Nepali

Syriac: NT

Romans

11

1तब मैले सोधें, “के परमेश्वरले आफ्ना मानिसहरूलाई फालिदिनु भयो त?” त्यसो होइन! म स्वयं एक इस्राएली हुँ। म अब्राहामको परिवारको हुँ। म बिन्यामीनको कुलको हुँ।
1ܐܠܐ ܐܡܪ ܐܢܐ ܕܠܡܐ ܕܚܩܗ ܐܠܗܐ ܠܥܡܗ ܚܤ ܐܦ ܐܢܐ ܓܝܪ ܡܢ ܐܝܤܪܝܠ ܐܢܐ ܡܢ ܙܪܥܗ ܕܐܒܪܗܡ ܡܢ ܫܪܒܬܐ ܕܒܢܝܡܝܢ ܀
2तिनीहरू जन्मनु भन्दा पहिलेनै परमेश्वरले इस्राएलहरूलाई आफ्नो मानिसको रूपमा चुन्नु भएको थियो। अनि परमेश्वरले ती मानिसहरूलाई निकालेर फ्याँकनु भएन। निःसन्देह, तिमीहरू जान्दछौ धर्मशास्त्रले एलियाको बारेमा कथा भन्छ। धर्मशास्त्रले भन्छ, एलियाले परमेश्वरलाई इस्राएलका मानिसहरूको विरुद्धमा यसप्रकारले प्रार्थना गरिरहेका थिए,
2ܠܐ ܕܚܩ ܐܠܗܐ ܠܥܡܗ ܐܝܢܐ ܕܡܢ ܩܕܝܡ ܝܕܝܥ ܗܘܐ ܠܗ ܐܘ ܠܐ ܝܕܥܝܢ ܐܢܬܘܢ ܒܟܬܒܐ ܕܐܠܝܐ ܡܢܐ ܐܡܪ ܟܕ ܩܒܠ ܗܘܐ ܠܐܠܗܐ ܥܠ ܐܝܤܪܝܠ ܘܐܡܪ ܀
3“परमप्रभु, मानिसहरूले तपाईंका अगमवक्ताहरूलाई मारे। अनि तपाईंका वेदीहरू सबै भत्काई दिए। म मात्र एकजना अगमवक्ता अझ बाँचिरहेछु। अनि मानिसहरू मलाई मार्न खोजिरहेछन्।”
3ܡܪܝ ܠܢܒܝܝܟ ܩܛܠܘ ܘܠܡܕܒܚܝܟ ܤܚܦܘ ܘܐܢܐ ܗܘ ܒܠܚܘܕܝ ܐܫܬܚܪܬ ܘܒܥܝܢ ܠܢܦܫܝ ܀
4तर परमेश्वरले एलियालाई कस्तो उत्तर दिनुभयो? उहाँले भनन्नुभयो, “मैले अझ सम्म मलाई पुज्न सात हजार मानिसहरू राखेकोछु। ती सात हजार मानिसहरूले बाललाई पुजेनन्।”
4ܘܐܬܐܡܪ ܠܗ ܒܓܠܝܢܐ ܕܗܐ ܫܒܩܬ ܠܢܦܫܝ ܫܒܥܐ ܐܠܦܝܢ ܓܒܪܝܢ ܐܝܠܝܢ ܕܥܠ ܒܘܪܟܝܗܘܢ ܠܐ ܒܪܟܘ ܘܠܐ ܤܓܕܘ ܠܒܥܠܐ ܀
5यस्तै प्रकारले, परमेश्वरको अनुग्रहले चुनिएका अहिले पनि इस्राएलमा कतिपय मानिसहरू छन्।
5ܗܟܢܐ ܐܦ ܒܗܢܐ ܙܒܢܐ ܫܪܟܢܐ ܗܘ ܐܫܬܚܪ ܒܓܒܝܬܐ ܕܛܝܒܘܬܐ ܀
6अनि यो परमेश्वरको अनुग्रहकै फल हो भने, त्यो मानिसहरूको कामको फल होइन। नत्र भने परमेश्वरको अनुग्रह नै रहने थिएन।
6ܐܢ ܕܝܢ ܒܛܝܒܘܬܐ ܠܐ ܗܘܐ ܡܢ ܥܒܕܐ ܘܐܢ ܠܐ ܛܝܒܘܬܐ ܠܐ ܐܝܬܝܗ ܛܝܒܘܬܐ ܐܢ ܕܝܢ ܒܥܒܕܐ ܠܐ ܗܘܐ ܡܢ ܛܝܒܘܬܐ ܘܐܢ ܠܐ ܥܒܕܐ ܠܐ ܐܝܬܘܗܝ ܥܒܕܐ ܀
