Nepali

Persian

Matthew

27

1भोलिपल्ट बिहानै, सबै मुख्य पूजाहारीहरू यहूदी प्रधानहरूले येशूलाई मार्न आपसमा सरसल्लाह गरे।
1 وقتی صبح شد، سران كاهنان و مشایخ قوم در جلسه‌ای تصمیم گرفتند كه چگونه عیسی را به قتل برسانند.
2तिनीहरूले येशूलाई साङ्गलाले बाँधे। त्यसपछि उहाँलाई बडा हाकिम पिलातस कहाँ पुर्याए। तिनीहरूले येशूलाई पिलातसकहाँ सुम्पिदिए।
2 پس از آن او را دست بسته برده به پیلاطس، فرماندار رومی، تحویل دادند.
3यहूदाले येशूलाई मृत्यू दण्ड दिएको थाहापायो। यहूदा एकजना थिए जसले येशूलाई विश्वासघात गर्ने त्यो नै थियो। यहूदालाई पछुतो लाग्यो अनि उसले तीसवटा चाँदीका सिक्का मुख्य पूजाहारीहरू र बुढा यहूदी नेताहरू कहाँ फर्काइ दियो।
3 وقتی یهودای خائن دید كه عیسی محكوم شده است، از كار خود پشیمان شد و سی سکّهٔ نقره را به سران كاهنان و مشایخ باز گردانید
4यहूदाले भन्यो, “मैले पाप गरें, मैले एकजना निर्दोष मानिसहलाई मार्न ल्याएँ।” यहूदी अगुवाहरूले भने, “हामीलाई यसको वास्ता छैन। यो तिम्रो समस्या हो, ‘हाम्रो होइन।”
4 و گفت: «من گناه کرده‌ام كه به یک مرد بی‌گناه خیانت كرده، باعث مرگ او شده‌ام.» امّا آنها گفتند: «دیگر به ما مربوط نیست، خودت می‌دانی!»
5यसकारण यहूदाले जाँदीका जम्मै सिक्काहरू मन्दिरभित्र फालिदिए। त्यसपछि यहूदाले त्यो ठाउँ छाडयो अनि आफै झुण्डिएर आत्महत्या गर्यो।
5 پس او پولها را در معبد بزرگ روی زمین پرت كرد و بیرون رفته خود را با طناب خفه نمود.
6मुख्य पूजाहारीले सिक्काहरू बटुले। तिनीहरूले भने, “कानून अनुसार यस्तो पैसाहरू मन्दिरको पैसासँग निसाउनु हुँदैन, किनभने यो पैसा कसैको मृत्युको लागि दिइएको हो।”
6 سران كاهنان پول را برداشته گفتند: «نمی‌شود این پول را به بیت‌المال معبد بزرگ ریخت، زیرا خونبهاست.»
7त्यसपछि तिनीहरूले ती सिक्काहरूबाट कुम्हालेको खेत किन्ने निश्चय गरे। यो जमीनलाई तिनीहरूले यरूशलेममा घुम्न आउँदा मरेकाहरूको लाश गाडने ठाउँ बनाउने मतो गरे।
7 بنابراین پس از مشورت، با آن پول مزرعهٔ کوزه‌گر را خریدند تا برای خارجی‌های مقیم اورشلیم گورستانی داشته باشند.
8यस कारणले आजसम्म त्यो खेतलाई रगतको जमीन भन्ने गरिन्छ।
8 به این دلیل آن زمین تا به امروز، «مزرعهٔ خون» خوانده می‌شود.
