Nepali

Persian

Matthew

25

1“त्यसबेला स्वर्गको राज्य दशजना कन्याहरू जस्तै हुनेछ, जो आ-आफ्ना दियो लिएर दुलहा पर्खन गए।
1 «در آن روز پادشاهی آسمان مثل ده دختر جوان خواهد بود كه چراغهای خود را برداشته به استقبال داماد رفتند.
2पाँचवटी कन्याहरू मूर्ख थिए। अनि पाँचवटी कन्याहरू बुद्धिमती थिए।
2 پنج نفر از آنان دانا و پنج نفر نادان بودند.
3ती पाँचवटी मूर्ख कन्याहरूले आफ्ना दीयो लिए तर आफूसित जोगेडा तेल लगेनन्।
3 دختران نادان چراغهای خود را با خود برداشتند ولی با خود هیچ روغن نبردند،
4तर पाँचवटी बुद्धिमती कन्याहरूले आफ्ना-आफ्ना दीयोहरू लिए अनि तिनीहरूले जगमा जगेडा तेल पनि बोकेका थिए।
4 امّا دختران دانا چراغهای خود را با ظرفهای پر از روغن بردند.
5तर दुलहा आउन एकदमै ढीलो भयो। सबै कन्याहरू थकित भए र निदाउन थाले।
5 چون داماد در آمدن تأخیر كرد، همگی خوابشان برد.
6मध्यरातमा कोही करायो, ‘दुलहा आउँदैछन्। उनलाई भेटन बाहिर आऊ।’
6 «در نیمهٔ شب فریاد کسی شنیده شد كه می‌گفت: 'داماد می‌آید، به پیشواز او بیایید'
7“तब सबै कन्याहरू ब्युँझिए। तिनीहरूले आ-आफ्ना दीयोहरू तयार पारे।
7 وقتی دختران این را شنیدند، همه برخاسته چراغهایشان را حاضر كردند.
8तब बुद्धिहीन कन्याहरूले बुद्धिमती कन्याहरूलाई भने, ‘हामीलाई तिमीहरूको केही तेल देऊ किनभने हाम्रोमा भएको तेल सकियो अनि हाम्रा दीयोहरू निभ्दैछन्।’
8 دختران نادان به دختران دانا گفتند: 'چراغهای ما در حال خاموش شدن است، مقداری از روغن خودتان را به ما بدهید.'
9“बुद्धिमती कन्याहरूले जवाफ दिए, ‘होइन! किनभने हाम्रोमा भएको तेल तिमीहरू सबैका लागी पर्याप्त हुँदैन। बरू, तिमीहरू आफै पसलमा गएर आफ्नो लागि तेल किन, त्यो असल हुन्छ।
9 آنها گفتند: 'خیر، برای همهٔ ما کافی نیست، بهتر است شما پیش فروشندگان بروید و مقداری روغن برای خودتان بخرید.'
10“त्यसपछि ती पाँचजना बुद्धिहीन कन्याहरू तेल किन्न गए। जब तिनीहरू जाँदै थिए, त्यसैबेला दुलहा आइपुगे अनि तयार रहेका सबै कन्याहरू दुलहासंग विवाहको भोजमा सामेल भए। त्यसपछि ढोका थुनियो अनि ताला लगाइयो।
10 وقتی آنها رفتند روغن بخرند، داماد وارد شد. کسانی‌که آماده بودند با او به مجلس عروسی وارد شدند و در بسته شد.
11“केही समयपछि अरू कन्याहरू आए। तिनीहरूले भने, ‘स्वामी, हामीलाई ढोका खोलिदिनु होस् हामीलाई पनि भित्र पस्न दिनहोस्।’
11 بعد كه آن پنج دختر دیگر برگشتند، فریاد زدند: '‌ای آقا، ای آقا در را به روی ما باز كن'
12“दुलहाले जवाफ दिए, ‘तिमीहरूलाई साँचो भन्दछु। म तिमीहरूलाई चिन्दिनँ।’
12 امّا او جواب داد: '‌به شما می‌گویم كه اصلاً شما را نمی‌شناسم.'
