1“सातौं महीनाको पहिलोदिन तिमीहरूको निम्ती एउटा विशेष सभा डाकिनु पर्छ। त्यस दिन तिमीहरूले कुनै अरू परिश्रम गर्नु हुँदैन। त्यो दिन तिमीहरूको निम्ति तुरही बजाउने दिन हुन्छ।
1
در روز اول ماه هفتم، همگی باید برای عبادت جمع شوید و هیچ کار دیگری نکنید. در این روز شیپورها را بنوازید
2तिमीहरूले एउटा बाछा बथानबाट, एउटा भेडा र सातवटा एक वर्षे थुमाहरू परमप्रभुलाई मिठो सुगन्ध दिने होमबलि चढाउने छौ। यी पशुहरू सबै निष्खोट हुनुपर्छ।
2
و یک گاو جوان، یک قوچ و هفت برّهٔ نر یک ساله، که همه سالم و بیعیب باشند، به عنوان قربانی سوختنی به خداوند تقدیم کنید. بوی این قربانی مورد پسند خداوند واقع میشود.
3परमप्रभुलाई अन्नबलिको निम्ति तेलमा मुछेको एपाको दश खण्डको तीन खण्ड मसिनो पीठो साँढेसित, एपाको दश खण्डको दुई खण्ड भेडासित,
3
با گاو سه کیلو، با قوچ دو کیلو
4अनि एपाको दश खण्डको एक खण्ड गरी सातवटा थुमाहरूमा प्रत्येक थुमाहरूसित चढाउनु पर्छ।
4
و با هر برّه یک کیلو آرد مخلوط با روغن زیتون، به عنوان هدیهٔ آردی تقدیم کنید.
5तिमीहरूले एउटा बाख्रा तिम्रो पाप प्रायश्चित गर्नका निम्ति बलि चढाउ।
5
همچنین یک بُز نر را برای کفّارهٔ گناهان خود قربانی کنید.
6ती औसीको बलिहरू प्रत्येक महिनाको निम्ति चढाइने बलिहरू र तिनीहरूको साथमा चढाइने अन्नबलि, प्रत्येक दिन चढाइने बलिहरू र तिनीहरूको साथमा चढाइने अन्नबलि तथा अर्घबलि देखि वाहेक हुन्। यी बलिहरू नियम रूपमा हुनु पर्छ र यी बलिहरू आगोद्वारा चढाइनु पर्छ र सुगन्धले परमप्रभुलाई आनन्द तुल्याउनेछ।
6
اینها به علاوه قربانی سوختنی ماهانه با هدیهٔ آردی آن و به غیراز قربانی سوختنی روزانه با هدایای آردی و نوشیدنی آن است که مطابق مقرّرات مربوطه تقدیم میشوند. بوی این قربانی سوختنی، مورد پسند خداوند واقع میشود.
7“सातौं महीनाको दशौं दिन त्यहाँ तिमीहरूको निम्ति एउटा विशेष सभा हुनेछ। त्यस दिन तिमीहरू उपवास बस्नु पर्छ अनि कुनै काम गर्नु हुदैन।
7
در روز دهم ماه هفتم، باز برای عبادت جمع شوید، روزه بگیرید و به هیچ کار دیگری دست نزنید.
8परमप्रभुको निम्ति मगमग सुगन्धित वास्नाको रूपमा एउटा बाछा एउटा भेडा अनि सातवटा एक वर्षे थुमाहरू होमबलिमा चढाइनुपर्छ। ती पशुहरूमा कुनै प्रकारको खोट रहनु हुँदैन।
8
در این روز یک گاو جوان، یک قوچ و هفت برّهٔ نر یک ساله را، که همه سالم و بیعیب باشند، به عنوان قربانی سوختنی، به خداوند تقدیم کنید. بوی این قربانی مورد خشنودی خداوند واقع میشود.
9अनि तिमीहरूले त्यो होमबलिको साढेसित तेलमा मुछेको एपाको दश खण्डको तीन खण्ड मसिनो पीठो, भेडासित एपाको दश खण्डको दुई खण्ड तेलमा मुछेको मसिनो पीठो,
9
همچنین با گاو سه کیلو، با قوچ دو کیلو و با هر برّه یک کیلو آرد مخلوط با روغن زیتون، به عنوان هدیهٔ آردی تقدیم کنید.
10अनि सातवटा थुमाहरूमा प्रत्येकको एपाको दश खण्डको एक खण्ड तेलमा मुछेको मसिनो पीठो चढाउनुपर्छ।
10
یک بُز نر را هم، برای کفّاره گناهان خود قربانی کنید. این قربانی باید به علاوهٔ قربانی سوختنی روزانه، با هدایای آردی و نوشیدنی آن تقدیم شود.
11पापबलिको निम्ति तिमीहरूले एउटा बोका पनि चढाउनुपर्छ। यो बलि चाँहि प्रायश्चित बलिको अतिरिक्त हो र नियमित रूपले चढाएको दैनिक अन्नबलि र अर्घबलिको पनि अतिरिक्त हो।
11
در روز پانزدهم ماه هفتم، یک بار دیگر برای عبادت، گرد هم آیید و هیچ کار دیگری نکنید. این عید را به افتخار خداوند برای هفت روز جشن بگیرید.
