Nepali

Syriac: NT

Hebrews

10

1व्यवस्थाले त हामीलाई भविष्यमा आउने असल वास्तविकताको धमिलो चित्र मात्र देखायो। व्यवस्था वास्तविकताको साँचो रूप होइन। त्यस व्यवस्थाले त मानिसहरूलाई हरेक साल त्यही बलि चढाउन सिकाउँछ। परमेश्वरलाई पुज्न आउनेहरूले त्यही बलि चढाउन छोडदैनन्। तर व्यवस्थाले ती मानिसहरूलाई कहिल्यै पूर्णतातिर डोर्याउन सकेन।
1ܢܡܘܤܐ ܓܝܪ ܛܠܢܝܬܐ ܐܝܬ ܗܘܐ ܒܗ ܕܛܒܬܐ ܕܥܬܝܕܢ ܠܐ ܗܘܐ ܩܢܘܡܐ ܕܝܠܗܝܢ ܕܨܒܘܬܐ ܡܛܠ ܗܢܐ ܟܕ ܒܟܠ ܫܢܐ ܗܢܘܢ ܟܕ ܗܢܘܢ ܕܒܚܐ ܡܬܩܪܒܝܢ ܗܘܘ ܠܐ ܡܡܬܘV ܐܫܟܚܘ ܕܢܓܡܪܘܢ ܠܐܝܠܝܢ ܕܡܩܪܒܝܢ ܠܗܘܢ ܀
2व्यवस्थाले तिनीहरूलाई पूर्णतातिर डोर्याउन सक्ने भए बलिहरू धैरै अघि नै शेष भइसकेका हुने थिए। ती मानिसहरू आफ्ना पापहरूबाट पहिल्यै शुद्ध भइसकने थिए। अनि आफ्ना पापहरूको लागि तिनीहरूले आफूलाई अपराधी अनुभव गर्ने थिएनन्। तर व्यवस्थाले त्यो गर्न सक्दैन।
2ܐܠܘ ܓܝܪ ܓܡܪܝܢ ܗܘܘ ܟܒܪ ܕܝܢ ܐܬܬܢܝܚܘ ܡܢ ܩܘܪܒܢܝܗܘܢ ܡܛܠ ܕܠܐ ܡܟܝܠ ܛܪܝܐ ܗܘܬ ܠܗܘܢ ܬܐܪܬܗܘܢ ܒܚܛܗܐ ܠܐܝܠܝܢ ܕܚܕܐ ܙܒܢ ܐܬܕܟܝܘ ܠܗܘܢ ܀
3यी बलिहरूले त प्रत्येक र्वष मानिसहरूलाई आफ्ना पापहरू संझाउने काम मात्र गर्छ।
3ܐܠܐ ܒܗܘܢ ܒܕܒܚܐ ܡܕܟܪܝܢ ܚܛܗܝܗܘܢ ܒܟܠ ܫܢܐ ܀
4किनकि बहर र बाख्राहरूको रगतले पापहरू पखाल्न सक्दैन।
4ܠܐ ܓܝܪ ܡܫܟܚ ܕܡܐ ܕܬܘܪܐ ܘܕܨܦܪܝܐ ܠܡܕܟܝܘ ܚܛܗܐ ܀
5तसर्थ जब येशू पृथ्वीमा आउनुभयो उहाँले भन्नुभयो “तपाईं बलि र भेटीहरू चाहनुहुन्न, तर तपाईंले मेरा निम्ति एउटा शरीर तयार गर्नुभयो।
5ܡܛܠ ܗܢܐ ܟܕ ܥܐܠ ܠܥܠܡܐ ܐܡܪ ܒܕܒܚܐ ܘܩܘܪܒܢܐ ܠܐ ܨܒܝܬ ܦܓܪܐ ܕܝܢ ܐܠܒܫܬܢܝ ܀
6बलि चढाइएका र डढाइएका पशुहरूले तपाईं प्रसन्न हुनुहुन्न। पापहरू पन्छाउन चढाइएका बलिले तपाईं प्रसन्न हुनुहुन्न।
