1यो अमोसको छोरो यशैयाको दर्शन हो। जुन कुराहरू यहूदा र यरूशलेममा हुन आउने थिए। परमेश्वरले ती कुराहरू यशैयालाई देखाउनु भयो। यशैयाले ती दर्शनहरू उज्जियाह योतम, आहाज अनि हिजकियाह यहूदाका राजाहरू भएका समयमा देखे।
1Yahuda kralları Uzziya, Yotam, Ahaz ve Hizkiya zamanında Amots oğlu Yeşayanın Yahuda ve Yeruşalimle ilgili görümü:
2हे, आकाश र पृथ्वी परमप्रभुको कुरालाई ध्यान लगाएर सुन! परमप्रभु भन्नु हुन्छ, “मैले मेरा नानीहरूलाई पालन-पोषण गरें। मैले तिनीहरूलाई हुर्काएँ, बढाएँ तर तिनीहरू नै मेरो विरोधी भए।
2Ey gökler dinleyin, ey yeryüzü kulak ver!Çünkü RAB konuşuyor:‹‹Çocuklar yetiştirip büyüttüm,Ama bana başkaldırdılar.
3गोरूले आफ्नो मालिकलाई चिन्छ अनि गधा आफ्नो स्वामीले दाना दिने डुँड कहाँ छ जान्दछ। तर इस्राएलका मानिसहरूले मलाई चिन्दैनन्। मेरै मानिसहरूले मलाई बुझ्दैनन्।”
3Öküz sahibini, eşek efendisinin yemliğini bilir,Ama İsrail halkı bu kadarını bile bilmiyor,Halkım anlamıyor.››
4इस्राएल राष्ट्र नै दोष पूर्णछ। यो दोष मानिसहरूले बोक्नु पर्ने गह्रौगो भारी जस्तो छ। ती मानिसहरू पापी परिवारहरूबाट जन्मिएका दुष्ट नानीहरू हुन्। तिनीहरूले परमप्रभुलाई छाडे। तिनीहरूले इस्राएलका पवित्र परमप्रभुको अपमान गरे। तिनीहरूले उहाँलाई त्यागे र उहाँलाई विदेशी जस्तो व्यवहार गरे।
4Günahlı ulusun, suç yüklü halkın,Kötülük yapan soyun,Baştan çıkmış çocukların vay haline!RABbi terk ettiler,İsrailin Kutsalını hor gördüler,Ona sırt çevirdiler.
5परमेश्वर भन्नुहुन्छ, “मैले तिमीहरूलाई किन दण्ड दिइरहनु? मैले तिमीहरूलाई दण्ड दिएँ तर तिमीहरू बद्लिएनौ अथवा सचेत भएनौ। तिमीहरू अझै मेरो विरोधमा अट्टेरी भइरह्यौ। अहिले मन र हृदय दुवै नै अस्वास्थ छ।
5Neden bir daha dövülesiniz?Neden vefasızlığı sürdürüyorsunuz?Baş büsbütün hasta, yürek büsbütün yaralı.
6तिमीहरूका पैतालादेखी टुप्पी सम्म, शरीरको प्रत्येक अङ्गमा चोटै चोट र पीडै-पीडाहरू मात्र छन्। तिमीहरूले आफ्ना पिडाहरूको ध्यानै गरेका छैनौ। तिमीहरूका घाउहरू न त सफा गरिएकाछन न त पुरिएकै छन्।
6Bedeniniz tepeden tırnağa sağlıksız,Taze darbe izleriyle, yara bereyle dolu,Temizlenmemiş, yağla yumuşatılmamış, sarılmamış.
7“तिमीहरूको देश विध्वंश भएको छ। तिमीहरूका शहरहरू आगोले जलिसकेका छन्। तिम्रा शत्रुहरूले तिमीहरूको जग्गा-जमीन लगिसकेको छ। तिमीहरूको जग्गा-जमीन सेनाहरूद्वारा ध्वंस्त पारिएको एउटा देश जस्तो छ।
7Ülkeniz ıssız, kentleriniz ateşe verilmiş.Yabancılar topraklarınızıGözünüzün önünde yiyip bitiriyor!Sanki ülkenin kökünü kazımışlar.
