1हे परमप्रभु, म तपाईंमाथि आश्रित हुन्छु मलाई निराश नपार्नुहोस्। मप्रति कृपालु हुनुहोस् र मेरो रक्षा गर्नुहोस्।
1
خداوندا، به تو پناه میآورم،
شرمسارم مکن.
تو خدای عادل هستی،
پس مرا نجات بده.
2हे परमेश्वर, मप्रति ध्यान दिनुहोस्। चाँडै आउनु होस् अनि मलाई बचाउनु होस्। मेरो चट्टान हुनुहोस्। मेरो सुरक्षाको ठाउँ भइदिनु होस्। मेरो किल्ला बनिनुहोस् मेरो रक्षा गर्नुहोस्।
2
دعایم را مستجاب فرما
و هرچه زودتر نجاتم ده. پُشت و پناه من باش؛
و با قدرت خود مرا برهان.
3हे परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ अनि तपाईं मेरो किल्ला हुनुहुन्छ। यसर्थ, तपाईंको सुरक्षाको निम्ति मेरो अगुवाइ गर्नुहोस् र मलाई निर्देश गर्नुहोस्।
3
تو پناهگاه و پشتیبان من هستی.
بهخاطر نام خود راهنمای من باش و هدایتم کن.
4मेरा शत्रुहरूले मेरै समक्ष पासो थापे। मलाई तिनीहरूको पासोबाट बचाउँनु होस्। तपाईं मेरो सुरक्षाको स्थान हुनुहुन्छ।
4
مرا از دامی که برایم گستردهاند برهان،
زیرا تو پناهگاه من هستی.
5हे परमप्रभु, तपाईं परमेश्वर हुनुहुन्छ, जसमाथि हामी भरोसा गर्न सक्छौं। मैले आफ्नो जीवन तपाईंको हातमा राखिदिएँ, मलाई बचाउनु होस्!
5
ای خدای عادل،
روح خود را به تو میسپارم،
تو مرا نجات دادهای.
6म ती झूटा देवताहरू मान्नेहरूलाई घृणा गर्छु। म परमप्रभुमा मात्र भरोसा गर्छु।
6
از بتپرستان نفرت داری، امّا من،
ای خداوند، به تو ایمان دارم.
7हे परमेश्वर, तपाईंको विश्वासपूर्ण प्रेमको आनन्दमा म खुशी हुनेछु अनि नाच्नेछु। तपाईंले मेरो पीरहरू देख्नु भएको छ। मलाई भएका दुःख कष्टहरू तपाईं जान्नुहुन्छ।
7
بهخاطر رحمت پایدار تو
شادی و خوشی میکنم.
تو سختیهای مرا دیدهای
و از مشکلاتم آگاهی.
8तपाईंले मेरा शत्रुहरूलाई मलाई लिएर जानु दिनु भएन। तपाईंले तिनीहरूको पासोबाट मलाई बचाउनु भयो।
8
مرا به دست دشمنانم نسپردی،
تو مرا آزاد گذاشتی تا هر کجا که بخواهم بروم.
9हे परमप्रभु, मसँग कैयौं दुःख-कष्टहरू छन् यसैले मप्रति कृपा-दृष्टि राख्नुहोस्। यसैले म यति साह्रो उदास छु मेरा आँखाहरू बिझाउँदैछन्। मेरो घोक्रो र भूँडीहरू दुखिरहेछन्।
9
خداوندا، بر من رحم کن،
زیرا در سختی هستم.
چشمانم از غصّه تار گردیده
و از پا افتادهام.
10मेरो जीवन उदासीनतामा समाप्त भइरहेछ। मेरो उमेर नैराश्यमा बितिरहेछ। मेरा संकटहरूले मेरो शक्ति नाश गर्दै लाँदैछ। मेरो शक्तिले मलाई छोड्दै गइरहेछ।
10
عمرم در غم گذشته
و سالهای زندگی را با حسرت طی کردهام.
توانایی خود را از دست داده
و استخوانهایم پوسیدهاند.
11मेरा शत्रुहरूले मलाई हेला गर्छन्। अनि मेरा सम्पूर्ण छिमेकीहरूले पनि हेला गर्छन्। सबै मेरा आफन्तहरूले मलाई गल्लीमा देखेका छन्। तिनीहरू मसँग डराउँछन् जब गल्लीमा मलाई तिनीहरूले देख्छन्, तिनीहरू मलाई नदेखे झैं भान गर्छन्।
11
همهٔ دشمنانم، به خصوص همسایگانم
مرا تحقیر میکنند،
آشنایانم از من میترسند
و وقتی مرا در کوچه میبینند، میگریزند.
12मानिसहरूले आफ्नो हराएको औजार जस्तै पूर्ण प्रकारले मलाई बिर्सिकाछन्।
12
مثل مُردهها از خاطرهها فراموش شدهام
و مانند ظرفی شکسته از نظر افتادهام.
13मेरो विषयमा मानिसहरूले भनेका डरलाग्दा कुराहरू म सुन्छु। तिनीहरू मेरा विरोधीहरू भए। तिनीहरूले मलाई मार्ने योजना गरे।
13
شایعات زیادی را که دشمنانم برضد من میگویند، میشنوم.
