1जब मोशाले पवित्र पाल खडा गरी सके उसले यसलाई अभिषेक द्वारा परमप्रभुमा समर्पण गरे अनि पवित्र पाल, यसको वस्तुहरू, वेदी अनि यससित भएका सबै कुराहरू बनाए।
1
موسی در روزی که برپا کردن خیمهٔ عبادت را به پایان رساند، تمام وسایل و لوازم آن و قربانگاه را تدهین و تخصیص نمود.
2इस्राएलका मानिसहरूको गन्ती हुदाँ यसका जिम्मावार मानिसहरू परिवार, प्रधानहरू, र कुल नायकहरूले परमप्रभुलाई उपहारहरू चढाए।
2
رهبران طایفههای اسرائیل، یعنی مو سفیدان طایفههایی که مسئول سرشماری بودند،
3तिनीहरूले 12 वटा गोरूहरूले तानेर ल्याएको 6 वटा ढाकिएको गाडाहरू परमप्रभुका निम्ति उपहारहरू ल्याए। प्रत्येक दुईजना अगुवालाई तिनीहरूले एउटा गाडा र प्रत्येक अगुवालाई एउटा साँढे दिए। तिनीहरूले यी उपहारहरू पवित्र पालमा चढाए।
3
هدایای خود را که عبارت بودند: از شش گاری سر پوشیده، هر گاری از طرف دو رهبر و دوازده گاو، برای هر نفر یک گاو در برابر خیمهٔ عبادت، به حضور خداوند تقدیم کردند.
4परमप्रभुले मोशालाई भन्नुभयो,
4
خداوند به موسی فرمود: «هدایای ایشان را قبول کن و آنها را به لاویان بده تا برای وظایف خود از آنها استفاده کنند.»
5“तिनीहरूबाट यी उपहारहरू ग्रहण गर ताकि यी उपहारहरू भेट हुने पालको काममा चलाउन सकीन्छ। यी सब चीजहरू लेवीहरूले तिनीहरूको कामको सहायतार्थ प्रयोग गर्न सक्छन्।”
5
پس موسی گاریها و گاوها را برای لاویان برد.
6यसर्थ मोशाले ती गाहरू र गोरूहरू लिएर लेवीहरूलाई दिए।
6
دو گاری و چهار گاو را، به خانوادهٔ جرشون داد.
7मोशाले गेर्शोनीहरूलाई तिनीहरूको कामको निम्ति दुइवटा गाडाहरू र चारवटा गोरूहरू दिए।
7
چهار گاری و هشت گاو را، در اختیار خانوادهٔ مراری که زیر نظر ایتامار، پسر هارون خدمت میکردند، گذاشت.
8तिनले चारवटा गाडाहरू र आठवटा गोरूहरू पूजाहारी हारूनका छोरा ईतामारको निर्देशनमा काम गर्नलाई मरारीहरूलाई दिए।
8
امّا به خانوادهٔ قهات، گاری یا گاوی داده نشد، زیرا آنها مسئول مراقبت اشیای مقدّس بودند و آنها را بر دوش خود حمل میکردند.
9कहातीहरूलाई तिनले केही पनि दिएनन् किनभने तिनीहरूले गर्नु पर्ने सेवा केवल पवित्र सर-सामानहरू काँधमा बोक्नु मात्र थियो।
9
در همان روز، رهبران قوم هدایایی هم برای تقدیس قربانگاه آوردند. وقتیکه میخواستند هدایا را در جلوی قربانگاه تقدیم کنند،
10जब वेदी अभिषेक गरियो वेदीमा चढाउन प्रधानहरूले उपहारहरू ल्याए। प्रधानहरूले उपहारहरू वेदीमा ल्याए।
10
خداوند به موسی فرمود: «هر روز یکی از رهبران، هدیهٔ خود را برای تقدیس قربانگاه تقدیم کند.»
11परमप्रभुले मोशालाई भन्नुभयो, “प्रत्येक दिन एकजना प्रधानहरूले तिनीहरूको उपहार ल्याऊन्।”
11
رهبران هدایای خود را به ترتیب زیر تقدیم کردند.
