1तिमोथी! तिमी मेरो छोरो जस्तो हौ। ख्रीष्ट येशूमा भएको हाम्रो अनुग्रहमा दृढ बन।
1ܐܢܬ ܗܟܝܠ ܒܪܝ ܐܬܚܝܠ ܒܛܝܒܘܬܐ ܕܒܝܫܘܥ ܡܫܝܚܐ ܀
2मैले सिकाएको कुरा तिमीले सुनेका छौ। अरू धेरैले पनि ती कुरा सुनेकाछन्। तिमीलाई पत्यार लागेका मानिसहरूलाई ती कुराहरू सुम्पीदेऊ जसद्वारा तिनीहरूले पनि अरूलाई सिकाउन योग्य हुनेछ।
2ܘܐܝܠܝܢ ܕܫܡܥܬ ܡܢܝ ܒܝܕ ܤܗܕܐ ܤܓܝܐܐ ܗܢܝܢ ܐܓܥܠ ܠܐܢܫܐ ܡܗܝܡܢܐ ܐܝܠܝܢ ܕܡܛܝܐ ܒܐܝܕܝܗܘܢ ܐܦ ܠܐܚܪܢܐ ܠܡܠܦܘ ܀
3हाम्रो दुःखको भागीदार बन। ख्रीष्ट येशूको सच्चो सिपाहीले जस्तो दुःखलाई स्वीकार गर।
3ܘܤܝܒܪ ܒܝܫܬܐ ܐܝܟ ܦܠܚܐ ܛܒܐ ܕܝܫܘܥ ܡܫܝܚܐ ܀
4सिपाहीले आफ्ना नायकलाई सन्तुष्ट तुल्याउन खोज्छ। त्यसकारणले ऊ सामान्य जीवन कार्यमा फँस्दैन।
4ܠܐ ܐܢܫ ܦܠܚ ܘܡܬܦܟܪ ܒܨܒܘܬܐ ܕܥܠܡܐ ܕܢܫܦܪ ܠܗܘ ܡܢ ܕܓܒܝܗܝ ܀
5यदि कुनै खेलाडीले दौडमा भाग लिने इच्छा गर्छ भने इनाम जित्नकोलागि उसले खेलको नियम पालन गर्नु पर्छ।
5ܘܐܢ ܡܬܟܬܫ ܐܢܫ ܠܐ ܡܬܟܠܠ ܐܢ ܒܢܡܘܤܗ ܠܐ ܡܬܟܬܫ ܀
6किसान जसले कठिन परिश्रम गर्छ ऊ नै आफूले उमारेको अन्नको पहिलो अधिकारी हुनुपर्छ।
6ܠܐܟܪܐ ܕܠܐܐ ܘܠܐ ܠܗ ܕܩܕܡܐ ܡܢ ܦܐܪܘܗܝ ܢܤܬܝܒܪ ܀
7मैले भनेका कुराहरूमा विचार गर, प्रभुले तिमीलाई यी सब बुझ्ने सामर्थ्य दिनुहुने छ।
7ܐܤܬܟܠ ܡܕܡ ܕܐܡܪ ܐܢܐ ܢܬܠ ܠܟ ܡܪܢ ܚܟܡܬܐ ܒܟܠ ܡܕܡ ܀
8येशू ख्रीष्टको सम्झना गर। उहाँ दाऊदका सन्तान हुनुहुन्छ। येशूलाई मृत्यु पछि बौराइएको थियो। यही सुसमाचार म मानिसहरूलाई भन्छु।
8ܐܬܕܟܪ ܠܝܫܘܥ ܡܫܝܚܐ ܕܩܡ ܡܢ ܒܝܬ ܡܝܬܐ ܗܘ ܕܐܝܬܘܗܝ ܡܢ ܙܪܥܐ ܕܕܘܝܕ ܐܝܟ ܐܘܢܓܠܝܘܢ ܕܝܠܝ ܀
9अनि त्यो सुसमाचार भन्दा मैले दुःख पाइरहेछु। अपराधीलाई जस्तै साङ्गलोले बाँधिने अवस्थामा मैले कष्ट पाइरहेछु। तर पमेश्वरको शिक्षा साङ्गलाद्वारा बाँधिंदैन।
