1त्यसको छ दिनपछि, येशू आफूसंग पत्रुस, याकूब अनि युहन्ना (याकूबको दाज्यू) लाई लिएर एउटा अग्लो पर्वततिर लाग्नु भयो। तिनीहरू सुनसान ठाउँमा थिए।
1
بعد از شش روز عیسی، پطرس و یعقوب و یوحنا برادر یعقوب را برداشته به بالای كوهی بلند برد تا در آنجا تنها باشند.
2तिनिहरूको आँखा अघि, येशू परिर्वतन हुनुभयो। उहाँको मुहार घाम जस्तै चम्किलो भयो। अनि उहाँको पहिरन ज्योति जस्तै चम्किलो भयो।
2
در حضور آنها هیئت او تغییر كرد، چهرهاش مانند آفتاب درخشید و لباسش مثل نور سفید گشت.
3तब तिनीहरूले दुइजना मानिसहरूलाई येशूसँग बातचीत गरीरहेका देखे। तिनीहरू मोशा र एलिया थिए।
3
در همین موقع شاگردان، موسی و الیاس را دیدند كه با عیسی گفتوگو میكردند.
4पत्रुसले येशूलाई भने, “प्रभु, यो उत्तम हो कि हामी यहाँ छौं। यो उत्तम हो यदि तपाईं इच्छा गर्नुहुन्छ भने म यहाँ तीनवटा आश्रयहरू निर्माण गर्नेछु, एउटा तपाईंको निम्ति, एउटा मोशाको निम्ति अनि एउटा चाहिँ एलियाको निम्ति।”
4
آنگاه پطرس به عیسی گفت: «خداوندا چه خوب است كه ما اینجا هستیم. اگر بخواهی من سه سایبان در اینجا میسازم: یكی برای تو، یكی برای موسی و یکی هم برای الیاس.»
5जब पत्रुस कुरा गरिरहेका थिए, एक्कासि एक उज्यालो बादलले तिनीहरूलाई ढाकिहाल्यो। बादलबाट एउटा आवाज आयो। आवाज यस्तो थियो, “यी मेरा पुत्र हुन् अनि म यिनलाई प्रेम गर्दछु। म यिनीसित अति प्रसन्न छु। यिनको आज्ञा मान।”
5
هنوز سخن او تمام نشده بود كه ابری درخشان بر آنان سایه افکند و از آن ابر صدایی شنیده شد كه میگفت: «این است پسر عزیز من كه از او خشنودم. به او گوش دهید.»
6चेलाहरूले त्यो आवाज सुने। तिनीहरू खुबै डराए, अनि तिनीहरू घोप्टो परे।
6
وقتی شاگردان این صدا را شنیدند، بسیار ترسیدند و با صورت به خاک افتادند.
7तर येशू आफ्ना चेलाहरूकहाँ आउनुभयो। अनि तिनीहरूलाई छुनु भयो। उहाँले भन्नुभयो, “उठ। तिमीहरू डराउनु पर्दैन।”
7
آنگاه عیسی پیش آنان آمده و بر آنان دست گذاشته گفت: «برخیزید، دیگر نترسید.»
8चेलाहरूले पुलुक्क हेरे, तर कसैलाई देखेनन्। त्यहाँ येशू मात्र हुनुहुन्थ्यो।
8
وقتی شاگردان چشمان خود را باز كردند جز عیسی، کسی دیگر را ندیدند.
9येशू र उहाँका चेलाहरू पहाडबाट ओह्रलदै थिए। उहाँले चेलाहरूलाई आज्ञा दिनुभयो, “पहाडमा तिमीहरूले देखेको त्यस घटनाहरूको बारे मानिसको पुत्र मृत्युबाट बौरी नउठे सम्म कसैलाई केही नभन्नु। त्यसपछिमात्र तिमीहरूले देखेका कुराहरू मानिसहरूलाई भन्नू।”
9
درحالیکه از كوه پایین میآمدند، عیسی به آنان دستور داد تا روزی كه پسر انسان پس از مرگ زنده نشده است دربارهٔ آن رؤیا به کسی چیزی نگویند.
10चेलाहरूले येशूलाई प्रश्न गरे, “किन व्यवस्थाका शास्त्रीहरूले ख्रीष्ट आउनुभन्दा पहिले एलिया आउनु पर्छ भनेका हुन्?”