9यसरी यस्तो हुनेछ भनेर र्यमिया अगमवक्ताले जे भनेका थिए सो पूर्ण भयो। “तिनीहरूले तीस वटा चाँदीका सिक्काहरू लिए। यहूदीहरूले त्यतिनै पैसा उहाँको जीवनको लागि चुक्ता गर्ने निश्चय गरेका थिए।
9 به این وسیله پیشگویی ارمیای نبی تحقّق یافت كه می‌گوید: «آنها آن سی سکّهٔ نقره، یعنی قیمتی را كه قوم اسرائیل برای او تعیین كرده بود، گرفتند
10परमप्रभुले मलाई आदेश गर्नु भए झैं तिनीहरूले ती तीस वटा सिक्काहरू कुम्हालेको जमीन किन्न चलाए।”
10 و با آن مزرعهٔ کوزه‌گر را خریدند. چنانکه خداوند به من فرموده است.»
11येशू बडा हाकिम पिलातसको अघाडि उभिनु भयो। पिलातसले उहाँलाई प्रश्न गरे। उनले सोधे, “के तिमी नै यहूदीहरूको राजा हौ?” येशूले जवाफ दिनुभयो, “हो, म हुँ।”
11 در این هنگام عیسی را به حضور فرماندار آوردند. فرماندار از او پرسید: «آیا تو پادشاه یهودیان هستی؟» عیسی فرمود: «همان است كه می‌گویی.»
12जब मुख्य पूजाहारीहरू र बढा यहूदी प्रधानहरूले येशू विरूद्ध अभियोग लगाए, उहाँले कुनै जवाफ दिनु भएन।
12 ولی عیسی به اتّهاماتی كه سران كاهنان و مشایخ به او وارد می‌‌نمودند جوابی نمی‌داد.
13अनि पिलातसले येशूलाई भने, “तिमीले आफूमाथि लगाएका अभियोगहरू सुनेनौ। किन तिमीले तिनको जवाफ नदिएको?”
13 آنگاه پیلاطس به او گفت: «آیا این شهادتهایی را كه علیه تو می‌دهند نمی‌شنوی؟»
14तर येशूले पिलातसलाई केही जवाफ दिन अस्वीकार गर्नुभयो। यसमा पिलातस चकित भए।
14 امّا او حتّی یک كلمه هم جواب نداد. به طوری که فرماندار بسیار تعجّب كرد.
15प्रत्येक र्वष निस्तार चाडको समयमा बढा हाकिमद्वारा उसले चाहे अनुसार थुनामा परेका एकजना मानिसहरूलाई मुक्त गर्न सक्थयो।
15 در زمان عید، رسم فرماندار این بود كه یک زندانی را به میل مردم آزاد می‌ساخت.
16त्यसबेला एकजना एकदमै दुष्ट मानिस कैदमा परेका थियो। त्यसको नाम बेला बरब्बा थियो।
16 در آن زمان شخص بسیار معروفی به نام باراباس در زندان بود.
17सबै मानिसहरू पिलातसकै घरमा भेला भएका थिए। पिलातसले मानिसहरूलाई भने, “तिमीहरूको लागि एकजना मानिसलाई मुक्त गरिनेछ। कुन मानिसलाई मैले मुक्त गरिदिएको चाहन्छौ बरब्बा कि ख्रीष्ट भनिने येशूलाई?”
17 وقتی مردم اجتماع كردند، پیلاطس به آنان گفت: «می‌خواهید کدام‌یک از این دو نفر را برایتان آزاد كنم، باراباس یا عیسی معروف به مسیح را؟»
18पिलातस जान्दथे कि मानिसहरूले नै इर्ष्याको कारणले येशूलाई तिनीकहाँ सुम्पिएका हुन्।
18 زیرا او می‌دانست كه یهودیان از روی حسد عیسی را به او تسلیم کرده‌اند.
19पिलातस न्यायकर्ताको कुर्सीमा बसिरहेको बेला उनकी धर्मपत्नीले तिनलाई एउटा समाचार पठाइन्। समाचार यस्तो थियोः “त्यो निर्दोष मानिसको विरुद्धमा केही नगर्नुहोस्। तिनको बारेमा आज राती मैले सपना देखेकी छु। अनि त्यो समपनाले मलाई अत्यन्त विचलित तुल्याएको छ।”
19 هنگامی‌که پیلاطس در دیوانخانه نشسته بود، همسرش پیغامی به این شرح برای او فرستاد: «با آن مرد بی‌گناه كاری نداشته باش، من دیشب به‌خاطر او در خوابهایی كه دیدم، بسیار ناراحت بودم.»
