Nepali

Persian

Numbers

22

1त्यसपछि इस्राएलीहरूले मोआबको यर्दन मैदानहरूमा यात्रा गरे। यरीहो पारी पट्टि यर्दन नदी नजिकै तिनीहरूले पाल हाले।
1 بعد از آن، قوم اسرائیل به سمت دشت موآب حرکت کردند و در شرق رود اردن، مقابل شهر اریحا اردو زدند.
2एमोरीहरूलाई इस्राएलीहरूले गरेको व्यवहार सिप्पोरको छोरो बालाकले देखे।
2 چون بالاق، پسر صفور پادشاه موآب خبر شد که تعداد بنی‌اسرائیل بسیار زیاد است و چه بلایی را بر سر اموریان آوردند،
3इस्राएलीहरू धेरै संख्यामा भएकोले मोआब डराएका थिए।
3 او و موآبیان بسیار ترسیدند.
4मोआबले मिद्यानीका बूढा-प्राधानहरूसित कुरा गरे, “हरियो मैदानमा गोरूले घाँस खाएर नष्ट पारे झैं यी धेरै संख्यामा आएका मानिसहरूले हाम्रा वरिपरि भएको प्रत्येक चीज नष्ट पार्नेछन्।” सिप्पोरको छोरो बालाक त्यस समय मोआबका राजा थिए।
4 موآبیان به رهبران مدیان پیام فرستاده گفتند: «این گروه بزرگ، مثل گاوی که سبزه را می‌جَود، ما را خواهد خورد.»
5बालाकले बओरको छोरा बिलामलाई निमन्त्रण गर्न दूतहरू पठाए जो युफ्रेटिस् नदिको नजीकै पातोरमा थिए। तिनीहरूले भने मिश्रबाट एउटा जाति आएका छन् अनि तिनीहरूको छाउनीहरूले सम्पूर्ण भूमि ढाकेको छ। अहिले तिनीहरूले मेरो विपरीतमा छाउनी बसाएका छन्।
5 پس بالاق، پادشاه موآب پیامی به بلعام، پسر بعور در فتور که در کنار رود فرات در سرزمین آماو واقع است، فرستاده گفت: «گروه بزرگی از سرزمین مصر آمده‌اند و در همه‌جا پراکنده شده و در نزدیکی ما جا گرفته‌اند.
6यसकारण अब आएर मेरो पक्षमा तिनीहरूलाई सराप्नु होस्, कारण तिनीहरू म भन्दा बलिया छन्। यदि तपाईंले त्यसो गर्नु भए शायद म तिनीहरूलाई परास्त पार्न सक्छु किनभने, मलाई थाहा छ, जसलाई तपाईं आशीर्वाद दिनु हुन्छ, उसलाई आशिर्बाद लाग्छ, र जसलाई तपाईंले सराप्नु हुन्छ उसलाई श्राप लाग्छ।”
6 حالا ما از تو خواهش می‌کنیم که بیایی و این قوم را لعنت کنی، زیرا آنها از ما قویتر هستند. شاید به این ترتیب، من بتوانم آنها را شکست بدهم و از این سرزمین بیرون برانم. ما می‌دانیم کسی را که تو برکت بدهی، برکت می‌بیند و هرکسی را که نفرین کنی، نفرین می‌شود.»
7मोआब र मिद्यानका बूढा-पाकाहरू बिलामसंग कुरा गर्न भनी बाटो लागे। तिनीहरूले भविष्यवाणीको निम्ति आफूसित केही पैसा पनि लिएर गए।
7 رهبران موآب و مدیان با مبلغی پول به عنوان مزد نفرین، نزد بلعام رفتند و پیام بالاق را به او رساندند.
8तिनीहरू बिलामकहाँ आएर बालाकले भनेको कुरा सुनाए। त्यसपछि बिलामले तिनीहरूलाई भने, “तिमीहरू आज राती यहीं बस अनि म तिमीहरूलाई परमप्रभुले मलाई जे भन्नुहुन्छ सो बताउँछु।” यसर्थ मोआबले पठाएका मानिसहरू बिलामसित बसे।
8 بلعام به آنها گفت: «امشب همین جا بمانید و فردا آنچه را که خداوند به من بفرماید، به شما می‌گویم.» پس رهبران موآب شب را با بلعام به سر بردند.
9सपनामा परमेश्वरले बिलामलाई दर्शन दिनु भयो र भन्नुभयो, “तिमीसित भएका यी मानिसहरू को हुन्?”
