यो अनि एउटा लट्ठीमा लगाएर उसेल येशूलाई पिउन दियो। त्यस मानिसले भन्यो, “अब हामी पर्खौं अनि हेरौं एलिया आएर उहाँलाई क्रूसबाट तल ओराल्ने हुन् कि होइनन्।”
36
یکی از آنها دوید و اسفنجی را از شراب تُرشیده پُر كرد و روی نی گذاشت و به او داد تا بنوشد و گفت: «بگذارید ببینم، آیا الیاس میآید تا او را پایین بیاورد؟»
37तब येशू ठूलो स्वरले चिच्याउनु भयो अनि प्राण त्याग्नुभयो।
37
عیسی فریاد بلندی كشید و جان داد.
38जब येशू मर्नु भयो, मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्म दुइ टुक्रा भएर आफै च्यातियो।
38
پردهٔ اندرون مقدّس معبد بزرگ از بالا تا پایین دو تكه شد.
39सिपाहीको अधिकारी जो येशूको अघि उभिएका थिए उहाँ कसरी मर्नु भयो सो देखे अनि भने, “यो मानिस निश्चयनै परमेश्वरको पुत्र हुन्।”
39
سروانی كه در مقابل عیسی ایستاده بود، وقتی چگونگی مرگ او را دید، گفت: «حقیقتاً این مرد پسر خدا بود.»
40केही स्त्रीहरू केही पर उभिएर क्रूसतर्फ हेरिरहेका थिए। तिनीहरूमध्ये मग्दलिनी मरियम, सलोमी, अनि याकूब र यूसुफकी आमा मरियम पनी त्यहीं थिईन्। (याकूब उनको कान्छो छोरो थियो)
40
در آنجا عدّهای زن هم بودند كه از دور نگاه میکردند و در بین آنها مریم مجدلیه و مریم مادر یعقوب كوچک و یوشا و سالومه دیده میشدند.
41ती स्त्रीहरू तिनै थिए जसले गालीलसम्म येशूको साथ दिएका थिए अनि उहाँको देखभाल गरेका थिए। अरू धेरै स्त्रीहरू पनि त्यहाँ थिए। तिनीहरू पनि येशूसंगै यरूशलेममा आएका थिए।
41
این زنها وقتی عیسی در جلیل بود، به او گرویدند و او را كمک میکردند. بسیاری از زنهای دیگر نیز همراه او به اورشلیم آمده بودند.
42यो दिनलाई तयारीको दिन भनिन्थ्यो। (जसको अर्थ हो विश्राम दिनको अघिल्लो दिन) रात पर्दै थियो।
42
غروب همان روز كه روز تدارک، یعنی پیش از روز سبت بود،
43अरमथियाको यूसुफ नाम गरेका एकजना मानिस साहसपूर्वक पिलातस कहाँ गए अनि येशूको लाशको लागि विन्ति गरे । यूसुफ यहूदी महासभाको एक प्रभावशाली सदस्य थिए। मानिसहरूमध्ये तिनी नै एकजना यस्ता मानिस थिए जसले परमेश्वरको राज्य आउने बाटो हेर्दथिए।
43
یوسف از اهل رامه، كه یکی از اعضای محترم شورای یهود و در انتظار ظهور پادشاهی خدا بود، با كمال شهامت پیش پیلاطس رفت و جسد عیسی را از او خواست.
44येशू अघिनै मरिसक्नु भयो भन्ने सुनेर पिलातस छक्क परे। येशूलाई रक्षा गरिरहेको सैनिक अधिकारीलाई तिनले बोलाए। पिलातसले येशू अघिनै मरि सके भनी उसलाई सोधे।
44
پیلاطس باور نمیکرد كه عیسی به این زودی مرده باشد. پس به دنبال سروانی كه مأمور مصلوب كردن عیسی بود فرستاد و از او پرسید: «آیا او به همین زودی مرد؟»
45अनि सैनिक अधिकारीले पिलातसलाई येशू अघिनै मरिसकेको कुरा सुनाए। यसकारण पिलातसले यूसुफलाई नै उहाँको लाश लैजाने अनुमति दिए।
45
وقتی پیلاطس از جانب سروان اطمینان یافت، به یوسف اجازه داد كه جنازه را ببرد.
46यूसुफले केही मलमलको लुगा किनेका थिए। तिनले क्रूसबाट उहाँलाई ओह्राले अनि त्यो लुगामा उहाँलाई बेह्रे। त्यसपछि यूसुफले चट्टान खोपेर बनाएको एउटा चिहानमा उहाँलाई राखे। तब चिहानको द्वारा बन्द गर्नलाई एउटा चट्टान उनले पल्टाए।
46
یوسف، كتان لطیفی خرید و جنازه عیسی را پایین آورد و در آن پیچید و در مقبرهای كه از سنگ تراشیده شده بود، قرار داد و سنگی جلوی در آن غلطانید.
مریم مجدلیه و مریم مادر یوشا، دیدند كه عیسی كجا گذاشته شد.
47मग्दलिनी मरियम, र यूसुफकी आमा मरियमले त्यो स्थान देखे जहाँ येशूलाई पुरियो।
47
مریم مجدلیه و مریم مادر یوشا، دیدند كه عیسی كجا گذاشته شد.