1हामीहरू मध्ये जो विश्वासमा दरिलो छौं कमजोर मानिसलाई सहयोग गर्नु पर्छ। कमजोर मानिसहरूलाई हामीले सघाउनु पर्छ। हामीले आफैलाई मात्रै खुशी तुल्याउन हुँदैन।
1
ما كه در ایمان قوی هستیم، وظیفه داریم كه ناتوانی افراد ضعیف را تحمّل كنیم و در فكر راحتی خود نباشیم؛
2तिनीहरूलाई विश्वासमा दरिलो बनाउन र तिनीहरूका भलाइको लागि हामी प्रत्येकले अरूलाई खुशी पार्नुपर्छ।
2
بلكه بهخاطر خیریّت و تقویت اطرافیان خود در فكر راحتی آنها باشیم.
3ख्रीष्टले पनि आफु स्वयंलाई खुशी राख्ने कोशिश गर्नु भएन। उहाँको विषयमा धर्मशास्त्रमा भनिएको छः “जसले तिमीलाई अपमान गरे ती अपमान ममाथि परे।”
3
زیرا مسیح نیز در فكر راحتی خود نبود. چنانکه کتابمقدّس میفرماید: «اهانتهای آنانی كه به تو اهانت میکردند، به من رسید.»
4बितेका दिनहरूमा लेखिएका हरेक कुरो हामीलाई शिक्षा दिनु लेखिएको थिए। हामीले आशा गर्न सकौं भनेर नै ती लेखिएका थिए। धर्म शास्त्रबाट आउने धैर्य र बलबाट हामी आशा प्राप्त गर्न सकौं।
4
زیرا هرچه در گذشته در کتابمقدّس نوشته شد، برای تعلیم ما بود تا به وسیلهٔ بردباری و دلگرمیای كه كلام خدا میبخشد، امیدوار باشیم.
5धैर्य र बल परमेश्वरबाट उत्पन्न हुन्छ। अनि म प्रार्थना गर्छु कि परमेश्वरले तिमीहरूलाई ख्रीष्ट येशूको उदाहरण अनुसार तिमी आफैंहरू माझ मेल-मिलापमा राखुन्।
5
خدایی كه سرچشمه بردباری و دلگرمی است عنایت فرماید تا با پیروی از مسیح عیسی همفكر باشید
6त्यसपछि तिमीहरू सबै एक भएर मिल्नेछौ। तिमीहरू सबै एक भएर हाम्रा प्रभु येशू ख्रीष्ट पिता प्रति महिमा गर्नेछौ।
6
و همه با هم یكدل و یک زبان خدا را كه پدر خداوند ما عیسی مسیح است ستایش كنید.
7ख्रीष्टले तिमीहरूलाई ग्रहण गर्नुभयो। यसैले परमेश्वरको महिमाको निम्ति तिमीहरूले एक-अर्कोलाई स्वीकार गर्नुपर्छ।
7
پس همانطور كه مسیح شما را پذیرفته است، شما نیز یكدیگر را برای جلال خدا بپذیرید.
8म तिमीहरूलाई भन्दछु कि परमेश्वरको विश्वासनीयताको निम्ति र यहूदी पुर्खाहरूलाई आफूले दिनुभएको प्रतिज्ञालाई पक्का गर्नका निम्ति ख्रीष्ट यहूदीहरूका सेवक बन्नु भयो।
8
مقصود این است كه مسیح، خادم قوم اسرائیل گردید تا آن وعدههایی را كه خدا به نیاکان آنان داده بود، تحقّق بخشد
9ख्रीष्ट सेवक बन्नु भयो ताकि गैर-यहूदीहरूले परमेश्वरप्रति उहाँको करूणाको प्रशंसा गरून्। धर्मशास्त्रले भन्छः “यसैले म गैर-यहूदीहरूमा तिमीहरूलाई धन्यावाद दिनेछु, म तिमीहरूको नामको स्तुति गाउनेछु।” भजनसंग्रह 18:49
9
و در نتیجه صداقت خدا ثابت شود و تا ملل جهان خدا را برای رحمت او تمجید نمایند. چنانکه كتابمقدّس میفرماید:
«از این جهت تو را در میان ملل ستایش خواهم كرد
و نام تو را با سپاسگزاری به زبان خواهم آورد.»