6ܘܝܩܕܐ ܫܠܡܐ ܕܚܠܦ ܚܛܗܐ ܠܐ ܫܐܠܬ ܀
7तब मैले भने, ‘परमेश्वर म यहाँ छु। व्यवस्थाको किताबमा मेरो बारे लेखिएको छ। तपाईले चाहेको काम गर्न म आएको छु।”‘ भजनसंग्रह 40:6-8
7ܗܝܕܝܢ ܐܡܪܬ ܕܗܐ ܐܢܐ ܐܬܐ ܐܢܐ ܕܒܪܝܫ ܟܬܒܐ ܟܬܝܒ ܥܠܝ ܕܐܥܒܕ ܨܒܝܢܟ ܐܠܗܐ ܀
8उहाँ पहिले भन्नहुन्छ, “तपाईं भोग र अर्पण, होम-बलि र पाप-बलिहरू तपाईं चाहनु हुन्न र तिनीहरूले तपाईं प्रसन्न पनि हुनुहुन्न।” यी बलिहरू चढाइन्छ किनभने यिनीहरू व्यवस्थाले चहान्छ।
8ܡܢ ܠܥܠ ܐܡܪ ܕܕܒܚܐ ܘܩܘܪܒܢܐ ܘܝܩܕܐ ܫܠܡܐ ܕܚܠܦ ܚܛܗܐ ܠܐ ܨܒܝܬ ܗܢܘܢ ܕܡܬܩܪܒܝܢ ܗܘܘ ܒܢܡܘܤܐ ܀
9त्यसपछि उहाँले भन्नुभयो, “हे परमेश्वर, म यहाँ छु। तपाईंले चाहनुहुने काम पूरा गर्न म आएको छु।” यसरी परमेश्वरले बलि चढाउने पहिलेको चलनलाई समाप्त गर्नुहुन्छ र आफ्नो नयाँ तरिका शुरू गर्नुहुन्छ।
9ܘܒܬܪܗ ܐܡܪ ܕܗܐ ܐܬܐ ܐܢܐ ܕܐܥܒܕ ܨܒܝܢܟ ܐܠܗܐ ܒܗܕܐ ܒܛܠ ܠܩܕܡܝܬܐ ܕܢܩܝܡ ܠܕܬܪܬܝܢ ܀
10येशू ख्रीष्टले परमेश्वरले चाहनु भएको काम गर्नुभयो। त्यसै कारणले ख्रीष्टको शरीरको बलिदानले हामी पवित्र तुल्याइएका छौं। ख्रीष्टले सदालाई एकैपल्ट आफूलाई बलिदान गरि दिनुभयो।
10ܒܗܢܐ ܓܝܪ ܨܒܝܢܗ ܐܬܩܕܫܢ ܒܩܘܪܒܢܐ ܕܦܓܪܗ ܕܝܫܘܥ ܡܫܝܚܐ ܕܚܕܐ ܙܒܢ ܀
11प्रत्येक दिन, पूजाहारीहरू खडा हुन्छन् र आफ्नो धार्मिक कर्म गर्छन्। पूजाहारीहरूले त्यही बलि घरि घरि चढाउँछन्, तर ती बलिहरूले कहिल्यै पापहरू हटाउँदैनन्।
11ܟܠ ܪܒ ܟܘܡܪܐ ܓܝܪ ܕܩܐܡ ܗܘܐ ܘܡܫܡܫ ܟܠܝܘܡ ܗܢܘܢ ܒܗܢܘܢ ܕܒܚܐ ܡܩܪܒ ܗܘܐ ܐܝܠܝܢ ܕܡܢ ܡܬܘܡ ܠܐ ܡܫܟܚܝܢ ܗܘܘ ܠܡܕܟܝܘ ܚܛܗܐ ܀
12तर ख्रीष्टले पापको निम्ति सघैंलाई एकै पल्ट बलि चढाउनुभयो तब ख्रीष्ट परमेश्वरको दाहिनेपट्टी बस्नुभयो।
