Nepali

Persian

Psalms

6

1हे परमप्रभु, तपाईं क्रोधित भएको समयमा मलाई नहप्काउनुहोस्। तपाईं क्रोधित नहुनुहोस् अनि मलाई सजाय नदिनुहोस्।
1 خداوندا، نسبت به من خشمگین مباش و در غضب خود مرا تنبیه نکن.
2हे परमप्रभु, ममाथि दया राख्नुहोस् कारण म रोगी र कमजोर छु। मलाई निको पार्नुहोस्! मेरो हड्डीहरू दुःखिरहेका छन्।
2 خداوندا، افسرده دلم، بر من رحم فرما؛ بسیار ناتوانم، پس ای خداوند یاریم کن.
3मेरो सम्पूर्ण शरीर कामि रहेकोछ, परमप्रभु, कहिले सम्म मलाई निको पार्नुहुन्छ?
3 جان من بشدّت پریشان است. ای خداوند تا به کی صبر کنم؟
4परमप्रभु, फेरि फर्की आउँनुहोस् र मलाई बलियो बनाउनुहोस! तपाईं अत्यन्त दयालु हुनुहुन्छ, यसैले मलाई बचाउनुहोस्।
4 بیا ای خداوند و مرا نجات بده؛ مرا به به‌خاطر رحمت خود رهایی ده.
5मरिसकेकाहरूले आफ्नो चिहानबाट तपाईंलाई सम्झने होइनन्। मृत्युको घाटबाट कसैले तपाईंको स्तुति गर्न सक्दैनन्। यसैले मलाई निको पार्नुहोस्!
5 در دنیای مردگان یادی از تو نیست و کسی در آنجا تو را سپاس نمی‌گوید.
6हे परमप्रभु, रातभरि मैले तपाईंलाई प्रार्थना गरिरहें। मेरो आँसुले ओछ्यान लथ्‌पथ् भिजेको छ। आँसु मेरो ओछ्यानबाच तप-तप तप्किरहेछ। म तपाईंको लागि कराएर, चिच्याएर थाकिसकें।
6 از ناله خسته شده‌ام. هر شب سیل اشک در رختخواب من جاری است.
7मेरो शत्रुहरूले मलाई धेरै दुःख-कष्टहरू दिए। त्यसले मलाई अत्यन्त दुःखी र व्यथित बनायो। अब मेरो आँखाहरू रूँदा-रूँदा शिथिल भएकाछन्।
7 به سختی می‌توانم ببینم؛ چشمانم ورم کرده‌اند زیرا از دست دشمنانم گریهٔ بسیار نموده‌ام.
8दुष्ट काम गर्ने प्रत्येक मानिस मबाट टाढा जाऊ! किनभने परमप्रभुले मेरो विलाप सुन्नु भएकोछ।
8 ای بدکاران، از من دور شوید، زیرا خداوند صدای گریهٔ مرا شنیده است.
9परमप्रभुले मेरो प्रार्थना सुन्नुहुन्छ अनि परमप्रभुले मेरो प्रार्थना ग्रहण गर्दै जवाफ दिनुहुन्छ।
9 خداوند التماس مرا شنیده و دعای مرا مستجاب نموده است. دشمنانم بشدّت شرمنده گردیده و با خجالت از پیشگاه خداوند رانده می‌شوند.
10मेरा सबै शत्रुहरू विरक्त दुःखी र निराश हुनेछन्। अचानक केही कुरा अवश्य घट्नेछ र तिनीहरू लज्जित हुनेछन्।
10 دشمنانم بشدّت شرمنده گردیده و با خجالت از پیشگاه خداوند رانده می‌شوند.