7यसैले त्यो यस्तो हुन गयोः इस्राएलका मानिसहरूले धर्मी बन्ने कोशिश गरे। तर ती सफल बनिन सकेनन्। तर परमेश्वरले चुन्नु भएका मानिसहरू भने धर्मी बनिए। अरू मानिसहरू कठोर थिए र परमेश्वरको कुरा सुन्न चाहेनन्।
7ܡܢܐ ܗܟܝܠ ܗܝ ܕܒܥܐ ܗܘܐ ܐܝܤܪܝܠ ܠܐ ܐܫܟܚ ܓܒܝܬܐ ܕܝܢ ܐܫܟܚܬ ܫܪܟܗܘܢ ܕܝܢ ܐܬܥܘܪܘ ܒܠܒܗܘܢ ܀
8जस्तो धर्मशास्त्रमा लेखिएको छः “परमेश्वरले मानिसहरूका इन्द्रियलाई चेतनाहीन बनाइदिनु भयो।” यशैया 29:10 “परमेश्वरले तिनीहरूका आँखा बन्द गरिदिनु भयो ताकि तिनीहरूले देख्न नसकून। उहाँले तिनिहरूका कान बन्द गरिदिनु भयो ताकि तिनीहरूले सुन्न नसकून्। अझसम्म त्यही भइरहेछ।” व्यवस्था 29:4
8ܐܝܟܢܐ ܕܟܬܝܒ ܕܝܗܒ ܠܗܘܢ ܐܠܗܐ ܪܘܚܐ ܡܕܥܪܢܝܬܐ ܘܥܝܢܐ ܕܠܐ ܢܒܚܪܘܢ ܒܗܝܢ ܘܐܕܢܐ ܕܠܐ ܢܫܡܥܘܢ ܥܕܡܐ ܠܝܘܡܐ ܕܝܘܡܢܐ ܀
9अनि दाउद भन्छन् “तिनीहरूका भोजहरूमा, तिनीहरू पासोमा परून् र पक्राउ खाऊन्। तिनीहरूले ठोक्कर खाउन् र ती लडून्, तिनीहरू दण्डित होऊन्।
9ܘܕܘܝܕ ܬܘܒ ܐܡܪ ܢܗܘܐ ܦܬܘܪܗܘܢ ܩܕܡܝܗܘܢ ܠܦܚܐ ܘܦܘܪܥܢܗܘܢ ܠܬܘܩܠܬܐ ܀
10तिनीहरूका आखा बन्द रहुन्, तब ती देख्न सक्दैनन्। अनि ती सदा कष्टमा परिरहुन्।” भजनसंग्रह 69:22-23
10ܢܚܫܟܢ ܥܝܢܝܗܘܢ ܕܠܐ ܢܚܙܘܢ ܘܚܨܗܘܢ ܒܟܠܙܒܢ ܢܗܘܐ ܟܦܝܦ ܀
11त्यसैले म सोध्छु जब यहूदीहरूले ठोक्कर खाए, त्यस ठोक्करले के ती ध्वंश भए? भएनन्। तिनीहरूको गल्तीले गैर-यहूदीहरूलाई मुक्ति प्रदान गर्‌यो र यहूदीहरूलाई इर्ष्यालु बनायो।
11ܐܡܪ ܐܢܐ ܕܝܢ ܕܠܡܐ ܐܬܬܩܠܘ ܐܝܟ ܕܢܦܠܘܢ ܚܤ ܐܠܐ ܒܬܘܩܠܬܗܘܢ ܕܝܠܗܘܢ ܗܘܘ ܚܝܐ ܠܥܡܡܐ ܠܛܢܢܗܘܢ ܀
12यहूदीहरूको ठोक्करले संसारलाई ठूलो आशिष ल्याएको छ, अनि तिनीहरूले जे गुमाए त्यसले गैर-यहूदीहरूलाई ठूलो आशिष ल्याएको छ। यसकारण कल्पना गर परमेश्वरले तिनीहरूलाई जस्तो हुनु चाहनुहुन्छ तो त्यस्तै भइदिए संसारले कति महान् आशिष पाउने थियो!