20तर मुख्य पूजाहारीहरू र यहूदी अग्रजहरूले बरब्बालाई मुक्त गरिदिनुपर्छ र येशूलाई मार्नुपर्छ भनी मांग गर्न मानिसहरूलाई सुर्याए।
20 ضمناً سران كاهنان و مشایخ، جمعیّت را تشویق نمودند كه از پیلاطس بخواهند كه باراباس را آزاد سازد و عیسی را اعدام كند.
21पिलातसले भने, “बरब्बा र येशू मध्ये तिमीहरूको लागि मैले कसलाई छोडिदिनु पर्ने?” मानिसहरूले जवाफ दिए, “बरब्बालाई मुक्त गरिदिनु हवस्!”
21 پس وقتی فرماندار از آنها پرسید: «کدام‌یک از این دو نفر را می‌خواهید برایتان آزاد سازم؟» آنها گفتند: «باراباس را.»
22पिलातसले सोधे, “त्यसो भए ख्रीष्ट भनिने येशूलाई चाहिं? के गर्नुपर्ने?” सबै मानिसहरूले भने, “उसलाई क्रूसमा झुण्डयाएर मार्नुपर्छ!”
22 پیلاطس پرسید: «پس با عیسی معروف به مسیح چه كنم؟» و آنان یک صدا گفتند: «مصلوبش كن.»
23पिलातसले सोधे, “किन? उसले के गल्ती गरेको छ?” तब सबैले उच्च स्वरले कराएर भने, “उसलाई क्रूसमा झुण्डयाएर मार्नुपर्छ।”
23 پیلاطس سؤال كرده گفت: «چرا؟ چه گناهی كرده است؟» امّا آنان با فریادی بلندتر گفتند: «مصلوبش كن.»
24अब कसै गरेर पनि मानिसहरूको निर्णय बदल्न सकिंदैन भनी पिलातसले बुझे अनि उनले यो पनि देखे कि मानिसहरू उत्तेजित भइरहेका थिए अनि झन झन जोडले कराउँदै थिए। पिलातसले सबैको अघि पानी लिए आफ्ना हात धोए। त्यसपछि उनले भने, “मलाई यो मानिसको मृत्युको निम्ति दोषी ठहर्याइने छैन। दोष तिमीहरू माथि पर्नेछ।”
24 وقتی پیلاطس دید كه دیگر فایده‌ای ندارد و ممكن است شورشی ایجاد شود، آب خواست و پیش چشم مردم دستهای خود را شست و گفت: «من از خون این مرد بری هستم! شما مسئولید!»
25सबै मानिसहरूले जवाफ दिए, “हामी यस मानिसको मृत्युको भागी साथ-साथै हाम्रा छोरा छोरीहरू हुनेछन्।”
25 مردم یک صدا فریاد كردند: «خون این مرد به گردن ما و فرزندان ما باشد!»
26अन्त्यमा पिलातसले तिनीहरूका निम्ति बरब्बालाई छोडिदिए। पिलातसले केही सैनिकहरूलाई येशूलाई कोर्रा लगाँउन लगाए। त्यसपछि उनले येशूलाई क्रूसमा झुण्डयाएर मार्नलाई तिनीहरूको हातमा सुम्पिदिए।
26 پس از آن باراباس را برای آنان آزاد كرد و دستور داد عیسی را تازیانه بزنند و بسپارند تا مصلوب گردد.
27त्यसपछि पिलातसका सैनिकहरूले येशूलाई बडाहाकिमको महलमा ल्याई पुर्याए। सबै सैनिकहरू येशू वरिपरि भेला भए।
27 سربازان پیلاطس عیسی را به حیاط كاخ فرماندار بردند و تمام سربازان به دور او جمع شدند.