روز اول، نحشون، پسر عمیناداب، از طایفهٔ یهودا،
روز دوم، نتنائیل، پسر صوغر، از طایفهٔ یساکار،
روز سوم الیاب، پسر حیلون، از طایفهٔ زبولون،
روز چهارم، الیصور، پسر شدیئور، از طایفهٔ رئوبین،
روز پنجم، شلومیئیل، پسر صوریشدای، از طایفهٔ شمعون،
روز ششم، الیاساف، پسر دعوئیل، از طایفهٔ جاد،
روز هفتم، الیشمع، پسر عمیهود، از طایفهٔ افرایم،
روز هشتم، جملیئیل، پسر فدهصور، از طایفهٔ منسی،
روز نهم، ابیدان، پسر جدعونی، از طایفهٔ بنیامین،
روز دهم، اخیعزر، پسر عمیشدای، از طایفهٔ دان،
روز یازدهم، فجعیئیل، پسر عکران، از طایفهٔ اشیر،
روز دوازدهم، اخیرع، پسر عینان، از طایفهٔ نفتالی.
هدایای همهٔ رهبران، کاملاً شبیه یکدیگر و عبارت بودند از: یک سینی نقره به وزن یک و نیم کیلوگرم، یک کاسهٔ نقرهای به وزن هشتصد گرم، هر دو ظرف پُر از آرد مرغوب مخلوط با روغن برای هدیهٔ آردی بودند. یک ظرف طلایی به وزن صد و ده گرم پُر از بُخور خوشبو، یک گاونر جوان، یک قوچ و یک برّهٔ نر یک ساله، برای قربانی سوختنی، یک بُز نر برای قربانی گناه، دو گاو نر، پنج قوچ، پنج بُز نر و پنج برّهٔ نر یک ساله، برای قربانی سلامتی.
12यहूदा कुलका नायक अम्मीनादाबका छोरा नहशोनले पहिलो दिन आफ्नो उपहार चढाए।
12
مجموع هدایای دوازده رهبر برای تقدیس قربانگاه، به قرار زیر بودند:
دوازده عدد سینی نقرهای، هر کدام به وزن یک و نیم کیلوگرم،
دوازده عدد کاسهٔ نقرهای، هر کدام به وزن هشتصد گرم. وزن تمام ظروف نقرهای در حدود بیست و هفت کیلو و ششصد گرم بود.
دوازده عدد ظرف طلایی، هرکدام به وزن صد و ده گرم، وزن کلّ آنها یک کیلو و سیصد و بیست گرم،
دوازده گاو نر، دوازده قوچ، دوازده بُز نر یک ساله (با هدایای آردی آنها) برای قربانی سوختنی، دوازده بُز نر برای قربانی گناه، بیست و چهار گاو نر جوان، شصت قوچ، شصت بُز نر و شصت برّهٔ نر یک ساله، برای قربانی سلامتی.
وقتیکه موسی به خیمهٔ عبادت داخل شد تا با خداوند صحبت کند، از بالای تخت رحمت که بر صندوق پیمان قرار داشت، یعنی از بین دو مجسمهٔ فرشته، آواز خداوند را شنید که با او حرف میزد.
13तिनको उपहार यस प्रकारको थियोः तिनको उपहारमा पवित्र-स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेलको चाँदीको थाल सत्तरी शेकेल परिमाणको एउटा छर्कनेबाटा यी दुवै भाँडाहरू अन्नबलिको निम्ति तेल हालेको मसिनो पीठोले भरिएको थियो,
13
وقتیکه موسی به خیمهٔ عبادت داخل شد تا با خداوند صحبت کند، از بالای تخت رحمت که بر صندوق پیمان قرار داشت، یعنی از بین دو مجسمهٔ فرشته، آواز خداوند را شنید که با او حرف میزد.