13“यसकारँ सँधै सर्तक बस। तिमीहरू जान्दैनौ कि मानिसको पुत्र कुन दिन वा कुन समयमा आउने हुन्।” तीनजना नोकरको कथा (लूका 19:11-27)
13 پس بیدار باشید زیرا شما از روز و ساعت این واقعه خبر ندارید.
14“स्वर्गको राज्य त्यो मानिस जस्तै हुन्छ जो आफ्नो घर देखि अर्को स्थान तर्फ यात्रा गर्छ। घरबाट निस्कनु भन्दाअघि उसले आफ्नो नोकरहरू बोेलाउँछन् र आफ्ना चीजहरूको जिम्मा तिनीहरूलाई दिन्छन्।
14 «پادشاهی آسمان مانند مردی است كه می‌‌خواست سفر كند. پس غلامان خود را خوانده، تمام ثروتش را به آنان سپرد
15कुन चाहिं नोकरलेे के कति गर्न सक्छ भनी उसले विचार गरयो। उसले एकजना नोकरलाई पाँच तोडा दियो। अर्कोलाई दुइ तोडा दियो। अनि तेस्रोलाई एक तोडा दियो। त्यसपछि उसले आफ्नो यात्रा शुरू गर्यो।
15 و به هر یک به نسبت توانایی‌اش چیزی داد به یکی پنج هزار سکّهٔ طلا، به دیگری دو هزار سکّهٔ طلا، و به سومی هزار سکّهٔ طلا و پس از آن به سفر رفت.
16नोकर जसलाई पाँच तोडा दिइएको थियो त्यो तुरन्त व्यापार गर्न त्यो स्थान छोडेर हिंडयो। उसले अरू पाँच तोडा बढाउने काम गर्यो।
16 مردی كه پنج هزار سکّهٔ طلا داشت زود رفت و با آنها تجارت كرد و پنج هزار سکّهٔ طلا سود برد.
17दुइ तोडा पाउनेले पनि त्यसै गर्यो। उसले पनि आफ्नो सबै रूपियाँ व्यापारमा लगायो अनि दुइ तोडा कमायो।
17 همچنین آن مردی كه دو هزار سکّهٔ طلا داشت دو هزار سکّهٔ دیگر سود آورد.
18तर एक तोडा मात्र पैसा पाउने नोकर गयो र भूईमा खाल्डो खन्यो। त्यसले त्यो पैसा खाल्डामा पुर्यो।’
18 امّا آن مردی كه هزار سکّهٔ طلا به او داده شده بود رفت و زمین را كَند و پول ارباب خود را پنهان كرد.
19“धेरै समयपछि मालिक घर फकर्यो। उसले नोकरहरूलाई ती रूपियाँहरू तिमीहरूले के के गर्यौ भनेर सोध्यो।
19 «بعد از مدّت زیادی ارباب برگشت و با آنها به تصفیه حساب پرداخت.
20पाँच तोडा पाउने नोकर पैसा लिएर मालिककहाँ आयो। त्यसले भन्यो, ‘महाशय, तपाईंले मलाई पाँच तोडा विश्वास गरेर जिम्म दिनुभएको थियो। यसकारण अरू पाँच तोडा कमाउनलाई मैले ती रूपियाँ काममा लगाएँ।’
20 کسی‌که پنج هزار سکّهٔ طلا به او داده شده بود آمد و پنج هزار سکّه‌ای را هم كه سود برده بود با خود آورد و گفت: 'تو این پنج هزار سکّه را به من سپرده بودی، این پنج هزار سکّهٔ دیگر هم سود آن است.'
21“मालिकले जवाफ दिए, ‘तिमीले राम्रो गर्यौ। तिमी असल नोकर हौ जसलाई विश्वास गर्न सकिन्छ। त्यत्ति धेरै पैसा लिएर तिमीले धेरै उन्नति गर्यौ। यसकारण म तिमीलाई अरू धेरै जिम्मावारी दिन सक्छु। आऊ र मसित खुशी मनाऊ’
21 ارباب گفت: 'آفرین، ای غلام خوب و امین، تو در امر كوچكی امانت و درستی خود را نشان دادی، من حالا كارهای بزرگ را به تو خواهم سپرد. بیا و در شادی ارباب خود شریک باش.'