12ܘܐܢ ܬܘܩܠܬܗܘܢ ܗܘܬ ܥܘܬܪܐ ܠܥܠܡܐ ܘܚܝܒܘܬܗܘܢ ܥܘܬܪܐ ܠܥܡܡܐ ܟܡܐ ܗܟܝܠ ܫܘܡܠܝܗܘܢ ܀
13अब म तिमीहरूसँग बोलिरहेछु जो यहूदीहरू होइनौ। म गैर-यहूदीहरूको प्रेरित हुँ। यसैले जति बेला मसँग त्यो कर्म हुन्छ, म यथासक्य असल गर्छु।
13ܠܟܘܢ ܕܝܢ ܐܡܪ ܐܢܐ ܠܥܡܡܐ ܐܢܐ ܕܐܝܬܝ ܫܠܝܚܐ ܕܥܡܡܐ ܠܬܫܡܫܬܝ ܡܫܒܚ ܐܢܐ ܀
14म आशा गर्छु कि म आफ्नै मानिसहरूलाई इर्ष्यालु बनाउन सक्छु। त्यस्तै प्रकारले म आशा गर्छु म तिनीहरूमा कतिपयलाई उद्धार गर्न सक्छु।
14ܕܠܡܐ ܐܛܢ ܠܒܢܝ ܒܤܪܝ ܘܐܚܐ ܐܢܫܝܢ ܡܢܗܘܢ ܀
15परमेश्वर यहूदीहरूसंग रिसाउनु भनेको उहाँ संसारका अन्य मानिसहरूको मित्र बन्नुभयो भनेको हो। त्यसैले कल्पना गर, परमेश्वरले यहूदीहरूलाई पुनः स्वीकार गर्नु भयो भने के होला? त्यसले मृत्युपछि जीवन ल्याउँनेछ।
15ܐܢ ܓܝܪ ܡܤܬܠܝܢܘܬܗܘܢ ܬܪܥܘܬܐ ܠܥܠܡܐ ܗܘܬ ܟܡܐ ܗܟܝܠ ܦܘܢܝܗܘܢ ܐܠܐ ܚܝܐ ܕܡܢ ܒܝܬ ܡܝܬܐ ܀
16यदि रोटीको पहिलो टुक्रा परमेश्वरलाई अर्पण गरे, जम्मै रोटी पवित्र हुन्छ। यदि एउटा रूखका जराहरू पवित्र छन् भने त्यसका हाँगाहरू पनि पवित्र हुनेछन्।
16ܘܐܢ ܕܝܢ ܪܫܝܬܐ ܩܕܝܫܐ ܐܦ ܓܒܝܠܬܐ ܘܐܢ ܥܩܪܐ ܩܕܝܫ ܗܘ ܐܦ ܤܘܟܐ ܀
17भद्रक्षको रूखको केही हाँगाहरू भाँचिएका थिए। अनि जंङ्गली भद्राक्षको हाँगा (जस्तो गैर-यहूदी) तिमीहरू त्यस भद्राक्षको हाँगाहरूमा कलमी बाँधिएकाहरू थियौ। अब त्यसै भद्राक्ष रूखको शक्ति र जीवनको साझेदारी तिमीहरूले गर्नेछौ।
17ܘܐܢ ܡܢ ܤܘܟܐ ܐܬܦܫܚ ܘܐܢܬ ܕܙܝܬܐ ܐܢܬ ܕܒܪܐ ܐܬܛܥܡܬ ܒܕܘܟܝܬܗܝܢ ܘܗܘܝܬ ܫܘܬܦܐ ܠܥܩܪܗ ܘܠܫܘܡܢܗ ܕܙܝܬܐ ܀
18यसैले भाँचिएका हाँगाहरू भन्दा ठूला बन्ने घमण्ड नगर। तिमीहरूले घमण्ड गर्ने कुनै कारण छैन। किन? तिमीहरूले त्यो जरामा प्राण भर्दैनौं। त्यो जराले पो तिमीहरूलाई प्राण दिन्छ।
