1राजा उज्जियाहको मृत्यु भएको बेला मैले मेरा मालिकलाई देखें। उहाँ एकदम उच्च अनि आर्श्चयचकित सिंहासनमा विराजमान हुनुहुन्थ्यो। उहाँको लामो वस्त्रले मन्दिर भरिएको थियो।
1Kral Uzziyanın öldüğü yıl yüce ve görkemli Rabbi gördüm; tahtta oturuyordu, giysisinin etekleri tapınağı dolduruyordu.
2सराफ स्वर्गदूतहरू परमप्रभुको चारैतिर उभिएका थिए। प्रत्येक सराफ स्वर्गदूतका छ-छवटा पखेटाहरू थिए। ती स्वर्गदूतहरूले मुख ढाक्नलाई तिनीहरूको दुइ-दुइवटा पखेटाहरू प्रयोग गरेका थिए। अर्का दुइ-दुइवटा पखेटाहरू तिनीहरूको खुट्टाहरू छोप्नलाई प्रयोग गरेका थिए। अनि तिनीहरूको दुइवटा पखेटाहरू उड्नलाई प्रयोग गरेका थिए।
2Üzerinde Seraflar duruyordu; her birinin altı kanadı vardı; ikisiyle yüzlerini, ikisiyle ayaklarını örtüyor, öbür ikisiyle de uçuyorlardı.
3प्रत्येक स्वर्गदूतले एका-अर्कालाई बोलाइरहेका थिए। तिनीहरूले भन्थे, “पवित्र, पवित्र, पवित्र सेनाहरूका परमप्रभु अत्यन्त पवित्र हुनुहुन्छ। सारा पृथ्वी उहाँको महिमाले भरिएको छ।” स्वर्गदूतहरूका आवाजहरू एकदम चर्को थियो।
3Birbirlerine şöyle sesleniyorlardı: ‹‹Her Şeye Egemen RABKutsal, kutsal, kutsaldır.Yüceliği bütün dünyayı dolduruyor.››
4तिनीहरूका आवाजले वरिपरिका दैलोका संघारहरू हल्लिए। तब मन्दिर धूवाँले भरिन थाल्यो।
4Serafların sesinden kapı söveleriyle eşikler sarsıldı, tapınak dumanla doldu.
5म भयभीत भएँ। मैले भनें, “अहँ, होइन! म नाश हुने रहेछु। म परमेश्वरसंग बोल्नलाई त्यतिको पवित्र छैन्। अनि म त्यस्तै अधर्मी मानिसहरू माझ बस्दछु। तथापि मैले सेनाहरूका परमप्रभु महाराजाधिराजलाई देखेकोछु।”
5‹‹Vay başıma! Mahvoldum›› dedim, ‹‹Çünkü dudakları kirli bir adamım, dudakları kirli bir halkın arasında yaşıyorum. Buna karşın Kralı, Her Şeye Egemen RABbi gözlerimle gördüm.››
6वेदीमा आगो थियो सराफ स्वर्गदूतहरूमध्ये एकजनाले आगोबाट तातो कोइला निकाल्न चिम्टा प्रयोग गरे। उनले तातो कोइला आफ्नो हातमा राखेर मकहाँ ल्याए।
6Seraflardan biri bana doğru uçtu, elinde sunaktan maşayla aldığı bir kor vardı;
7सराफ स्वर्गदूतले तातो कोइलाले मेरो ओठहरू छोए। तब उनले भने, “हेर, यस तातो कोइलाले तिम्रो ओठहरू छोएपछि तिमीले जो गरेका थियो ती सबै हराए। अब तिमी पाप मुक्त भयौ।”
7onunla ağzıma dokunarak, ‹‹İşte bu kor dudaklarına değdi, suçun silindi, günahın bağışlandı›› dedi.
8त्यसपछि मैले मेरो परमप्रभुको आवाज सुनें। परमप्रभुले भन्नुभयो, “म कसलाई पठाउन सक्छु? हाम्रा निम्तिको जाने?” यसकारण मैले भने, “म यहाँ छु। मलाई पठाउनुहोस्!”
8Sonra Rabbin sesini işittim: ‹‹Kimi göndereyim? Bizim için kim gidecek?›› diyordu. ‹‹Ben! Beni gönder›› dedim.
9तब परमप्रभुले भन्नुभयो, “जाऊ अनि मानिसहरूलाई यो बताऊः ‘ध्यानपूर्वक सुन, तर नबुझ! ध्यानपूर्वक हेर, तर नसिक!’
9‹‹Git, bu halka şunu duyur›› dedi, ‹‹ ‹Duyacak duyacak, ama anlamayacaksınız,Bakacak bakacak, ama görmeyeceksiniz!
10मानिसहरूलाई अल्मलाऊ। मानिसहरूलाई तिनीहरूले सुनेका र देखेका कुराहरू नबुझ्ने तरिकाले बताऊ। यदि तिमीले त्यसो गरेनौ भने, मानिसहरूले देखेका र आफ्ना कानले सुनेका कुराहरू मनमा बुझ्न सक्नेछन्। यदि तिनीहरूले बुझे भने मकहाँ फर्केर आउन सक्छन् र तिनीहरूले पाप माफ हुनेछ!”
10Bu halkın yüreğini duygusuzlaştır,Kulaklarını ağırlaştır,Gözlerini kapat.Öyle ki, gözleri görmesin,Kulakları duymasın, yürekleri anlamasınVe bana dönüp şifa bulmasınlar.› ››
11तब मैले सोधें, “हे मेरा मालिक, कहिले सम्म मैले त्यसो गर्नु पर्छ?” परमप्रभुले भन्नुभयो, “यो त्यति बेला सम्म गर्नु जब सम्म शहरहरू ध्वंश हुँदैनन् र मानिसहरूले छोडेर जाँदैनन्। यो त्यति बेला सम्म गर्नु जतिबेला सम्म घरहरूमा मानिसहरू जीवित रहन्छन्। जबसम्म यो देश ध्वंस भएर खाली छोडिंदैन् तबसम्म तिमीले मैले भने जस्तो गर्नु।”
11‹‹Ne vakte kadar, ya Rab?›› diye sordum. Rab yanıtladı: ‹‹Kentler viraneye dönüp kimsesiz kalıncaya,Evler ıpıssız oluncaya,Toprak büsbütün kıraçlaşıncaya kadar.
12परमप्रभुले मानिसहरूलाई टाढा जाने बनाउनु भयो। भूमिमा विस्तृत क्षेत्रहरू खाली हुनेछ।
12İnsanları çok uzaklara süreceğim,Ülke bomboş kalacak,
13एक दशांश मानिसहरूलाई मात्र त्यस भूमिमा बस्ने अनुमति दिइनेछ। ती मानिसहरू ध्वंश गरिनु पर्ने भए तापनि परमप्रभुमा फर्कनेछन्। ती मानिसहरू फलाँटका रूख झैं हुनेछन्। जब रूख काटेर ढालिन्छ त्यसको ठुटो रहनेछ। यो ठुटो विशेष वशंज नै त्यसको ठुटो हो।
13Halkın onda biri kalsa da ülke mahvolacak.Ama devrildiği zaman kütüğü kalanYabanıl fıstık ve meşe ağacı gibi,Kutsal soy kütüğünden çıkacak.››