9ܕܒܗ ܤܒܠ ܐܢܐ ܒܝܫܬܐ ܥܕܡܐ ܠܐܤܘܪܐ ܐܝܟ ܥܒܕ ܒܝܫܬܐ ܐܠܐ ܡܠܬܗ ܕܐܠܗܐ ܠܐ ܐܤܝܪܐ ܀
10यसैकारण म यी सब कष्टहरू धैर्यपूर्वक भोगिरहेको छु। परमेश्वरले चुनेका ती सबैका निम्ति म यसो गर्छु। ख्रीष्ट येशूमा हुने ती मानिसहरूले मुक्ति पाउन् भनेर नै म यी यातनाहरूलाई स्वीकार गर्छु। त्यही मुक्तिबाट महिमा आउँदछ जो अनन्त हुन्छ।
10ܡܛܠ ܗܢܐ ܟܠܡܕܡ ܡܤܝܒܪ ܐܢܐ ܡܛܠ ܓܒܝܐ ܕܐܦ ܗܢܘܢ ܢܫܟܚܘܢ ܚܝܐ ܕܒܝܫܘܥ ܡܫܝܚܐ ܥܡ ܫܘܒܚܐ ܕܠܥܠܡ ܀
11यो एक साँचो शिक्षा होः यदि हामी उहाँसित मरेका भए, तब हामी पनि उहाँसितै जिउने थियौं।
11ܡܗܝܡܢܐ ܗܝ ܡܠܬܐ ܐܢ ܓܝܪ ܡܝܬܢ ܥܡܗ ܐܦ ܥܡܗ ܢܚܐ ܀
12यदि हामीले दुःख र कष्ट सह्यौ भने हामी उहाँसितै शासन गर्नेछौं। यदि हामीले उहाँलाई स्वीकार्न अस्वीकार गर्यौं भने उहाँले पनि हामीलाई स्वीकार गर्न अस्वीकार गर्नु हुनेछ।
12ܘܐܢ ܢܤܝܒܪ ܐܦ ܢܡܠܟ ܥܡܗ ܐܢ ܕܝܢ ܢܟܦܘܪ ܒܗ ܐܦ ܗܘ ܢܟܦܘܪ ܒܢ ܀
13यदि हामी विश्वासी नभए पनि उहाँ अझ विश्वासी हुनुहुन्छ किन कि उहाँ आफ्नो स्वभावलाई अस्वीकार गर्न सक्नु हुँदैन। परिचित कर्मी
13ܘܐܢ ܠܐ ܢܗܝܡܢ ܒܗ ܗܘ ܒܗܝܡܢܘܬܗ ܡܩܘܐ ܕܢܟܦܘܪ ܓܝܪ ܒܢܦܫܗ ܠܐ ܡܫܟܚ ܀
14मानिसहरूलाई यी कुराहरू भनी बस। अनि परमेश्वर समक्ष तिमीहरूलाई चेतावनी देऊ जसद्वारा तिनीहरूले वचनलाई लिएर कुनै बहस नगरून्। वचनहरू बारे र्तक गर्नाले केही लाभ हुने छैन। वास्तवमा त्यसले सुन्नेहरूलाई पनि नष्ट गर्छ।
14ܗܠܝܢ ܗܘܝܬ ܡܥܗܕ ܠܗܘܢ ܘܡܤܗܕ ܩܕܡ ܡܪܢ ܕܠܐ ܢܗܘܘܢ ܡܬܚܪܝܢ ܒܡܠܐ ܕܠܐ ܝܘܬܪܢ ܠܤܘܚܦܐ ܕܐܝܠܝܢ ܕܫܡܥܝܢ ܠܗܝܢ ܀
15परमेश्वरको समक्ष यस्तो प्रकारले स्वयं उपस्थित हुने भरसक कोशिश गर कि उहाँले तिमीलाई अनुमोदन गर्नु हुनेछ। आफ्नो काममा लज्जित नबन। सत्य शिक्षालाई उचित रूपले उपयोग गर्ने कर्मी बन।
