1बितेका दिनहरूमा आफ्ना पापहरू र परमेश्वर विरोधी कर्महरूले गर्दा तिमीहरूका आत्मिक जीवन मृत थियो।
1ܘܐܦ ܠܟܘܢ ܕܡܝܬܝܢ ܗܘܝܬܘܢ ܒܚܛܗܝܟܘܢ ܘܒܤܟܠܘܬܟܘܢ ܀
2हो पनि, अघि तिमीहरू त्यस्तै पापहरूमा बसेका थियौ। तिमीहरू सांसारिक मानिसहरू झैं बाँचिरहेका थियौ। तिमीहरूले वायु मण्डलको दुष्ट शक्तिहरूको शासकलाई पछ्यायौ। अझै पनि परमेश्वरलाई नमान्नेहरूमा त्यही आत्माले काम गर्दैछ।
2ܒܗܠܝܢ ܕܡܢ ܩܕܝܡ ܗܠܟܬܘܢ ܗܘܝܬܘܢ ܒܗܝܢ ܐܝܟ ܥܠܡܝܘܬܗ ܕܥܠܡܐ ܗܢܐ ܘܐܝܟ ܨܒܝܢܗ ܕܪܝܫ ܫܘܠܛܢܐ ܕܐܐܪ ܘܕܪܘܚܐ ܗܕܐ ܕܡܬܚܦܛܐ ܒܒܢܝܐ ܕܠܐ ܡܬܛܦܝܤܢܘܬܐ ܀
3गएका दिनहरूमा हामीहरू सबै पनि ती मानिसहरू जस्तै बाँचेका थियौं। हामी आफ्नो पापमय प्रकृतिलाई खुशी पार्ने कोशिशमा थियौं। हाम्रा प्रवृत्ति र मनले चाहे अनुसार नै हामी सब कुरो गर्थ्यौं। हामी दुष्ट मानिस थियौं। हामी जुन प्रकारले बसेका थियौं हाम्रो पापले गर्दा त हामीले परमेश्वरको क्रोध भोग्नै पर्ने थियो। हामी अरू जस्तै थियौ।
3ܒܗܢܘܢ ܥܒܕܐ ܕܐܦ ܚܢܢ ܐܬܗܦܟܢ ܒܗܘܢ ܡܢ ܩܕܝܡ ܒܪܓܝܓܬܐ ܕܒܤܪܢ ܘܥܒܕܝܢ ܗܘܝܢ ܨܒܝܢܐ ܕܒܤܪܢ ܘܕܬܪܥܝܬܢ ܘܒܢܝܐ ܗܘܝܢ ܕܪܘܓܙܐ ܡܠܝܐܝܬ ܐܝܟ ܫܪܟܐ ܀
4तर परमेश्वको कृपा महान छ अनि परमेश्वरले हामीलाई अति नै माया गर्नुहुन्छ।
4ܐܠܗܐ ܕܝܢ ܕܥܬܝܪ ܒܪܚܡܘܗܝ ܡܛܠ ܚܘܒܗ ܤܓܝܐܐ ܕܐܚܒܢ ܀
5हाम्रो पापहरूको कारणले हामी आत्मिक रूपले मृत थियौं। तर परमेश्वरले हामीलाई ख्रीष्टसित नयाँ जीवन दिनुभयो। हामीहरू परमेश्वरको अनुग्रहले नै बचाइएका छौं।
5ܟܕ ܡܝܬܝܢ ܗܘܝܢ ܒܚܛܗܝܢ ܐܚܝܢ ܥܡ ܡܫܝܚܐ ܘܒܛܝܒܘܬܗ ܦܪܩܢ ܀
6अनि परमेश्वरले हामीलाई ख्रीष्टसितै उठाएर आफूसित स्वर्गीय ठाउँमा बसाउनु भयो। यसो हुनका कारण हामीहरू परमेश्वरको अनुग्रहले नै बचाइएका छौं। अनि परमेश्वरले हामीलाई ख्रीष्टसितै उठाएर आफूसित स्वर्गीय ठाउँमा बसाउनु भयो। यसो हुनका कारण हामी ख्रीष्ट येशूमा सम्मिलित भएकोले हो।
6ܘܐܩܝܡܢ ܥܡܗ ܘܐܘܬܒܢ ܥܡܗ ܒܫܡܝܐ ܒܝܫܘܥ ܡܫܝܚܐ ܀
7भविष्यमा आउने सबैसन्तानलाई आफ्नो अनुग्रह कति सम्पन्न छ भन्ने अगाध सम्पत्ति देखाउनलाई परमेश्वरले यसो गर्नु भएको छ। ख्रीष्ट येशूमा हुने हामीहरू प्रति दयावान बनेर परमेश्वरले त्यो अनुग्रह देखाउँनु हुन्छ।
