Nepali

Syriac: NT

Psalms

29

1परमेश्वरका सन्तान हो, परमप्रभुको प्रशंसा गर। उहाँको महिमा र शक्तिको प्रशंसा गर।
2परमप्रभुको स्तुति गरौं र उहाँको नाउँको सम्मान गरौं। आफ्ना खास पोशाक लगाएर उहाँको उपासना गरौं।
3परमप्रभुले आफ्ना आवाज समुद्रमाथि उठाउनु हुन्छ। मेघको गर्जन समुद्रमाथि प्रतिध्वनि हुन्छ। यही नै महिमापूर्ण परमप्रभुको आवाज हो।
4परमप्रभुको आवाजले उहाँको शक्ति बुझाउँछ। उहाँको आवाजले आफ्नो महिमा दर्शाउँछ।
5परमप्रभुको आवाजले देवदारका रूखहरू पनि टुक्रा-टुक्रा पारेर भाँच्छ। परमप्रभुले लबनोनका ठूला-ठूला देवदारूको रूखहरू भाँच्नु हुन्छ।
6परमप्रभु लबनोनलाई हल्लाउनु हुन्छ। यो सानो साँढे उफ्रिरहेको झैं देखिन्छ। सिरिओन हल्लिन्छ। त्यो सानो बाख्रा नाच्दै गरे झैं देखिन्छ।
7परमप्रभुको आवाज बिजुलीको चमकसित हावाबाट बाहिरिन्छ।
8परमप्रभुको आवाजले मरूभूमि पनि चम्काई दिन्छ। कादेशको मरूभूमिलाई परमप्रभुको आवाजले थर्काई दिन्छ।
9परमप्रभुको आवाजले मृगलाई भयभीत पारिदिछ। परमप्रभुले जंङ्गलहरू ध्वंश पारिदिनु हुन्छ; तर उहाँको दरबारमा, मानिसहरू “महिमा” गाउँछन्।
10जम्मै बाढी आएको बेलामा परमप्रभु राजा हुनुहुन्थ्यो अनि सदा सर्वदको लागि राजा नै हुनुहुनेछ।
11परमप्रभुले उहाँका मानिसहरूलाई सुरक्षा गरून्। परमप्रभुले आफ्ना मानिसहरूलाई शान्तिले आशीर्वाद दिऊन्।