22“त्यसपछि दुइ तोडा पाउने नोकर मालिक कहाँ गयो। त्यसले भन्यो, ‘महाशय तपाईंले मलाई दुइ तोडा जिम्मा दिनुभएको थियो। यसकारण मैले त्यो पैसा उपयाग गरें र अरू दुइ तोडा कमाएँ।’
22 آنگاه مردی كه دو هزار سکّهٔ طلا داشت آمد و گفت: 'تو دو هزار سکّهٔ به من سپردی، این دو هزار سکّهٔ دیگر هم سود آن است.'
23“मालिकले जवाफ दिए, ‘तिमीले राम्रो गर्यौ। तिमी असल नोकर हौ जसलाई विश्वास गर्न सकिन्छ। त्यत्ति थोरै पैसा लिएर तिमीले धेरै उन्नति गर्यौ। यसकारण म तिमीलाई अरू धेरै जिम्मावारी दिनेछु। आऊ र म सित खुशी भनाऊ।’
23 ارباب گفت: 'آفرین، ای غلام خوب و امین تو در كار كوچكی امانت و درستی خود را نشان دادی و حالا كارهای بزرگ را به تو خواهم سپرد. بیا و در شادی ارباب خود شریک باش.'
24“त्यसपछि एक तोडा पाउने नोकर मालिककहाँ आयो। त्यसले भन्यो, महाशय ‘मैले तपाईंलाई धेरै कठोर मानिसको रूपमा जान्न पाएँ। बिऊ नै नरोपी तपाईंले अन्न बटुल्न चाहनु भयो।
24 سپس مردی كه هزار سکّه به او داده شده بود آمد و گفت: 'ای ارباب، من می‌دانستم كه تو مرد سختگیری هستی، از جایی‌که نکاشته‌ای درو می‌کنی و از جایی‌که نپاشیده‌ای جمع می‌نمایی،
25यसकारण म धेरै भयभित भएँ। मैले तपाईंको पैसा जमीनमा लुकाएँ तपाईंले दिनुभएको त्यो थौलो यही हो।’
25 پس ترسیدم و رفتم سکّه‌های تو را در زمین پنهان كردم. بفرما، پول تو اینجاست.'
26“मालिकले जवाफ दिए, ‘तँ दुष्ट र अल्छे नोकर होस्। बिरूवा नरोपेको ठाउँमा बाली उठाउन आउने र बीरूवा नछरेको ठाउँमा अन्न बटुल्ने भनेर तैंले मलाई भनिस्। त्यसो भए।
26 ارباب گفت: 'ای غلام بدسرشت و تنبل، تو كه می‌دانستی من از جایی‌كه نکاشته‌ام درو می‌کنم و از جایی‌که نپاشیده‌ام جمع می‌کنم،
27तैले मेरो पैसा बैंकमा जम्मा गर्नु पर्दथ्यो। म जब फर्केर आएको हुन्थें त्यसबेला ती सबै पैसा पाउन सक्थें। साथै त्यो पैसा माथि ब्याज पाउँन सक्थें।’
27 پس به همین دلیل می‌باید پول مرا به صرّافان می‌دادی تا وقتی من از سفر بر می‌گردم آن را با سودش پس بگیرم.
28“यसकारण मालिकले अरू नोकरहरूलाई भन्यो, ‘त्यो नोकरबाट पैसाको थैला खोस र जोसित दश तोडा छ उसैलाई देऊ।
28 سکّه‌ها را از او بگیرید و به آن‌کسی كه ده هزار سکّه دارد بدهید،
29जो सित जति धेरैछ उसले अरू धेरै पाउनेछ। तर जोसित केही छैन, उसित भएको पनि उबाट खोसिनेछ।’
29 زیرا آن‌کس كه دارد به او بیشتر داده خواهد شد تا به فراوانی داشته باشد و آن‌کس كه ندارد، حتّی آنچه را هم كه دارد از دست خواهد داد.
30त्यसपछि मालिकले भन्यो, ‘यो बेकामे नोकरलाई बाहिर अँध्यारोमा निकलि देऊ। जहाँ मानिसहरू दुख र कष्टमा दाह्रा किट्दै रूवाबासी गरिरहेका छन्।’
30 این غلام بی‌فایده را به تاریكی بیندازید جایی‌که گریه و دندان بر دندان ساییدن وجود دارد.'