7ܕܢܚܘܐ ܠܥܠܡܐ ܕܐܬܝܢ ܪܒܘܬܐ ܕܥܘܬܪܐ ܕܛܝܒܘܬܗ ܘܒܤܝܡܘܬܗ ܕܗܘܬ ܥܠܝܢ ܒܝܫܘܥ ܡܫܝܚܐ ܀
8तिमीहरू अनुग्रहले बचाइएकाछौ। अनि त्यो अनुग्रह विश्वासद्वारा पाएका हौ। तिमीहरू आफैले तिमीहरूलाई बचाएनौ। परमेश्वरको यो एउटा उपहार हो।
8ܒܛܝܒܘܬܗ ܗܘ ܓܝܪ ܐܬܦܪܩܢ ܒܗܝܡܢܘܬܐ ܘܗܕܐ ܠܐ ܗܘܬ ܡܢܟܘܢ ܐܠܐ ܡܘܗܒܬܐ ܗܝ ܕܐܠܗܐ ܀
9तिमीहरू आफ्नो काम-कुराले बाँचेका हुँदै होइनौ। यसैले कसैले यसको गर्व गर्न सक्दैनौं।
9ܠܐ ܡܢ ܥܒܕܐ ܕܠܐ ܐܢܫ ܢܫܬܒܗܪ ܀
10हामी जस्तो छौं त्यस्तो परमेश्वरले नै बनाउनु भएको हो। ख्रीष्ट येशूमा असल काम गर्नलाई हामीलाई नयाँ जीवन दिइएको छ। हाम्रालागि ती राम्रा काम गर्दै हामीहरू बाँचौं भनेर परमेश्वरले यसो गर्नु भएको हो।
10ܒܪܝܬܐ ܚܢܢ ܓܝܪ ܕܝܠܗ ܕܐܬܒܪܝܢ ܒܝܫܘܥ ܡܫܝܚܐ ܠܥܒܕܐ ܛܒܐ ܗܢܘܢ ܕܡܢ ܩܕܝܡ ܛܝܒ ܐܠܗܐ ܕܒܗܘܢ ܢܗܠܟ ܀
11तिमीहरू गैर-यहूदी भएर जन्म्यौ। यहूदीहरूले तिमीहरूलाई “खतनाहीन” भन्छन्। तिमीहरूलाई ‘अशिश्नछेदित’भन्ने यहूदीहरू आफूलाई चाँहि खतनाका भन्छन्। तिनीहरूको शरीर मानव हातले खतना गरिएको छ।
11ܡܛܠ ܗܕܐ ܗܘܝܬܘܢ ܥܗܕܝܢ ܕܐܢܬܘܢ ܥܡܡܐ ܡܢ ܩܕܝܡ ܕܒܤܪ ܗܘܝܬܘܢ ܘܡܬܩܪܝܢ ܗܘܝܬܘܢ ܥܘܪܠܘܬܐ ܡܢ ܗܝ ܕܡܬܩܪܝܐ ܓܙܘܪܬܐ ܘܐܝܬܝܗ ܥܒܕ ܐܝܕܝܐ ܒܒܤܪܐ ܀
12याद रहोस्, बितेका दिनहरूमा तिमीहरू ख्रीष्टबाट अलग थियौ। तिमीहरू इस्राएलका नागरिक थिएनौ। अनि प्रतिज्ञाको अनुवन्ध तिमीहरूसित थिएन जुन परमेश्वरले उहाँका मानिसहरूसित गर्नुभएको थियो। तिमीहरू आशा बिनाको संसारमा बाँचेका थियौ र तिमीहरूले परमेश्वरलाई चिन्दैन थियौ।
12ܘܐܝܬܝܟܘܢ ܗܘܝܬܘܢ ܒܗܘ ܙܒܢܐ ܕܠܐ ܡܫܝܚܐ ܘܢܘܟܪܝܝܢ ܗܘܝܬܘܢ ܡܢ ܕܘܒܪܐ ܕܐܝܤܪܝܠ ܘܐܟܤܢܝܐ ܗܘ ܠܕܝܬܩܐ ܕܡܘܠܟܢܐ ܘܕܠܐ ܤܒܪ ܗܘܝܬܘܢ ܘܕܠܐ ܐܠܗ ܒܥܠܡܐ ܀
13हो, एक समयमा तिमीहरू परमेश्वरदेखि टाडा थियौ। तर अहिले तिमीहरूलाई परमेश्वरको खुबै नजिक ल्याइएको छ। ख्रीष्टको रगतद्वारा तिमीहरूलाई परमेश्वरको खुबै नजिक ल्याइएको छ।
13ܗܫܐ ܕܝܢ ܒܝܫܘܥ ܡܫܝܚܐ ܐܢܬܘܢ ܕܡܢ ܩܕܝܡ ܪܚܝܩܝܢ ܗܘܝܬܘܢ ܩܪܝܒܐ ܗܘܝܬܘܢ ܒܕܡܗ ܕܡܫܝܚܐ ܀
14ख्रीष्टको कारणले अहिले हामीले शान्ति पाएका छौं। ख्रीष्टले हामी दुवैलाई एक बनाउनु भएको थियो। यहूदी र गैर-यहीदूहरू बीचमा पर्खाल लागे जस्तै छुट्टिएका थिए। तिमीहरू आपस्तमा घृणा गर्थे। तर ख्रीष्टले आफ्नै शरीरले घृणाको पर्खाल भत्काइदिनु भयो।