28तिनीहरूले येशूको लुगाफटा उतारिदिए अनि रातो वस्त्र लगाइदिए।
28 اول لباس عیسی را در آوردند و ردای ارغوانی رنگی به او پوشانیدند
29तब तिनीहरूले काँडाको मुकुट बनाए र येशूको टाउकोमा पहिरयाइदिए। अनि तिनीहरूले उहाँको दाहिने हातमा एउटा लठ्ठी थमाइदिए। त्यसपछि ती सैनिकहरूले येशूको सामन्ने घुँडा टेकेर खिल्ली उडाउन थाले। तिनीहरूले भन्न लागे, “हे यहुदीहरूको राजा हामी तिमीलाई सलाम गर्छौ।”
29 و تاجی از خار بافته بر سرش نهادند و چوبی به دست او دادند و در برابر او زانو زده به طعنه می‌گفتند: «درود بر پادشاه یهود.»
30सैनिकहरूले येशूलाई थुकिदिए। अनि उहाँ को लठ्ठीले उहँ कै टाउकामा हिर्काए।
30 آنها آب دهان بر او انداخته و با چوبی كه در دستش بود بر سرش می‌زدند.
31जब तिनीहरूले येशूको खिल्ली उडाइसके तब तिनीहरूले उनको वस्त्र उतारिदिए अनि फेरि उहाँकै वस्त्र लगाइदिए त्यसपछि येशूलाई झुण्डयाएर मार्नलाई लिएर गए।
31 سر انجام از مسخره كردن او دست برداشتند و آن ردا را در آورده لباس خودش را به او پوشانیدند. آنگاه او را بردند تا مصلوب كنند.
32सैनिकहरू येशूलाई लिएर शहरदेखि बाहिर गइरहेका थिए। सैनिकहरूले कुनै एउटा मानिसलाई जबरजस्ती गरेर येशुको क्रूस बोक्न लगाए। साइरेनिमा बस्ने त्यस मानिसको नाम शिमोन थियो।
32 در سر راه با مردی قیروانی به نام شمعون روبه‌رو شدند و او را مجبور كردند كه صلیب عیسی را حمل كند.
33तिनीहरू गलगथा भन्ने ठाउँमा आइपुगे। (गलगथाको अर्थ “खप्परे” हो)।
33 وقتی به محلی به نام جلجتا یعنی جمجمه رسیدند،
34जब तिनीहरू गलगथामा पुगे। सैनिकहरूले, येशूलाई दाखरस पिउन दिए। त्यसमा पीत्त मिसाइएको थियो। येशूले त्यो चाख्नु भयो तर पिउन अस्वीकार गर्नुभयो।
34 شراب آمیخته به داروی بیهوش كننده به او دادند، امّا وقتی آن را چشید نخواست بنوشد.
35तब सैनिकहरूले येशूलाई क्रूसमा टाँगे। त्यसपछि सैनिकहरुले येशूको लुगाफाटा आपसमा बाढनलाई चिट्ठा हाले।
35 آنها او را به صلیب میخكوب كردند. آنگاه لباسهایش را به قید قرعه میان خود تقسیم نمودند
36तिनीहरूले त्यहाँ बसेर येशूको पहरा दिए।
36 و برای پاسداری در آنجا نشستند.
37तिनीहरूले येशूको विरुद्धमा लेखिएको एउटा दोष-पत्र उहाँको टाउकोमाथि राखिदिए। त्यसमा “येशू यहुदीहरूका राजा हुनु” भन्ने लेखिएको थियो।
37 جرم او را بر لوحی به این شرح نوشتند: «این است عیسی، پادشاه یهود» و بر بالای سرش نصب كردند.
38येशूसँगै दुइजना डाकूहरूलाई पनि क्रुसमा झुण्डयाईएको थियो। एउटा डाकूलाई येशूको दहिनेपट्टि र अर्को डाकूलाई उहाँको देब्रेपट्टि झुण्डयाईएको थिए।
38 دو راهزن را نیز با او مصلوب كردند، یکی در سمت راست و دیگری در سمت چپ او.