15ܘܢܬܒܛܠ ܠܟ ܕܬܩܝܡ ܢܦܫܟ ܓܡܝܪܐܝܬ ܩܕܡ ܐܠܗܐ ܦܠܚܐ ܕܠܐ ܒܗܬܬܐ ܕܡܟܪܙ ܬܪܝܨܐܝܬ ܡܠܬܐ ܕܫܪܪܐ ܀
16जो परमेश्वरबाट आएको होइन त्यस्ता व्यर्थका कुरा गर्नेहरूबाट अलग बस। त्यस्तो कुराले मानिसलाई परमेश्वरको झन- झन विरोधी बन्न अग्रसर गराउँछ।
16ܘܡܢ ܡܠܐ ܤܪܝܩܬܐ ܕܠܝܬ ܒܗܝܢ ܚܫܚܘ ܐܫܬܐܠ ܝܬܝܪܐܝܬ ܓܝܪ ܢܘܤܦܘܢ ܥܠ ܪܘܫܥܗܘܢ ܗܢܘܢ ܕܥܢܝܢ ܒܗܝܢ ܀
17तिनीहरूका झूटो शिक्षा शरीरमा रोग जस्तै फैलिनेछन्। हाइमेनियस र फिलेतस त्यस्तै मानिसहरू हुन्।
17ܘܡܠܬܗܘܢ ܐܝܟ ܚܠܕܝܬܐ ܢܘܡܐ ܬܐܚܘܕ ܒܤܓܝܐܐ ܐܝܬܘܗܝ ܕܝܢ ܚܕ ܡܢܗܘܢ ܗܘܡܢܐܘܤ ܘܐܚܪܢܐ ܦܝܠܛܘܤ ܀
18तिनीहरूले साँचो शिक्षा त्याग गरे। तिनीहरू सिकाउँछन् कि मृत्युबाट बौराई त पहिल्यै भइसक्यो । यही रीतले ती दुईले कति मानिसहरूका विश्वास ध्वंश पार्दैछन्।
18ܗܠܝܢ ܕܛܥܘ ܡܢ ܫܪܪܐ ܟܕ ܐܡܪܝܢ ܕܩܝܡܬܐ ܕܡܝܬܐ ܗܘܬ ܠܗ ܘܗܝܡܢܘܬܐ ܕܐܢܫ ܐܢܫ ܡܗܦܟܝܢ ܀
19तर परमेश्वरको सुदृढ घडेरी सुदृढ नै रहिरहन्छ। त्यस घडेरीमा यी शब्दहरू लेखिएका छनः “प्रभु आफ्ना मानिसहरूलाई चिन्नुहुन्छ।” अनि यी शब्दहरू पनि लेखिएका छन् “प्रत्येक मानिस जसले प्रभुमा विश्वास छ भन्ने दावा गर्छ उसले पापपूर्ण कार्य गर्नु छोडनु पर्छ।”
19ܫܬܐܤܬܐ ܕܝܢ ܫܪܝܪܬܐ ܕܐܠܗܐ ܩܝܡܐ ܗܝ ܘܐܝܬ ܠܗ ܚܬܡܐ ܗܢܐ ܘܝܕܥ ܡܪܝܐ ܠܐܝܠܝܢ ܕܕܝܠܗ ܐܢܘܢ ܘܢܦܪܘܩ ܡܢ ܥܘܠܐ ܟܠ ܕܩܪܐ ܠܫܡܗ ܕܡܪܝܐ ܀
20एउटा ठूलो भवनमा सुन र चाँदीले बनिएका समानहरू छन, तर त्यहाँ काठ र माटाले बनिएका वस्तुहरू पनि छन्। कोही विशेष कामकालागि हुन्छन् भने कुनै साधारण कामकालागि हुन्छन्।
20ܒܒܝܬܐ ܕܝܢ ܪܒܐ ܠܐ ܗܘܐ ܡܐܢܐ ܕܕܗܒܐ ܒܠܚܘܕ ܐܘ ܕܤܐܡܐ ܐܝܬ ܒܗ ܐܠܐ ܐܦ ܕܩܝܤܐ ܐܦ ܕܦܚܪܐ ܡܢܗܘܢ ܠܐܝܩܪܐ ܘܡܢܗܘܢ ܠܨܥܪܐ ܀