14ܗܘܝܘ ܓܝܪ ܫܝܢܢ ܗܘ ܕܥܒܕ ܬܪܬܝܗܝܢ ܚܕܐ ܘܫܪܐ ܤܝܓܐ ܕܩܐܡ ܗܘܐ ܒܡܨܥܬܐ ܀
15यहूदी नियममा धेरै विधान र आज्ञाहरू थिए। तर ख्रीष्टले व्यवस्थालाई समाप्त गरिदिनु भयो। मानिसहरूको यी दुई अलग समूहलाई आफूमा एउटै नयाँ मानिस बनाउने र यसरी शान्ति ल्याउने ख्रीष्टको उद्देश्य थियो।
15ܘܒܥܠܕܒܒܘܬܐ ܒܒܤܪܗ ܘܢܡܘܤܐ ܕܦܘܩܕܐ ܒܦܘܩܕܢܘܗܝ ܒܛܠ ܕܠܬܪܝܗܘܢ ܢܒܪܐ ܒܩܢܘܡܗ ܠܚܕ ܒܪܢܫܐ ܚܕܬܐ ܘܥܒܕ ܫܝܢܐ ܀
16क्रूसद्वारा ख्रीष्टले दुइ समूह बीचको घृणा समाप्त गराइदिनु भयो अनि तिनीहरूलाई एउटा शरीरमा सम्मिलित गराउनु भयो। ख्रीष्टले तिनीहरूलाई परमेश्वरतिर तान्न चहानु हुन्थ्यो। उहाँले यो कामको घृणालाई क्रूसमा मारेर गर्नुभयो।
16ܘܪܥܝ ܠܬܪܝܗܘܢ ܒܚܕ ܦܓܪ ܥܡ ܐܠܗܐ ܘܒܙܩܝܦܗ ܩܛܠ ܒܥܠܕܒܒܘܬܐ ܀
17ख्रीष्ट आउनु भयो अनि तिमीहरू बीच शान्तिको प्राचर गर्नुभयो जो परमेश्वरदेखि टाडा थियौ। अनि तिमीहरूमा शान्ति प्रचार गर्नुभयो जो परमेश्वरको नजिक थिए।
17ܘܐܬܐ ܤܒܪ ܫܠܡܐ ܠܟܘܢ ܠܪܚܝܩܐ ܘܠܩܪܝܒܐ ܀
18हो, ख्रीष्ट मार्फत हामी सबैलाई एक आत्माद्वारा पिताकहाँ आउने अधिकार दिइयो।
18ܡܛܠ ܕܒܗ ܗܘ ܗܘܐ ܠܢ ܩܘܪܒܐ ܠܬܪܝܢ ܒܚܕܐ ܪܘܚ ܠܘܬ ܐܒܐ ܀
19यसकारण अब तिमीहरू पाहुना र परदेशी होइनौ। तिमीहरू पनि परमेश्वरका परिवारका सदस्यहरूसित पनि मिलेकाछौ।
19ܡܟܝܠ ܠܐ ܗܘܝܬܘܢ ܐܟܤܢܝܐ ܘܠܐ ܬܘܬܒܐ ܐܠܐ ܒܢܝ ܡܕܝܢܬܐ ܕܩܕܝܫܐ ܘܒܢܝ ܒܝܬܗ ܕܐܠܗܐ ܀
20तिमी विश्वासीहरू परमेश्वरका भवन हौ जुन प्रेरितहरू र अगमवक्ताहरूद्वारा जग बसाइएको घडेरीमा बनाइएको छ। ख्रीष्ट स्वयं भवनका जग-ढुङ्गा हुनुहुन्छ।
20ܘܐܬܒܢܝܬܘܢ ܥܠ ܫܬܐܤܬܐ ܕܫܠܝܚܐ ܘܕܢܒܝܐ ܘܗܘ ܗܘܐ ܪܝܫ ܩܪܢܐ ܕܒܢܝܢܐ ܝܫܘܥ ܡܫܝܚܐ ܀
21त्यो सम्पूर्ण भवन ख्रीष्टमा गाँसिएको छ। यो प्रभुमा पवित्र मन्दिर बनेर बढदछ।
21ܘܒܗ ܡܬܪܟܒ ܟܠܗ ܒܢܝܢܐ ܘܪܒܐ ܠܗܝܟܠܐ ܩܕܝܫܐ ܒܡܪܝܐ ܀
22अनि ख्रीष्टमा तिमीहरू पनि अरूहरूसितै निर्मित छौ। आत्माद्वारा तिमीहरू पनि यस्तो एउटा स्थान बनिदैछौ जहाँ परमेश्वर बस्नु हुन्छ।
22ܟܕ ܐܦ ܐܢܬܘܢ ܒܗ ܡܬܒܢܝܢ ܐܢܬܘܢ ܠܡܥܡܪܐ ܕܐܠܗܐ ܒܪܘܚ ܀