14दश शेकेल ओजनको एउटा ठूलो सुनको धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो।
15होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेडा तथा एक बर्षे थुमा,
16पापबलिको निम्ति एउटा बोको।
17अनि मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेडा, पाँचवटा बोका अनि एक वर्षे पाँचवटा थुमा।
18दोस्रो दिन इस्साकारका कुलनायक सूआरको छोरो नतनेलले आफ्नो उपहार ल्याए।
19तिनले ल्याएको उपहार यस प्रकारको थियो। पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेल चाँदीको थाल, सत्तरी शेकेल चाँदी परिमाणको एउटा भाँडा; यी दुवै भाँडाहरू अन्नबलिको निम्ति तेल हालेको मसिनो पीठोले भरिएको थियो।
20दश शेकेल चाँदीको एउटा ठूलो सुनको धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो।
21होमबलिको निम्ति एउटा जवान साढे, एउटा भेडा तथा एउटा एक बर्षे थुमा,
22पापबलिको निम्ति एउटा बोको,
23अनि मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेडा, पाँचवटा बोका अनि एक वर्षे पाँचवटा थुमा। सूआरको छोरो नतनेलको उपहार यस्तो थियो।
24तेस्रो दिन हेलोनका छोरा जबूलून कुलनायक एलीआबले उपहार चढाए।
25तिनले चढाएको उपहार यस प्रकार थियो पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेलको चाँदीको थाल, सत्तरी शेकेल ओजनको एउटा भाँडा; यी दुवै भाँडाहरू अन्नबलिको तेल हालेको मसिनो पीठोले भरिएका थिए,
26दश शेकेल ओजनको एउटा ठूलो सुनको धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो।
27होमबलिको निम्ति एउटा जवान गोरू, एउटा साँढे भेडा अनि एउटा एक वर्षे थुमा,
28पापबलिको निम्ति एउटा बोको,
29मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेडा, पाँचवटा बोका अनि एक बर्षे पाँचवटा थुमा। हेलोनको छोरो एलीआबको उपहार यस्तो थियो।
30चौथो दिन रूबेन कुल नायक सदेऊरका छोरो एलीसूरले उपहार चढाए।
31तिनको उपहार यस प्रकारको थियोः पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेलको चाँदीको थाल, सत्तरी शेकेल ओजनको एउटा भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल हालेको मसिनो पीठोले भरिएको थियो,
32दश शेकेल ओजनको एउटा ठूलो सुनको धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो।
33होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेडा तथा एउटा एक वर्षे थुमा,
34पापबलिको निम्ति एउटा बोको,
35मेलबलिको निम्ति दुइवटा गोरूहरू, पाँचवटा भेडाहरू, पाँचवटा बोकाहरू अनि एक वर्षे पाँचवटा थूमाहरू। सदेऊरको छोरो एलीसूरको उपहार यस्तो थियो।
36पाँचौं दिन सिमोनका कुल नायक सूरीशद्दैको छोरो शलूमीएलले उपहार चढाए।
37तिनको उपहार यस प्रकारको थियो। पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेलको चाँदीको थाल, सत्तरी शेकेल ओजनको एउटा भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल हालेको मसिनो पीठोले भरिएका थिए,
38दश शेकेल ओजनको सुनको एउटा ठूलो धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो।
39होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेडा तथा एउटा एक वर्षे थुमा,
40पापबलिको निम्ति एउटा वोको,
41मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेडा, पाँचवटा बोका अनि एक वर्षे पाँचवटा थुमा सूरीशदूदैको छोरो शलूमीएलको उपहार यस्तो थियो।