31“मानिसको पुत्र फेरि आउनु हुनेछ। उहाँ अत्यन्त गौरवसँग आउनु हुनेछ। सबै स्वर्गदूतहरू पनि उहाँसंगै आउने छन्। उहाँ राजाको रूपमा सिंहासनमा विराजमान हुनुहुनेछ।
31 «وقتی پسر انسان با جلال خود همراه با همهٔ فرشتگان می‌آید، بر تخت پادشاهی خود خواهد نشست
32उहाँको अधि संसारभरका सबै मानिसहरू भेला हुनेछ्। अनि मानिसको पुत्रले ती मानिसहरूलाई दुइ अलग अलग दलमा बाँडनु हुनेछ। यो भेडा र बाख्राहरूलाई अलग दलमा पारे जस्तै हुनेछ।
32 و تمام ملل روی زمین در حضور او جمع می‌شوند. آنگاه او مانند شبانی كه گوسفندان را از بُزها جدا می‌کند، آدمیان را به دو گروه تقسیم خواهد كرد.
33उहाँले भेडाहरूलाई आफ्नो दाहिनेपट्टि राख्नुहुनेछ र बाख्राहरूलाई आफ्नो देब्रेपट्टि राख्नु हुनेछ।
33 گوسفندان را در دست راست و بُزها را در دست چپ خود قرار خواهد داد.
34“राजाले आफ्नो दाहीने पट्टि बसेकाहरूलाई भन्नु हुनेछ, ‘आऊ, मेरो पिताले तिमीहरूलाई धेरै आर्शिवाद दिनुभएको छ। आऊ र परमेश्वरले तिमीहरूको लागि प्रतिज्ञा गर्नु भएको राज्य ग्रहन गर। सृष्टिको शुरूदेखि नै यो तिमीहरूको निम्ति तयार गरिएको थियो।
34 آنگاه پادشاه به آنانی كه در سمت راست او هستند خواهد گفت: 'ای کسانی‌که از جانب پدر من بركت یافته‌اید! بیایید و وارث سلطنتی شوید كه از ابتدای آفرینش عالم برای شما آماده شده است.
35यो तिमीहरूको राज्य हो, किनभने म भोकाएको बेला तिमीहरूले मलाई खाना दिएका थियौ। म तिर्खाएको बेला तिमीहरूले मलाई पानी पिउन दिएका थियौ। म एक्लै र घरबाट टाडिएको थिएँ, अनि तिमीहरूले मलाई आफ्नो घरमा स्वागत गरेका थियौ।
35 چون وقتی گرسنه بودم به من خوراک دادید، وقتی تشنه بودم به من آب دادید، هنگامی‌که غریب بودم مرا به خانهٔ خود بردید،
36नाङ्गो थिएँ, अनि तिमीहरूले मलाई लुगाफाटा लगाउन दिएका थियौ। म रोगी थिएँ, अनि तिमीहरूले मलाई स्याहार गरेका थियौ। म कैदी थिएँ, तिमीहरूले मलाई हेर्न आएका थियौ।’
36 وقتی عریان بودم مرا پوشانیدید، وقتی بیمار بودم به عیادت من آمدید و وقتی‌که در زندان بودم از من دیدن كردید'
37“तब धार्मिक मानिसहरूले जवाफ दिनेछन्, ‘परमप्रभु, हामीले तपाईंलाई कहिले, भोकाउनु भएको देख्यौ अनि हामीले भोजन दियौं? हामीले तपाईं तिर्खाउनु भएको कहिले देख्यौ अनि हामीले पानी पिउँन दियौ?
37 آنگاه نیكان پاسخ خواهند داد: 'ای خداوند چه وقت تو را گرسنه دیدیم كه به تو خوراک داده باشیم و یا چه موقع تو را تشنه دیدیم كه به تو آب داده باشیم؟
38हामीले तपाईंलाई कहिले एक्लो घरदेखि टाढिएको देख्यौं र हामीले तपाईंलाई कहिल्यौ आफ्ना घरमा ल्यायौ?