8सियोनकी छोरी अहिले दाख बारीहरूमा छोडिएको रित्तो पाल जस्तै भएकी छे। ऊ काँक्रा बारीहरूमा छाडिएको एक पुरानो छाप्रो जस्तो छ। शत्रुहरूद्वारा परास्त भएको शहर जस्तो छ।”
8Siyon kızı bağdaki çardak,Salatalık bostanındaki kulübe gibi,Kuşatılmış bir kent gibi kalakalmış.
9यो सत्य हो सेनाहरूका परमप्रभुले हाम्रा निम्ति केही मानिसहरूलाई अझ बाँच्ने अनुमति दिनु पर्छ। हामी सोदोम र गमोरा शहरहरू जस्तै पूर्ण रूपमा ध्वंस्त भएका छैनौं।
9Her Şeye Egemen RAB bazılarımızıSağ bırakmamış olsaydı,Sodom gibi olur, Gomoraya benzerdik.
10हे सोदोमका शासकहरू परमप्रभुको सन्देश ध्यान दिएर सुन! गमोराका मानिसहरू परमेश्वरका उपदेशहरू ध्यान दिएर सुन!
10Ey Sodom yöneticileri,RABbin söylediklerini dinleyin;Ey Gomora halkı,Tanrımızın yasasına kulak verin.
11परमेश्वर भन्नुहुन्छ, “तिमीहरू किन मलाई यस्ता बलिहरू दिइरहेकाछौ? मसित तिमीहरूले बलि चढाएका बाख्राहरू, साँढे र भेडाको बोसो चाहिएको भन्दा अधिक थियो। म यिनीहरूमा आनन्द लिदिँन।
11‹‹Kurbanlarınızın sayısı çokmuş,Bana ne?›› diyor RAB,‹‹Yakmalık koç sunularına,Besili hayvanların yağına doydum.Boğa, kuzu, teke kanı değil istediğim.
12“जब तिमीहरू मसंग भेट्न आयौ, तिमीहरूले मेरो आँगनको सबै चीजहरू कुल्चदै आयौ। तिमीहरूलाई त्यसो गर्न कसले भन्यो?
12Huzuruma geldiğinizdeAvlularımı çiğnemenizi mi istedim sizden?
13“व्यर्थको बलिहरू अब मकहाँ नल्याओ। जुन धूप तिमीहरू मलाई चढाउछौ, त्यो म घृणा गर्छु। औंसी, विश्रामको दिन र पवित्र दिनहरूमा भएको तिमीहरूका समारोह म सहन सक्तिनँ। तिमीहरूले पवित्र सभामा गरिरहेका दुष्ट कामहरू म घृणा गर्छु।
13Anlamsız sunular getirmeyin artık.Buhurdan iğreniyorum.Kötülük dolu törenlere,Yeni Ay, Şabat Günü kutlamalarınaVe düzenlediğiniz toplantılara dayanamıyorum.
14मेरा सम्पूर्ण हृदयबाटै तिमीहरूले गरेका मासिक सभा र महासभाहरू म घृणा गर्छु। ती सभाहरू मेरा निम्ति अत्यन्त बोझ भएका छन्। अनि म ती भारीहरू बोकेर थाकि सकेकोछु।
14Yeni Ay törenlerinizden, bayramlarınızdan nefret ediyorum.Bunlar bana yük oldu,Onları taşımaktan yoruldum.
15“तिमीहरू मलाई प्रार्थना गर्न आफ्ना हातहरू उचाल्ने छौ, तर म तिमीहरू तर्फ हेर्न पनि अस्वीकार गर्नेछु। तिमीहरू धेरै भन्दा धेरै प्रार्थनाहरू गर्नेछौ, तर म सुन्नलाई अस्वीकार गर्नेछु। किन? किनभने तिमीहरूका हातहरू रगतले मुछिएका छन्।
15‹‹Ellerinizi açıp bana yakardığınızdaGözlerimi sizden kaçıracağım.Ne kadar çok dua ederseniz edin dinlemeyeceğim.Elleriniz kan dolu.