9 همان شب خدا نزد بلعام آمد و فرمود: «این مردان کیستند؟»
10बिलामले परमेश्वरलाई उत्तर दिए, “मोआबका राजा सिप्पोरका छोरा बालाकले मकहाँ दूतहरू पठाएका छन्।
10 بلعام جواب داد: «اینها نمایندگان بالاق، پادشاه موآب هستند. او آنها را فرستاده است و می‌گوید،
11उनको सन्देश थियो “हेर्नुहोस् यो जाति मिश्रदेशबाट भएको छ र तिनीहरूको छाउनीले देशलाई ढाकी रहेकोछ। अब आउनु होस् र मेरो पक्षमा तिनीहरूलाई सराप्नु होस। यदि तपाईंले त्यसो गारिदिनु भयो भने सायद म तिनीहरूलाई लँडाईमा जितेर धपाउन सक्छु।”
11 که یک گروه عظیم مردم از مصر آمده و در همه‌جا پراکنده شده‌اند و از من خواهش کرده است که بروم و آنها را نفرین کنم تا او بتواند با آنها بجنگد و آنها را از آنجا براند.»
12परमेश्वरले बिलामलाई भन्नुभयो, “तिमी तिनीहरूसित नजाऊ, अनि मानिसहरूलाई नसराप किनभने तिनीहरू म द्वारा अशिषित छन्।”
12 خدا به او فرمود: «تو نباید با آنها بروی و آن قوم را نفرین کنی، زیرا من آنها را برکت داده‌ام.»
13त्यसकारण बिहानै उठेर बालाकद्वारा पठाएका बुढा-पाकाहरूलाई बिलामले भने, “तपाईंहरूको देशमा फर्केर जानुहोस् परमप्रभुले मलाई तिमीहरूसित जानु अनुमति दिनु भएन।”
13 پس بلعام، فردای آن روز صبح برخاسته، پیش فرستادگان بالاق رفت و به آنها گفت: «به وطن خود بازگردید، زیرا که خداوند اجازه نداد که با شما بروم.»
14यसर्थ मोआबका बूढा-पाकाहरू उठेर बालाककहाँ गएर भने, “बिलामले हामीसित आउनु अस्वीकार गरे।”
14 نمایندگان بالاق دوباره به وطن خود بازگشتند و به او گفتند: «بلعام از آمدن خودداری می‌کند.»
15“एक पल्ट फेरि बालाकले बिलामकहाँ मानिसहरू पठाए। दोस्रो चोटीका बुढा-पाकाहरू पहिलेको भन्दा धेरै ठूला र सम्मानित थिए।
15 سپس بالاق بار دیگر گروه مهمتر و بزرگتری را فرستاد.
16तिनीहरू गएर बिलामलाई भने, “सिप्पोरको छोरो बालाकको भनाई यस्तो छ, दयागरी तपाईं म भए कहाँ आउन तपाईंले आफैंलाई नरोक्नु होस्।
16 آنها به بلعام گفتند: «بالاق از تو استدعا می‌کند که بیایی.
17किनभने म तपाईंलाई बडो इज्जत साथ सम्मान चढाउनेछु साथै तपाईंले जे भन्नुहुन्छ म मान्नेछु। दया गरी आउनुहोस् र मेरो पक्षमा तिनीहरूलाई सराप्नु होस्।”
17 او از تو با احترام پذیرایی می‌کند و هر امری که تو بفرمایی، بجا می‌آورد. لطفاً بیا و این قوم را نفرین کن.»
18तब बिलामले बालाकका मानिसहरूलाई जवाफ दिए, “यदि बालाकले मलाई सुन र चाँदीले भरिएको महल दिए पनि म मेरो परमप्रभु परमेश्वरको आज्ञाचाहे ठूलो वा सानो होस् नष्ट गर्दिनँ।
18 بلعام به آنها گفت: «اگر بالاق، کاخ خود را پر از طلا و نقره کند و به من ببخشد، از امر خداوند خدای خود به هیچ‌وجه سرپیچی نمی‌کنم.
19यसकारण अरूहरू झैं तिमीहरू पनि आज राती यहि बस्। अनि म हेर्छु परमप्रभुले मलाई केही कुरा भन्नु हुन्छ कि।”
19 به هرحال، بازهم امشب را اینجا بمانید تا بدانم که خداوند به من چه خواهد گفت.»
20त्यो राती बिलामलाई सपनामा आएर परमेश्वरले भन्नुभयो, “जब यी मानिसहरू तिमीलाई उनीहरूसित लैजान आएका छन्, तिमी उठेर तिनीहरूसित जाऊ, तर म जे भन्छु त्यो मात्र तिमीले गर्नुपर्छ।”
20 خدا همان شب به بلعام گفت: «حالا که این مردان دوباره آمده‌اند، برخیز و با آنها برو، امّا فقط آنچه را که من به تو می‌گویم، انجام بده.»
