1सेलोफादका पाँच जना छोरीहरू थिए (सेलोफा हेपेरको छोरा थिए, हेपेर गिलादका छोरा थिए, गिलाद माकीरका छोरा थिए, माकीर मनश्शेका छोरा थिए र मनश्शे यूसुफका छोरा थिए। तिनीहरूको नाम यस प्रकारको थियोः महला, नोआ होग्ला, मिल्का र तिर्सा।
1
مَحله، نوعه، حُجله، مِلکه و تِرصه، دختران صلفحاد بودند. صلفحاد پسر حافر بود و حافر پسر جلعاد، نوه ماخیر و نتیجهٔ منسی و منسی یکی از پسران یوسف بود.
2तिनीहरू भेट हुने पालमा मोशा, पूजाहारी एलाजार, नायकहरू र सारा इस्राएली समुदायको सामुन्ने उभिएर भने,
2
روزی دختران صلفحاد در کنار در خیمهٔ عبادت رفتند و به موسی، العازار کاهن، رهبران طایفهها و سایر مردمی که در آنجا حضور داشتند، چنین گفتند:
3“हाम्रा पिता मरूभूमिमा मर्नुभयो। उहाँ कोरहका अनुयायीहरू जो परमप्रभुको विरूद्धमा गए, तिनीहरूसित हुनु हुँदैन थियो। उहाँ पुत्रहीन हुनुहुन्थ्यो र आफ्नै पापले मर्नुभयो।
3
«پدر ما در بیابان مرد و پسری نداشت. او جزو پیروان قورح نبود که برضد خداوند سرکشی کردند. او بهخاطر گناه خودش مُرد.
4उहाँको छोरो थिएन भन्दैमा किन उहाँको नाम आफ्नो वंशमा रहँदैन? हामीलाई पनि हाम्रो पिताको दाज्यू-भाईहरूको बराबरमा जमीन दिनुहोस्।”
4
فقط برای اینکه او پسری نداشت، باید نام پدر ما، از بین طایفهاش محو شود؟ ما خواهش میکنیم که برای ما هم، مانند خویشاوندان پدر ما زمین داده شود.»
5यसर्थ मोशाले यो मामिला परमप्रभु अघि राखे।
5
موسی ادّعای ایشان را به حضور خداوند آورد
6परमप्रभुले मोशालाई भन्नुभयो,
6
و خداوند به موسی فرمود:
7“सेलोफाकी छोरीहरूले गरेको बिन्ति न्यायसंगत छ र तिनीहरूले आफ्नो पिताको दाज्यू-भाईहरूसितै जमीनको अंश पाउनु पर्छ। यसर्थ जुन जमीन तिमीले तिनीहरूको पितालाई दिने थियौ त्यो जमीन तिनीहरूलाई देऊ।
7
«دختران صلفحاد راست میگویند، در میان عموهایشان، زمین موروثی به ایشان بده و سهم پدر ایشان را به ایشان واگذار نما.
8“इस्राएलका मानिसहरूको निम्ति यो नियम बनाएर राख, ‘यदि पुत्रहीन व्यक्ति मरे उसको सबै सम्पत्ति उसकी छोरीहरूले पाउनेछन्।
8
به قوم اسرائیل بگو که هرگاه مردی میمیرد و پسری از خود بجا نمیگذارد، باید میراث او به دخترش برسد.
9उसकी छोरी पनि नभएको खण्ड त्यो सम्पत्ति उसको आफ्नो दाज्यू-भाईले पाउनेछ।
9
اگر دختر نداشته باشد، زمین او به برادرانش تعلّق میگیرد.
10फेरि यदि उसको दाज्यू-भाई नभएको खण्डमा उसको काका-बडा-बाबुले पाउनेछ।
10
اگر برادر نداشته باشد، به عموهایش داده شود
11उसको काका-बडा-बाबुहरू पनि नभएको खण्डमा उसको सम्पत्ति आफ्नो साख्खै आफन्तहरूले पाउनेछन्। इस्राएलका मानिसहरूमा यो नियम रहन्छ। यो आज्ञा परमप्रभुले मोशालाई दिनु भएको हो।”‘
11
و اگر عمو یا برادر هم نداشته باشد، پس زمینش به نزدیکترین خویشاوندان او سپرده شود. من، خداوند به تو امر میکنم تا به مردم اسرائیل بگویی که باید این قانون را رعایت کنند.»
12त्यस पछि परमप्रभुले मोशालाई भन्नुभयो, “यर्दन नदीको मरूभूमिको पहाडमा जाऊ। त्यहाँ तिमीले मैले इस्राएलका मानिसहरूलाई दिन लागेको भूमि देख्नेछौ।
12
خداوند به موسی فرمود: «بر سر کوه عباریم برو و از آنجا سرزمینی را که به قوم اسرائیل دادهام، ببین.
