Nepali

Syriac: NT

Galatians

1

1पावल, प्रेरितबाट प्रणाम। प्रेरित हुनलाई, मलाई न त मानिसहरूले चुने न म कुनै मानिसद्वारा पठाइएँ। येशू ख्रीष्ट अनि पिता परमेश्वरले नै मलाई प्रेरित नियुक्त गर्नु भएको हो। परमेश्वर नै एक हुनुहुन्छ जसले येशूलाई मृत्युबाट बौराई ल्याउनु भएको थियो।
1ܦܘܠܘܤ ܫܠܝܚܐ ܠܐ ܡܢ ܒܢܝܢܫܐ ܘܠܐ ܒܝܕ ܒܪܢܫܐ ܐܠܐ ܒܝܕ ܝܫܘܥ ܡܫܝܚܐ ܘܐܠܗܐ ܐܒܘܗܝ ܗܘ ܕܐܩܝܡܗ ܡܢ ܒܝܬ ܡܝܬܐ ܀
2मसित भएका सबै ख्रीष्ट भाइहरूबाट गलातियामा भएका मण्डलीहरूलाई प्रणाम।
2ܘܟܠܗܘܢ ܐܚܐ ܕܥܡܝ ܠܥܕܬܐ ܕܐܝܬ ܒܓܠܛܝܐ ܀
3परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टले तिमीहरूलाई अनुग्रह र शान्ति दिउन।
3ܛܝܒܘܬܐ ܥܡܟܘܢ ܘܫܠܡܐ ܡܢ ܐܠܗܐ ܐܒܐ ܘܡܢ ܡܪܢ ܝܫܘܥ ܡܫܝܚܐ ܀
4परमेश्वर र हाम्रा पिताको इच्छा अनुसार यस वर्तमान दुष्ट संसारबाट हामीलाई छुटकारा दिनको लागि उनले आफैलाई हाम्रा पापहरूका निम्ति बलि दिए।
4ܗܘ ܕܝܗܒ ܢܦܫܗ ܚܠܦ ܚܛܗܝܢ ܕܢܦܨܝܢ ܡܢ ܥܠܡܐ ܗܢܐ ܒܝܫܐ ܐܝܟ ܨܒܝܢܗ ܕܐܠܗܐ ܐܒܘܢ ܀
5उनको सदा सर्वदा महिमा होस्। आमिन।
5ܕܠܗ ܫܘܒܚܐ ܠܥܠܡ ܥܠܡܝܢ ܐܡܝܢ ܀
6केही समय अघि परमेश्वरले तिमीहरूलाई उनको अनुसरण गर्नु बोलाए। उनले तिमीहरूलाई आफ्नो अनुग्रहले बोलाए जुन ख्रीष्ट मार्फत आँउछ। तर अहिले तिमीहरूलाई देखेर म छक्क परें कि तिमीहरूले बाटो बिराएका छौ र अर्कै सुसमाचारमा विश्वास गर्न थालेका छौ।”
6ܡܬܕܡܪ ܐܢܐ ܐܝܟܢܐ ܒܥܓܠ ܡܬܗܦܟܝܢ ܐܢܬܘܢ ܡܢ ܡܫܝܚܐ ܗܘ ܕܩܪܟܘܢ ܒܛܝܒܘܬܗ ܠܐܚܪܬܐ ܤܒܪܬܐ ܀
7वास्तवमा, कुनै अर्को सुसमाचार साँचो छैन। तर कति मानिसहरूले तिमीहरूलाई अल्मल्याइरहेका छन्। तिनीहरू ख्रीष्टको सुसमाचारलाई अर्को तिर बद्लन चाहन्छन्।
7ܐܝܕܐ ܕܠܐ ܐܝܬܝܗ ܐܠܐ ܐܢܫܐ ܗܘ ܐܝܬ ܕܕܠܚܝܢ ܠܟܘܢ ܘܨܒܝܢ ܕܢܫܚܠܦܘܢ ܤܒܪܬܗ ܕܡܫܝܚܐ ܀
8हामीले तिमीहरूलाई साँचो सुसमाचर भनेका छौं। यसैले हामी त के, स्वर्गका स्वर्गदूतले पनि अर्कै सुसमाचार भन्छन् भने उसमा विश्वास गर्नु हुँदैन।
