Nepali

Persian

Psalms

109

1हे परमेश्वर, मेरो प्रार्थनाहरूको लागि कान नथुन्नु होला!
1 خدایا، نام تو را ستایش می‌کنم، خاموش مباش.
2दुष्ट मानिसहरूले मेरो बारेमा झूटा कुराहरू भनिरहेका छन्। तिनीहरूले भनेका कुराहरू सत्य होइनन्।
2 زیرا مردم شریر و دروغگو زبان به بدگویی من گشوده‌اند و دربارهٔ من دروغ می‌گویند.
3मानिसहरूले मेरो बारेमा उपेक्षामूलक कुराहरू गर्दछन्। मानिसहरूले विनाकारण ममाथि आक्रमण गर्दछन्।
3 سخنان نفرت‌انگیز می‌گویند و بدون سبب با من می‌جنگند.
4मैले तिनीहरूलाई प्रेम गरें तर तिनीहरूले मलाई घृणा गरें। यसैले अब म तपाईंलाई प्रार्थना गरिरहेछु।
4 من آنها را دوست دارم و برایشان دعا می‌کنم امّا آنها با من مخالفت می‌کنند.
5मैले ती मानिसहरूको लागि राम्रो कामहरू गरें । तर तिनीहरूले मप्रति अनुचित कामहरू गरें । म तिनीहरूलाई प्रेम गर्छु तर तिनीहरूले मलाई घृणा गर्छन्।
5 جواب خوبی‌های مرا با بدی می‌دهند و در عوض محبّت، دشمنی می‌کنند.
6मेरो शत्रुलाई उसको कुकार्यका लागि दण्ड दिनुहोस्। उनी गल्ती हुन भनी प्रमाण गर्ने मानिस खोज्नु होस्।
6 حاکم ظالمی را بر او بگمار و یکی از دشمنانش را تا علیه او شهادت بدهد.
7न्यायकर्त्ताले मेरो शत्रु गल्लीमा छन् भनेर निर्णय दिओस् अनि उसलाई दोषी प्रमाण गरोस्। मेरो शत्रुले भनेका सबै कुराहरू उनीहरूमाथि नै परोस्।
7 در دادگاه محکوم شود و دعایش هم گناه محسوب گردد!
8मेरो शत्रु चाँडै मरोस्। अर्को कसैले उसको स्थान पाओस्।
8 عمرش کوتاه شود و دیگری جا و مقامش را بگیرد!
9मेरो शत्रुका छोरा-छोरीहरू टुहुरा-टुछुरी होऊन र तिनका पत्नी विधवा होऊन्।
9 فرزندانش یتیم شوند و زنش بیوه گردد!
10तिनीहरूले आफ्ना घरहरू छोड्नु परोस् र तिनीहरू भिखारी भई जाऊन।
10 اطفالش آواره شوند و به گدایی بیفتند، از ویرانه‌ای که زندگی می‌کنند رانده گردند!
11मानिसहरूले मेरो शत्रुको पैसा-रूपियाँ, जे-जति सम्पत्तिहरू छन सबै लगिदिवोस्। परदेशीहरूले उनले गर्ने काम सबै लैजाऊन्।
11 طلبکارانش مال و دارایی‌اش را غصب کنند و بیگانگان حاصل زحمتش را به تاراج ببرند.
12भरोसा गर्छु मेरो शत्रुप्रति कोही पनि कृपालु छैनन्। भरोसा गर्दछु कसैले पनि त्यसको नानीहरू प्रति दया दर्शाउँदैनन्।
12 کسی بر او رحم نکند و هیچ‌کس یتیمانی را که او از خود به جا می‌گذارد، مورد لطف و توجّه قرار ندهد.
13मेरो शत्रुहरूलाई पूर्णरूपले ध्वंश गर्नोस्। अर्को आउने त्यसको सन्तानले चारैतिर बाट नाउँ सम्म हटाई दियोस्।
13 نسل او قطع، و نامش از صفحهٔ روزگار محو گردد!
14भरोसा छ परमप्रभुले मेरो शत्रुको पिताका पापहरूलाई स्मरण गर्नुहुनेछ। अनि भरोसा छ उसकी आमाले गरेका पापहरू कहिल्यै मेटिन्दैन्।
14 خداوند شرارت ‌نیاکانش را فراموش نکند و گناهان مادرش را نیامرزد!
15भरोसा छ परमप्रभुले ती पापहरू कहिल्यै बिर्सनु हुनेछैन। अनि शत्रुलाई पूर्ण प्रकारले भुल्नलाई परमप्रभुले मानिसहरूलाई वाध्य गर्नु हुनेछ।
15 کارهای بد او همیشه مدّ نظر خداوند باشد، امّا خاطرهٔ او از روی زمین محو شود!
16किन? किनभने त्यस दुष्ट मानिसले कहिल्यै राम्रो काम गरेन। त्यसले कसैलाई प्रेम गरेन, त्यसले दीन-दुःखीको जीवन कठिन र असहाय बनाई दियो।
16 زیرا او هرگز به کسی رحم نکرد، بلکه به فقیران و محتاجان و بی‌کسان، آزار رسانید و آنان را کشت.
17त्यस दुष्ट मानिसले अरूकोलागि नराम्रो होस भन्ने इच्छा गर्यो अनि सराप्यो। त्यसले कहिल्यै पनि अरूहरूको निम्ति राम्रा कुराहरू चिताएन। यसैले त्यसप्रति पनि राम्रो कुरा हुन नदेऊ।
