1राजाको हृदय परमप्रभुको हातमा हुन्छ, र त्यो खोलाको पानीझैं जता पायो उतै उहाँले बगाइ दिनु हुन्छ।
1
دل پادشاه در دست خداوند است و او آن را مانند آب جوی، به هر سو که بخواهد، هدایت میکند.
2मानिसले आफ्नो नजरमा आफ्नो सम्पूर्ण व्यवहार सही देख्छ। तर परमप्रभुले हृदयमा के छ त्यो जाँच गर्नुहुन्छ।
2
تمام کارهای انسان در نظر خودش درست است، امّا انگیزهها را خداوند میبیند.
3बलिदानहरू भन्दा, मानिसहरूले सही अनि न्याय काम गर्नु परमप्रभुको निम्ति अधिक महत्वपूर्ण हुन्छ।
3
عدالت و انصاف بیشتر از تقدیم قربانیها خداوند را خشنود میسازد.
4घमण्डी आँखा अनि गर्वले भरिएको मन पाप हो, र यिनीहरूले दुष्ट मानिसको दुष्टता चिनाउन प्रदीपको सलेदोको काम गर्छन्।
4
چشم مغرور و دل متکبّر، چراغ شرارت است و گناه محسوب میگردد.
5लगनशीलको योजनाहरूले मानिसहरूलाई लाभ गराउँछ, र हतार गर्नाले निश्चय दरिद्रता ल्याउँछ।
5
نقشهٔ با دقّت، انسان را توانگر میکند، امّا عجله باعث فقر میشود.
6झूटो बोलेर कमाएको सम्पत्ति वाफ झैं अस्थिर हुन्छ अनि त्यो घातक पासो बनिन्छ।
6
ثروتی که از راه دروغگویی به دست میآید، همچون بخار به هوا میرود و باعث هلاکت میگردد.
7दुष्ट मानिसहरूले गरेको नराम्रो कामले तिनीहरूलाई ध्वंश पार्छ। जुन संगत छ त्यो गर्नु यी मानिसहरू अस्वीकार गर्छन्।
7
ظلم اشخاص بدکار آنها را نابود میکند، چون نمیخواهند از راستی پیروی کنند.
8दुष्ट मानिसहरू सधैं अर्कालाई ठग्ने हुन्छन् तर असल मानिसहरू ईमान्दार र न्याय संगतका हुन्छन्।
8
راه شخص گناهکار کج است، امّا آدم پاک در راه راست قدم برمیدارد.
9एउटी झगडालु पत्नी सित घर भित्र बस्नु भन्दा शान्ति सित घरको एककुनामा बस्नु शान्तिमय हुन्छ।
9
سکونت در گوشهٔ بام بهتر است از زندگی با زن ستیزه جو، در یک خانهٔ مشترک.
10दुष्ट मानिसहरू सधैं खराब काम गर्न खोज्छन् अनि तिनीहरूले वरिपरि भएका मानिसहरूलाई दया देखाउँदैन।
10
شخص بدکار ظلم را دوست دارد و حتّی همسایهاش از دست او در امان نیست.
11दुष्ट मानिसहरूले सजाय पाउँदा सरल मानिसहरूले ज्ञान पाउँछन्। जब बुद्धिमानी मानिसहरूलाई अनुशाशित बनाइन्छ तिनीहरू अझैं ज्ञानी हुन्छन्।
11
وقتی مسخرهکنندگان تنبیه میشوند، نادانان درس عبرت میگیرند، چون شخص دانا را نصیحت کنی، از آن پند میگیرد.
12परमप्रभुले दुष्ट मानिसहरूको घर माथि नजर राख्नु हुन्छ अनि दुष्ट मानिसहरूलाई ध्वंश पार्नु हुन्छ।
12
خدای عادل کارهای خانهٔ مردم بدکار را میبیند و آنها را واژگون کرده هلاک میسازد.
13यदि कुनै गरीब मानिसले पुकार्दा कसैले कान थुन्छ भने उसले पुकार्दा पनि कसैले सुन्दैन।
13
کسیکه فریاد فقیران را نشنیده میگیرد، فریاد او نیز در روز تنگدستی شنیده نخواهد شد.
14गुप्तरूपले दिइएको उपहारले रीस शान्त पार्छ। लुकाएर दिएको घूसले अझै डरलाग्दो क्रोधलाई पनि शान्त पारिदिन्छ।
14
آتش خشم را میتوان با هدیهٔ پنهانی خاموش کرد، رشوه در خفا نیز غضب را فرو مینشاند.
15न्यायले इमान्दार मानिसहरूलाई आनन्दित तुल्याँउछ, तर कुकर्मीहरूलाई यसले भयभित पार्छ।
15
اجرای عدالت، درستکاران را شاد میسازد، امّا شریران را پریشان میگرداند.
16जो मानिस समझदारीको मार्गबाट बरालिन्छ ऊ अन्तमा मृत मानिसहरू सँग समाप्त हुन्छ।
16
مرگ در انتظار کسانی است که از راه راست منحرف میشوند.