13त्यो भूमि देखे पछि तिम्रो दाज्यु हारून जस्तै तिमी पनि मर्नेछौ।
13
پس از آن که آن را دیدی، تو نیز مانند برادرت هارون، خواهی مرد.
14किनभने, सीनैको मरूभूमिमा मानिसहरूले पानीको निम्ति मसंग माग्दा तिमीले मेरो आज्ञा उलघंन गरेका थियौ। तिनीहरूको सामुन्ने तिमीले मलाई सम्मान राखेनौ।” (यो घटना सीनै मरूभूमिमा कादेश नजिकको मरीबाको पानीहरूमा भएको थियो।)
14
زیرا هردوی شما هنگامیکه قوم اسرائیل در مریبه علیه من شورش کردند، در بیابان صین از اوامر من سرپیچی کردید و شما نخواستید قدرت مقدّس مرا در حضور قوم تصدیق کنید.» (مریبه چشمهای است در قادش واقع در بیابان صین.)
15मोशाले परमप्रभुलाई भन्नुभयो,
15
موسی به حضور خداوند عرض کرد:
16“परमप्रभु परमेश्वर हुनुहुन्छ जसले मानिसहरूले के सोचिरहेकाछन् चाल पाउनु हुन्छ। हे परमप्रभु। म प्रार्थना गर्छु कि यी मानिसहरूको निम्ति एउटा मानिस अगुवा चुनिदिनु होस्।
16
«ای خداوند، خدایی که سرچشمهٔ حیات تمام بشر هستی، از تو استدعا میکنم که شخصی را به عنوان هادی و راهنمای این قوم انتخاب کنی
17म प्रार्थना गर्छु कि तपाईंले एउटा मानिस अगुवा चुनिदिनु होस् ताकि उसले यी मानिसहरूलाई यस भूमि देखि नयाँ भूमिमा अगुवाई गरेर लानेछ। त्यसो भए परमप्रभुका मानिसहरू गोठाला बिनाका भेंडाहरू जस्ता हुनेछैनन्।”
17
تا بتواند آنها را در همهٔ امور هدایت کند، از آنها مراقبت نماید و قوم تو مانند گوسفندان بیشبان نماند.»
18त्यसकारण परमप्रभुले मोशालाई भन्नुभयो, “यहोशू नूनको छोरो यी मानिसहरूका नयाँ अगुवा हुनेछन्। ऊसित आत्माको ज्ञान छ तिम्रो हातहरू उसको शिर माथि राखेर उसलाई अगुवा झैं नियुक्त गर।
18
خداوند به او فرمود: «برو دست خود را بر یوشع، پسر نون که روح من در او قرار دارد، بگذار.
19तिनलाई पूजाहारी एलाजार अनि सारा मानिसहरूको अघि राख र अगुवा बनाऊ।
19
بعد او را پیش العازار کاهن و تمام قوم ببر و در حضور همگی به عنوان پیشوای قوم تعیین کن.
20“उसलाई अधिकार देऊ यसकारण इस्राएलका सम्पूर्ण समूदायले उसलाई सुन्ने छ।
20
بعضی از اختیارات خود را به او بده تا تمام مردم اسرائیل از او اطاعت نمایند.
21यदि यहोशूले कुनै विषयमा निर्णय लिनु परे तिनी पूजाहारी एलाजार कहाँ जानेछन् अनि एलाजारले परमप्रभुको उत्तर जान्नको निम्ति ऊरीम प्रयोग गर्नेछन्। त्यस पछि यहोशू र अन्य सबै इस्राएलीहरू परमप्रभुको आज्ञा अनुसार चल्नेछन्। यदि उहाँ भन्नुहुन्छ, ‘तिमीहरू युद्धमा जाऊ,’ तब युद्धमा जानेछन् र यदि तिमीहरू, ‘घरमा जाऊ’ भनि भन्नु हुन्छ भने, ‘तब तिनीहरू घर जानेछन्।”
21
او باید برای گرفتن دستور از من پیش العازار برود. من به وسیلهٔ اوریم با العازار صحبت میکنم و العازار اوامر مرا به یوشع میرساند و به این ترتیب، من آنها را هدایت میکنم.»
22परमप्रभुको आज्ञा अनुसार मोशाले गरे। उनले यहोशूलाई इस्राएलका सारा समुदाय तथा पूजाहारीको सम्मुख उभ्याए।
22
موسی طبق فرمان خداوند عمل کرد. او یوشع را به حضور العازار کاهن و تمام قوم اسرائیل آورد.
طبق فرمان خداوند، بر سر او دست گذاشت و او را به عنوان پیشوای قوم تعیین کرد.
23त्यसपछि यहोशू माथि मोशाले हात राखे अनि परमप्रभुले तिनलाई दिनु भएको आज्ञा दिए।
23
طبق فرمان خداوند، بر سر او دست گذاشت و او را به عنوان پیشوای قوم تعیین کرد.