21यदि कसैले आफूलाई नराम्रो कर्महरूबाट विशुद्ध बनाउँछ भने उसलाई विशेष काममा उपयोग गरिनेछ। त्यो मानिस पवित्र बन्छ अनि ऊ घरको मालिकका निम्ति उपयोगी हुन्छ। ऊ सबै असल कामको निम्ति लायक हुन्छ।
21ܐܢ ܐܢܫ ܗܟܝܠ ܢܕܟܐ ܢܦܫܗ ܡܢ ܗܠܝܢ ܗܘܐ ܡܐܢܐ ܕܟܝܐ ܠܐܝܩܪܐ ܕܥܗܢ ܠܚܘܫܚܐ ܕܡܪܗ ܘܡܛܝܒ ܠܟܠ ܥܒܕ ܛܒ ܀
22जवानीको अभिलाषा देखि टाढो बस। असल जीवन जिउनुलाई विश्वास, प्रेम र शान्ति प्राप्त गर्न महान प्रयास गर। यी कुराहरू शुद्ध हृदय भएका अनि परमप्रभुमा विश्वास भएका मानिसहरूको सङ्गतमा गर्ने प्रयास गर।
22ܡܢ ܟܠܗܝܢ ܪܓܝܓܬܐ ܕܛܠܝܘܬܐ ܥܪܘܩ ܘܗܪܛ ܒܬܪ ܟܐܢܘܬܐ ܘܗܝܡܢܘܬܐ ܘܚܘܒܐ ܘܫܠܡܐ ܥܡ ܐܝܠܝܢ ܕܩܪܝܢ ܠܡܪܢ ܒܠܒܐ ܕܟܝܐ ܀
23मूर्ख र बेसमझका र्तकहरू छोड। तिमी जान्दछौ यस्ता र्तक बढ्ढेर विवादमा परिणत हुन्छन्।
23ܚܪܝܢܐ ܤܟܠܐ ܐܝܠܝܢ ܕܕܠܐ ܡܪܕܘ ܐܢܘܢ ܐܫܬܐܠ ܡܢܗܘܢ ܝܕܥ ܐܢܬ ܓܝܪ ܕܬܟܬܘܫܐ ܡܘܠܕܝܢ ܀
24प्रभुको सेवकले झगडा गर्नु हुँदैन। उसले सबैप्रति दयालु हुनु पर्छ। प्रभुको सेवक असल शिक्षक हुनुपर्छ। उ सहनशील हुनुपर्छ।
24ܥܒܕܗ ܕܝܢ ܕܡܪܢ ܠܐ ܚܝܒ ܠܡܬܟܬܫܘ ܐܠܐ ܕܢܗܘܐ ܡܟܝܟ ܠܘܬ ܟܠܢܫ ܘܡܠܦܢ ܘܢܓܝܪܐ ܪܘܚܗ ܀
25आफूसित सहमत नहुने मानसिहरूलाई उसले नम्रतापूर्वक सिकाउनु पर्छ। परमेश्वरले तिनीहरूको हृदय परिवर्तन गरिदिन सक्नुहुन्छ अनि तिनीहरुले सत्यलाई स्वीकार गर्न सक्छन्।
25ܕܢܗܘܐ ܪܕܐ ܠܐܝܠܝܢ ܕܡܬܚܪܝܢ ܠܩܘܒܠܗ ܒܡܟܝܟܘܬܐ ܕܠܡܐ ܢܬܠ ܠܗܘܢ ܐܠܗܐ ܬܝܒܘܬܐ ܘܢܕܥܘܢ ܫܪܪܐ ܀
26त्यस्ता मानिसहरू शैतानको जालमा परेका हुन्छन् अनि शैतानले चाहे जस्तै काम गर्छन्। तर तिनीहरू जान्न अनि शैतानको जालबाट उम्कन सक्छन्।
26ܘܢܥܗܕܘܢ ܢܦܫܗܘܢ ܘܢܦܪܩܘܢ ܡܢ ܦܚܗ ܕܤܛܢܐ ܕܒܗ ܐܬܬܨܝܕܘ ܠܨܒܝܢܗ ܀