39आउने जाने मानिसहरूले येशूको निन्दा गर्थे तिनीहरूले टाउँको हल्लाउदै उहाँको निन्दा गर्थे र तिनीहरू यसो भन्थे।
39 کسانی‌که از آنجا می‌گذشتند سرهای خود را می‌جنبانیدند و با دشنام به او می‌گفتند:
40“तिमीले नै भनेका हौ” मन्दिर भत्काऊ अनि म तीनदिन भित्रमा मन्दिर फेरि बनाइदिन्छु । अब आफूलाई बचाऊ! क्रूसबाट ओर्ल, यदि तिमी साँच्चै परमेश्वरको पुत्र हौ भने!”
40 «تو كه می‌خواستی معبد بزرگ را خراب کنی و آن را در سه روز از نو بسازی، اگر واقعاً پسر خدا هستی از صلیب پایین بیا و خودت را نجات بده.»
41मुख्य पुजाहारीहरू, शास्त्रीहरू, र अग्रज यहूदी प्रधानहरू पनि त्यहीं थिए। ती मानिसहरूले पनि येशूको खिल्ली उडाउन थाले।
41 همچنین سران كاهنان و علما و مشایخ یهود او را مسخره كرده، می‌گفتند:
42तिमीहरूले भने, “उनले अरूलाई बचाएका छन्। तर आफैलाई उनले बँचाउन सकेनन्। मानिसहरूका अनुसार उनी नै इस्राएलका राजा हुन्। यदि उनी न इस्राएलका राजा हुन भने, अब उनी आफै क्रूसबाट ओर्लेर आउनु पर्छ। त्यसपछि हामी उनलाई विश्वास गर्नेछौं।
42 «او دیگران را نجات می‌داد، امّا نمی‌تواند خودش را نجات دهد. اگر پادشاه اسرائیل است، حالا از صلیب پایین بیاید و ما به او ایمان خواهیم آورد.
43उनले परमेश्वरमाथि विश्वास राखे। यसकारण अब परमेश्वरले नै उनलाई बचाउन्, यदि परमेश्वरले ईच्छा गर्नुहुन्छ भने। उहाँ आफैले भन्नु भएको छ, म नै परमेश्वरको पुत्र हुँ।”
43 او به خدا توکّل داشت و می‌گفت كه فرزند خداست، پس اگر خدا را دوست داشته باشد او را آزاد می‌سازد.»
44अनि त्यसै गरी येशूको छेउमा टाँगिएको डाकूले पनि उहाँका निन्दा गर्यो।
44 حتّی راهزنانی هم كه با او مصلوب شده بودند، همین‌طور به او توهین می‌کردند.
45मध्यान्ह हुँदा सम्पूर्ण देशमा नै अँध्यारो छायो। यस्तो अन्धकार प्राय तीन घण्टासम्म भइरहयो।
45 از ظهر تا ساعت سه بعد از ظهر تاریكی تمام زمین را فراگرفت.
46प्राय तीन बजेतिर येशू ठूलो स्वरमा कराउनु भयो, “एली, एली, लामा सबथखानी?” यसको अर्थ, “मेरा परमेश्वर मेरा परमेश्वर, तपाईंले मलाई किन एक्लै छोडनु भयो?”
46 نزدیک ساعت سه عیسی با صدای بلند فریاد كرد: «ایلی، ایلی، لما سبقتنی؟» یعنی «خدای من، خدای من، چرا مرا ترک كردی؟»
47छेउमा उभिरहेका केही मानिसहरूले त्यो सबै सुने। तिनीहरूले भने, “उहाँले एलियालाई बोलाउनु हुँदैछ।”
47 بعضی از کسانی‌که آنجا ایستاده بودند این را شنیده گفتند: «الیاس را می‌خواند.»