16“आफु स्वयंलाई धोई-पखाल। आफू स्वयंलाई शुद्ध बनाऊ। आफूले गरिरहेको नराम्रा कामहरूलाई रोक म त्यस्ता नराम्रा कामहरू हेर्न चाँहदिन गल्ती काम नगर!
16Yıkanıp temizlenin,Kötülük yaptığınızı gözüm görmesin,Kötülük etmekten vazgeçin.
17राम्रो कामहरू गर्न सिक। अरू मानिसहरूप्रति स्वच्छ बन्। ती मानिसहरूलाई दण्ड देऊ जसले दुःख पैदा गर्छ। ती नानीहरूलाई साथ देऊ जसका आमा-बाबुहरू छैनन्। ती आइमाईहरूलाई समर्थन गर जसका लोग्नेहरू पहिल्यै मरिसकेका छन्।”
17İyilik etmeyi öğrenin,Adaleti gözetin, zorbayı yola getirin,Öksüzün hakkını verin,Dul kadını savunun.››
18परमप्रभु भन्नहुन्छ, “आऊ, ती कुराहरूमा चर्चा गरौं। तिमीहरूका पापहरू सिंदूर जस्ता राता छन्, तर तिनीहरू पखालेर फ्याँक्न सकिन्छ र तिमीहरू हिउँ जस्ता सेतो हुनेछौ। तिमीहरूका पापहरू चहकिलो राता छन्, तर तिमीहरू ऊन जस्तो सेतो हुन सक्छौ।
18RAB diyor ki,‹‹Gelin, şimdi davamızı görelim.Günahlarınız sizi kana boyamış bile olsaKar gibi ak pak olacaksınız.Elleriniz kırmız böceği gibi kızıl olsa daYapağı gibi bembeyaz olacak.
19“मैले भनेका कुराहरूमा तिमीहरूले ध्यान दियौ भने तिमीहरूले यस ठाउँबाट असल कुराहरू पाउनेछौ।
19İstekli olur, söz dinlerseniz,Ülkenin en iyi ürünlerini yiyeceksiniz.
20ध्यान दिएनौ भने, तिमीहरू मेरो विरोधी हुनेछौ। अनि तिम्रा शत्रुहरूले तिमीहरूलाई नाश गर्नेछन्।” परमप्रभु स्वयंले ती कुराहरू भन्नुभयो।
20Ama direnip başkaldırırsanız,Kılıç sizi yiyip bitirecek.››Bunu söyleyen RABdir.
21परमेश्वर भन्नुहुन्छ, “यरूशलेमलाई हेर! ऊ यस्तो शहर थिई जसले मलाई भरोसा गरी अनि मेरो अनुसरण गरी। के कारण थियो एक वेश्या हुन बाध्य भई अहिले मलाई पछ्याउँदिन। यरूशलेमको न्याय गरीनेछ। यरूशलेमका बासिन्दाहरू परमेश्वरले मन पराउनु हुने बाटोमा हिँड्नु पर्छ। तर अहिले त्यहाँ हत्याराहरू मात्र बस्छन्।
21Sadık kent nasıl da fahişe oldu!Adaletle doluydu, doğruluğun barınağıydı,Şimdiyse katillerle doldu.
22“तिम्रो धार्मिकता मूल्यहीन भएको छ। तिम्रो दाखरसमा पानी मिसाएको छ। अब यो रसहीन भएको छ।
22Gümüşü cüruf oldu,Şarabına su katıldı.
23तिमीहरूका शासकहरू विद्रोही अनि चोरका मित्रहरू भएका छन्। तिमीहरूका सम्पूर्ण अधिकारीहरूले घूस माग्दछन्-तिनीहरूले नराम्रा कामहरू गरेर पैसा लिन्छन्। तिम्रा सम्पूर्ण अधिकारीहरूले मानिसहरूलाई ठगेर ज्याला लिन्छन्। आमा-बाबु नभएका टुहुरा-टुहुरीहरूलाई तिम्रा अधिकारीहरूले सहयोग गर्ने प्रयास गर्दैनन्। तिनीहरूले विधवाहरूका गुनासोलाई पनि ध्यानै दिँदैनन्।”
23Yöneticileri asilerle hırsızların işbirlikçisi;Hepsi rüşveti seviyor,Armağan peşine düşmüş.Öksüzün hakkını vermiyor,Dul kadının davasını görmüyorlar.