8ܐܦ ܐܢ ܚܢܢ ܕܝܢ ܐܘ ܡܠܐܟܐ ܡܢ ܫܡܝܐ ܢܤܒܪܟܘܢ ܠܒܪ ܡܢ ܡܐ ܕܤܒܪܢܟܘܢ ܢܗܘܐ ܚܪܡ ܀
9हामीले यो अघि नै भनिसकेका छौं। र अहिले पनि भन्दैछु। तिमीहरूले साँचो सुसमाचारलाई स्वीकार गरिसककेका छौ। यसर्थ यदि कसैले तिमीहरूलाई मुक्तिको अर्कै उपाय बताँउछ भने त्यसको विरोध गर्नुपर्छ।
9ܐܝܟܢܐ ܕܡܢ ܠܘܩܕܡ ܐܡܪܬ ܘܗܫܐ ܬܘܒ ܐܡܪ ܐܢܐ ܕܐܢ ܐܢܫ ܡܤܒܪ ܠܟܘܢ ܠܒܪ ܡܢ ܡܐ ܕܩܒܠܬܘܢ ܢܗܘܐ ܚܪܡ ܀
10अनि के मलाई नै स्वीकार गरून् भनी मानिसहरूलाई मैले विश्वास गराउने चेष्टा गर्दैछु भन्ने तिमीहरू सझंन्छौ? होइन! मैले परमेश्वरलाई मात्र खुशी पार्ने चेष्टा गर्दैछु। मैले मानिसहरूलाई खुशी पार्न चाहेको छु र? यदि अझै मानिसहरूलाई नै खुशी पार्ने चेष्टा गर्दै थिएँ भने म येशू ख्रीष्टको सेवक बन्ने थिइनँ।
10ܗܫܐ ܓܝܪ ܠܒܢܝܢܫܐ ܗܘ ܡܦܝܤ ܐܢܐ ܐܘ ܠܐܠܗܐ ܐܘ ܠܒܢܝܢܫܐ ܒܥܐ ܐܢܐ ܕܐܫܦܪ ܐܠܘ ܓܝܪ ܥܕܡܐ ܠܗܫܐ ܠܒܢܝܢܫܐ ܫܦܪ ܗܘܝܬ ܥܒܕܐ ܕܡܫܝܚܐ ܠܐ ܗܘܐ ܗܘܝܬ ܀
11दाज्यू-भाइहरू हो! म इच्छा गर्छु कि तिमीहरूले जान, जुन सुसमाचर मैले प्रचार गरें त्यो मानिसले बनाएको होइन।
11ܡܘܕܥ ܐܢܐ ܠܟܘܢ ܕܝܢ ܐܚܝ ܕܤܒܪܬܐ ܕܐܤܬܒܪܬ ܡܢܝ ܠܐ ܗܘܬ ܡܢ ܒܪܢܫܐ ܀
12मैले मानिसहरूबाट सुसमाचार पाइनँ। कसैले मलाई सुसमाचार सिकाएको होइन। येशू ख्रीष्ट आफैले मलाई यो प्रकट गर्नु भएको हो।
12ܐܦܠܐ ܓܝܪ ܐܢܐ ܡܢ ܒܪܢܫܐ ܩܒܠܬܗ ܘܝܠܦܬܗ ܐܠܐ ܒܓܠܝܢܐ ܕܝܫܘܥ ܡܫܝܚܐ ܀
13मेरो बितेको जीवन बारे तिमीहरूले सुनिसकेका छौ। म यहूदी धर्म मान्ने थिएँ। मैले परमेश्वरको मण्डलीलाई खुबै सताँए। म मण्डलीलाई भत्काउने कोशिश गर्थैं।
13ܫܡܥܬܘܢ ܓܝܪ ܗܘܦܟܝ ܕܡܢ ܩܕܝܡ ܕܒܝܗܘܕܝܘܬܐ ܕܝܬܝܪܐܝܬ ܪܕܦ ܗܘܝܬ ܥܕܬܗ ܕܐܠܗܐ ܘܚܪܒ ܗܘܝܬ ܠܗ ܀
14म यहूदी धर्ममा विश्वास गर्थें। म यहूदी धर्मको नेता बन्न लागेको थिएँ। मैले मेरा समकालीन नव युवक यहूदीहरूलाई उछिनेको थिएँ। पुराना रीति-थिति मान्न म अरूभन्दा ज्यादै जोशीलो थिएँ। ति सब रीति-रिवाजहरू हामीले आफ्ना पुर्खाहरूबाट पाएका थियौं।
14ܘܡܬܝܬܪ ܗܘܝܬ ܒܝܗܘܕܝܘܬܐ ܛܒ ܡܢ ܤܓܝܐܐ ܒܢܝ ܫܢܝ ܕܐܝܬ ܗܘܐ ܒܛܘܗܡܝ ܘܝܬܝܪܐܝܬ ܛܐܢ ܗܘܝܬ ܒܝܘܠܦܢܐ ܕܐܒܗܝ ܀
