1पावल, सिलवानस र तिमोथी थिस्सलोनिकीमा बस्ने मण्डलीलाई अभिवादन गर्छन, जुन मण्डली परम पिता परमेश्वपर र प्रभु येशू ख्रीष्टमा छ। परमेश्वरको अनुग्रह र शान्ति तिमीहरूलाई होस्।
1ܦܘܠܘܤ ܘܤܠܘܢܘܤ ܘܛܝܡܬܐܤ ܠܥܕܬܐ ܕܬܤܠܘܢܝܩܝܐ ܕܒܐܠܗܐ ܐܒܐ ܘܒܡܪܢ ܝܫܘܥ ܡܫܝܚܐ ܛܝܒܘܬܐ ܥܡܟܘܢ ܘܫܠܡܐ ܀
2प्रार्थना गर्दा हामी सधैं तिमीहरू सबैलाई सम्झन्छौं र तिमीहरू सबैको लागि परमेश्वरलाई धन्यवाद चढाउँछौं।
2ܡܘܕܝܢܢ ܠܐܠܗܐ ܒܟܠܙܒܢ ܥܠ ܟܠܟܘܢ ܘܡܬܕܟܪܝܢܢ ܠܟܘܢ ܒܨܠܘܬܢ ܐܡܝܢܐܝܬ ܀
3तिमीहरूको विश्वासको लागि अनि जुन कुरो तिमीहरूले गरेकाछौ त्यसको लागि हामी सधैं प्रार्थना गर्दा परमेश्वर हाम्रा पितालाई धन्यवाद दिंदछौं। अनि प्रेमको कारणले तिमीहरूले गरेको कामको निम्ति उहाँलाई धन्यवाद दिंदछौ। हाम्रा प्रभु येशू ख्रीष्टमा तिमीहरूको आशाको कारणले दृढ रहेकोमा हामी तिमीहरूलाई धन्यवाद दिंदछौ।
3ܘܥܗܕܝܢܢ ܩܕܡ ܐܠܗܐ ܐܒܐ ܥܒܕܐ ܕܗܝܡܢܘܬܟܘܢ ܘܥܡܠܐ ܕܚܘܒܟܘܢ ܘܡܤܝܒܪܢܘܬܐ ܕܤܒܪܟܘܢ ܕܒܡܪܢ ܝܫܘܥ ܡܫܝܚܐ ܀
4दाज्यू-भाइहरू अनि दिदी-बहिनीहरू, परमेश्वरले तिमीहरूलाई प्रेम गर्नुहुन्छ। हामी जान्दछौं उहाँले तिमीहरूलाई आफ्नो बनाउन छान्नुभयो।
4ܝܕܥܝܢܢ ܓܝܪ ܓܒܝܘܬܟܘܢ ܐܚܝ ܚܒܝܒܘܗܝ ܕܐܠܗܐ ܀
5हामीले तिमीहरूकहाँ सुसमाचार ल्यायौं। तर हामीले शब्द मात्र दिएनौं, त्यो सुसमाचारसित शक्ति पनि दियौं। यो हामीले पवित्र आत्मासित अनि निश्चित बुद्धिद्वारा ल्यायौ जुन सत्य हो। त्यसको साथै, हामी तिमीहरूसित रहँदा कसरी रह्यौं त्यो पनि तिमीहरूले जान्यौ।
5ܡܛܠ ܕܡܤܒܪܢܘܬܢ ܠܐ ܗܘܐ ܒܡܠܐ ܒܠܚܘܕ ܗܘܬ ܠܘܬܟܘܢ ܐܠܐ ܐܦ ܒܚܝܠܐ ܘܒܪܘܚܐ ܕܩܘܕܫܐ ܘܒܦܝܤܐ ܫܪܝܪܐ ܐܦ ܐܢܬܘܢ ܝܕܥܝܢ ܐܢܬܘܢ ܐܝܟܢܐ ܗܘܝܢ ܒܝܢܬܟܘܢ ܡܛܠܬܟܘܢ ܀