10धर्मशास्त्रले यसो पनि भन्छः “तिमी गैर-यहूदीहरू परमेश्वरका मानिसहरूसँगै खुशी होऊ।” व्यवस्था 32:43
10
و در جای دیگر میفرماید:
«ای ملّتها، با قوم او شادی كنید.»
11अनि फेरि त्यसले भन्छः “तिमीहरू सबै अयहूदीहरू! परमप्रभूको प्रशंसा गर, सबैले उहाँको प्रशंसा गर्नुपर्छ।” भजनसंग्रह 117:1
11
و باز در جای دیگر میفرماید:
«ای تمامی قومها، خداوند را سپاس خوانید!
و ای تمامی مردم، او را ستایش کنید.»
12अनि यशैयाले भनेका छन् “एकजना मानिस यस्सीका परिवारबाट आउने छन्। ती मानिसले अयहूदीहरूमाथि राज गर्नेछन्, अनि ती मानिसको कारणले गैर-यहूदीहरूले आशा प्राप्त गर्नेछन्।” यशैया 11:10
12
و اشعیا نیز میگوید:
«ریشهٔ یَسی خواهد آمد
و او برای حكومت بر ملّتها میآید
و امید ملل بر او خواهد بود.»
13तिमीहरूले परमेश्वरमा विश्वास गर्ने हुनाले, परमेश्वर जो आशाको मुहान हुनुहुन्छ, उहाँले तिमीहरूलाई आनन्द र शान्तिले पूर्ण गरून्। तब तिमीहरूको आशा पवित्र आत्माको शक्तिद्वारा परिपूर्ण बन्नेछ।
13
خدا كه سرچشمه امید است، شما را به وسیلهٔ ایمانتان چنان با شادی و آرامش كامل پر سازد كه با نیروی روحالقدس امید شما روزبهروز بیشتر شود.
14मेरा दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, म निश्चित छु कि तिमीहरू भलाईले भरिएका छौ। म जान्दछु तिमीहरूसँग चाहे जति सम्पूर्ण ज्ञान छ अनि तिमीहरूले एक अर्कालाई उपदेश दिनसक्छौ।
14
ای دوستان من، خود من در مورد شما خاطر جمع هستم كه سرشار از نیكی و كمال معرفت بوده و قادر به تعلیم یكدیگر هستید.
15मैले तिमीहरूलाई सम्झाउनलाई केही कुराहरू खुलस्त गरी लेखेको छु। मैले यसो गरेको कारण परमेश्वरले मलाई यो विशेष उपहार दिनु भएको छ।
15
امّا در این نامه، پارهای از مطالب را با كمال جسارت به شما یادآور شدم. من بهخاطر آن فیضی كه خدا به من عنایت فرمود
16गैर-यहूदीहरूलाई सहयोग गर्नु भनेर परमेश्वरले मलाई ख्रीष्ट येशूका सेवक बनाउनु भएकोछ। उहाँको सुसमाचारहरू प्रचार गरेर मैले परमेश्वरको सेवा गरें। मैले यसो गर्नुको उद्देश्य गैर-यहूदीहरू परमेश्वरका ग्रहण योग्य बलिहरू बन्नि सकून् भन्ने हो। पवित्र-आत्माद्वारा तिनीहरू पवित्र पारिए।
16
تا خدمتگزار مسیح عیسی برای ملّتها باشم اینطور به شما نوشتم. در خدمت انجیل خدا، من وظیفهٔ یک كاهن را دارم تا غیر یهودیان را به عنوان هدیهای به خدا تقدیم نمایم. هدیهای كه بهسبب تقدیس روحالقدس مقبول او خواهد بود.
