1हे परमप्रभु, म स्वयंलाई नै तपाईंकहाँ अर्पण गर्दछु।
1
ای خداوند، به درگاه تو دعا میکنم.
2हे मेरो परमेश्वर, म तपाईंमाथि भरोसा गर्छु र म कहिले निराशा हुने छैन। मेरा शत्रुहरू ममाथि हाँस्ने छैनन्।
2
ای خدای من، به تو توکّل دارم.
نگذار که شرمنده شوم
و دشمنانم خوشحال گردند.
3यदि कुनै मानिसले तपाईंमाथि भरोसा गर्छ भने त्यो कहिल्यै निराश हुने छैन। तर विश्वासघातीहरू निराशा हुनेछन्। तिनीहरूले केही पनि पाउने छैनन्।
3
آری، کسانیکه به تو امیدوارند، هرگز شرمنده نمیشوند،
امّا خیانتکاران، شرمنده خواهند شد.
4हे परमप्रभु, मलाई तपाईंको पथ निर्देशन गर्नुहोस्। मलाई तपाईंको शिक्षा सिकाउनुहोस्।
4
خداوندا، راه خود را به من نشان بده
و آن را به من بیاموز.
5बाटो देखाउनु होस् र मलाई तपाईंको सत्यताहरू सिकाउनुहोस्। तपाईं मेरो परमेश्वर हुनुहुन्छ, मुक्तिदाता हुनुहुन्छ। म दिनहुँ तपाईंमा भरोसा गर्दछु।
5
مرا به حقیقت خود رهبری نما،
چون تو خدای نجاتدهندهٔ من هستی
و من بر تو توکّل دارم.
6हे परमप्रभु, तपाईंको कृपाको सम्झना ममाथि सधैं रहोस्, मलाई प्रेम देखाउनु होस् जो तपाईंसँग सधैं छ।
6
خداوندا، لطف و رحمت بیکران خود را
که از ابتدا نشان دادهای، به یاد آور.
7ती मेरा पापहरू र दुष्टतापूर्ण कामहरू नसम्झनु होस् म जुन जवानी हुँदा गरेको थिएँ। हे परमप्रभु, तपाईंको शुभनाउँको लागि, मलाई प्रेममा सम्झना गर्नुहोस्।
7
گناهان زمان جوانی و خطاهای مرا به یاد میاور.
بلکه ای خداوند، بهخاطر محبّت استوار خود،
مرا به یاد آور.
8परमप्रभु साँच्चै असल अनि इमान्दार हुनुहुन्छ। उहाँले पापीहरूलाई ठीक मार्गमा बाँच्ने तरिका सिकाउनु हुन्छ।
8
خداوند، نیکو و عادل است،
بنابراین گناهکاران را به راه راست هدایت میکند.
9जब उहाँ विनम्र मानिसहरूको निम्ति न्याय संगत हुनुहुन्छ। यसरी उहाँले तिनीहरूलाई जिउन सही मार्ग देखाउनु हुन्छ।
9
او فروتنان را به کارهای نیک هدایت میکند،
و راه خود را به آنها تعلیم میدهد.
10परमप्रभु सधैं ती मानिसहरू तर्फ दयालु र सत्य हुनुहुन्छ जसले उहाँको प्रतिज्ञा र करारहरू मान्दछ।
10
تمام راههای خداوند، برای کسانیکه اوامر او را اطاعت میکنند
و به پیمان او وفادارند، رحمت و راستی است.
11हे परमप्रभु, मैले धेरै गल्तीहरू गरेको छु। तर, तपाईंको अनुग्रह देखाउनु होस्, मैले जे जति अधर्म कामहरू गरें त्यासलाई क्षमा गरिदिनु होस्।
11
ای خداوند، بهخاطر نام خود،
گناهان عظیم مرا بیامرز.
12यदि कुनै मानिसले परमप्रभुको भक्त हुन खोज्दछ, तब उहाँले त्यस मानिसलाई बाँच्ने उत्तम बाटो देखाउनु हुनेछ।
12
کسانیکه برای خداوند احترام قائلند
راهی را که باید بروند، از او خواهند آموخت.
13त्यस मानिसले असल चीजहरूमा तृप्ति पाउनेछ अनि परमेश्वरले प्रतिज्ञा गर्नु भएको जमीन उसका छोरा-छोरीहरूले पाउनेछन्।
13
ایشان پیوسته کامیاب خواهند بود
و فرزندانشان صاحب زمین خواهند شد.
14परमप्रभुले आफ्ना गुप्त कुराहरू आफ्ना भक्तजनहरूलाई भन्नुहुन्छ। उहाँले आफ्नो करारहरू तिनीहरूलाई सिकाउनु हुन्छ।
14
خداوند دوست کسانی است که از او اطاعت میکنند،
او پیمان خود را برای آنان بیان میکند.
15म सधैं परमप्रभुको सहयोग पाउन उहाँलाई पर्खिरहेको छु। उहाँ सधैं मेरो संकटहरूबाट मलाई मुक्ति गर्नुहुन्छ।
15
من همیشه از خداوند انتظار کمک دارم،
او مرا از خطر میرهاند.
16हे परमप्रभु, म पीडित र एक्लो छु, मपट्टि फर्केर ममाथि कृपा दर्शाउनु होस्।
16
خداوندا، به من توجّه نموده و بر من رحمت فرما
زیرا که تنها و درمانده شدهام.
17मेरा संकटहरूबाट मलाई मुक्ति दिनुहोस्। मेरो समस्याहरू समाधान गर्न साथ दिनुहोस्।
17
مرا از نگرانیهایم آزاد کن
و از مشکلاتم برهان.
18हे परमप्रभु, मेरा परीक्षाहरू र संकटहरूमा दृष्टि राख्नुहोस् र मैले गरेका सबै पापहरू क्षमा गर्नुहोस्।
18
به غمها و دردهایم توجّه فرما
و گناهانم را ببخش.
19मसँग भएका मेरा शत्रुहरूमा नजर परोस्। तिनीहरूले मलाई हेला गर्छन् र कष्ट दिन्छन्।
19
ببین که دشمنانم چقدر زیادند،
و چقدر از من نفرت دارند.
20हे परमप्रभु मेरो सुरक्षा गर्नुहोस् अनि बचाउनुहोस्। म तपाईंमाथि भरोसा गर्छु यसर्थ मलाई निराश नपार्नुहोस्।
20
جان مرا در پناه خود حفظ کن
و مرا رهایی ده، مگذار که شرمنده شوم،
زیرا که به تو پناه آوردهام.
21हे परमेश्वर, तपाईं साँच्चै नै इमान्दारी र धार्मिक हुनुहुन्छ म तपाईंमा भरोसा राख्छु यसैले मेरो रक्षा गर्नुहोस्।
21
نیکوکاری و راستیِ من، مرا محافظت خواهند کرد،
زیرا که بر تو توکّل دارم.
خدایا، بنیاسرائیل را
از همهٔ سختیها برهان!
22हे परमेश्वर! इस्राएल का सम्पूर्ण मानिसहरूलाई उनीहरूका शत्रुहरूदेखि बचाउनुहोस्।
22
خدایا، بنیاسرائیل را
از همهٔ سختیها برهان!