Nepali

Turkish

Isaiah

44

1“याकूब, तिमी मेरो दास हौ। मेरो कुरा होशियारी साथ सुन, इस्राएल मैले तिमीलाई छानेको छु। म जे कुरा भन्छु सुन्।
1‹‹Şimdi, ey kulum Yakup soyu,Seçtiğim İsrail halkı, dinle!
2म परमप्रभु हुँ अनि मैले तिमीलाई बनाएँ। म मात्र हुँ जसले तिमीलाई बनाए जो अहिले तिमी छौ। मैले तिमीलाई त्यति बेलादेखि सहयोग गरेको हुँ जब तिमी आमाको गर्भमा थियौ। मेरो दास, याकूब, नडराऊ। यशूरून (इस्राएल) मैले तिमीलाई चुनेको हुँ।
2Seni yaratan, rahimde sana biçim veren,Sana yardım edecek olan RAB şöyle diyor:‹Korkma, ey kulum Yakup soyu,Ey seçtiğim Yeşurun! verilen bir addır.
3“म तिर्खाएको मानिसहरूलाई पानी खन्याई दिनेछु। म सुक्खा भूमिहरूमा खोला बगाइदिनेछु। म मेरो आत्मा तिम्रा छोरा-छोरीहरूमाथि खन्याई दिनेछु, यो तिम्रो सन्तानमा बगिरहने पानीका धाराहरू जस्तै हुनेछ।
3‹‹ ‹Susamış toprağı sulayacak,Kurumuş toprakta dereler akıtacağım.Çocuklarının üzerine Ruhumu dökecek,Soyunu kutsayacağım.
4तिनीहरू संसारका मानिसहरूका माझमा बढनेछन्। तिनीहरू खोलाहरूका छेउमा उम्रेर बढने रूखहरू जस्ता हुनेछन्।
4Akarsu kıyısında otlar arasında yükselenKavaklar gibi boy atacaklar.›
5“एकजनाले भन्नेछ, ‘म परमप्रभुको हुँ।’ अर्को मानिसले ‘याकूबको’ नाउँ लिनेछ। अझै अर्को मानिसले उसको नाउँ बताउनेछ? ‘म परमप्रभुको हुँ’ अनि अर्को मानिसले ‘इस्राएलको’ नाउँ प्रयोग गर्नेछ।”‘
5‹‹Kimi, ‹Ben RABbe aitim› diyecek,Kimi Yakup adını alacak,Kimi de eline ‹RABbe ait› yazıpİsrail adını benimseyecek.››
6परमप्रभु इस्राएलको राजा हुनुहुन्छ। सेनाहरूका परमप्रभुले इस्राएललाई बचाउनु हुनेछ। परप्रभुले भन्नु हुन्छ, “म केवल परमेश्वर हुँ। यहाँ अरू कोही देवताहरू छैनन्। म नै आदि हुँ र म नै अन्त हुँ।
6RAB, İsrailin Kralı ve Kurtarıcısı,Her Şeye Egemen RAB diyor ki,‹‹İlk ve son benim,Benden başka Tanrı yoktur.
7यहाँ म जस्तै अन्य कुनै परमेश्वर छैन। यदि यहाँ छ भने, त्यो परमेश्वरले जस्तै बोल्नु पर्छ। त्यो परमेश्वर आएर म जस्तै परमेश्वर हो भनी प्रमाण गर्नु पर्छ। त्यो परमेश्वरले त्यस समयदेखिको घटनाहरू बताउनु पर्छ जब मैले प्राचीन मानिसहरू बनाएँ। त्यस परमेश्वरले भविष्यमा हुने कुराको संकेत पनि दिन सक्नुपर्छ।
7Benim gibi olan var mı? Haber versin.Ezeli halkımı var ettiğimden beri olup bitenleri,Bundan sonra olacakları söyleyip sıralasın,Evet, gelecek olayları bildirsin!
8तिमीहरू नडराऊ। सुर्ता नगर। मैले तिमीहरूलाई के हुनेछ भनेर पहिल्यै भनिसकेको छु। तिमीहरू मेरा साक्षी हौ। यहाँ अन्य कुनै परमेश्वर छैन। यहाँ अन्य कुनै ‘चट्टान छैन,’ म जान्दछु म मात्र एक हुँ।”
8Yılmayın, korkmayın!Size çok önceden beri söyleyip açıklamadım mı?Tanıklarım sizsiniz.Benden başka Tanrı var mı?Hayır, başka Kaya yok;Ben bir başkasını bilmiyorum.››
9केही मानिसहरूले मूर्तिहरू बनाउँछन्। तर तिनीहरू कामै नलाग्ने छन्। ती मानिसहरू मूर्तिहरूका साक्षीहरू हुन् - तर तिनीहरूले देख्न सक्दैनन्। तिनीहरू केही जान्दैनन्। तिनीहरूले जे गरेकाछन् त्यसका लागि तिनीहरूलाई लज्जित बनाइनेछ।
9Putlara biçim verenlerin hepsi boş insanlardır.Değer verdikleri nesneler hiçbir işe yaramaz.Putların tanıkları onlardır;Ne bir şey görür ne de bir şey bilirler.Bunun sonucunda utanç içinde kalacaklar.
