Nepali

Syriac: NT

Psalms

66

1हे पृथ्वीमा भएका प्रत्येकले, परमेश्वर प्रति आनन्द सहित चिच्याउँछ!
2उहाँको नाउँको महिमाको प्रशंसा गर! स्तुति-गानहरूले उहाँको सम्मान गर!
3उहाँको कार्यहरू कति अदूभूतपूर्ण छन् भन! परमेश्वर, तपाईंको शक्ति महान् छ। तपाईंका शत्रुहरू झुक्दछन्। तिनीहरू तपाईंसँग डराउँदछू!
4सारा पृथ्वीले तपाईंको उपासना गरून, प्रत्येकले तपाईंको नाउँको स्तुति-गान गरून्।
5परमेश्वरले गर्नु भएको कामहरू हेर! ती कुराहरूले हामीलाई छक्क पार्छ।
6परमेश्वरले सुक्खा धर्तीमा समुद्र बनाउनु भयो। उहाँका सुखी भक्तजनहरूले हिंडेर नदी पार गरे।
7परमेश्वरले आफ्ना महान् शक्तिद्वारा संसार चलाउनु हुन्छ, उहाँले मानिसहरूलाई चारैतिर विचार्नु हुन्छ। कोही पनि उहाँको विरूद्धमा जान सक्तैनन्।
8हे जातिहरू हो! हाम्रा परमेश्वरको गुण-गान गर। ठूलो स्वरले उहाँको गुण-गान गर।
9मानिसहरूलाई जीवन दिनु भयो। अनि हाम्रो रक्षा उहाले गर्नुभयो।
10मानिसहरूले चाँदीलाई आगोले खारे जस्तै, परमेश्वरले हाम्रो मन जाँन्नुभयो।
11हे परमेश्वर, तपाईंले हामीलाई पासोमा पार्नु भयो। तपाईंले हामीलाई गह्रौं भारी बोकाउनु भयो।
12तपाईंले आगो र पानी माथिबाट टाउको समातेर हामीलाई तान्नु भयो, तैपनि तपाईंले हामीहरूलाई आश्चर्यचकित पार्नु भएकोछ।
13[This verse may not be a part of this translation]
14[This verse may not be a part of this translation]
15म तपाईंलाई पापमय बलिहरू अर्पण गर्नेछु, म तपाईंलाई भेंडाहरू सहित धूपहरू चढाउँने छु, म साँढेहरू र बाख्राहरू चढाउने छु।
16तिमीहरू सबैले परमेश्वरको उपासना गरिरहने छौ। आऊ, अनि म तिमीहरूलाई भन्ने छु परमेश्वरले मेरो निम्ति के गर्नुभयो।
17मैले उहाँलाई प्रार्थना गरें, र मेरो जिब्रोबाट उहाँको गुणगान गरें।
18मेरो हृदय शुद्ध थियो, यसैले मेरो स्वामीले मलाई सुन्नुभयो।
19परमेश्वरले मलाई सुन्नुभयो। परमेश्वरले मेरो प्रार्थना सुन्नुभयो।
20परमेश्वरको प्रशंसा गर! परमेश्वर मबाट विमुख हुनु भएन, उहाँले मेरो प्रर्थाना सुन्नुभयो। उहाँले आफ्नो प्रेम मलाई दर्शाउनु भयो।