10
شاگردان پرسیدند: «پس چرا علما میگویند باید اول الیاس بیاید؟»
11येशूले भन्नुभयो, “एलिया आँउदैछन् भनेर तिनीहरूले ठीकै भनेका हुन्। अनि यो साँचो हो कि एलिया आउनेछन् र सबै कुराको ठीकसित व्यवस्था गर्नेछन्।
11
عیسی پاسخ داد: «درست است، اول الیاس خواهد آمد و همهچیز را اصلاح خواهد كرد.
12तर म तिमीहरूलाई भन्दछु, एलिया अघिनै आइसकेका छन् तर तिनीहरू उनलाई चिन्दैनन्। उनलाई तिनीहरूले आफूले जे चाहे त्यही गरे। त्यसरी नै मानिसका पुत्रले पनि तिनीहरूका हातबाट यातना पाउने छन्।”
12
امّا من به شما میگویم كه الیاس آمده است و آنان او را نشناختند و آنچه خواستند با او كردند. پسر انسان نیز باید همینطور از دست ایشان رنج ببیند.»
13तब चेलाहरूले तिनीहरूलाई बप्तिस्मा दिने यूहन्नाको बारेमा भन्नुभएको रहेछ भनी बुझे।
13
در این وقت شاگردان فهمیدند كه مقصود او یحیای تعمیددهنده است.
14येशू अनि उहाँका चेलाहरू फेरि मानिसहरू भएको ठाउँमा गए। एउटा मानिस येशूको अघि निहुरियो।
14
همینکه عیسی و شاگردان پیش مردم برگشتند، مردی نزد عیسی آمد و در برابر او زانو زده
15त्यो मानिसले भन्यो, “परमप्रभु, मेरो छोरोप्रति दया गर्नुहोस्। उसलाई छारेरोग लागेकोछ र यसै द्वारा पीडित छ। मेरो छोरो बारम्बार आगो र पानीमा लडछ।
15
گفت: «ای آقا، بر پسر من رحم كن. او مصروع است و دچار حملههای سختی میشود به طوری که بارها خود را در آب و آتش انداخته است.
16मैले मेरो छोरोलाई तपाईंको चेलाहरूकहाँ ल्याएँ, तर तिनीहरूले उसलाई निको पार्न सकेनन्।”
16
او را پیش شاگردان تو آوردم، امّا نتوانستند او را شفا دهند.»
17येशूले जवाफ दिनूभयो, “तिमीहरूमा विश्वास छैन। तिमीहरूको जीवननै भ्रष्ट छ। तिमीहरूसंग म कहीलेसम्म बस्न सकुँला? तिमीहरूसंग कहिलेसम्म म धैर्य गरिबस्नु? त्यस केटोलाई यता ल्याऊ।”
17
عیسی در جواب گفت: «مردم این زمانه چقدر بیایمان و منحرف هستند! تا كی باید با شما باشم؟ و تا به كی باید شما را تحمّل كنم؟ او را پیش من بیاورید.»
18येशूले केटाभित्र भएको भूतलाई आज्ञागर्नु भयो। त्यो केटाबाट भूत बाहिर निस्क्यो, अनि त्यसबेला देखि केटो निको भयो।
18
پس عیسی با تندی به دیو دستور داد از او خارج شود. دیو او را ترک كرد و آن پسر در همان لحظه شفا یافت.
19तब चेलाहरू येशूकहाँ एकान्तमा आए। तिनीहरूले भने, “हामीले केटाबाट भूत भगाउन पूरा प्रयास गरेका थियौं। तर हामीले त्यसलाई भगाउन सकेनौं। किन हामीहरूले भूत भगाउन सकेनौ?’
19
بعد از این واقعه شاگردان عیسی آمده در خلوت از او پرسیدند: «چرا ما نتوانستیم آن دیو را بیرون كنیم؟»
20येशूले जवाफ दिनुभयो, ‘तिमीहरूले भूत भगाउन सकेनौ, किनभने तिमीहरूमा विश्वास एकदमै कम्ती छ म तिमीहरूलाई साँचो भन्दछु। यदि तिमीहरूको विश्वास तोरीको दाना जत्रो हुँदो हो, त पर्वतलाई यहाँबाट हटिजा भनेर तिमीहरूले त्यस डाडालाई आज्ञा दिन सक्ने थियौ। ‘अनि त्यो सर्ने थियो। सबै कुरा तिमीहरूको निम्ति सम्भव थियो।’
20
عیسی جواب داد: «چون ایمان شما كم است! بدانید كه اگر به اندازهٔ یک دانهٔ خَردَل ایمان داشته باشید، میتوانید به این كوه بگویید كه از اینجا به آنجا منتقل شود و منتقل خواهد شد و هیچ چیز برای شما محال نخواهد بود. [
21: 30-32; लूका 9:43-45)
21
لیکن این جنس جز به دعا و روزه بیرون نمیرود.]»