17यसैले म ती कुराहरूमा घमण्ड गर्दछु जुन मैले परमेश्वरका निम्ति ख्रीष्ट येशूमा गरें।
17
پس میتوانم از كارهایی كه برای خدا در اتّحاد با مسیح عیسی انجام دادهام، افتخار نمایم.
18गैर-यहूदीहरूलाई परमेश्वरको आज्ञाकारी बनाउनमा वचन र कर्मद्वारा ख्रीष्टले मेरो मार्फत जे गर्नु भएको छ त्यसबारे मात्र बोल्ने आँट म गर्नेछु।
18
زیرا من جرأت نمیکنم دربارهٔ چیزی جز آنچه مسیح توسط من به عمل آورده است، سخن بگویم. سخن من فقط دربارهٔ این است كه چگونه او ملل غیر یهود را به وسیلهٔ گفتار، رفتار
19अनि तिनीहरूले परमेश्वरको आत्माको शक्तिद्वारा गरिएका चमत्कारहरू र आश्चर्यलाई देखेर आज्ञा पालन गरे। पूरै यरूशलेमदेखि इल्लिरिकमसम्म ख्रीष्टको सुसमाचार प्रचार गर्ने काम मैले सिद्धयाएँ।
19
و نیروی عجایب و معجزات و با قدرت روحالقدس تحت فرمان خود درآورده است. به طوری که من سراسر اورشلیم را تا «الیریكوم» پیمودهام و انجیل مسیح را همهجا منتشر كردهام.
20जहाँ-जहाँ ख्रीष्टलाई चिनिंदैन ती ठाउँहरूमा मात्र सुसमाचार प्रचार गर्ने इच्छा सदा मेरो रहेको छ। मैले यसो गरे कारण कसैले पहिल्यैबाट थालिसकेको काममाथि निर्माण गर्ने मैले चाहिनँ।
20
هدف من همیشه این بوده است كه در جاهایی كه نام مسیح به گوش مردم نرسیده است، بشارت دهم. مبادا بر شالودهای كه كسی دیگر نهاده، بنا نمایم.
21तर धर्मशास्त्रमा लेखिएको छः “मानिसहरू जसलाई उहाँको विषयमा भनिएको छैन, तिनीहरूले देख्नेछन्, मानिसहरू जसले उहाँको विषयमा सुनेका छैनन्, तिनीहरूले बुझ्नेछन्।” यशैया 52:15 पावलको रोम भ्रमण गर्ने इच्छा
21
چنانکه كتاب مقدّس میفرماید:
«کسانیکه دربارهٔ او چیزی نشنیدهاند، او را خواهند دید
و آنانی كه از او بیخبر بودهاند، خواهند فهمید.»
22यही कारणले गर्दा म तिमीहरूकहाँ आउन धेरै पल्ट रोकिएकोछु।
22
همین موضوع بارها مانع آمدن من به نزد شما شد.
23अब यस भेकमा मैले आफ्ना कामहरू शेष पारें अनि धेरै र्वषदेखि म तिमीहरू कहाँ आउन चिन्तित थिएँ।
23
امّا حال، چون دیگر كار من در این نواحی تمام شده و همچنین سالها مشتاق ملاقات شما بودهام.
24यसैले स्पेन जाँदा म तिमीहरूलाई भेट्ने आशा गर्छु। निश्चय, म स्पेन भएर जाँदाखेरि तिमीहरूलाई भेट्ने आशा गर्छु। केही बेर तिमीहरूका साथमा आनन्द मनाउने आशा गर्छु अनि त्यसपछि तिमीहरूले मेरो यात्रामा साथ दिन सक्छौ।
24
امیدوارم در وقت سفر خود به اسپانیا، از شما دیدن نمایم و پس از آنكه از شما دیدن كردم، در نظر دارم با كمک شما به سفر خود ادامه دهم.