38 چه زمان غریب بودی كه تو را به خانه بردیم یا برهنه بودی كه تو را پوشاندیم؟
39तपाईं कहिले नाङ्गो हुनुहुन्थ्यो र हामीले तपाईंलाई लुगाफाटा लगाउन दियौं। हामीले कहिले तपाईंलाई रोगी देख्यौं वा कैदमा देख्यौं र हामी तपाईंलाई सहयोग गर्न आयौं?’
39 چه وقت تو را بیمار یا زندانی دیدیم كه به دیدنت آمدیم؟'
40“तब राजाले तिनीहरूलाई जवाफ दिने छन्, ‘म तिमीहरूलाई साँचो भन्दछु। यहाँ तिमीहरूले मेरा यी मानिसहरूका निम्ति जे जति गर्यौ, ती जतिनै नगण्य भएता पनि तिमीहरूले मेरा निम्ति गरेका हो।’
40 پادشاه در جواب خواهد گفت: 'بدانید آنچه به یکی از كوچكترین پیروان من كردید، به من كردید.'
41“त्यसपछि आफ्नो देब्रेपट्टि बसेका मानिसहरूलाई राजाले भन्नेछन्, ‘मदेखि दूर भई जाओ। परमेश्वरले अधिनै तिमीहरूलाई दण्ड दिने निश्चय गर्नु भएको छ। जाऊ सँधै जलिरहने आगोमा पस। त्यो आगो दुष्टहरू र तिनीका दूतहरूकालागि बालिएको हो।
41 «آنگاه به آنانی كه در سمت چپ او هستند خواهد گفت: 'ای ملعونان، از من دور شوید و به آتش ابدی كه برای ابلیس و فرشتگان او آماده شده است بروید،
42तिमीहरू गइहाल, किनभने म भोकाएको थिएँ, तिमीहरूले केही खान दिएनौ। म तिर्खाएका थिएँ, तिमीहरूले केही पिउन दिएनौ।
42 زیرا وقتی گرسنه بودم به من خوراک ندادید، وقتی تشنه بودم به من آب ندادید،
43म घरदेखि एक्लै र टाढोमा थिएँ, अनि तिमीहरूले मलाई आफ्नो घरमा बोलाएनौ। म नाङ्गो थिएँ, अनि तिमीहरूले मलाई पहिरिनलाई वस्त्रहरू दिएनौ। म रोगी थिएँ, अनि कैदमा थिएँ, तिमीहरूले मेरो परवाह नै गरेनौं।’
43 وقتی غریب بودم مرا نپذیرفتید، وقتی برهنه بودم مرا نپوشانیدید و وقتی بیمار و زندانی بودم به دیدن من نیامدید.'
44“त्यसपछि तिनीहरूले पनि जवाफ दिए, ‘परमप्रभु, हामीले तपाईंलाई कहिले भोकाएको र तिर्खाएको देख्यौं? हामीले कहिले तपाईंलाई एक्लो घरदेखि टाढो भएको देख्यौं? अनि हामीले तपाईंलाई कहिले नाङ्गो वा विरामी वा कैदमा परेको देख्यौ? अनि यी सब देखेर हामीले मद्दत गरेनौं?।
44 آنان نیز جواب خواهند داد: 'چه موقع تو را گرسنه یا تشنه یا غریب یا عریان یا بیمار یا زندانی دیدیم و كاری برایت نكردیم؟'
45“त्यसपछि राजाले तिनीहरूलाई जवाफ दिए, ‘म तिमीहरूलाई साँचो भन्दछु, ‘यी मेरा मानिसहरू निम्ति जे पनि तिमीहरूले गरेनौ, यी सबै तिमीहरूले मेरो निम्ति गरेनौ।’
45 او جواب خواهد داد: 'بدانید آنچه به یکی از این كوچكان نكردید به من نكردید' و آنان به كیفر ابدی خواهند رسید، ولی نیكان به حیات جاودانی وارد خواهند شد.»
46त्यसपछि ती दुष्ट मानिसहरू सदा-सर्वदा दण्डित हुनको निम्ति जाने छन्। तर असल मानिसहरू चाँहिअनन्त जीवन 2प्राप्त गर्न जानेछन्।”
46 و آنان به كیفر ابدی خواهند رسید، ولی نیكان به حیات جاودانی وارد خواهند شد.»