12ܗܢܐ ܕܝܢ ܚܕ ܕܒܚܐ ܩܪܒ ܚܠܦ ܚܛܗܐ ܘܝܬܒ ܥܠ ܝܡܝܢܐ ܕܐܠܗܐ ܠܥܠܡ ܀
13अब उहाँ आफ्ना सारा शत्रुहरू आफ्नो नियंत्रणमा नआउज्जेल र्पखिरहनु भएको छ।
13ܘܡܩܘܐ ܡܟܝܠ ܥܕܡܐ ܕܢܬܬܤܝܡܘܢ ܒܥܠܕܒܒܘܗܝ ܟܘܒܫܐ ܬܚܝܬ ܪܓܠܘܗܝ ܀
14एउटै बलिले संधैको निम्ति ख्रीष्टले तिनीहरूलाई परिपक्क बनाउनु भयो, जजसलाई उहाँको बलिले पवित्र गराइँदैछ।
14ܒܚܕ ܓܝܪ ܩܘܪܒܢܐ ܓܡܪ ܠܐܝܠܝܢ ܕܡܬܩܕܫܝܢ ܒܗ ܠܥܠܡ ܀
15पवित्र आत्माले पनि हामीलाई यसबारे साक्षी दिन्छ। पहिले उहाँ भन्नुहुन्छ
15ܤܗܕܐ ܠܢ ܕܝܢ ܐܦ ܪܘܚܐ ܕܩܘܕܫܐ ܕܐܡܪܬ ܀
16“त्यो करार यही हो जुन भविष्यमा आफ्ना मानिसहरूलाई बनाउनेछ। म आफ्ना नियम तिनका हृदयमा हालिदिनेछु। म आफ्ना नियम तिनका मनमा राखिदिनुछु, प्रभु भन्नुहुन्छ।” यर्मिया 31 : 33
16ܗܕܐ ܗܝ ܕܝܬܩܐ ܕܐܬܠ ܠܗܘܢ ܡܢ ܒܬܪ ܝܘܡܬܐ ܗܢܘܢ ܐܡܪ ܡܪܝܐ ܐܬܠܝܘܗܝ ܠܢܡܘܤܝ ܒܡܕܥܝܗܘܢ ܘܥܠ ܠܒܘܬܗܘܢ ܐܟܬܒܝܘܗܝ ܀
17तब उहाँ भन्नुहुन्छ “अनि म तिनका पापहरू र अधर्मलाई क्षमा दिनेछु। म यी कुराहरू उप्रान्त फेरि संम्झने छैनँ।” यर्मिया 31:34
17ܘܥܘܠܗܘܢ ܘܚܛܗܝܗܘܢ ܠܐ ܐܬܕܟܪ ܠܗܘܢ ܀
18अनि जब यी सबको क्षमा हुन्छ त्यहाँ पापहरूका निम्ति बलिदानको फेरि कहिल्यै खाँचो पर्ने छैन।
18ܐܝܟܐ ܕܝܢ ܕܐܝܬ ܫܘܒܩܢܐ ܕܚܛܗܐ ܠܐ ܡܬܒܥܐ ܩܘܪܒܢܐ ܕܚܠܦ ܚܛܗܐ ܀
19यसर्थ, दाज्यू-भाइ, दिदी-बहिनीहरू, परम पवित्र स्थानमा पस्न हामी पूर्ण स्वतंत्र छौं। येशूको रगतको कारणले हामी बिना कुनै डर जानसक्छौ।
19ܐܝܬ ܠܢ ܗܟܝܠ ܐܚܝ ܓܠܝܘܬ ܐܦܐ ܒܡܥܠܢܐ ܕܒܝܬ ܩܘܕܫܐ ܒܕܡܗ ܕܝܫܘܥ ܀
20अनि येशूले हाम्रो निम्ति खोलिदिनु भएको एउटा नयाँ र जिउँदो बाटोबाट हामी प्रवेश पाउन सक्छौं। यस नयाँ बाटोले पर्दातिर डोरयाउँछ, जुन ख्रीष्टको शरीर हो।