42छैटौं दिन गादका कुलनायक रूएलका छोरो एल्यासापले आफ्नो उपहार चढाए र
43तिनको उपहार यस प्रकारको थियो। पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेलको चाँदीको थाल, सत्तरी शेकेल ओजन भएको एउटा भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल छर्केको मसिनो पीठोले भरिएको थियो।
44दश शेकेलको सुनको एउटा ठूलो धूपौरो। यो धूपौरो धूपले भरिएको थियो।
45होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेडा तथा एक बर्षे थुमा,
46पापबलिको निम्ति एउटा बोको,
47अनि मेल बलिको दुइवटा गोरू, पाँचवटा भेडा, पाँचवटा बोकाहरू अनि एक वर्षे पाँचवटा थुमा, रूएलको छोरो एल्यासापले चढाएको बलि यिनीहरू नै हुन्।
488सातौं दिन एप्रैम वंशको प्रमुख अम्मीहूदको छोरो एलीशामाले उपहार चढाए। तिनले चढाएको उपहार यस प्रकार थियो।
49पवित्र स्थानमा चलाइने परिमाण अनुसार त्यहाँ एक सय तीस शेकेल चाँदीको थाल, सत्तरी शेकेल ओजनको एउटा भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल छर्केको मसिनो पीठोले भरिएको थियो।
50दश शेकेल सुनको एउटा ठूलो धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो।
51होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेडा तथा एक वर्षे थुमा।
52पापबलिको निम्ति एउटा वोको,
53अनि मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेडा, पाँचवटा बोका अनि एक वर्षे पाँचवटा थुमा। अम्मीहूदको छोरो एलीशामाले चढाएको बलि यिनीहरू नै हुन्।
54आठौं दिन मनश्शे कुलको नायक पदासूरका छोरो गमलीएलले आफ्नो उपहार चढाए। तिनले चढाएको उपहार यस प्रकारको थियोः
55पवित्र स्थानमा चलाइएको ओजन अनुसार एक सय तीस शेकेलको चाँदीको थाल, सत्तरी शेकेल ओजनको एउटा भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल छर्केको मसिनो पीठोले भरिएको थियो।
56दश शेकेलको सुनको एउटा ठूलो धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो।
57होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेडा तथा एक वर्षे एउटा थुमा,
58पापबलिको निम्ति एउटा बोको,
59अनि मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेडा, पाँचवटा बोका अनि एक वर्षे पाँचवटा थुमा। पदासूरको छोरो गमलीएलले चढाएको बलि यिनीहरू नै हुन्।
60नवौं दिन बिन्यामीन कुलका नायक गिदोनीको छोरो अबीदानले आफ्नो उपहार चढाए। तिनले चढाएको उपहार यस प्रकारको थियो।
61पवित्र स्थानमा चलाइएको परिमाण अनुसार त्यहाँ एक सय तीस शेकेलको चाँदीको थाल, सत्तरी शेकेल परिमाणको एउटा भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल छर्केको मसिनो पीठोले भरिएको थियो,
62दश शेकेल ओजन गरिने सुनको एउटा ठूलो धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो।
63होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेडा तथा एक बर्षे एउटा थुमा,
64पापबलिको निम्ति एउटा बोको,
65अनि मेलबलिको निम्ति दुइवटा गोरूहरू, पाँचवटा भेडाहरू, पाँचवटा बोकाहरू अनि एक वर्षे पाँचवटा थुमाहरू। गिदोनीको छोरो अबीदानले चढाएका बलिहरू यिनीहरू नै हुन्।
66दर्शों दिन दान कुलका नायक अम्मीशद्दैको छोरो अहीएजेरले आफ्नो उपहार चढाए। तिनले चढाएको उपहार यस प्रकारको थियो।
67पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेल ओजन चाँदीको थाल, सत्तरी शेकेल परिमाणको एउटा भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल छर्केको मसिनो पीठोले भरिएको थियो,
68दश शेकेलको सुनको एउटा ठूलो धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो।
69होम बलिको निम्ति एउटा जवान साँढे, एउटा भेडा तथा एक बर्षे एउटा थुमा,
70पापबलिको निम्ति एउटा बोको,
71अनि मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेडा, पाँचवटा बोका अनि एक बर्षे पाँचवटा थुमा। अम्मीशद्दैनका छोरो अहीएजेरले चढाएको बलिहरू यिनीहरू नै हुन्।
72एघारौं दिन आशेर कुलका नायक ओक्रानका छोरो पगीएलले आफ्नो उपहार चढाए।
73उस द्वारा चढाएको उपहार यस प्रकार थियो। पवित्र स्थानमा चलाइएको परिमाण अनुसार एक सय तीस शेकेलको चाँदीको थाल, सत्तरी शेकेलको चाँदीको भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल छर्किएको मसिनो पीठोले भरिएको थियो।
74दश शेकेल ओजनको सुनको एउटा ठुलो धूपौरो। यो धूपौरो सुगन्धले भरिएको थियो।
75होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेडा तथा एक बर्षे एउटा थुमा,
76पापबलिको निम्ति एउटा बोको,
77अनि मेलबलिको निम्ति दुईवटा गोरूहरू, पाँचवटा भेडाहरू, पाँचवटा बोकाहरू अनि एक बर्षे पाँचवटा थुमाहरू। ओक्रानको छोरो पगीएलले चढाएको बलिहरू यिनीहरू नै हुन्।
78बार्हौं दिन नप्ताली कुलका नायक एनानको छोरो अहीराले आफ्नो उपहार चढाए।
79तिनले चढाएको उपहार यस प्रकार थियो। पवित्र स्थानमा चलाइएको परिमाण अनुसार त्यहाँ एक सय तीस शेकेलको चाँदीको थाल, सत्तरी शेकेल चाँदीको भाँडा, यी दुवै भाँडाहरू अन्नबलिको तेल छर्किएको मसिनो पीठोले भरिएको थियो,
80दश शेकेल ओजनको सुनको एउटा ठूलो धूपौरो। यो धूपौरो धूपले भरिएको थियो।
81होमबलिको निम्ति एउटा जवान साँढे, एउटा भेडा तथा एक वर्षे एउटा थुमा,
82पापबलिको निम्ति एउटा बोको,
83अनि मेलबलिको निम्ति दुइवटा गोरूहरू, पाँचवटा भेडाहरू, पाँचवटा बोकाहरू अनि एक बर्षे पाँचवटा थुमाहरू। एनानको छोरा अहीराले चढाएको बलि यिनीहरू नै हुन्।
84मोशाले वेदी अभिषेक गरेको समयमा इस्राएली मानिसहरूका कुल नायकहरूले चढाएका उपहार यिनीहरू नै थिए। बाह्रवटा चाँदीको थाल, बाह्रवटा चाँदीको भाडा, बाह्रवटा सुनको ठूलो धूपौरो।
85प्रत्येक चाँदीको थालको ओजन एकसय तीस शेकेल अनि प्रत्येक चाँदीको भाँडाको ओजन सत्तरी शेकेल थियो। भाँडा-कुँडाहरूको जम्मै चाँदीको तौल पवित्र स्थानको शेकेलको तौल बमोजिम 2,400 शेकेल थियो।
86पवित्र स्थानमा चलाइएको परिमाण अनुसार, बाह्रवटा सुनको धूपौरोहरूको ओजन एउटाको दश शेकेल गरी जम्मा एक सय बीस शेकेल थियो।
87होमबलिको निम्ति चढाइएका पशुहरू जम्मा बाह्रवटा जवान गोरू, बाह्रवटा एक वर्षका पाठा भेडा, तिनीहरूलाई चाहिने अन्नबलि सहित बाह्रवटा थुमाहरू र पापबलिको निम्ति बाह्रवटा बोकाहरू थिए।
88मेलबलिको निम्ति चढाइएको पशुहरूको जम्मा संख्या-चौबिसवटा गोरू, साठीवटा भेडा, साठीवटा बोका र साठीवटा एक वर्षे थुमा थिए। वेदी अभिषेक गरिएको समयमा चढाइएको उपहारहरू यी नै हुन्।
89परमेश्वरसित कुरा गर्न जब मोशा भेट हुने पालभित्र गए, करारको सन्दूकमाथिको कृपा-आसनमा दुईजना करूब स्वर्गदूतहरूको माझबाट परमेश्वरले तिनीसंग बोलिरहेको आवाज सुने। यसरी परमेश्वरले तिनीसित कुरा गर्नुभयो।