48एक्कासि तिनीरूमध्ये एक जनाले झट्टै दगुरेर गई एउटा स्पञ्ज लिएर आयो। त्यसले त्यो स्पञ्ज सिर्काले भरेर एउटा लट्ठीमा बाँधेर राखेको थियो। अनि उसले येशूलाई पिउन दिनका निम्ति त्यस लट्ठीको सहायताले स्पञ्ज उठायो।
48 یکی از آنان فوراً دوید و اسفنجی را آورده، در شراب تُرشیده فرو برد و بر نوک چوبی قرار داده، جلوی دهان عیسی برد.
49तर अरू मानिसहरूले भने, “हामी पर्खौ अनि हेरौ उहाँलाई बँचाउन एलिया आउने हुन् कि होइनन्।”
49 امّا دیگران گفتند: «بگذارید ببینیم آیا الیاس می‌آید او را نجات دهد یا نه!»
50येशू फेरि एकपल्ट ठूलो स्वरमा चिच्याउनु भयो। अनि प्राण त्याग्नु भयो।
50 عیسی بار دیگر فریاد بلندی كشید و جان سپرد.
51जब येशू मर्नु भयो, मन्दिरको पर्दा आफै दुइ टुक्रा भएर च्यातियो। त्यो टुप्पादेखि फेदसम्म वारपार च्यातियो। एकाएक भूकम्प गयो अनि चट्टानहरू फाटे।
51 در آن لحظه پردهٔ اندرون مقدّس معبد بزرگ از بالا تا به پایین دو پاره شد و چنان زمین لرزه‌ای شد كه تخته سنگها شكافته
52चिहानहरू उघ्रिए, अनि परमेश्वरका मरिसकेका धेरै मानिसहरू चिहानबाट बौरी उठे।
52 و قبرها باز شدند و بسیاری از مقدّسین كه خفته بودند برخاستند
53येशू बौरी उठ्नु भए पछि, ती मानिसहरू चिहानबाट बौरी उठे र ती नगरका थुप्रै मानिसहरूकहाँ देखापरे।
53 و از قبرهای خود بیرون آمده، بعد از رستاخیز عیسی به شهر مقدّس وارد شدند و بسیاری از مردم آنان را دیدند.
54सेनाका अधिकारी र येशूलाई पहरा दिने सैनिकहरूले भुँइचालो गएको र अरू घटनाहरू घटेको अनुभव गरे। तिनीहरू खूबै भयभीत भए र तिनीहरूले भने, “साँच्चै नै उहाँनै परमेश्वरको पुत्र हुनुहुन्थ्यो।”
54 وقتی افسر رومی و افراد او كه به پاسداری از عیسی مشغول بودند، زمین لرزه و همهٔ ماجرا را دیدند بسیار ترسیدند و گفتند: «بدون شک این مرد پسر خدا بود.»
55क्रूस देखि धेरै टाढा बसेर धेरै आईमाईहरू पनि हेरिरहेका थिए। ती आईमाईहरूनै गालीलदेखि येशूको साथ देखरेख गर्न उहाँसंगै आएका थिए।
55 عدّه‌ای از زنها كه عیسی را خدمت می‌کردند و به دنبال او از جلیل آمده بودند در آنجا حضور داشتند و از دور ناظر جریان بودند.
56मरियम मग्दलिनि, याकूब र यूसुफकी आमा मरियम अनि जब्दीका छोराहरूकी आमा ती स्त्रीहरू मध्ये थिए।
56 در میان آنان مریم مجدلیه، مریم مادر یعقوب و یوسف و مادر پسران زِبدی دیده می‌شدند.
57त्यसै बेलूकी यूसुफ नाम गरेको एकजना धनी मानिस यरूशलेममा आए। अरिमिथिया नगरमा बस्ने उनी येशूकै एकजना चेला भएका थिए।
57 در وقت غروب مردی ثروتمند به نام یوسف كه اهل رامه و یکی از پیروان عیسی بود رسید.