21यसकारण बिलामले बिहानै उठेर जीन लगाम कसे। त्यसपछि तिनी ती मोआबबाट आएका बूढा-प्रधानहरू संग गए।
21 پس بلعام صبح برخاست. الاغ خود را پالان کرد و با رهبران بالاق به راه افتاد.
22बिलाम गएको देखी परमेश्वर रिसाउनु भयो र उसलाई रोक्न परमप्रभुका स्वर्गदूत बाटोमा उभिए। बिलाम गधामा चढेका थिए अनि तिनका दुईजना सेवकहरू पनि तिनीसित थिए।
22 امّا خداوند از رفتن بلعام خشمگین شد و فرشتهٔ خود را سر راه او فرستاد و راه را بر او بست. بلعام در‌حالی‌که بر الاغ خود سوار بود، دو نوکرش همراه او می‌رفتند.
23जब गधाले परमप्रभुको स्वर्गदूतलाई हातमा तरवार लिएर बाटोमा उभिरहेको देख्यो त्यसले बाटो छाडेर खेततिर गयो। यसर्थ बिलामले त्यस गधालाई बाटोमा फर्काई ल्याउन हिर्कायो।
23 الاغ بلعام، فرشتهٔ خداوند را دید که شمشیری در دست دارد و سر راه ایستاده است. آنگاه الاغ از جاده رم کرد و به مزرعه‌ای رفت. بلعام الاغ را زد و آن را دوباره به جاده بازگرداند.
24त्यसपछि परमप्रभुका स्वर्गदूत दुवै पट्टि ढुङ्गाको पर्खाल भएको दुइवटा दाखको खेत बीच साँघुरो बाटोमा उभिए,
24 بعد فرشتهٔ خدا در جایی‌که جاده تنگ می‌شد و در دو طرف آن دیوارهای سنگی دو باغ انگور قرار داشتند، ایستاد.
25जब गधाले परमप्रभुको स्वर्गदूतलाई देख्यो त्यो भित्तमा टाँसियो अनि बिलामको खुट्टा पनि चेप्टाइदियो। यसर्थ बिलामले फेरि त्यसलाई हिर्काए।
25 چون الاغ دید که فرشتهٔ خداوند آنجا ایستاده است، خود را به دیوار چسباند و پای بلعام را به آن فشرد. بلعام دوباره الاغ را زد.
26त्यसपछि परमप्रभुको स्वर्गदूत अघि बढेर एउटा एकदमै साघुँरो गल्ली जहाँ पसेर दाहिने-देब्रे फर्कन नसकिने ठाँउमा उभिए।
26 آن وقت فرشته پیش رفت و در جای تنگتری ایستاد که الاغ به هیچ وجه نمی‌توانست از آنجا عبور کند.
27परमप्रभुको स्वर्गदूतलाई देखेर गधा थचक्क बस्यो। बिलाम रिसले चुर भएर त्यसलाई आफ्नो लौरोले बेस्सरी हिर्काए।
27 الاغ در بین جاده خوابید و بلعام خشمگین شد و با چوب دست خود، الاغ را زد.
28त्यसपछि परमप्रभुले गधालाई मुख खोल्ने अनुमति दिनुभयो र त्यसले बिलामलाई भन्यो, “मैले तपाईंलाई के गरें ताकि तपाईंले मलाई यस प्रकारले तीन चोटि हिर्काउनु भयो?”
28 آنگاه خداوند، الاغ را بزبان آورد و به بلعام گفت: «گناه من چیست که مرا سه بار زدی؟»
29तब बिलामले गधालाई भने, “तैंले मलाई मूर्ख बनाइस्। यदि मेरो हातमा तरवार हुँदो हो त म तपाईं अहिले मार्ने थिएँ।”
29 بلعام جواب داد: «تو مرا مسخره کردی. ای کاش یک شمشیر داشتم و تو را در همین جا می‌کشتم.»
30गधाले बिलामलाई उत्तर दियो, “के म तपाईंले आफ्नो जीवन भरि आज सम्म चढेको गधा होइन्? के मैले यस्तो अघि कहिले गरेको थिएँ? बिलामले भने, होइन्।”
30 الاغ به بلعام گفت: «آیا من همان الاغی نیستم که تمام عمر بر آن سوار شده‌ای؟ آیا هرگز چنین کاری کرده‌ام؟» بلعام جواب داد: «نه!»
31त्यसपछि परमप्रभुले बिलामको आँखा खोली दिनुभयो अनि तिनले परमप्रभुको स्वर्गदूतलाई नाङ्गो तरवार लिएर बाटोमा उभिरहेको देखे। तब तिनले आफ्नो शिर निहुर्याए।
31 آن وقت خداوند چشمان بلعام را باز کرد و بلعام فرشتهٔ خداوند را دید که شمشیر به دست، سر راه ایستاده است و وی پیش او به خاک افتاد.