20ܘܐܘܪܚܐ ܕܚܝܐ ܕܚܕܬ ܠܢ ܗܫܐ ܒܐܦܝ ܬܪܥܐ ܕܐܝܬܘܗܝ ܒܤܪܗ ܀
21जो हाम्रा महाप्रधान पूजाहारी हुनुहुन्छ जसले परमेश्वरका घर चलाउनु हुन्छ।
21ܘܐܝܬ ܠܢ ܟܘܡܪܐ ܪܒܐ ܥܠ ܒܝܬܗ ܕܐܠܗܐ ܀
22शुद्ध जलले हाम्रा शरीर धोइएका छन्, हामी शुद्ध पारिएका छौं र अपराधबाट मुक्त बनाइएका छौं। यसकारण हामी चोखो ह्रदय लिएर आफ्ना विश्वासले ढुक्क भएर परमेश्वरको नजिक आउँछौ।
22ܢܩܪܘܒ ܗܟܝܠ ܒܠܒܐ ܫܪܝܪܐ ܘܒܬܘܟܠܢܐ ܕܗܝܡܢܘܬܐ ܟܕ ܪܤܝܤܝܢ ܠܒܘܬܢ ܘܕܟܝܢ ܡܢ ܬܐܪܬܐ ܒܝܫܬܐ ܘܡܤܚܝ ܦܓܪܢ ܒܡܝܐ ܕܟܝܐ ܀
23हामीले आफूमा भएको आशालाई थाम्नुपर्छ र आफ्नो आशा बारे, मानिसहरूलाई बताउन छोडनु हुँदैन। आफूले वचन दिनुभएको कुरा परमेश्वरले गर्नुहुनेछ भन्ने कुरा हामी पत्याउनसक्छौं।
23ܘܢܚܡܤܢ ܒܬܘܕܝܬܐ ܕܤܒܪܢ ܘܠܐ ܢܨܛܠܐ ܡܗܝܡܢ ܗܘ ܓܝܪ ܡܢ ܕܡܠܟ ܠܢ ܀
24हामीले एक अर्कालाई विचार गर्नुपर्छ अनि प्रेम देखाउन र राम्रो काम गर्न हामी एक-अर्कालाई कतिसम्म सक्रियतापूर्वक उत्साहित गर्न सक्छौं त्यो हेर्नुपर्छ।
24ܘܢܚܘܪ ܚܕ ܒܚܕ ܒܓܘܪܓܐ ܕܚܘܒܐ ܘܕܥܒܕܐ ܛܒܐ ܀
25हामीसँग भेट हुनाबाट र्तकिनु हुँदैन। कतिपय मानिसहरू त्यसै गर्दछन्। हामीले एक अर्कालाई भेटनु र सघाउनु पर्छ, तिमीहरूले यसै गर्नुपर्छ किनकि दिन अझै नजिक-नजिक आउँदै छ।
25ܘܠܐ ܢܗܘܐ ܫܒܩܝܢ ܟܢܘܫܝܢ ܐܝܟ ܕܐܝܬ ܥܝܕܐ ܠܐܢܫ ܐܢܫ ܐܠܐ ܒܥܘ ܚܕ ܡܢ ܚܕ ܝܬܝܪܐܝܬ ܟܡܐ ܕܚܙܝܬܘܢ ܕܩܪܒ ܝܘܡܐ ܗܘ ܀
26सत्यको ज्ञान पाए पछि पनि हामीले जानी-जानी पाप गर्न छोडेनौ भने त्यो पापहरू पखाल्ने कुनै बलिदान हुने छैन।
26ܐܢ ܓܝܪ ܒܨܒܝܢܗ ܢܚܛܐ ܐܢܫ ܡܢ ܒܬܪ ܕܩܒܠ ܝܕܥܬܐ ܕܫܪܪܐ ܠܝܬ ܡܟܝܠ ܕܒܚܬܐ ܕܬܬܩܪܒ ܚܠܦ ܚܛܗܐ ܀