12“सातौं महिनाको पन्ध्रौं दिन तिमीहरूले एउटा विशेष सभा राख्नु अनि त्यसदिन कुनै दैनिक काम नगर्नू। परमप्रभुको सम्मानमा सात दिनसम्म उत्सव मनाउनू।
12
در روز اول عید، سیزده گاو جوان، دو قوچ و چهارده برّهٔ نر یک ساله، که همگی سالم باشند، به عنوان قربانی سوختنی، به خداوند تقدیم کنید. او از بوی این قربانی خشنود میگردد.
13तिमीहरूले बथानबाट तेह्रवटा बहर गोरू दुइवटा भेडा र एक वर्षे चौधवटा थुमाहरू परमप्रभुको निम्ति मगमग सुगन्धित वास्ना बनाउनलाई होमबलि चढाउनुपर्छ। यी पशुहरू निष्खोट हुनुपर्छ।
13
با هر گاو سه کیلو، با هر قوچ دو کیلو و با هر برّه یک کیلو آرد مخلوط با روغن زیتون، به عنوان هدیهٔ آردی تقدیم شود.
14यो होमबलिसित एपाको दश खण्डको तीन खण्ड तेलसित मुछेको मसिनो पीठो प्रत्येक जवान साँढेसित एपाको दश खण्डको दुई खण्ड तेलसित मिसिएको मसिनो पीठो प्रत्येक भेडासित
14
همچنین یک بُز نر را هم، برای کفّارهٔ گناهان خود قربانی کنید. اینها باید به اضافهٔ قربانی سوختنی روزانه، با هدایای آردی و نوشیدنی آن تقدیم شوند.
15र प्रत्येक थुमासित एपाको दश खण्डको एक खण्ड तेलसित मुछेको मसिनो पीठो होमबलि चढाउनु पर्छ।
15
در روز دوم عید، دوازده گاو جوان، دو قوچ و چهارده برّهٔ نر یک ساله را که همگی سالم و بیعیب باشند، قربانی کنید.
16यसैसित पापबलिको निम्ति एउटा पाठो पनि चढाउनुपर्छ। यो नित्य चढाइने होमबलि र अन्नबलिको अतिरिक्त हो।
16
همراه آنها هدایای مربوط به روز اول را نیز، تقدیم کنید.
17“उत्सवको दोस्रो दिन तिमीहरूले बाह्रवटा बहर गोरू, दुइवटा भेडाहरू र एक वर्षे चौधवटा थुमाहरू बलि चढाउनुपर्छ। यी बलि दिइने पशुहरूमा कुनै खोट नहोस्।
17
در روز سوم عید، یازده گاو جوان، دو قوچ و چهارده برّهٔ نر یک ساله را که همگی سالم و بیعیب باشند، قربانی کنید.
18तिमीहरूले यी साँढे, भेडाहरू तथा थुमाहरूसित यिनीहरूको तोकिएको संख्या अनुसार सही परिमाणको अन्नबलि तथा अर्घबलि पनि चढाउनु पर्छ।
18
همراه آنها هدایای مربوط به روز اول را نیز، تقدیم کنید.
19तिमीहरूले पापबलिको निम्ति एउटा बोको पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिकबलि र यससित चढाइने अन्नबलि र अर्घबलिको अतिरिक्त हो।
19
در روز چهارم عید، ده گاو جوان، دو قوچ و چهارده برّهٔ نر یک ساله را که همگی سالم و بیعیب باشند، قربانی کنید.
20“उत्सवको तेस्रो दिन तिमीहरूले एघारवटा बहर गोरू, दुइवटा भेडा र चौधवटा एक वर्षे थुमाहरू चढाउनु पर्छ। यी चढाइने पशुहरूमा कुनै प्रकारको खोट हुनुहुँदैन।
20
همراه آنها هدایای مربوط به روز اول را نیز، تقدیم کنید.
21तिमीहरूले यी बहर, भेडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउनु पर्छ र अन्नबलि अर्घबलि पनि सही परिमाणमा चढाउनु पर्छ।
21
در روز پنجم عید، نُه گاو جوان، دو قوچ و چهارده برّهٔ نر یک ساله را که همگی سالم و بیعیب باشند، قربانی کنید.
22पाप बलिको निम्ति एउटा बोको पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिक बलि र त्यससित चढाइने अन्न बलि तथा अर्घबलिको अतिरिक्त हो।
22
همراه آنها هدایای مربوط به روز اول را نیز، تقدیم کنید.
23“उत्सवको चौथो दिन तिमीहरूले दशवटा बहर गोरू, दुइवटा भेडा र चौधवटा एक वर्षे थुमाहरू चढाउनु पर्छ। यी चढाइने पशुहरूमा कुनै प्रकारको खोट हुनु हुँदैन।
23
در روز ششم عید، هشت گاو جوان، دو قوچ و چهارده برّهٔ نر یک ساله را که همگی سالم و بیعیب باشند، قربانی کنید.