32तब परमप्रभुको स्वर्गदूतले बिलामलाई भने, “किन तिमीले गधालाई तीन पल्ट हिर्कायौ हेर, म तिमीलाई रोक्नको निम्ति बाहिर आए किनभने तिम्रो यात्रा मेरो आज्ञाको विरूद्धमा छ।
32 فرشته به او گفت: «چرا الاغت را سه مرتبه زدی؟ من آمده‌‌ام تا تو را از رفتن باز دارم، زیرا این سفر تو از روی بی‌اطاعتی است.
33जब गधाले मलाई देख्यो, त्यो तीन पल्ट मबाट तर्कन खोज्यो। यदि यो मबाट नतर्केको भए यो निश्चय थियो कि म तिमीलाई मार्ने थिएँ, तर गधालाई जिउँदै छाडि दिने थिएँ।”
33 این الاغ سه مرتبه مرا دید و از سر راه من دور شد. اگر این الاغ این کار را نمی‌کرد تو را می‌کشتم و این الاغ را زنده می‌گذاشتم.»
34तब बिलामले परमप्रभुका स्वर्गदूतलाई भने, “मैले पाप गरें कारण मैले जानिन कि तपाईं मलाई रोक्नको निम्ति बाटोमा उभिरहनु भएको थियो। तर यदि मेरो यात्रालाई केही नराम्रो ठान्नु हुन्छ भने म घर फर्कन्छु।”
34 بلعام به فرشته گفت: «من گناه کرده‌ام. من متوجّه نشدم که در سر راه ایستاده بودی. حالا اگر با رفتن من موافق نیستی، من به خانهٔ خود برمی‌گردم.»
35तब परमप्रभुको स्वर्गदूतले बिलामलाई भने, “तिमी यी मानिसहरूसित जाऊ, तर म जे भन्छु तिमी त्यो मात्र बोल। यसकारण बिलाम मोआबबाट आएका बूढा-प्रधानहरूसंग गए।”
35 فرشتهٔ خداوند به او فرمود: «با این مردان برو، امّا فقط هرچه را که من به تو می‌گویم، بگو.» پس بلعام با فرستادگان بالاق حرکت کرد.
36जब बालाकले बिलाम आउँदैछ भनेको सुने, ऊ मोआबी देशको शहरको उत्तरी सिमाना अर्नोन नदीको नजिक उसलाई भेट्न गए।
36 چون بالاق خبر شد که بلعام می‌آید، به استقبال او به شهر موآب، در کنار وادی ارنون، واقع در مرز موآب رفت.
37बालाकले बिलामलाई भने, “तपाईं मेरोमा आउनुहोस् भनी निम्तो दिन मैले मानिसहरू पठाएँ? तपाईं किन म भएकहाँ आउनु भएन? के म तपाईंलाई सम्मान गर्न योग्यको छैन?”
37 بالاق از بلعام پرسید: «چرا بار اول که قاصدانم را فرستادم نیامدی؟ آیا فکر می‌کردی که من به تو پاداش شایسته‌‌ای نخواهم داد؟»
38त्यसपछि बिलामले बालाकलाई भने, “हेर। म तिम्रोमा अहिले आएकोछु। म तिमीलाई अहिले नै केही कुरा भन्न सक्छु? म त्यही कुरा मात्र भन्ने छु जो परमप्रभु परमेश्वरले मलाई भन्न लगाउनु हुन्छ।”
38 بلعام جواب داد: «من اکنون آمده‌ام، امّا قدرتی ندارم. من فقط کلامی را که خداوند در دهان من بگذارد، به زبان می‌آورم.»
39त्यसपछि बिलाम बालाकसित गए। अनि तिनीहरू किर्यत-हुसोतमा आए।
39 پس بلعام، همراه بالاق به شهر حصوت رفت.
40बालाकले गोरूहरू र भेडाहरू बलि चढाए अनि बिलाम र मोआबबाट आएका बूढा-प्राधानहरूलाई निमन्त्रणा गरे र खान दिए जो ऊसित आएका थिए।
40 در آنجا بالاق گاو و گوسفند قربانی کرد و گوشت آنها را برای بلعام و رهبرانی که با او بودند، فرستاد. بامدادان بالاق بلعام را به سر کوه بَموت بعل برد تا از آنجا عدّه‌ای از قوم اسرائیل را ببیند.
41भोलिपल्ट बिहानै बालाकले बिलामलाई बमोत- बालमा लिएर गए। त्यहाँबाट तिनले इस्राएली मानिसहरूको केही भाग देखे।
41 بامدادان بالاق بلعام را به سر کوه بَموت بعل برد تا از آنجا عدّه‌ای از قوم اسرائیل را ببیند.