24ती सबै कुराहरूले गर्दा-मालिक, सेनाहरूका परमप्रभु इस्राएलका शक्तिशाली परमपवित्र परमेश्वर भन्नुहुन्छ, “म तिमीहरूलाई दण्ड दिनेछु। मेरो शत्रुहरू तिमीहरू मेरो लागि अब उप्रान्त दुःखका कारण हुने छैनौ,
24Bu yüzden Rab, Her Şeye Egemen RAB,İsrailin Güçlüsü şöyle diyor:‹‹Hasımlarımı cezalandırıp rahata kavuşacağım,Düşmanlarımdan öç alacağım.
25चाँदी टल्काउनलाई मानिसहरूले खरानी प्रयोग गर्दछ। त्यस्तै प्रकारले म तिमीहरूका सम्पूर्ण गल्ती कार्यहरू साफ गरिदिने छु। म तिमीहरूबाट सम्पूर्ण मूल्यहीन कुराहरू निकाली दिनेछु।
25Sana karşı duracak,Kül suyuyla arıtır gibi seni cüruftan arıtıp temizleyeceğim.
26न्यायकर्त्ताहरूलाई म पहिले जस्तै फर्काई ल्याउनेछु। तिमीहरूका सल्लाहकारहरू जस्तो तिमीहरूसंग धेरै पहिला थिए त्यस्तै हुनेछन्। त्यसपछि तिमीहरूले भन्नेछौ ‘असल र विश्वासयोग्य शहर।’”
26Eskiden, başlangıçta olduğu gibi,Sana yöneticiler, danışmanlar yetiştireceğim.Ondan sonra ‹Doğruluk Kenti›,‹Sadık Kent› diye adlandırılacaksın.››
27सियोन परमप्रभुको न्यायद्वारा उद्धार हुनेछ अनि जो उहाँकहाँ फर्कन्छ तिनीहरूलाई उहाँको धार्मिकताले उद्धार गरिनेछ।
27Siyon adalet sayesinde,Tövbe edenleri de doğruluk sayesinde kurtulacak.
28तर सम्पूर्ण अपराधीहरू र पापीहरू नष्ट हुनेछन्। (परमप्रभुलाई नपछ्याउने मानिसहरू ती हुन्।)
28Ama başkaldıranlarla günahlılarBirlikte yıkıma uğrayacaklar.RABbi terk edenler yok olacak.
29भविष्यमा मानिसहरू जसले फलाँटका रूखहरू र विशेष बगैंचाहरू पूज्नलाई रोजे उनीहरू लज्जित हुनेछन्।
29‹‹Sevip altında tapındığınız yabanıl fıstık ağaçlarından utanacaksınız,Putperest törenleriniz için seçtiğiniz bahçelerden ötürü yüzünüz kızaracak.
30यस्तो घटना हुने नै छ किनभने तिमीहरू फलाँटका पातहरू ओइलिएर मरेको जस्तै हौ। तिमीहरू पानी बिना सुक्दै गएको बगैंचा जस्तै हो।
30Yaprakları solmuş yabanıl fıstık ağacına,Susuz bahçeye döneceksiniz.
31शक्तिशाली मानिसहरू जङ्गलमा सुकेका मसिना दाउराहरू जस्तै हुनेछन्। अनि जुन कुराहरू ती मानिसहरूले गर्नेछन् त्यो एक झिल्का जस्तो हुनेछ जसले आगो लगाउनेछ। ती शक्तिशाली मानिसहरू र तिनीहरूले गरेका कार्यहरू सबै त्यही आगोमा डढेर भस्म हुनेछन् अनि कसैले पनि त्यो आगो निभाउन सक्ने छैन।
31Güçlü adamlarınız kıtık gibi,Yaptıkları işler kıvılcım gibi olacak;İkisi birlikte yanacak ve söndüren olmayacak.››