24तिमीहरूले यी बहर गोरू, भेडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउँनुपर्छ र अन्नबलि र अर्घबलि पनि सही परिमाणमा चढाउनुपर्छ।
24
همراه آنها هدایای مربوط به روز اول را نیز تقدیم کنید.
25पापबलिको निम्ति एउटा वोको पनि चढाउनुपर्छ। यो बलि तिमीहरूले चढाउने दैनिक बलि र त्यससित चढाइने अन्नबलि तथा अर्घबलिको अतिरिक्त हो।
25
در روز هفتم عید، هفت گاو جوان، دو قوچ و چهارده برّهٔ نر یک ساله را که همگی سالم و بیعیب باشند، قربانی کنید.
26“उत्सवको पाँचौदिन तिमीहरूले नौवटा बाछा, दुइवटा भेडा र चौधवटा एक बर्षे थुमाहरू चढाउनु पर्छ। यी चढाइने पशुहरूमा कुनै प्रकारको खोट हुनु हुँदैन।
26
همراه آنها هدایای مربوط به روز اول را نیز، تقدیم کنید.
27तिमीहरूले यी बाछा, भेडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउनु पर्छ र अन्नबलि र अर्घबलि पनि सही परिमाणमा चढाउनु पर्छ।
27
در روز هشتم، برای عبادت جمع شوید و به هیچ کار دیگری دست نزنید.
28पापबलिको निम्ति एउटा बोका पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिकबलि र त्यससित चढाइने अन्नबलि तथा अर्घबलिको अतिरिक्त हो।
28
در این روز یک گاو جوان، یک قوچ و هفت برّهٔ نر یک ساله را که همگی سالم و بیعیب باشند، به عنوان قربانی سوختنی تقدیم کنید. بوی این قربانی مورد خشنودی خداوند واقع میشود.
29“उत्सवको छौंटौं दिन तिमीहरूले आठवटा बाछा, दुइवटा भेडा र चौधवटा एक बर्षे थुमाहरू चढाउनु पर्छ। यी बलि चढाइने पशुहरूमा कुनै प्रकारको खोट हुनु हुँदैन।
29
همراه آنها هدایای مربوط به روز اول را تقدیم کنید.
30तिमीहरूले यी बाछा, भेडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउनु पर्छ र अन्नबलि र अर्घबलि पनि सही परिमाणको चढाउने पर्छ।
30
اینها مقرّراتی هستند مربوط به: قربانی سوختنی، هدایای آردی، نوشیدنی و قربانی سلامتی، که باید در روزهای مخصوص به خداوند تقدیم کنید. اینها به غیراز قربانیهای نذری و قربانیهای داوطلبانه میباشند.
موسی همهٔ این فرامین را که خداوند به او داد، به اطّلاع مردم رساند.
31पापबलिको निम्ति एउटा बोको पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिक बलि, त्यससित चढाइने अन्नबलि तथा पेयबलिको अतिरिक्त हो।
31
موسی همهٔ این فرامین را که خداوند به او داد، به اطّلاع مردم رساند.
32“उत्सवको सातौं दिन तिमीहरूले सातवटा बाछा, दुइवटा भेडा र चौधवटा एक वर्षे थुमाहरू चढाउनु पर्छ। यी बलि चढाइने पशुहरू निष्खोट हुनु पर्छ।
33तिमीहरूले यी बाछा, भेडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउन पर्छ र अन्नबलि र अर्घबलि पनि सही परिमाणको चढाउनु पर्छ।
34पाप-बलिको निम्ति एउटा बोको पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिकबलि, त्यसित चढाइने अन्नबलि तथा अर्घबलिको अतिरिक्त हो।
35“उत्सवको आठौं दिनमा एउटा विशेष सभा हुनेछ। त्यस दिन तिमीहरूले परिश्रमको कार्य गर्नुहुँदैन।
36त्यस दिन तिमीहरूले परमप्रभुलाई मीठो वास्नाले खुशी तुल्याउनको निम्ति एउटा बाछा, एउटा भेडा र सातवटा एक वर्षे थुमाहरू चढाउनु पर्छ। ती बलि चढाइने पशुहरूमा कुनै खोट हुनुहुँदैन।
37यी बाछा, भेडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउनु पर्छ र अन्नबलि र अर्घबलि पनि सही परिमाणको चढाउनुपर्छ।
38तिमीहरूले पाप बलिको निम्ति एउटा बोको पनि चढाउनुपर्छ। यो बलि तिमीहरूले चढाउने दैनिकबलि, त्यससित चढाइने अन्नबलि तथा अर्घबलिको अतिरिक्त हो।
39“विशेष उत्सवहरूमा होमबलि, अन्नबलि, अर्घबलि तथा मेलबलि तिमीहरूले परमप्रभुलाई चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउनु खोजेको कुनै विशेष बलि तथा कुनै भाकल बलिको अतिरिक्त हो।”
40परमप्रभुले मोशालाई आज्ञादिनुभए अनुसार तिनले सबै कुराहरू इस्राएली मानिसहरूलाई बताए।