18ܠܐ ܬܫܬܒܗܪ ܥܠ ܤܘܟܐ ܐܢ ܕܝܢ ܡܫܬܒܗܪ ܐܢܬ ܠܐ ܗܘܐ ܐܢܬ ܫܩܝܠ ܠܗ ܠܥܩܪܐ ܐܠܐ ܗܘ ܥܩܪܐ ܫܩܝܠ ܠܟ ܀
19तिमीहरूले भन्नेछौ, “हागाँहरू भाँचिएर गए जसमा कि म रूखमा कलमी बनाउन सकूँ।”
19ܘܟܒܪ ܬܐܡܪ ܕܤܘܟܐ ܕܐܬܦܫܚ ܕܐܢܐ ܒܕܘܟܝܬܗܝܢ ܐܬܛܥܡ ܀
20त्यो सत्य हो। ती हाँगाहरू भाँचिएका थिए किनभने तिनीहरूले विश्वास गरेनन्। अनि तिमीहरू आफ्नो विश्वासको कारणले त्यस रूखमा ठाउँ पाउँछौ। घमण्डी नबन तर नम्र बन।
20ܫܦܝܪ ܗܠܝܢ ܡܛܠ ܕܠܐ ܗܝܡܢ ܐܬܦܫܚ ܐܢܬ ܕܝܢ ܒܗܝܡܢܘܬܐ ܩܡܬ ܠܐ ܬܬܪܝܡ ܒܪܥܝܢܟ ܐܠܐ ܕܚܠ ܀
21परमेश्वरले प्राकृतिक हाँगाहरूलाई नजोगाए जस्तै यदि तिमीहरूले विश्वास गरिरहेनौ भने उहाँले तिमीहरूलाई जोगाउनु हुने छैन।
21ܐܢ ܐܠܗܐ ܓܝܪ ܥܠ ܤܘܟܐ ܕܡܢ ܟܝܢܗܝܢ ܠܐ ܚܤ ܕܠܡܐ ܐܦܠܐ ܥܠܝܟ ܢܚܘܤ ܀
22यसकारण बुझ, परमेश्वर कति दयालु हुनुसक्नु हुन्छ, तर साथै बुझ, परमेश्वर कठोर पनि हुन सक्नुहुन्छ, जसले परमेश्वरको बाटो पछ्याउन छाड्छ उसित उहाँ कठोर हुनुहुन्छ। तर तिमी उहाँका दयाभित्र रहिरह्यौ भने परमेश्वर दयालु हुनुहुन्छ। तर तिमीले त्यसो गरेनौ भने तिमी रूखका हाँगाहरू काटिए झौं, काटिने छौ।
22ܚܙܝ ܗܟܝܠ ܒܤܝܡܘܬܗ ܘܩܫܝܘܬܗ ܕܐܠܗܐ ܥܠ ܐܝܠܝܢ ܕܢܦܠܘ ܩܫܝܘܬܐ ܥܠܝܟ ܕܝܢ ܒܤܝܡܘܬܐ ܐܢ ܬܩܘܐ ܒܗ ܒܒܤܝܡܘܬܐ ܘܐܢ ܠܐ ܐܦ ܐܢܬ ܬܬܦܫܚ ܀
23अनि यदि यहूदीहरूले परमेश्वरमा फेरि विश्वास राख्न थाले, परमेश्वरले तिनीहरूलाई फेरि ग्रहण गर्नुहुनेछ। परमेश्वरमा तिनीहरूलाई फेरि फर्काई ल्याउने क्षमता छ जहाँ तिनीहरू पहिले थिए
23ܘܗܢܘܢ ܐܢ ܠܐ ܢܩܘܘܢ ܒܚܤܝܪܘܬ ܗܝܡܢܘܬܗܘܢ ܐܦ ܗܢܘܢ ܢܬܛܥܡܘܢ ܡܫܟܚ ܓܝܪ ܐܠܗܐ ܕܬܘܒ ܢܛܥܡ ܐܢܘܢ ܀
24एउट असल भद्राक्षको रूखमा जंगली भद्राक्ष का हाँगाहरू कलम सार्नु प्राकृति कुरो होइन। तर तिमी गैर-यहूदीहरू जगंली भद्राक्ष रूखका हाँगाहरू जस्ता हून्। यसकारण निःसन्देह तिनीहरू मूल रूखमा कलमी सार्न सकिन्छ।
