Nepali

Persian

Psalms

36

1एकजना दुष्ट मानिसले एकदमै दुष्ट काम गर्छ जब त्यो आफैंले आफैंलाई यसो भन्छ, “म न त परमेश्वरसँग डराउनेछु न त परमेश्वरलाई आदर नै गर्नेछु।”
1 گناه در دل انسانهای شریر عمیقاً لانه کرده است. آنها از خدا نمی‌ترسند.
2त्यो मानिस आफैंसित झूटो हुन्छ। त्यस मानिसले आफ्नो गल्ती देख्दैन। यसैले उसले क्षमाको याचना गर्दैन।
2 زیرا آنها دل خود را خوش می‌کنند و فکر می‌کنند که خدا به گناه آنها پی نمی‌برد و آن را محکوم نمی‌کند.
3उसका शब्दहरू बेकामे झूटहरू मात्र हुन्छन्। त्यो ज्ञानी पनि बन्न सक्तैन अथवा राम्रो कुरो सिक्न सक्दैन।
3 تمام سخنانشان حیله و فریب است. کارهای نیک و عاقلانه را ترک نموده‌اند.
4राती उसले दुष्ट योजना तयार पार्दछ। ऊ उठ्छ तर राम्रो काम गर्दैन। तर उसले अधर्म गर्नलाई नाइँनास्ति गर्दैन।
4 شبها نیز در بستر خود دسیسه می‌چینند. هیچ کار خوبی انجام نمی‌دهند و از هیچ شرارتی روگردان نیستند.
5हे परमप्रभु, तपाईंको स्नेहपूर्ण करूणा आकाश भन्दा पनि उच्च छ। तपाईंको विश्वसनीयता बादलहरूभन्दा पनि उच्च छ।
5 ای خداوند، محبّت پایدار تو همچون آسمانها نامحدود و وفاداری تو فراتر از ابرهاست.
6परमप्रभु, तपाईंको धार्मिकता सर्वोच्च पर्वत भन्दा पनि उच्च छ। तपाईंको न्याय अगाध समुद्र भन्दा गहिरो छ। परमप्रभु, तपाईंले मानिस र पशुहरूलाई रक्षा गर्नुहुन्छ।
6 نیکوکاری تو مانند کوههای سر به فلک کشیده و عدالت تو همچون دریاها عمیق است، ای خداوند، انسانها و حیوانات تحت مراقبت تو می‌باشند.
7तपाईंको प्रिय अनुग्रह भन्दा कुनै चीज पनि बहुमूल्य छैन। मानिस जाति र स्वर्गदूतहरू तपाईंकहाँ सुरक्षाको निम्ति आउँछन्।
7 محبّت پایدار تو ای خدا چقدر عالی است. تمام انسانها در سایهٔ بالهای تو پناه می‌آورند.
8परमप्रभु! तिनीहरू तपाईंको घरमा राम्रो चीजहरूबाट नयाँ शक्ति पाउँछन्। तपाईंको आश्चर्यपूर्ण नदीबाट तिनीहरूलाई पिउन दिनु हुन्छ।
8 همه از خوان نعمت تو می‌خورند و از چشمهٔ رحمت تو می‌نوشند.
9हे परमप्रभु! जीवनको स्रोत तपाईंबाट बहन्छ! तपाईंकै ज्योतिबाट हामी ज्योति पाउँछौं।
9 زیرا تو سرچشمهٔ زندگی هستی و در پرتو نور تو ما روشنی را می‌بینیم.
10हे परमप्रभु, तिनीहरूलाई प्रेम गर्नुहोस् जसले तपाईंलाई साँचो रूपले चिन्छन् अनि जो विश्वासी छन् तिनीहरूको लागि असल काम गरिदिनु होस्।
10 به آنهایی که تو را می‌شناسند رحمت فرما، و آنانی را که پاكدل هستند نجات ده.
11हे परमप्रभु, अहंकारी मानिसलाई मलाई कुल्चिन नसकोस्। दुष्ट मानिसहरूले मलाई घचेटन नदिनु होस्।
11 مگذار که اشخاص مغرور بر من غالب گردند و مردم شریر مرا فراری دهند. ببین! بدکاران طوری سقوط کرده‌اند، که دیگر نمی‌توانند برخیزند.
12यी चिन्हहरू तिनीहरूका चिहानमा राखी दिनुहोस्ः “यहाँ दुष्ट मानिसहरू सुतेका छन्। तिनीहरूलाई धूलो पिठो पारियोस। तिनीहरू फेरि कहिल्यै पनि जाग्न सकने छैनन्।”
12 ببین! بدکاران طوری سقوط کرده‌اند، که دیگر نمی‌توانند برخیزند.