10कसले ती झूटा देवताहरू बनाए? कसले ती व्यर्थका मूर्तिहरू बनाए?
10Kim yararsız ilaha biçim vermek,Dökme put yapmak ister?
11कारीगरहरूले ती देवताहरू बनाए! अनि ती कारीगरहरू केवल मानिसहरू नै हुन् देवताहरू होइनन्। यदि त्यस्ता मानिसहरू एकसाथ आएर ती कुराहरूमा छलफल गर, तब तिनीहरू लज्जित र त्रसित हुने थिए।
11Bakın, bu putlarla uğraşanların hepsi utanacak.Onları yapanlar salt insan.Hepsi toplanıp yargılanmaya gelsin.Dehşete düşecek, utanacaklar birlikte.
12एक कारीगरले तातो आगोमा फलाम तताउनु आफ्ना हतियारहरू चलाउँदछ। त्यो धातु पिट्नलाई त्यस मानिसले मार्तोल चलाउँदछ, अनि त्यो धातुबाट मूर्ति बन्दछ। त्यस मानिसले आफ्ना शक्तिशाली पाखुराहरू चलाउँदछ। तर जब त्यो मानिस भोको हुन्छ, उसले आफ्नो शक्ति प्रयोग गर्दछ। यदि मानिसले पानी पिउँदैन भने, उसको तिर्खा मेटीदैन।
12Demirci aletini alır,Kömür ateşinde çalışır,Çekiçle demire biçim verir.Güçlü koluyla onu işler.Acıkır, güçsüz kalır, su içmeyince tükenir.
13अर्को कारीगरले काठमाथि रेखाहरू खिच्नका लागि फिता र सिसाकलम चलाउँदछ। यसो गर्नाले के देखाउँछ भने उसले काठ कहाँ काट्नु पर्छ। त्यसपछि त्यस मानिसले आफ्नो छिनोहरू चलाउँदछ र काठबाट मूर्ति काट्दछ। उसले आफ्नो फिताले मूर्ति नाप्ने काम गर्दछ। यस प्रकारले, कारीगरले काठलाई एउटा मानिस जस्तो देखिने स्वरूप बनाउँदछ। अनि यो मानिस जस्तो देखिने मूर्तिले केही गर्दैन, तर त्यसको घरमा बस्दछ।
13Marangoz iple ölçü alır,Tahtayı tebeşirle çizer.Raspayla tahtayı biçimlendirir,Pergelle işaretler, insan biçimi verir.İnsan güzelliğinde,Evde duracak bir put yapar.
14मानिसले धुपी, देवताहरू काठ र फलाँटको रूखहरू काट्छ। त्यो मानिसले रूखहरू उमारेन, ती रूखहरू आफै उम्रन्छ। यदि कुनै एउटा मानिसले धुपीको रूख रोप्दछ भने, वर्षाले ती रूख उमार्दछ।
14İnsan kendisi için sedir ağaçları keser,Palamut, meşe ağaçları alır.Ormanda kendine bir ağaç seçer.Bir çam diker, ama ağacı büyüten yağmurdur.
15त्यसपछि त्यस मानिसले त्यो रूख आफ्नो आगोमा बाल्दछ। मानिसहरूले त्यस रूखलाई दाउराको रूपमा काट्दछन्। अनि उसले त्यी दाउरा खाना पकाउन र आफूलाई न्यानो बनाउनका लागि प्रयोग गर्दछ। मानिसले केही दाउरा बालेर आफ्नो लागि रोटी बनाउँछ तर मानिसले त्यही रूखलाई अथवा त्यस रूखको केही अंशबाट देवता बनाउँछ अनि त्यस देवतालाई पूज्न थाल्दछ। त्यो देवता मानिसले बनाएको मूर्ति हो तर मानिस त्यस मूर्ति समक्ष झुक्छन्।
15Sonra ağaç odun olarak kullanılır.İnsan aldığı odunla hem ısınır,Hem tutuşturup ekmek pişirir,Hem de bir ilah yapıp tapınır.Yaptığı putun önünde yere kapanır.
