Nepali

Persian

Numbers

24

1जब बिलामले चाल पाए कि परमप्रभु इस्राएलीहरूलाई आशीर्वाद दिनमा खुशी हुनुहुन्छ, तिनले आफ्नो जादु टुनाहरू प्रयोग गरेनन, तर तिनी मरूभूमि तिर फर्केर हेरे।
1 وقتی بلعام دید که خداوند از برکت دادن به اسرائیل خشنود شده است، مانند گذشته به جادو متوسّل نشد، بلکه رو به طرف بیابان کرد
2जब बिलामले मरूभूमि तिर हेरे तिनले इस्राएली मानिसहरूलाई आफ्नो-आफ्नो कुल गरि छाउनीहरूमा बसेको देखे। त्यसपछि परमेश्वरको आत्मा तिनीभित्र आयो।
2 قوم اسرائیل را دید که طایفه‌طایفه در آنجا اردو زده‌اند. آنگاه روح خدا بر او نازل شد
3अनि बिलामले यो अगमवाणी दिएः “यो समाचार बओरका छोरो बिलामबाट हो। म ती चीजहरूको विषयमा भन्दैछु जो म स्पष्ट देख्छु।
3 و این کلام بر زبانش جاری شد: «وحی بلعام پسر بعور، وحی آن مردی که چشمانش باز شد،
4म यो वाणी परमेश्वरबाट सुन्छु। परमेश्वर सर्वशक्तिमानले जे देखाउनु भयो मैले त्यो देखें। म जो स्पष्ट देख्छु त्यो विनम्र भई भन्छु।
4 وحی کسی‌که سخنان خدا را شنید، و رؤیایی را دید که خدای متعال نشان داد، آن که به خاک افتاد و چشمانش باز شد.
5“हे याकूबका मानिसहरू हो तिमीहरूका पालहरू कति सुन्दर छन्। हे इस्राएलका बासिन्दाहरू हो! तिमीहरूका छाउनीहरू कति राम्रा छन्।
5 اردو‌های شما چقدر زیباست،
6तिमीहरूको पालहरू नदी किनारका बगैंचाहरू जस्तै एकै पंक्तीमा रोपिएका ताडका रूखहरू फैलिए जस्तै, परमप्रभुले रोप्नु भएको घिउकुमारी जस्तै, पानी नेरको देवदारहरू जस्तै फैलिएका छन्।
6 همچون درختان عودی که خداوند به دست خود کاشته باشد، و چون درختان سرو کنار جویبارها.
7तिनीहरूका बाल्टीहरू पानीले भरिएर पोखिनेछन्। अनि तिनीहरूका बीउहरूले प्रशस्त पानी पाउने छन्। तिनीहरूका राजा अगाग भन्दा ठूलो हुनेछ, अनि तिनीहरूको राज्य बढनेछ।
7 دلوهای ایشان، از آب لبریز می‌شود. بذرهای ایشان، با آب فراوان آبیاری می‌شوند. پادشاه آنها بزرگتر از اجاج می‌باشد و مملکت آنها سرفراز می‌گردد.
8“परमेश्वरले तिनीहरूलाई मिश्रदेशबाट ल्याउनु भयो, तिनीहरूको निम्ति जंङ्गली साँढेको सींङ जस्तै शक्तिशाली हुनुहुन्छ। ती इस्राएलीहरूले आफ्नो शत्रुहरूलाई निल्नेछन् र तिनीहरूको हड्डी फुटेर चूर पर्नेछ अनि तिनीहरूलाई आफ्नो बाणहरूले छेड्नेछ।
8 خدا آنها را از مصر بیرون آورد. او مانند گاو وحشی برای آنان می‌‌جنگد، و آنها دشمنان خود را می‌بلعند. استخوانهایشان را خُرد می‌کنند، تیرهای آنان را می‌شکنند.
9“विश्राममा तिनीहरू सिंह झैं सुत्नेछन् अनि सिंह झैं-तिनीहरूलाई कसले बिउँझाउने? “तिनीहरूलाई आशिर्वाद दिने आशीषित हुन् अनि तिनीहरूलाई सराप्ने श्रापित हुन्।”
9 مانند شیر می‌خوابند و کسی جرأت آن را ندارد که آنها را بیدار کند. کسی‌که تو را برکت بدهد، برکت ببیند و لعنت باد بر کسی‌که تو را لعنت کند.»
10बिलामसित बालाक रिसाएर हात पक्डिएर, तिनले बिलामलाई भने, “मैले तिमीलाई मेरा शत्रुहरूलाई सराप्न बोलाएको थिएँ तर तिमीले तिनीहरूलाई तीन पल्ट आशीर्वाद दियौ।
10 آتش خشم بالاق بر بلعام افروخته شد و درحالی‌که دستهای خود را به هم می‌زد، به بلعام گفت: «من تو را فراخواندم که دشمنان مرا نفرین کنی، امّا تو برعکس، سه بار آنها را برکت دادی.
11अब तिमी झट्टै आफ्नो घरमा जाऊ। मैले भनेको थिंए कि म तिमीलाई ठूलो सम्मान दिनेछु, तर परमप्रभुले तिमीलाई सम्मान पाउनुबाट बञ्चित गराउनु भयो।”
11 از اینجا زود برو و به خانه‌ات بازگرد. من گفتم که به تو پاداش خوبی خواهم داد، امّا خدا تو را از آن محروم ساخت.»
12बिलामले बालाकलाई भन्यो, “के मैले तिम्रा दूतहरूलाई भनेको थिईनँ।
12 بلعام گفت: «من به قاصدانت گفتم:
13‘यदि बालाकले सुन र चाँदीले परिपूर्ण महल दिए पनि म परमप्रभुको आज्ञा विरूद्ध केही गर्दिनँ?’ म त्यही गर्छु जो परमप्रभुले भन्नुहुन्छ।
13 که اگر تو قصرت را پر از طلا و نقره کنی و به من بدهی، من نمی‌توانم از فرمان خداوند سرپیچی نمایم و یا آنچه خودم بخواهم بگویم. من هرچه را که خداوند بفرماید، می‌گویم.
14अब म आफ्नो घरमा फर्केर जान्छु। तर म तिमीलाई चेतावनी दिन्छु कि यी इस्राएलका मानिसहरूले तिमी र तिम्रा मानिसहरूलाई भविष्यमा के गर्नेछन्, सुन।”
14 «حالا پیش قوم خود می‌روم، امّا باید بدانی که در آینده، قوم اسرائیل چه بلایی بر سر مردم تو می‌آورند.»
15तब बिलामले यी कुराहरू भनेः “यो बओरको छोरो बिलाम जसले आफ्नो आखाँले सफासंग देख्न सक्छ,
15 بلعام چنین سخن خود را آغاز کرد: «این است وحی بلعام پسر بعور، وحی مردی که چشمانش باز شد، وحی آن کسی‌که سخنان خدا را شنید
16कसले परमेश्वरको वचन सुन्न सक्छ अनि कसले सर्वउच्च परमेश्वरबाट ज्ञान प्राप्त गर्न सक्छ? सर्वशक्तिमान परमेश्वरले यो कुराहरू देखाउनु भयो त्यो मैले देखें। म नम्रता पूर्वक तपाईंलाई भन्छु के म स्वच्छ देख्छु।
16 و خدای متعال به او حکمت آموخت و رؤیایی را دید، که خدای قادر مطلق به او نشان داد. او به خاک افتاد و چشمانش باز شد.
17“म परमप्रभुलाई देख्न सक्छु, तर अहिले होइन, म उहाँलाई देख्न सक्छु, तर नजीकबाट होइन। एउटा राजा तारा जस्तै याकूबको वंशबाट आउनेछ, इस्राएलका मानिसहरूबाट एक जना शासक जन्मनेछ। मोआबी मानिसहरूको त्यस शासकले टाउको किच्चयाउनुहुनेछ अनि शेतको वंशनै ध्वंश पार्नु हुनेछ।
17 او را خواهم دید، امّا نه حالا، او را تماشا خواهم کرد، ولی نه از نزدیک. پادشاهی همچون ستاره‌ای درخشان در اسرائیل ظهور خواهد نمود. او رهبران موآب را شکست می‌دهد. مردم آشوبگر را سرکوب می‌کند،
18इस्राएलको शत्रु सेईरको भूमि इस्राएलको दखलमा हुनेछ, एदोमको भूमि पनि तिनीहरूकै दखलमा रहनेछ जब इस्राएलले बहादुरी देखाउनेछ।
18 و دشمنان خود را در اَدوم شکست می‌دهد، زمین ایشان را تصرّف می‌کند،
19“याकूबको वंशबाट शासक आउनेछ, र त्यस शहरमा बाँचेकाहरूलाई ध्वंश पार्नेछ।”
19 اسرائیل به پیروزی ادامه می‌دهد، دشمنان را پایمال می‌سازد و کسی را هم زنده نمی‌گذارد.»
20बिलामले अमालेकी मानिसहरूलाई हेरेर अगमवाणी दिएः “राष्ट्रहरूमा अमालेक सबै भन्दा शक्तिशाली हो। तर ध्वंश हुनेछ अमालेक पनि।”
20 بعد بلعام رو به طرف عمالیقیان کرد و این چنین پیشگویی کرد: «عمالیقیان مقتدرترین اقوام بودند، امّا سرانجام، همه هلاک می‌شوند.»
21तब बिलामले कनानी मानिसहरूलाई हेरेर अगमवाणी बोलेः “चट्टानमा बनिएको गुँड जस्तै तिमीहरू सुरक्षित छौ।
21 سپس به قینیان نگاه کرد و این چنین پیشگویی کرد: «جای سکونت شما مستحکم است، آشیانهٔ شما بر صخره‌ای قرار دارد.
22तर केनीहरू पनि ध्वंश पारिनेछन् जब अश्शूरले तिमीहरूलाई कैदी बनाउँनेछ।”
22 امّا قینیان از بین می‌روند و لشکر نیرومند آشوریان، شما را به اسارت می‌برد.»
23बिलामले तब फेरि अगमवाणी बोलेः “हाय! को जीवित रहन सक्छ जब परमेश्वरले यस्तो गर्नु हुन्छ?
23 بلعام با این سخنان به پیشگویی خود پایان بخشید: «افسوس که وقتی خدا این کار را انجام بدهد، هیچ‌کسی زنده نخواهد بود.
24जहाजहरू कित्तीमको किनारबाट आउनेछन् र तिनीहरूले अश्शूर र एबरलाई परास्त पार्नेछन्। तर तिनीहरू पनि ध्वंश गराइनेछन्।”
24 کشتی‌ها از سواحل قبرس می‌آیند، آشور و عابر را سرکوب می‌سازند، امّا خود آنها هم نابود می‌شوند.» بعد بعلام برخاست و به وطن خود بازگشت و بالاق هم به راه خود رفت.
25त्यसपछि बिलाम उठेर घर फर्के अनि बालाक पनि आफ्नो बाटो लागे।
25 بعد بعلام برخاست و به وطن خود بازگشت و بالاق هم به راه خود رفت.