25अहिले म परमेश्वरका मानिसहरूलाई मद्दत गर्न यरूशलेम गइरहेछु।
25
در حال حاضر بهخاطر كمک به مقدّسین مقیم اورشلیم عازم آنجا هستم،
26यरूशलेममा परमेश्वरका कतिपय मानिसहरू गरीब छन्।
26
زیرا کلیساها در مقدونیه و یونان چنین صلاح دانستند كه برای بینوایان ایماندار اورشلیم مبالغی به طور اعانه بفرستند.
27म्यासिडोनिया र अखैयाका विश्वासीहरू यरूशलेमका ती मानिसहरूलाई चन्दा दिएर सघाउन खुशी थिए। तिनीहरू सहयोग दिन खुशी थिए। वास्तवमा, यरूशलेमका गरीबहरूलाई मद्दत गर्न ती वाध्य छन्। यहूदीहरूको आत्मिक आशीर्वादमा सहभागी भएकाले ती गैर-यहूदीहरूले सघाउन पर्छ। त्यसैले तिनीहरूले आफ्ना भौतिक वस्तुहरू तिनीहरूलाई सघाउन उपयोग गर्नुपर्छ। यसको लागि तिनीहरू यहूदीहरूका ऋणी छन्।
27
ایشان صلاح دانستند این كار را انجام دهند و در حقیقت، آنها مدیونِ یهودیان هستند. زیرا غیر یهودیان كه در بركات روحانی یهودیان سهیم شدند، موظّفند یهودیان را با بركات مادّی خود خدمت كنند.
28मैले निश्चित गर्नु छ कि यरूशलेमका गरीबहरूले ती सबै पैसा पाऊन् जुन तिनीहरूलाई दिइएकोछ। यो काम सकेर म स्पेन जान्छु। स्पेन जाँदा, म तिमीहरूकहाँ आउँछु।
28
بنابراین هروقت این مأموریت را انجام دادم و مبالغی را كه جمع شده است به دست آنها سپردم، عازم اسپانیا خواهم شد و در سر راه از شما نیز دیدن خواهم كرد.
29जब म तिमीहरूलाई भेट्न आउँछु म ख्रीष्टको सम्पूर्ण आशिषसितै आउँछु।
29
و یقین دارم كه هرگاه پیش شما بیایم، آمدن من با بركات فراوانی از جانب مسیح همراه خواهد بود.
30दाज्यु-भाइ र दिदी-बहिनीहरू, म तिमीहरूलाई बिन्ती गर्दछु, मेरो निम्ति परमेश्वरलाई प्रार्थना गरेर मलाई मेरो काममा सहयोग गर। हाम्रा प्रभु येशू ख्रीष्टको नाममा र पवित्र आत्माले दिने प्रेमद्वारा म यो विन्ती गर्दछु।
30
ای دوستان، به نام خداوند ما عیسی مسیح و آن محبتّی كه روحالقدس میبخشد، درخواست میكنم كه با دعاهای خود در پیشگاه خدا همكاران جدّی من باشید،
31प्रार्थना गर कि म यहूदियाका अविश्वासीहरूबाट जोगिन सकूँ। मैले उनीहरूका निम्ति लगेको सहयोगलाई यरूशलेममा परमेश्वरका मानिसहरूले सर्हष स्वीकार गरून् भनेर पनि प्रार्थना गरिदेऊ।
31
یعنی دعا كنید، كه من از دست بیایمانان در یهودیه در امان باشم و خدمت من مورد قبول مقدّسین اورشلیم واقع شود
32त्यसपछि परमेश्वरले चाहनु भयो भने म तिमीहरूकहाँ आउनेछु। म खुशीले आउनेछु तिमीहरूसँगै विश्राम लिनेछु।
32
و به این وسیله به خواست خدا با خوشی به سوی شما بیایم و از حضورتان نیروی تازهای بگیرم.
خدا كه سرچشمهٔ آرامش است، با همهٔ شما باد، آمین.
33परमेश्वर जो शान्तिका स्रोत हुनुहुन्छ, तिमीहरू सबैसित रहुन्। आमिन।
33
خدا كه سرچشمهٔ آرامش است، با همهٔ شما باد، آمین.