Nepali

Persian

Psalms

38

1हे परमप्रभु, तपाईंको क्रोधमा मलाई निन्दा नगर्नु होस्। तपाईंको क्रोधमा हुँदा मलाई दण्ड नदिनुहोस्।
1 خداوندا، هنگامی‌که خشمناک هستی مرا مجازات نکن.
2हे परमप्रभु, तपाईंले मलाई आघात गर्नु भएको छ। तपाईंको काँडाहरू गहिरिएर मभित्र गाडिए।
2 تیرهای تو در بدنم فرو رفته‌اند؛ و مرا به زمین زده‌ای.
3तपाईंले मलाई दण्ड दिनुभयो। अहिले मेरो सम्पूर्ण शरीर शिथिल भएको छ। मैले पाप गरें र तपाईंले मलाई दण्ड दिनुभयो, यसैले मेरो सारा हाडहरू कट्-कट् दुःखिरहे छन्।
3 به‌خاطر خشم تو در عذاب شدید هستم. از دست گناهانم، همهٔ اعضای بدنم به درد آمده است.
4म अधर्म कामहरूको दोषी छु। अनि त्यो दोष भारी बोके छ। म टाउको उठाएर हिंड्न पनि लज्जित छु।
4 چون گناهان من از سرم گذشته و برای من بار سنگینی شده‌اند.
5मैले मूर्ख कामहरू गरें। अब मेरो घाउ खटिराहरूले दुर्गन्ध दिंदैछन।
5 به‌خاطر حماقتم، زخمهای بدنم بو گرفته و متعفّن شده‌اند.
6म कुप्रिएँ र साह्रै ज्यादा झुकेको छु, म दिनभरि हताश-हताश हुन्छु।
6 به خود می‌پیچم و قامتم منحنی شده و سراسر روز ناله می‌کنم.
7मलाई ज्वरो आएको छ, अनि मेरो सम्पूर्ण शरीर कट्-कट् खाइरहेछ।
7 کمرم از شدّت درد می‌‌سوزد و همهٔ اعضای بدنم به درد آمده است.
8म यति विघ्न पीडित छु कि अनुभव गर्न सक्तिन। मेरो दुःखेको मुटुले मलाई रूने बनाएको छ।
8 بکلّی لِه شده و از بین رفته‌ام و از شدّت ناله به تلاطم افتاده‌‌ام.
9मेरो स्वामीले, मेरो पीडित स्वर सुन्नुभयो। मेरो सुस्केरा तपाईंबाट लुकेको छैन।
9 خداوندا، تو از خواسته‌های من آگاهی و ناله‌ها‌یم از تو پنهان نیست.
10मेरो मुटु बढता ढुक्‌ढुकी रहेछ। मेरो बल तुरिन्दै गइरहेछ, अनि म अन्धो हुन लागिरहेछु।
10 دل من به تپش افتاده و نیرویم را از دست داده‌ام و نوری در چشمم نمانده است.
11मेरा बिमारीको कारणले गर्दा मेरा मित्रहरू र मेरो छिमेकीहरू हेर्नसम्म आउने छैनन्। मेरो परिवार सम्म मेरो नजिकै आउँदैनन्।
11 دوستان و همسایگانم به‌خاطر بلایی که بر من آمده از من دوری می‌کنند و حتّی خویشاوندانم از من گریزانند.
12मेरा शत्रुहरूले मेरो विषयमा अप्रिय कुराहरू भन्छन्। तिनीहरूले झूटा कुराहरू र व्यर्थको हल्लाहरू फिंजाइरहेका छन्। सदा तिनीहरू मेरो विषयमा कुरा गर्छन्।
12 دشمنان جانم برایم دام گسترده‌اند و کسانی‌که می‌‌‌خواهند مرا اذیّت کنند، تهدیدم می‌کنند و تمام روز برایم نقشه می‌کشند.
13तर म बहिरो मानिस जस्तो छु जसले सुन्न सक्तैन्। म त्यो मुख नउघार्ने मानिस जस्तो छु जसले बोल्न सक्तैन्।
13 امّا من مانند ناشنوایی هستم که نمی‌شنود و همچون لالی که حرف نمی‌زند.
14म त्यो सुन्न नसक्ने मानिस जस्तो छु जसलाई मानिसहरूले के भनिरहेछ थाहा हुँदैन। म मेरा शत्रुहरू गल्ती छन् भनेर कुनै तर्क गर्न सक्तिन र प्रमाणित पनि गर्न सक्तिनँ।
14 بلی، مانند کرها نه می‌شنوم و نه جواب می‌دهم.
15किन? किनभने हे परमप्रभु, आफ्नो रक्षाको निम्ति म तपाईंलाई पर्खिरहेको छु। हे परमेश्वर, मेरो स्वामी तपाईंले मलाई जवाफ दिनु हुनेछ।
15 امّا ای خداوند، به تو توکّل دارم. ای خداوند، خدای من، تو جواب خواهی داد.
16यदि मैले केही कुरा गरें भने शत्रुहरूले मलाई खिसी गर्छन्। तिनीहरूले बिमारी अवस्था देख्नेछन् कि म बिमारी छु अनि भन्नेछन् कि मेरो बिमार मेरै दुष्टकर्मको सजाय हो।
16 من به درگاه تو دعا می‌کنم. تو نگذار که آنان از ناراحتی من شاد شوند و بر خود ببالند.
17म जान्दछु गल्ती कार्यहरू गरेकोले म दोषी छु। म मेरो पीडा बिर्सिन सक्तिनँ।
17 جانم به لب رسیده است و از شدّت درد لحظه‌ای آرام ندارم.
18हे परमप्रभु, मैले आफ्ना कुकार्यहरूको विषयमा तपाईंलाई भने। म आफ्नो पापहरूको विषयमा दुःखी छु।
18 من به گناهان خود اعتراف می‌کنم و از خطاهایی که کرده‌‌ام پشیمانم.
19मेरा शत्रुहरू जिउँदा र स्वस्थ छन्, अनि तिनीहरूले धेरै-धेरै झूटा कुराहरू भने।
19 دشمنانم سالم و قوی هستند و آنانی که بی‌سبب از من نفرت دارند بسیارند.
20मेरा शत्रुहरूले मतर्फ कुकार्यहरू गरे अनि मैले तिनीहरूको निम्ति खाली सुकार्य गरें। मैले सुकार्य गर्ने प्रयास मात्र गरें, तर तिनीहरू मेरो विरूद्धमा नैं उठे।
20 آنانی که به عوض نیکی‌های من به من بدی می‌کنند با من مخالفت می‌کنند، چون من کوشش می‌کنم کار نیک انجام دهم.
21हे परमप्रभु, मलाई त्यागी नजानुहोस्। हे मेरो परमेश्वर, मेरो हितैषी भएर बस्नुहोस्!
21 خداوندا، مرا ترک مکن! ای خدای من، از من دور مباش! ای خداوند، ای نجات‌دهندهٔ من، به کمک من بشتاب!
22चाँडै आउनुहोस र मलाई सहयोग दिनुहोस्! हे मेरो परमेश्वर, रक्षा गर्नुहोस्!
22 ای خداوند، ای نجات‌دهندهٔ من، به کمک من بشتاب!