15तर म जन्मनु भन्दा अघि नै परमेश्वरले मेरो लागि यो योजना बनाएका रहेछन्। यसकारण उनले उनको अनुग्रहले मलाई बोलाए।
15ܟܕ ܨܒܐ ܕܝܢ ܗܘ ܡܢ ܕܦܪܫܢܝ ܡܢ ܟܪܤ ܐܡܝ ܘܩܪܢܝ ܒܛܝܒܘܬܗ ܀
16परमेश्वरले मलाई आफ्ना पुत्रको सुसमाचार अयहूदीहरू माझ भन्न इच्छा गरे। यसैले परमेश्वरले मलाई आफ्ना पुत्रको दर्शन गराए। परमेश्वरले बोलाउँदा मैले कसैबाट कुनै सल्लाह र सहायता लिइनँ।
16ܕܢܓܠܐ ܒܪܗ ܒܝ ܕܐܤܒܪܝܘܗܝ ܒܥܡܡܐ ܒܪ ܫܥܬܗ ܠܐ ܓܠܝܬ ܠܒܤܪܐ ܘܠܕܡܐ ܀
17न त म भन्दा अघि प्रेरित हुनेहरूलाई भेटन गएँ। तर, अबेर नगरी म अरब देशमा गएँ र त्यहाँबाट दमस्कस शहरमा फर्केर आएँ।
17ܘܠܐ ܐܙܠܬ ܠܐܘܪܫܠܡ ܠܘܬ ܫܠܝܚܐ ܕܡܢ ܩܕܡܝ ܐܠܐ ܐܙܠܬ ܠܐܪܒܝܐ ܘܬܘܒ ܗܦܟܬ ܠܕܪܡܤܘܩ ܀
18तीन र्वषपछि म यरूशलेम गएँ, म पत्रुसलाई भेट्न चाहन्थे। पत्रुससित म पन्ध्र दिन बसे।
18ܘܡܢ ܒܬܪ ܬܠܬ ܫܢܝܢ ܐܙܠܬ ܠܐܘܪܫܠܡ ܕܐܚܙܐ ܠܟܐܦܐ ܘܩܘܝܬ ܠܘܬܗ ܝܘܡܬܐ ܚܡܫܬܥܤܪ ܀
19मैले अरू प्रेरितहरूलाई भेटिनँ-खालि याकूबलाई भेटे जो प्रभुका भाइ हुन्।
19ܠܐܚܪܝܢ ܕܝܢ ܡܢ ܫܠܝܚܐ ܠܐ ܚܙܝܬ ܐܠܐ ܐܢ ܠܝܥܩܘܒ ܐܚܘܗܝ ܕܡܪܢ ܀
20परमेश्वर जान्दछन् मैले लेख्न लागेका यी कुराहरू झूटा होइनन्।
20ܗܠܝܢ ܕܝܢ ܕܟܬܒ ܐܢܐ ܠܟܘܢ ܗܐ ܩܕܡ ܐܠܗܐ ܕܠܐ ܡܟܕܒ ܐܢܐ ܀
21तब म सिरिया र सिलिसिया गएँ।
21ܡܢ ܒܬܪ ܗܠܝܢ ܐܬܝܬ ܠܐܬܪܘܬܐ ܕܤܘܪܝܐ ܘܕܩܝܠܝܩܝܐ ܀
22यहूदीयामा ख्रीष्टका मण्डलीले यसभन्दा अघि मेरो अनुहार देखेका थिएनन्।
22ܘܠܐ ܝܕܥܢ ܗܘܝ ܠܝ ܒܐܦܝܢ ܥܕܬܐ ܕܒܝܗܘܕ ܗܠܝܢ ܕܒܡܫܝܚܐ ܀
23मेरो बारेमा तिनीहरूले खालि यति सुनेका थिएः “यस मानिसले हामीलाई खुब सताउने गर्थ्यो तर उही नै अहिले मानिसहरूलाई त्यही विश्वासका कुराहरू गरिहिंडछ जुन विश्वासलाई उ नष्ट गर्ने प्रयास गर्थ्यो।”
23ܐܠܐ ܗܕܐ ܒܠܚܘܕ ܫܡܥܝܢ ܗܘܘ ܕܗܘ ܕܡܢ ܩܕܝܡ ܪܕܦ ܗܘܐ ܠܢ ܗܫܐ ܗܐ ܡܤܒܪ ܗܝܡܢܘܬܐ ܗܝ ܕܡܢ ܩܕܡ ܙܒܢܐ ܡܤܚܦ ܗܘܐ ܀
24यी विश्वासीहरूले मेरै कारणले परमेश्वरको धेरै प्रशंसा गरे।
24ܘܡܫܒܚܝܢ ܗܘܘ ܒܝ ܠܐܠܗܐ ܀