27यदि हामी सधैँ पापकर्ममा लागि रह्यौं भने, हामीले एउटा भयंकर निर्णय र भयंकर अग्निलाई र्पखिनु पर्नेछ जसले परमेश्वरका विरोधमा भएकाहरूलई नष्ट गर्नेछ।
27ܐܠܐ ܥܬܝܕ ܗܘ ܕܝܢܐ ܕܚܝܠܐ ܘܛܢܢܐ ܕܢܘܪܐ ܕܐܟܠ ܠܒܥܠܕܒܒܐ ܀
28यदि कसैले मोशाको व्यवस्थालाई अस्वीकार गरे उ दुइ वा तीन साक्षीहरूको प्रमाणको आधारमा दोषी ठहरिन्थ्यो। उसलाई क्षमा दिईंदैन थियो तर उसलाई मृत्युदण्ड दिइन्थो।
28ܐܢ ܓܝܪ ܐܝܢܐ ܕܥܒܪ ܥܠ ܢܡܘܤܐ ܕܡܘܫܐ ܥܠ ܦܘܡ ܬܪܝܢ ܘܬܠܬܐ ܤܗܕܝܢ ܕܠܐ ܪܚܡܝܢ ܡܐܬ ܀
29जसले परमेश्वरका पुत्रलाई हेला गर्छ र नयाँ करारको रगतलाई आदर गर्दैन र जसले अनुग्रहको आत्मालाई अपमान गर्छ त्यस्ता मानिसलाई तिमीहरू के संझन्छौ? त्यस मानिसले निश्चय नै खुबै कठोर दण्ड पाउनेछ। त्यस रगतले उसलाई पवित्र बनाएको थियो।
29ܟܡܐ ܤܒܪܝܢ ܐܢܬܘܢ ܝܬܝܪܐܝܬ ܡܤܡ ܒܪܫܐ ܢܩܒܠ ܐܝܢܐ ܕܕܫܗ ܠܒܪܗ ܕܐܠܗܐ ܘܚܫܒ ܕܡܐ ܕܕܝܬܩܐ ܕܝܠܗ ܐܝܟ ܕܟܠܢܫ ܕܒܗ ܐܬܩܕܫ ܘܨܥܪ ܠܪܘܚܐ ܕܛܝܒܘܬܐ ܀
30हामी जान्दछौं कि परमेश्वरले भन्नु भयो, “म मानिसहरूलाई तिनका गल्ती कामहरूका निम्ति दण्ड दिनेछु। म तिनीहरूलाई तिनका कामको प्रतिफल दिनेछु।” परमेश्वरले यसो पनि भन्नुभयो, “परमप्रभुले आफ्ना मानिसहरूलाई न्याय गर्नुहुनेछ।”
30ܝܕܥܝܢܢ ܠܗܘ ܕܐܡܪ ܕܕܝܠܝ ܗܝ ܬܒܥܬܐ ܘܐܢܐ ܐܦܪܘܥ ܘܬܘܒ ܕܢܕܘܢ ܡܪܝܐ ܠܥܡܗ ܀
31जीवित परमेश्वरको हातमा पर्नु पापीलाई डरलाग्दो कुरो हो।
31ܕܚܠܬܐ ܗܝ ܪܒܬܐ ܠܡܦܠ ܒܐܝܕܘܗܝ ܕܐܠܗܐ ܚܝܐ ܀
32ती दिनसम्म जब प्रथम पल्ट तिमीहरूले सत्यको शिक्षा पाएका थियौ। तिमीहरूले ठूलो संर्घष गर्नु परेका थियो र धेरै दुख खप्नु परेको थियो, तर तिमीहरू दृढ नै रह्यौ।
32ܐܬܕܟܪܘ ܗܟܝܠ ܠܝܘܡܬܐ ܩܕܡܝܐ ܗܢܘܢ ܕܒܗܘܢ ܩܒܠܬܘܢ ܡܥܡܘܕܝܬܐ ܘܐܓܘܢܐ ܪܒܐ ܤܝܒܪܬܘܢ ܕܚܫܐ ܒܚܤܕܐ ܘܒܐܘܠܨܢܐ ܀