17जसले सूख-भोगलाई प्रेम गर्छ ऊ दरिद्र बन्छ। जसले दाखरस अनि तेललाई प्रेम गर्छ ऊ धनी हुनु सक्दैन्।
17
کسیکه عیاشی را دوست دارد، فقیر میشود و شخص میگسار و عیاش هرگز ثروتمند نخواهد شد.
18एउटा दुष्ट मानिस एउटा धर्मी मानिसको निम्ति उद्धारक हुनेछ, अनि त्यसरीनै एउटा अविश्वासी मानिस इमान्दार मानिसको निम्ति हुनेछ।
18
مردم بدکار در همان دامی که برای اشخاص درستکار نهادهاند، گرفتار میشوند.
19छिटो रिसाउने र झगडेलु स्वभाव भएकी पत्नी सित बस्नुभन्दा निर्जन मरूभूमिमा रहनु असल हुन्छ।
19
سکونت در بیابان بیآب و علف بهتر است از زندگی کردن با زن ستیزه جو.
20बुद्धिमान मानिसले आफूलाई चाहिने चीजहरू संचय गरेर राख्छ भने, मूर्खले यो सबैलाई खाने र खर्च गर्नेछ।
20
خانهٔ شخص دانا پر از ناز و نعمت است، امّا نادان هرچه به دست میآورد، برباد میدهد.
21जो इमान्दार जीवन जीउछ र विश्वास देखाउँछ उसले असल जीवन, सम्पत्ति अनि आदर आर्जन गर्छ।
21
درستکار و مهربان باش تا عمر طولانی و با عزّت داشته باشی.
22एकजना ज्ञानी मानिसहरूले सशस्त्र सेनाहरूको शहर आक्रमण गरे अनि उनीहरूको सुरक्षित र भरपर्दो किल्लालाई ध्वंश गरि दिए। ज्ञानी मानिसलाई कुनै कुराको अफ्ठेरो पर्दैन।
22
یک شخص دانا میتواند شهر مردان قوی را تسخیر کند و قلعهٔ اعتمادشان را فروریزد.
23जसले आफ्नो मुख र जिब्रोलाई नियन्त्रणमा राख्छ उसले आफैंलाई कष्टबाट रक्षा गर्छ।
23
هر که مواظب سخنان خود باشد، جان خود را از مصیبت نجات میدهد.
24जो मानिस जसले आफूलाई अरू मानिसहरू भन्दा श्रेष्ट ठान्छ त्यो घमण्डी हो अनि उसलाई “खिल्ली उडाउनेवाला” नामद्वारा बोलाइन्छ, उसले अत्यन्त घमण्डकासाथ काम गर्छ।
24
کسانیکه دیگران را مسخره میکنند، مغرور و متکبّرند.
25एउटा अल्छे मानिसको लालसाले उसलाई मार्छ, किनभने उसको हातहरूले काम गर्न अस्वीकार गर्छन्।
25
آرزوی شخص تنبل که از کار کردن خودداری میکند باعث هلاکت او میشود.
26लोभि मानिसले उसका सबै दिनहरू धेरै पाउँने इच्छ गर्दै बिताउँछ, तर धर्मी मानिसले उदारता पूर्वक दिन्छ।
26
او تمام روز در خواب و خیال به سر میبرد، امّا شخص درستکار سخاوتمند است و از بخشیدن به دیگران دریغ نمیکند.
27दुष्ट मानिसले चढाएको बलिदान त्यसै पनि परमेश्वरले घृणा गर्नु हुन्छ, त्यसमाथि पनि दष्ट अभिप्रायले चढाएको त झन घृणित हुन जान्छ।
27
خداوند از قربانیهای مردم بدکار نفرت دارد، مخصوصاً اگر با نیّت بد تقدیم کنند.
28झूटो साक्षीहरूको नाश हुन्छ, तर एकजना मानिस जसले सवाधानी पूर्वक सुन्छ ऊ सधैंको निम्ति बोल्छ।
28
شاهد دروغگو نابود خواهد شد، امّا سخنان شخص راستگو پذیرفته میشود.
29एउटा दुष्ट मानिसले अविवेकी अनि साहसी कार्यहरू गर्छ तर एउटा इमान्दार मानिसले उसको कार्यहरूमा सोच विचार गर्छ।
29
آدم بدکار بیپروا عمل میکند، امّا شخص درستکار جوانب امر را میسنجد.
30कुनै पनि यस्तो ज्ञान अथवा समझ शक्ति अथवा सल्लाह छैन जसले परमप्रभुलाई जित्न सक्छ।
30
هیچ حکمت و بصیرت و نقشهای نمیتواند برضد خداوند عمل کند.
انسان اسب را برای روز جنگ آماده میکند، امّا پیروزی را خداوند میبخشد.
31मानिसहरूले लडाईं जित्न हात-हतियार तथा घोडा तयार पार्न सक्छन, तर तिनीहरूलाई विजय अथवा पराजय परमप्रभुले नै दिनु हुन्छ।
31
انسان اسب را برای روز جنگ آماده میکند، امّا پیروزی را خداوند میبخشد.