22त्यसपछि, चेलाहरु गालीलमा भेला भए। येशूले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्रलाई मानिसहरूको नियन्त्रणमा सुम्पिइनेछ।
22
در موقعی که آنها هنوز در جلیل دور هم بودند، عیسی به ایشان گفت: «پسر انسان بزودی به دست مردم تسلیم میگردد
23ती मानिसहरूले मानिसको पुत्रलाई मारिदिनेछन्। तर तेस्रो दिनमा मानिसको पुत्र बौरी उठनेछन्।” येशूलाई मारिनेछ भन्ने सुनेर चेलाहरू खुबै दुखित भए।
23
و آنان او را خواهند كشت ولی او در روز سوم باز زنده خواهد شد.» شاگردان بسیار غمگین شدند.
24येशू चेलाहरूलाई लिएर कफर्नहुममा जानुभयो। कफर्नहुममा केही मानिसहरू पत्रुसकहाँ आए। ती मानिसहरू दोहोरो महसूल उठाउनेहरू थिए। तिनीहरूले सोधे, ‘के तिमीहरूका गुरूले दोहोरो महसूल तिर्नु हुन्छ?”
24
در موقع ورود عیسی و شاگردان به كفرناحوم، کسانیکه مأمور دریافت مالیات برای معبد بزرگ بودند پیش پطرس آمده از او پرسیدند: «آیا استاد تو مالیات معبد بزرگ را نمیپردازد؟»
25पत्रुसले जवाफदिए, ‘हो, येशूले ती करहरू तिर्नुहुन्छ।” त्यसपछि पत्रुस येशू भएको घरमा गए। पत्रुसले केही बोल्न अधिनै, येशूले भन्नुभयो, “यो संसारमा राजाले मानिसहरूबाट विभिन्न प्रकारका करहरू प्राप्त गर्दछन्। तर महसूल तिर्ने मानिसहरू को हुन्? के तिनीहरू राजाका परिवारका मानिसहरू हुन्? अथवा ती अरू मानिसहरू हुन्? तिम्रो यस प्रति के भनाईछ?”
25
پطرس گفت: «البتّه!» وقتی پطرس به خانه رفت قبل از اینكه چیزی بگوید عیسی به او گفت: «ای شمعون، به نظر تو پادشاهان جهان از چه کسانی باج و خراج میگیرند از ملّت خود یا از بیگانگان؟»
26पत्रुसले जवाफ दिए, “अरू मानिसहरूले महसूल तिर्छन्।” येशूले भन्नुभयो, “त्यसो भए राजाका आफ्नै परिवारले महसूल तिर्ने आवश्यकता पर्दैन।
26
پطرس گفت: «از بیگانگان»، عیسی فرمود: «در این صورت خود ملّت معاف است،
امّا برای اینكه این اشخاص لغزش نخورند، برو و قلّابی به دریا بینداز، وقتی دهان اولین ماهی صید شده را باز كنی، سکّهای در آن خواهی یافت. آن را بردار و بابت مالیات من و خودت به آنها بده.»
27तर हामी यी महसूल उठाउनेहरूलाई रीस उठाउन चाँहदैनौ। यसर्थ यसप्रकारले महसूल बुझाऊ। पोखरीमा जाऊ र माछा समात्न बल्छीहान। तिमीले समातेको पहिलो माछा लेऊ, त्यसको मुख खोल र तिमीले चार ड्रकमाको एउटा मुद्रा पाउनेछौ। त्यो मुद्रा महसूल उठाउनेहरूलाई देऊ। त्यसैबाट तिम्रो र मेरो महसूल चुक्ता हुनेछ।”
27
امّا برای اینكه این اشخاص لغزش نخورند، برو و قلّابی به دریا بینداز، وقتی دهان اولین ماهی صید شده را باز كنی، سکّهای در آن خواهی یافت. آن را بردار و بابت مالیات من و خودت به آنها بده.»