16मानिसले आधा जस्तो काठ आगोमा बाल्छ। मानिसले त्यो आगोमा मासु पकाउछ र अघाउञ्जेल खान्छ। मानिसले आफूलाई न्यानो राख्नका लागि दाउरा बाल्दछ। त्यस मानिसले भन्छ, “असल! अब म न्यानो भएँ अनि म देख्नु सक्छु, त्यो आगोको उज्यालो कहाँसम्म पर्दछ।”
16Odunun bir kısmını yakar,Ateşinde et kızartıp karnını doyurur.Isınınca bir oh çeker,‹‹Isındım, ateşin sıcaklığını duyuyorum›› der.
17तर सानो रूखको टुक्रा त्यहाँ छाडियो, यसकारण मानिसले त्यस टुक्राबाट मूर्ति बनाउँछ अनि ईश्वर मान्छ। उ त्यस देवता समक्ष झुक्छ अनि पूजा गर्दछ। मानिसले देवताहरूलाई प्रार्थना गर्दै भन्दछ, “तपाईं मेरा ईश्वर हुनुहुन्छ, मलाई बचाउनु होस्।”
17Artakalan odundan kendine bir ilah,Oyma put yapar;Önünde yere kapanıp ona tapınır,‹‹Beni kurtar, çünkü ilahım sensin›› diye yakarır.
18ती मानिसहरूले जान्दैनन् तिनीहरूले के गरिरहेकाछन्। तिनीहरूले बुझ्दैनन्। तिनीहरूका आँखा बन्द भए जस्तै छन, यसैले तिनीहरूले देख्न सक्दैनन्। तिनीहरूको हृदयले बुझ्ने कोशिश गर्दैनन्।
18Böyleleri anlamaz, bilmez.Çünkü gözleri de zihinleri de öylesine kapalı ki,Görmez, anlamazlar.
19ती मानिसहरूले यस विषयमा सोच विचार गरेका छैनन्। मानिसहरूले बुझ्दैनन् यसकारण तिनीहरूले आफ्नो बारेमा कहिल्यै सोचेका छैनन, “मैले आधा दाउरा आगोमा बालें। मैले तातो कोइलामा रोटी बनाएँ अनि मासु पकाएँ। त्यसपछि मैले मासु खाँए। अनि मैले बाँचेको ती काठहरूले यस्तो भयानक चीज बनाएँ। मैले दाउराका मुढालाई पूजीरहेको छु।”
19Durup düşünmez, bilmez,Anlamazlar ki şöyle desinler:‹‹Odunun bir kısmını yakıpAteşinde ekmek pişirdim, et kızartıp yedim.Artakalanından iğrenç bir şey mi yapayım?Bir odun parçasının önünde yere mi kapanayım?››
20त्यो मानिसले जान्दैन आफूले के गरिरहेछ। उ अन्योलमा छ, यसकारण उसको मनले उसलाई झूटो बाटोमा लगिरहेकोछ। त्यस मानिसले आफूलाई बचाउन सक्तैन्। अनि उसले गरिरहेका गल्ती काम देख्न सक्तैन। मानिसले भन्नेछ, “यो मूर्ति जुन मैले समाती रहेकोछु त्यो झूटा देवता हो।”
20Külle besleniyorlar.Aldanan yürekleri onları saptırıyor.Canlarını kurtaramaz,‹‹Sağ elimdeki şu nesne aldatıcı değil mi?›› diyemezler.
21“याकूब, यी कुराहरू याद राख। इस्राएल, याद राख, तिमी मेरो सेवक हौ। मैले तिमीलाई बनाएँ! तिमी मेरो सेवक हौ यसकारण इस्राएल, म तिमीलाई कहिल्यै बिर्सिने छैन्।
21‹‹Ey Yakup soyu, ey İsrail,Söylediklerimi anımsayın, çünkü kulumsunuz.Size ben biçim verdim, kulumsunuz;Seni unutmam, ey İsrail.