6अनि तिमीहरू हामी जस्तै र प्रभु जस्तै भयौ। तिमीहरूले धेरै दुःख पाएर पनि आन्नदपूर्वक शिक्षा ग्रहण गर्यौं । त्यो आन्नद पवित्र आत्माले दिनुभएको हो।
6ܘܐܢܬܘܢ ܒܢ ܐܬܕܡܝܬܘܢ ܘܒܡܪܢ ܕܩܒܠܬܘܢ ܡܠܬܐ ܒܐܘܠܨܢܐ ܪܒܐ ܘܒܚܕܘܬܐ ܕܪܘܚܐ ܕܩܘܕܫܐ ܀
7म्यासिडोनिया र अखैयाका सबै विश्वासीहरूका निम्ति तिमीहरू एक उदाहरण बन्यौ।
7ܘܗܘܝܬܘܢ ܕܡܘܬܐ ܠܟܠܗܘܢ ܡܗܝܡܢܐ ܕܐܝܬ ܒܡܩܕܘܢܝܐ ܘܒܐܟܐܝܐ ܀
8तिमीहरूबाटै म्यासिडोनिया र अखैयामा परमेश्वरको संदेश फिंजियो। र परमेश्वर प्रति तिमीहरूको विश्वास प्रत्येक ठाँउका मानिसहरूले बुझे। यसकारण तिमीहरूको विश्वास बारे हामीले केही भन्नु पर्दैन।
8ܡܢܟܘܢ ܓܝܪ ܐܫܬܡܥܬ ܡܠܬܗ ܕܡܪܢ ܠܐ ܒܠܚܘܕ ܒܡܩܕܘܢܝܐ ܘܒܐܟܐܝܐ ܐܠܐ ܒܟܠ ܐܬܪ ܗܝܡܢܘܬܟܘܢ ܕܒܐܠܗܐ ܐܫܬܡܥܬ ܐܝܟܢܐ ܕܠܐ ܢܤܬܢܩ ܕܢܐܡܪ ܥܠܝܟܘܢ ܡܕܡ ܀
9हामी त्यहाँ छँदा तिमीहरूले जुन असल तरिकाले हामीलाई स्वीकार गर्यौ, त्यो कुरा सबै तिर गरिन्छ। तिमीहरूले कसरी मूर्ति पूज्न छोडयौ र जीवित र सत्य परमेश्वरको सेवा गर्न थाल्यौ यस बारे पनि तिनीहरू कुरा गर्छन्।
9ܗܢܘܢ ܓܝܪ ܡܫܬܥܝܢ ܐܝܢܐ ܡܥܠܢܐ ܗܘܐ ܠܢ ܠܘܬܟܘܢ ܘܐܝܟܢܐ ܐܬܦܢܝܬܘܢ ܠܘܬ ܐܠܗܐ ܡܢ ܕܚܠܬ ܦܬܟܪܐ ܕܬܦܠܚܘܢ ܠܐܠܗܐ ܚܝܐ ܘܫܪܝܪܐ ܀
10परमेश्वरको पुत्र स्वर्गबाट आउनु हुने प्रतीक्षामा तिमीहरूले मूर्ति-पूजा छोडयौ। परमेश्वरले उहाँको पुत्रलाई मृत्युबाट बौराउनु भयो। उहाँ येशू हुनुहुन्छ जसले परमेश्वरको आउने रिसबाट हामीलाई बचाउनु हुनेछ।
10ܟܕ ܡܤܟܝܬܘܢ ܠܒܪܗ ܡܢ ܫܡܝܐ ܠܝܫܘܥ ܗܘ ܕܐܩܝܡ ܡܢ ܒܝܬ ܡܝܬܐ ܕܗܘ ܡܦܨܐ ܠܢ ܡܢ ܪܘܓܙܐ ܕܐܬܐ ܀