وحشت اطرافم را فراگرفته
آنها برضد من دسیسه میچینند
تا مرا به قتل برسانند.
14तर हे परमप्रभु, म तपाईंमाथि भरोसा गर्छु। तपाईं नै मेरो परमेश्वर हुनुहुन्छ।
14
امّا ای خداوند، من بر تو اعتماد دارم و میگویم:
«تو خدای من هستی.»
15मेरो जीवन तपाईंको हातमा छ, मलाई मेरो शत्रुहरूदेखि बचाउनुहोस्। कतिपय मानिसहरूले मलाई खेदिरहेका छन्। मलाई तिनीहरूबाट बचाउनुहोस्।
15
زندگی من در دست توست،
مرا از دست دشمنانم
و کسانیکه مرا میآزارند، برهان.
16कृपया स्वागत जनाएर तपाईंको दासलाई ग्रहण गर्नुहोस्। ममाथि कृपादृष्टि परोस् र मलाई बचाउनु होस्!
16
چشم این بندهات را به نور جمالت روشن کن
و با رحمت پایدارت مرا نجات بده.
17हे परमप्रभु, मैले तपाईंलाई प्रार्थना गरें। यसर्थ म असन्तुष्ट हुँदिन। दुष्ट मानिसहरू असन्तुष्ट हुनेछन्। तिनीहरू निस्तब्ध चिहानभित्र जानेछन्।
17
خداوندا، از تو تمنّا میکنم
که مرا خجل نسازی،
بلکه بگذار مردمان شریر، شرمنده و سرافکنده شوند
و خاموش به دیار مردگان بروند.
18ती दुष्टहरू अंहकार गर्छन् अनि राम्रा मानिसहरूको विषयमा झूटा कुरा गर्छन्। ती दुष्टहरू घमण्डी छन्, तिनीहरूको झूटो बोल्ने ओंठहरू मौन हुनेछन्।
18
خاموش ساز آنانی را که دروغ میگویند
و از روی تکبّر و حماقت
علیه مردمان نیک حرف میزنند.
19हे परमेश्वर! तपाईंले धेरै आश्चर्य-जनक कुराहरू आफ्ना भक्तजनहरूको निम्ति लुकाउनु भएको छ। तपाईंले असल कुराहरू प्रत्येक मानिसहरूलाई गर्नु हुन्छ जसले तपाईंलाई विश्वास गर्छन्।
19
رحمت تو بر ترسندگانت چه نیکوست؛
همه میدانند که تو چقدر نیکویی
و آنهایی را که به تو توکّل میکنند
حمایت میکنی.
20धर्मी मानिसहरूलाई कष्ट दिनलाई दुष्टहरू एक जुट हुन्छन्। ती दुष्टहरू लडाइँ गर्न तैयार हुन्छन्। तर तपाईंले ती मानिसहरूलाई लुकाउनु हुन्छ र तिनीहरूको रक्षा गर्नु हुन्छ। तपाईंले तिनीहरूलाई आफ्नो छत्रछाँयामा जोगाउनु हुन्छ।
20
آنها را زیر سایهٔ رحمت خود از دسیسه
و حیلهٔ مردم حفظ میکنی
و در نزد خود پناه میدهی.
21परमप्रभुको जय होस्! जब सम्पूर्ण शहरलाई शत्रुहरूले घेरेका थिए आफ्नो स्नेहपूर्ण करूणा अद्भूत प्रकारले मलाई देखाउनु भयो।
21
خداوند را ستایش میکنم،
زیرا زمانیکه در محاصرهٔ دشمنان بودم،
محبّت سرشار خود را به من نشان داد.
22म भयभीत थिएँ अनि मैले भने, “म यस्तो ठाउँमा छु जहाँ परमेश्वरले मलाई देख्न सक्नु हुन्न। तर मैले तपाईंलाई प्रार्थना गरें, परमेश्वर अनि तपाईंले मेरो प्रार्थना सहायताका लागि सुन्नु भयो।”
22
من میترسیدم و فکر میکردم
که او مرا از نظر انداخته است،
امّا وقتی از او کمک خواستم،
دعایم را مستجاب کرد.
23हे परमेश्वरका भक्तजनहरू, तिमीहरूले परमप्रभुलाई प्रेम गर्नु पर्छ! परमप्रभुले तिनीहरूलाई रक्षा गर्नुहुन्छ जो उहाँप्रति विश्वासी छन्। तर परमप्रभुले तिनीहरूलाई दण्ड दिनुहुन्छ जसले आफ्नो बलको अहंकार गर्छन्। उहाँले तिनीहरूलाई दण्ड दिनुहुन्छ जो त्यसको लायक छन्।
23
ای مؤمنین او، خداوند را دوست بدارید،
زیرا خداوند مؤمنین را حفظ میکند،
امّا متکبّران را به سزای كارهایشان میرساند.
ای کسانیکه امیدتان به خداست،
شجاع و قوی باشید.
24बलियो र वीर होऊ, तिमीहरू सबै जो परमप्रभुको सहयोग पर्खिरहेका छौ।
24
ای کسانیکه امیدتان به خداست،
شجاع و قوی باشید.