22तिम्रो पापहरू ठूलो बादल जस्ता थिए तर मैले ती पापहरू पखालिदिएँ। तिम्रा पापहरू मेटिएर गए, जसरी बादल पातलो हावामा हराउँदछ। मैले तिमीलाई जोगाएँ अनि बचाएँ यसैले तिमी फर्केर मकहाँ आयौ।”
22İsyanlarınızı bulut gibi,Günahlarınızı sis gibi sildim.Bana dönün, çünkü sizi kurtardım.››
23आकाशहरू आनन्दित छन् किनभने परमप्रभुले ती महान वस्तुहरू बनाउनु भयो। पृथ्वी आनन्दित छ, पृथ्वी मुनिका गहिर्याई सम्म। पर्वतहरू परमप्रभुलाई धन्यवाद प्रकटगर्दै गाउँदछन्। जङ्गलमा भएका सारा रूखहरू आनन्दित छन्। किन? किनभने परमप्रभुले याकूबलाई बचाउनु भयो। परमप्रभुले महान कुराहरू इस्राएलको लागि गर्नु भयो।
23Sevinçle haykırın, ey gökler,Çünkü bunu RAB yaptı.Haykırın, ey yerin derinlikleri.Ey dağlar, ey orman, ormandaki her ağaç,Sevinç çığlıklarına katılın.Çünkü RAB Yakup soyunu kurtararakİsrailde görkemini gösterdi.
24परमप्रभुले तिमीलाई बनाउनु भयो जो तिमी आज छौ। परमप्रभुले त्यस्तो गरिरहनु भएको बेला तिमी आमाकै गर्भभित्र थियौ। परमप्रभु भन्नुहुन्छ, “म, परमप्रभुले, सबै थोक बनाएको हो। म स्वयंले आकाश राखें। मैले पृथ्वीलाई मेरो समक्ष फैलाएँ।”
24Sizi kurtaran,Size rahimde biçim veren RAB diyor ki,‹‹Her şeyi yaratan,Gökleri yalnız başına geren,Yeryüzünü tek başına seren,Sahte peygamberlerin belirtilerini boşa çıkaran,Falcılarla alay eden,Bilgeleri geri çeviren,Bilgilerini saçmalığa dönüştüren,Kulunun sözlerini yerine getiren,Ulaklarının peygamberlik sözlerini gerçekleştiren,Yeruşalim için, ‹İçinde oturulacak›,Yahuda kentleri için, ‹Yeniden kurulacak,Yıkıntılarını onaracağım› diyen;Engine, ‹Kuru! Sularını kurutacağım› diyen,Koreş için, ‹O çobanımdır,Her istediğimi yerine getirecek›,Yeruşalim için, ‹Yeniden kurulacak›,Tapınak için, ‹Temeli atılacak› diyen RAB benim.››
25झूटा अगमवक्ताहरूले झूट बोल्दछन्, तर परमप्रभुले तिनीहरूका झूटा कुराहरू गल्ती हुन भनेर देखाउनुहुन्छ। परमप्रभुले मूर्ख मानिसहरू बनाउनु हुन्छ जसले जादू गर्दछन्। तिनीहरू सोच्दछन् कि तिनीहरू ज्यादा जान्दछ। परमप्रभुले ज्ञानी मानिसहरू सम्मलाई अन्योलमा पारिदिनुहुन्छ। परमप्रभुले तिनीहरूलाई मूर्ख पार्नुहुन्छ।
26परमप्रभुले आफ्ना दासहरूलाई समाचार भन्नलाई मानिसहरूकहाँ पठाउनु भयो। अनि परमप्रभुले ती समाचारहरूलाई सत्य साबित पार्नुभयो। परमप्रभुले दूतहरूलाई मानिसहरूकहाँ के कुराहरू गर्नुपर्छ भनेर बताउनलाई पठाउनु भयो। अनि परमप्रभुले तिनीहरूको सल्लाह असल हो भनेर देखाउनुहुन्छ। परमप्रभुले यरूशलेमलाई भन्नुहुन्छ, “मानिसहरू फेरि त्यहाँ बस्नेछन्।” परमप्रभुले यहूदाका शहरहरूलाई भन्नुहुन्छ, “तिमी फेरि पुननिर्माण हुनेछौ।” परमप्रभुले ती शहरहरूलाई भन्नु हुन्छ कि तिनीहरू ध्वंश भए, “म तिमीलाई नयाँ शहरमा पुनःस्थापित गर्नेछु।”
27परमप्रभुले गहिरा पानीलाई भन्नुहुन्छ, “सुख्खा भई जाओस्। म तिम्रा मूल श्रोतहरू पनि सुकाइदिनेछु।”
28परमप्रभुले कोरेसलाई भन्नुहुन्छ, “तिमी मेरो भेंडा गोठाला, तिमीले त्यही कुरा गर्ने छौ जो म चाहन्छु। तिमीले यरूशलेमलाई भन्नेछौ “तिमी पुन निर्माण हुनेछौ। तिमीले मन्दिरलाई बताउनेछौ, ‘तिम्रो जग पुननिर्माण हुनेछ।”‘