58यूसफ पिलातसको सामु आए अनि येशूको लाशको निम्ति तिनलाई विन्ती गरे। पिलातसले आफ्ना सैनिकहरूलाई यूसुफलाई त्यो लाश दिनु भन्ने आदेश गरे।
58 او به حضور پیلاطس رفت و تقاضا نمود جسد عیسی به او داده شود. پیلاطس دستور داد كه آن را به او بدهند.
59त्यसपछि यूसुफले त्यो लाश लगरे त्यसलाई कात्रोले बेह्रे।
59 یوسف جسد را برده در پارچهٔ كتانی تازه پیچید
60यूसुफले येशूको त्यो लाशलाई एउटा नयाँ चिहानमा राखे जसलाई उनी आफैले भर्खरै चट्टानमा खोपी बनाएका थिए। तब उनले एकदमै ठूलो ढुङ्गा लडाउँदै ल्याएर चिहानको ढोका बन्द गरिदिए। यति गरेपछि यूसुफ आफ्नो बाटो लगे।
60 و در قبر خود كه تازه از سنگ تراشیده بود، قرار داد و آنگاه سنگ بزرگی در جلوی آن غلطانیده رفت.
61मरियम मग्दलिनी, अनि मरियम नाम गरेकी अर्को आईमाई पनि चिहानको अर्को पट्टि बसिरहेका थिए।
61 مریم مجدلیه و آن مریم دیگر نیز در آنجا مقابل قبر نشسته بودند.
62त्यस दिनलाई तयारीको दिन भनिन्थ्यो। भोलिपल्ट, मुख्य पूजाहारीहरू र फरिसीहरू पिलातसकहाँ पुगे।
62 روز بعد، یعنی صبح روز سبت، سران كاهنان و فریسیان به طور دسته جمعی پیش پیلاطس رفته
63तिनीहरूले भने, “स्वामी, हामीलाई थाहा छ त्यस ठगाहाले त्यो जिउँदो छँदा ‘तीन दिनपछि म फेरि बौरी उठ्नेछु’ भनेको थियो।’
63 گفتند: «عالیجناب، ما به‌یاد داریم كه آن گمراه كننده وقتی زنده بود گفت كه من پس از سه روز از نو زنده خواهم شد.
64यसकारण तीन दिनसम्म त्यो चिहानमा पहरा दिने आदेश पालेहरूलाई दिनुहोस्। उसका चेलाहरू आएर त्यहाँबाट उसको लाश चोरेर लैजान सक्छन्। अनि तिनीहरूले मानिसहरूलाई ‘तिनी मरेकोबाट जागे’ भन्नसक्छन्। यसपल्टको त्यो आफवाह पहिलेकौ भन्दा धेरै भयानक भएर फैलिनसक्छ।”
64 پس دستور بفرما تا روز سوم، قبر تحت نظر باشد، وگرنه امكان دارد شاگردان او بیایند و جسد او را بدزدند و آنگاه به مردم بگویند كه او پس از مرگ زنده شده است و به این ترتیب در آخر كار مردم را بیشتر از اول فریب دهند.»
65पिलातसले भने, “केही सैनिकहरूलाई लिएर जाउ अनि सकेसम्म चिहानलाई सुरक्षित राख।”
65 پیلاطس گفت: «شما می‌توانید نگهبانانی در آنجا بگمارید. بروید و تا آنجا كه ممكن است از آن محافظت كنید.» پس آنها رفته قبر را مُهر و مُوم كرده، پاسدارانی در آنجا گماردند تا از قبر نگهبانی كنند.
66यसकारण तिनीहरू त्यहाँ गए र त्यस चिहानको मुखमा गतिलो ढुङ्गाले बन्द गरेर मोहर लगाए अनि पालेहरू खटाएर चिहानलाई सुरक्षित बनाए।
66 پس آنها رفته قبر را مُهر و مُوم كرده، پاسدارانی در آنجا گماردند تا از قبر نگهبانی كنند.