24ܐܢ ܓܝܪ ܐܢܬ ܕܡܢ ܙܝܬܐ ܐܢܬ ܕܒܪܐ ܗܘ ܕܒܟܝܢܟ ܐܬܦܫܚܬ ܘܕܠܐ ܒܟܝܢܟ ܐܬܛܥܡܬ ܒܙܝܬܐ ܛܒܐ ܟܡܐ ܗܟܝܠ ܗܢܘܢ ܐܢ ܢܬܛܥܡܘܢ ܒܙܝܬܐ ܕܟܝܢܗܘܢ ܀
25दाज्यु-भाइहरू र दिदी-बहिनीहरू, म तिमीहरूलाई यो गुप्त कुरा बताउन चाहन्छु। यसले तिमीहरूलाई नबुझेका सबै कुराहरू बुझ्नमा सहयोग गर्नेछ। सत्य यो होः इस्राएलको एउटा भाग हठी भयो। तर त्यो परिवर्तन हुन सक्नेछ जब प्रशस्त अयहूदीहरू परमेश्वरकहाँ आउँदछन्।
25ܨܒܐ ܐܢܐ ܓܝܪ ܕܬܕܥܘܢ ܐܚܝ ܐܪܙܐ ܗܢܐ ܕܠܐ ܬܗܘܘܢ ܚܟܝܡܝܢ ܒܪܥܝܢ ܢܦܫܟܘܢ ܕܥܘܝܪܘܬ ܠܒܐ ܡܢ ܐܬܪ ܩܠܝܠ ܗܘܬ ܠܐܝܤܪܝܠ ܥܕܡܐ ܕܢܥܘܠ ܡܘܠܝܐ ܕܥܡܡܐ ܀
26अनि त्यसै गरी सारा इस्राएलीहरूलाई बचाइनेछ। यो धर्मशास्त्रमा लेखिएको छः “उद्धारक सियोनबाट आउनु हुनेछ, उहाँले याकूबका परिवारबाट दुष्ट्याइँ हटाउनुहुनेछ
26ܘܗܝܕܝܢ ܟܠܗ ܐܝܤܪܝܠ ܢܚܐ ܐܝܟܢܐ ܕܟܬܝܒ ܕܢܐܬܐ ܡܢ ܨܗܝܘܢ ܦܪܘܩܐ ܘܢܗܦܟ ܥܘܠܐ ܡܢ ܝܥܩܘܒ ܀
27अनि म तिनीहरूसँग यो वाचा गर्नेछु, जब तिनीहरूका पापहरू म हरण गर्नेछु।” यशैया 59:20-21, 27:9
27ܘܗܝܕܝܢ ܬܗܘܐ ܠܗܘܢ ܕܝܬܩܐ ܗܝ ܕܡܢ ܠܘܬܝ ܡܐ ܕܫܒܩܬ ܠܗܘܢ ܚܛܗܝܗܘܢ ܀
28यहूदीहरू सुसमाचार ग्रहण गर्न अस्वीकार गर्छन्, यसकारण तिनीहरू परमेश्वरका शत्रुहरू हुन्। यो तिमी गैर-यहूदीहरूलाई सहायता गर्नको लागि भएको हो। तर तिनीहरू चुनिएका मानिसहरू हुनाको कारण परमेश्वरले अझ पनि प्रेम गर्नुहुन्छ। किनभने तिनीहरूका पिताहरूलाई वचन दिनुभएको थियो।
28ܒܐܘܢܓܠܝܘܢ ܕܝܢ ܒܥܠܕܒܒܐ ܐܢܘܢ ܡܛܠܬܟܘܢ ܘܒܓܒܝܘܬܐ ܚܒܝܒܝܢ ܐܢܘܢ ܡܛܠ ܐܒܗܬܐ ܀
29परमेश्वरले मानिसहरूलाई आफूले दिनुहुने उपहारको बारेमा अनि आफ्नो बोलावटको बारेमा आफ्नो मन परिवर्तन गर्नुहुने छैन।
