Nepali

Syriac: NT

Hebrews

3

1यसैले तिमीहरू सबैले येशूको बारेमा सोच्नुपर्छ। परमेश्वरले येशूलाई हामी भएकहाँ पठाउनु भएको छ अनि उहाँ हाम्रा विश्वासका प्रधान पूजाहारी हुनुहुन्छ जुन विश्वास हामीले राखेका छौं। मेरा पवित्र दाज्यू-भाइ, दिदी-बहिनीहरूलाई म भन्छु! तिमीहरू परमेश्वरबाट बोलाइएकाहरू हौ।
1ܡܟܝܠ ܐܚܝ ܩܕܝܫܐ ܕܐܬܩܪܝܬܘܢ ܒܩܪܝܢܐ ܕܡܢ ܫܡܝܐ ܚܙܐܘܗܝ ܠܗܢܐ ܫܠܝܚܐ ܘܪܒ ܟܘܡܪܐ ܕܬܘܕܝܬܢ ܝܫܘܥ ܡܫܝܚܐ ܀
2परमेश्वरले येशूलाई हाम्रो माझमा पठाउनुभयो अनि उहाँलाई प्रधान पूजाहारी बनाउनुभयो। येशू पनि मोशा जस्तै परमेश्वरप्रति विश्वासी हुनुहुन्थ्यो। मोशाले ती सबै कामहरू गर्नुभयो जुन परमेश्वरले आफ्ना घरमा गर्न चाहनु हुन्थ्यो।
2ܕܡܗܝܡܢ ܠܡܢ ܕܥܒܕܗ ܐܝܟ ܡܘܫܐ ܒܟܠܗ ܒܝܬܗ ܀
3यदि कसैले घर बनाउँछ तब मानिसहरूले घरलाई भन्दा घर बनाउनेलाई बढी आदर गर्छन्। त्यसै गरी मोशालाई भन्दा येशूलाई बढता आदरको अधिकारी मान्नुपर्छ।
3ܤܓܝܐܐ ܗܝ ܓܝܪ ܬܫܒܘܚܬܗ ܕܗܢܐ ܛܒ ܡܢ ܕܡܘܫܐ ܐܝܟܢܐ ܕܤܓܝ ܐܝܩܪܐ ܕܒܢܝܗ ܕܒܝܬܐ ܛܒ ܡܢ ܒܢܝܢܗ ܀
4हरेक घर कुनै मानिसद्वारा बनाइन्छ। तर परमेश्वरले सबै थोक बनाउनुभयो।
4ܟܠ ܒܝܬܐ ܓܝܪ ܡܢ ܐܢܫ ܗܘ ܡܬܒܢܐ ܗܘ ܕܝܢ ܕܒܢܐ ܟܠ ܐܠܗܐ ܗܘ ܀
5परमेश्वरको घरमा मोशा एउटा विश्वासनीय दास जस्तो थिए। उनले मानिसहरूलाई ती कुराहरू बताए जुन भविष्यमा परमेश्वरले बताउने छन्।
5ܘܡܘܫܐ ܐܝܟ ܥܒܕܐ ܐܬܗܝܡܢ ܒܒܝܬܐ ܟܠܗ ܠܤܗܕܘܬܐ ܕܐܝܠܝܢ ܕܥܬܝܕܢ ܗܘܝ ܠܡܬܡܠܠܘ ܒܐܝܕܗ ܀
6तर परमेश्वरद्वारा संचालित घरमा ख्रीष्ट एउटा विश्वासनीय छोरो जस्तो हुनुहुन्छ। हामी विश्वासीहरू परमेश्वरको घर हौं। यदि हामी आफुमा भएको आशाप्रति निश्चिन्त र र्गवित रहिरह्यौं भने हामी परमेश्वरकै घर हौं।
6ܡܫܝܚܐ ܕܝܢ ܐܝܟ ܒܪܐ ܥܠ ܒܝܬܗ ܘܐܝܬܘܗܝ ܒܝܬܗ ܚܢܢ ܐܢ ܥܕܡܐ ܠܚܪܬܐ ܢܐܚܘܕ ܓܠܝܘܬ ܐܦܐ ܘܫܘܒܗܪܐ ܕܤܒܪܗ ܀
7त्यसैकारण पवित्र आत्मा भन्नहुन्छ “आज यदि तिमीहरूले परमेश्वरको आवाज सुन्यौ भने,
7ܡܛܠ ܕܐܡܪܬ ܪܘܚܐ ܕܩܘܕܫܐ ܕܝܘܡܢܐ ܐܢ ܒܩܠܗ ܬܫܡܥܘܢ ܀
8अतितमा जस्तै तिमीहरू हठधर्मी नबन, जतिबेला तिमीहरूले परमेश्वरको विरोधमा विद्रोह गरयौ। त्यसै बेला मरूभूमिमा परमेश्वरको परीक्षा लियौ।
8ܠܐ ܬܩܫܘܢ ܠܒܘܬܟܘܢ ܠܡܪܓܙܘܬܗ ܐܝܟ ܡܡܪܡܪܢܐ ܘܐܝܟ ܝܘܡܐ ܕܢܤܝܘܢܐ ܕܒܡܕܒܪܐ ܀
9चालिस र्वषसम्म मरूभूमिमा मैले के के गरें त्यो तिम्रा पिता-पुर्खाहरूले देखे। तर तिनीहरूले मेरो धैर्यको परीक्षा लिए।
9ܕܢܤܝܘܢܝ ܐܒܗܝܟܘܢ ܘܒܩܘ ܚܙܘ ܥܒܕܝ ܐܪܒܥܝܢ ܫܢܝܢ ܀