33कहिले-काही मानिसहरूले तिमीहरूलाई फोहोरी कुरा गरे अनि धेरैका अघि गाली गरे। अनि कहिले-काहीं यस्ता व्यवहार गरिएकाहरूलाई तिमीहरूले सघायौ।
33ܘܕܗܘܝܬܘܢ ܚܙܘܢܐ ܘܐܦ ܐܫܬܘܬܦܬܘܢ ܠܐܢܫܐ ܕܗܠܝܢ ܤܝܒܪܘ ܀
34हो तिमीहरूले त्यस्ता मानिसहरूलाई जेलमा सघायौ र तिनीहरूको दुखहरू बाँडयौ। अनि आफूसित भएको हरेक थोक हराउँदा पनि र्हषितै रह्यौ। तिमीहरू प्रसन्नै रह्यौ किनकि तिमीहरूसित केही थियो जो उत्तम छ र त्यो सदाकाल रहिरहने छ भन्ने जान्दथ्यौ।
34ܘܟܐܒ ܠܟܘܢ ܥܠ ܐܝܠܝܢ ܕܐܤܝܪܝܢ ܘܚܛܘܦܝܐ ܕܢܟܤܝܟܘܢ ܒܚܕܘܬܐ ܤܝܒܪܬܘܢ ܡܛܠ ܕܝܕܥܝܢ ܐܢܬܘܢ ܕܐܝܬ ܠܟܘܢ ܩܢܝܢܐ ܒܫܡܝܐ ܕܡܝܬܪ ܗܘ ܘܠܐ ܥܒܪ ܀
35यसर्थ उत्साह नहराऊ जुन तिमीहरूको अतीतमा थियो। तिम्रा उत्साहलाई प्रशस्त पुरस्कार दिइन्छ।
35ܠܐ ܗܟܝܠ ܬܘܒܕܘܢ ܓܠܝܘܬ ܐܦܐ ܕܐܝܬ ܠܟܘܢ ܕܥܬܝܕ ܠܗ ܐܓܪܐ ܤܓܝܐܐ ܀
36तिमीहरूलाई चाहिएको धैर्य हो। परमेश्वरले चाहनु भएको कुरो गरेपछि उहाँले वाचा गरेको कुरो तिमीहरूले पाउने छौं।
36ܡܤܝܒܪܢܘܬܐ ܗܘ ܓܝܪ ܡܬܒܥܝܐ ܠܟܘܢ ܕܬܥܒܕܘܢ ܨܒܝܢܐ ܕܐܠܗܐ ܘܬܤܒܘܢ ܡܘܠܟܢܐ ܀
37चाँडै नै, “जो आउनु हुँदैछ आउनुं नै हुनेछ। उहाँले विलम्ब गर्नु हुनेछैन।
37ܡܛܠ ܕܩܠܝܠ ܗܘ ܙܒܢܐ ܘܛܒ ܙܥܘܪ ܕܢܐܬܐ ܗܘ ܕܐܬܐ ܘܠܐ ܢܘܚܪ ܀
38जो मसित धर्मी छ उसको विश्वासको कारणले जीवन पाउने छ। तर यदि त्यस मानिसले भयले मुख फर्काउँछ भने म उसित प्रसन्न रहनेछैनँ।” हबकूक 23-4
38ܟܐܢܐ ܕܝܢ ܡܢ ܗܝܡܢܘܬܐ ܕܝܠܝ ܢܚܐ ܘܐܢ ܡܬܩܛܥܐ ܠܗ ܠܐ ܨܒܝܐ ܒܗ ܢܦܫܝ ܀
39तर हामी तिनीहरू मध्येका होइनौं जो डरले र्फकन्छन् न नष्ट भएकाछन्। होइन हामी त विश्वास भएका मानिसहरू हौं, र बचाइएका छौं। विश्वास
39ܚܢܢ ܕܝܢ ܠܐ ܗܘܝܢ ܕܩܘܛܥܐ ܕܡܘܒܠܐ ܠܐܒܕܢܐ ܐܠܐ ܕܗܝܡܢܘܬܐ ܕܡܩܢܝܐ ܠܢ ܢܦܫܢ ܀