29ܠܐ ܓܝܪ ܗܦܟܐ ܐܠܗܐ ܒܡܘܗܒܬܗ ܘܒܩܪܝܢܗ ܀
30एक समयमा तिमीहरूले परमेश्वरलाई मान्न अस्वीकार गरेका थियौ। तर अहिले तिमीहरूले परमेश्वरको कृपा पायौ कारण तिनीहरूले आज्ञा पालन गर्न मानेनन्।
30ܐܝܟܢܐ ܓܝܪ ܕܐܦ ܐܢܬܘܢ ܠܐ ܡܬܛܦܝܤܝܢ ܗܘܝܬܘܢ ܠܐܠܗܐ ܡܢ ܩܕܝܡ ܘܗܫܐ ܐܬܚܢܢܬܘܢ ܡܛܠ ܠܐ ܡܬܛܦܝܤܢܘܬܗܘܢ ܕܗܢܘܢ ܀
31अनि अहिले तिनीहरूले परमेश्वरको आज्ञा पालन गर्न अस्वीकार गर्छन् किनभने परमेश्वरले तिनीहरू प्रति कृपा दर्शाउनुभयो। तिनीहरूले पनि परमेश्वरबाट कृपा प्राप्त गरून् भनि त्यसो भएको थियो।
31ܗܟܢܐ ܐܦ ܗܠܝܢ ܠܐ ܐܬܛܦܝܤܘ ܗܫܐ ܠܪܚܡܐ ܕܥܠܝܟܘܢ ܕܐܦ ܥܠܝܗܘܢ ܢܗܘܘܢ ܪܚܡܐ ܀
32सबै मानिसहरू अवज्ञाको कारागारमा यसकारण थुनिएका छन् कि परमेश्वरको कृपा सबैमा पुग्न सकोस्।
32ܚܒܫ ܓܝܪ ܐܠܗܐ ܠܟܠܢܫ ܒܠܐ ܡܬܛܦܝܤܢܘܬܐ ܕܥܠ ܟܠ ܐܢܫ ܢܪܚܡ ܀
33हो, परमेश्वरको एश्वर्यको सीमा छैन! उहाँको ज्ञान र बुद्धिको कुनै अन्त छैन! कसैले पनि परमेश्वरले गर्नुभएको निर्णयको व्याख्या गर्न सक्तैन। कसैले पनि परमेश्वरको बाटोहरू बुझ्दैन।
33ܐܘ ܥܘܡܩܐ ܕܥܘܬܪܐ ܘܚܟܡܬܐ ܘܡܕܥܐ ܕܐܠܗܐ ܕܐܢܫ ܠܐ ܡܫ ܕܝܢܘܗܝ ܘܐܘܪܚܬܗ ܠܐ ܡܬܥܩܒܢ ܀
34जस्तो धर्मशास्त्रमा लेखिएको छः “परमप्रभुको मन कसले जान्दछ? उहाँलाई सल्लाह कसले दिनेछ?” यशैया 40:13
34ܡܢܘ ܓܝܪ ܝܕܥ ܪܥܝܢܗ ܕܡܪܝܐ ܐܘ ܡܢܘ ܗܘܐ ܠܗ ܒܥܠ ܡܠܟܐ ܀
35“कसैले कहिल्यै परमेश्वरलाई केही उपहार दिएको छ? जसमा कि बदलीमा परमेश्वरले पनि उसलाई उपहार दिनु परोस्।” अय्यूब 41:11
35ܘܡܢܘ ܩܕܡ ܝܗܒ ܠܗ ܘܟܢ ܢܤܒ ܡܢܗ ܀
36हो, परमेश्वरले सबै थोक सृजना गर्नुभयो। सबै कूरा उहाँकै कारणले र उनैका निम्ति चलिरहेछ। परमेश्वरको महीमा रहिरहोस्! आमिन।
36ܡܛܠ ܕܟܠ ܡܢܗ ܘܟܠ ܒܗ ܘܟܠ ܒܐܝܕܗ ܕܠܗ ܬܫܒܚܢ ܘܒܘܪܟܢ ܠܥܠܡ ܥܠܡܝܢ ܐܡܝܢ ܀