10त्यसैले म तिनीहरूसित रिसाएँ र मैले भनें ‘तिनीहरूका विचार सँधै गल्ती छन् तिनीहरूले कहिल्यै मेरो बाटो बुझेनन्।’
10ܡܛܠ ܗܢܐ ܡܐܢܬ ܠܝ ܒܕܪܐ ܗܘ ܘܐܡܪܬ ܕܥܡܐ ܗܘ ܕܛܥܐ ܠܒܗܘܢ ܘܗܢܘܢ ܠܐ ܝܕܥܘ ܐܘܪܚܬܝ ܀
11त्यसैले म रिसाएँ र शपथ लिएँ कि ‘तिनीहरूले कहिल्यै प्रवेश पाउने छैनन् र मसित विश्रान्ति पाउने छैनन्।”‘ भजनसंग्रह 65:7-11
11ܘܐܝܟ ܕܝܡܝܬ ܒܪܘܓܙܝ ܕܠܐ ܢܥܠܘܢ ܠܢܝܚܬܝ ܀
12त्यसकारण दाज्यु-भाइहरू र दिदी-बहिनीहरू, होशियार बस जसमा कि तिमीहरूमा कोही पापी नहोऊ, विश्वासलाई अस्वीकार नगरोस् र जीवित परमेश्वरलाई नछोडोस्।
12ܐܙܕܗܪܘ ܗܟܝܠ ܐܚܝ ܕܠܡܐ ܢܗܘܐ ܒܐܢܫ ܡܢܟܘܢ ܠܒܐ ܒܝܫܐ ܕܠܐ ܡܗܝܡܢ ܘܬܦܪܩܘܢ ܡܢ ܐܠܗܐ ܚܝܐ ܀
13तर हरेक दिन एक-अर्काको उत्साह बढाऊ। “आज” नै यो गर। एक अर्काको सहायता गर जसमा कि कोही पाप र यसको कपटपूर्ण तरिकाले कोही पनि कठोर नबनोस्।
13ܐܠܐ ܒܥܘ ܡܢ ܢܦܫܟܘܢ ܟܠܗܘܢ ܝܘܡܬܐ ܥܕܡܐ ܠܝܘܡܐ ܕܡܬܩܪܐ ܝܘܡܢܐ ܕܠܐ ܢܬܩܫܐ ܐܢܫ ܡܢܟܘܢ ܒܛܥܝܘܬܐ ܕܚܛܝܬܐ ܀
14हामी सबै ख्रीष्टका सहभागी छौं हामीले शुरूमा पाएको विश्वास अन्त सम्म थामिरह्यौं भने यो सत्य रहने छ।
14ܐܬܚܠܛܢ ܓܝܪ ܥܡ ܡܫܝܚܐ ܐܢ ܡܢ ܪܝܫܝܬܐ ܘܥܕܡܐ ܠܐܚܪܝܬܐ ܒܗ ܒܩܝܡܐ ܗܢܐ ܫܪܝܪܐ ܢܚܡܤܢ ܀
15धर्मशास्त्रले भनेको छ “यदि आज तिमीहरूले परमेश्वरको आवाज सुन्दछौ भने, अतीतमा जस्तै हठधर्मी नबन, जतिबेला तिमीहरूले परमेश्वरको विरोधमा विद्रोह गरेका थियौ।” भजनसंग्रह 95:7-8
15ܐܝܟܢܐ ܕܐܡܝܪ ܕܝܘܡܢܐ ܐܢ ܒܪܬ ܩܠܗ ܬܫܡܥܘܢ ܠܐ ܬܩܫܘܢ ܠܒܘܬܟܘܢ ܠܡܪܓܙܘܬܗ ܀
16ती को थिए जसले परमेश्वरको आवाज सुने र उहांको विरोधमा विद्रोह गरे? ती सबै मोशाद्वारा मिश्रबाट लगिएकाहरू थिए।
16ܡܢ ܐܢܘܢ ܓܝܪ ܗܢܘܢ ܕܫܡܥܘ ܘܐܪܓܙܘܗܝ ܠܐ ܟܠܗܘܢ ܗܠܝܢ ܕܢܦܩܘ ܡܢ ܡܨܪܝܢ ܒܝܕ ܡܘܫܐ ܀
17अनि परमेश्वर तिनीहरूसंग चालीस र्वष सम्म रिसाउनुभएको थियो? परमेश्वर तिनैहरूसित रिसाउनुभएको थियो जसले पाप गरे र जो मरूभूमिमा मरे।
17ܘܒܐܝܠܝܢ ܡܐܢܬ ܠܗ ܐܪܒܥܝܢ ܫܢܝܢ ܐܠܐ ܒܗܢܘܢ ܕܚܛܘ ܘܓܪܡܝܗܘܢ ܢܦܠܘ ܒܡܕܒܪܐ ܀
18अनि परमेश्वरले कसका बारेमा शपथ खानु भएको थियो जो प्रवेश र विश्राम नपाउनेहरू थिए? परमेश्वरले तिनैका बारेमा भन्नुहुँदैथ्यो जसले उहाँको आज्ञा मानेनन्।
18ܘܥܠ ܐܝܠܝܢ ܝܡܐ ܕܠܐ ܢܥܠܘܢ ܠܢܝܚܬܗ ܐܠܐ ܥܠ ܗܢܘܢ ܕܠܐ ܐܬܛܦܝܤܘ ܀
19यसकारण हामी बुझछौं कि अविश्वासको कारणले ती मानिसहरूलाई प्रवेश र परमेश्वरको विश्राम निषिद्ध थियो।
19ܘܚܙܝܢܢ ܕܠܐ ܐܫܟܚܘ ܠܡܥܠ ܡܛܠ ܕܠܐ ܗܝܡܢܘ ܀