17 او دوست داشت که دیگران را لعنت کند، اکنون خودش را لعنت کن. نمی‌خواست به کسی برکت برساند، پس هیچ‌کس او را برکت نرساند.
18सराप नै उसले लाउने लुगाहरू होस्। सराप नै त्यसको पिउने पानी बनियोस्। त्यो दुष्ट मानिसले शरीरमा लगाउने तेल नै सराप होस्।
18 لعنت را مثل لباس به تن می‌کرد، پس اکنون لعنت مانند آب در بدنش و مثل روغن در استخوانهایش نفوذ کند.
19सराप नै उसले कम्मरमा बाध्ने पटुका होस्। सराप नै उसको कम्मरमा बाँधिने पेटी होस्।
19 اینک لعنت مانند لباسی که می‌پوشید و مانند کمربندی که به کمر می‌بست، او را بپوشاند.
20भरोसा गर्छु कि परमप्रभुले सबै त्यस्ता कुराहरू मेरो शत्रुप्रति गर्नुहुनेछ। भरोसा गर्दछु कि परमप्रभुले सबै त्यस्ता कुराहरू जसले मलाई मार्ने प्रयास गरे मानिसहरूका लागि गर्नु हुनेछ।
20 خداوند دشمنانم و کسانی را که از من بدگویی می‌کنند، چنین جزا بدهد.
21हे परमप्रभु, तपाईं मेरो स्वामी हुनुहुन्छ। यसकारण त्यस्तो प्रकारले मलाई सद्ब्यावहार गर्नुहोस् जसबाट तपाईंको नाउँलाई सम्मान पुर्याउने छु। तपाईंसँग त्यस्तो महान् प्रेम छ, यसैले मलाई बचाउनु होस्।
21 امّا ای خدا و ای خداوند من، به‌خاطر نام خود به من کمک کن و به‌خاطر محبّت پایدارت مرا نجات بده.
22म खाली गरीब, असहाय मानिस हुँ। म वास्तवमा उदास छु, मेरो हृदय टुक्रा-टुक्रा भएको छ।
22 من مسکین و نیازمندم، درد و غم تا اعماق قلبم رخنه کرده است.
23म यस्तो अनुभव गर्दछु कि मेरो जीवन अब शेष भइसक्यो, दिनको अन्तिम प्रहारको लामो छायाँ जस्तो। म आफूलाई बढारेर फ्याँकि जाने कीरा जस्तो लाग्छ।
23 مانند سایهٔ غروب در حال فنا هستم و مانند ملخی رانده شده‌ام.
24मेरो गोडाहरू कमजोर छन् किनभने म भोको छु। मैले आफ्नो ओजन हराइसकें अनि दुब्लो भईरहेछु।
24 از بس روزه گرفته‌ام، قوّتی در زانوهایم نمانده و فقط پوست و استخوان شده‌ام.
25दुष्ट मानिसहरूले मलाई अपमान गरे। तिनीहरूले मलाई हेरे अनि टाउकाहरू हल्लाए।
25 پیش دشمنانم رسوا و مسخره شده‌ام و وقتی مرا می‌بینند، سر خود را می‌جنبانند.
26हे परमप्रभु, मेरो परमेश्वर, मलाई सहयोग गर्नुहोस्! तपाईंको स्नेहपूर्ण करूणा दर्शाएर मलाई बचाउनु होस्!
26 ای خداوند و خدای من، مرا کمک کن و به‌خاطر محبّت پایدارت، مرا نجات بده
27तब ती मानिसहरूले बुझ्नेछन् कि तपाईंले मलाई सहयोग गर्नुभयो। तब तिनीहरूले जान्नेछन् कि यो मलाई सहायता गर्ने शक्ति तपाईंको हो।
27 تا دشمنانم بدانند که تو ای خداوند، نجات‌دهندهٔ من هستی.
28ती दुष्ट मानिसहरूले मलाई सराप्छन् तर तपाईंले मलाई आशीर्वाद दिनुहुन्छ। तिनीहरूले मलाई आक्रमण गरे, यसकारण तिनीहरूलाई हराइयोस्। तब, तपाईं को दास, म खुशी हुनेछु।
28 آنها مرا لعنت می‌کنند، امّا تو مرا برکت بده، تا بدخواهانم شرمنده شوند و این بنده‌ات شادمان گردد.
29मेरो शत्रुहरूलाई व्याकुल पार्नु होस्! तिनीहरूले लाजलाई कोट जस्तै लगाऊन्।
29 دشمنانم را رسوا گردان و آنها را با شرم و خجالت بپوشان!
30म परमप्रभुलाई धन्यवाद दिन्छु। म उहाँलाई धेरै मानिसहरूको समक्ष प्रशंसा गर्छु।
30 با زبان خود از خداوند بسیار تشکّر خواهم نمود و در حضور همهٔ مردم، او را ستایش خواهم كرد. زیرا از مردم مسکین و فقیر حمایت می‌نماید و از دست کسانی‌که آنان را محکوم به مرگ می‌کنند، رهایی می‌بخشد.
31किन? परमप्रभु असहाय मानिसहरूको छेउमा बस्नु वा उभिनु हुन्छ, परमेश्वरले तिनीहरूलाई अन्य मानिसहरूबाट बचाउनु हुन्छ जसले तिनीहरूलाई प्राण दण्ड दिने प्रयास गर्दछन्।
31 زیرا از مردم مسکین و فقیر حمایت می‌نماید و از دست کسانی‌که آنان را محکوم به مرگ می‌کنند، رهایی می‌بخشد.