1दाऊदले आफ्ना सेनाका सबै अधिकारीहरूसित कुरा-कानी गरे।
1David consulted with the captains of thousands and of hundreds, even with every leader.
2तब दाऊदले इस्राएली मानिहसहरूलाई एक साथ बोलाए। तिनले उनीहरूलाई भने, “यदि तिमीहरूले राम्रो विचार हो भन्ने सम्झन्छौ भने, अनि यदि परमप्रभु यही चाहनुहुन्छ इस्राएलका सबै क्षेत्रमा हाम्रा दाज्यू-भाईहरूलाई हामी सन्देश पठाऔं साथै पूजाहारीहरू अनि लेवीहरू कहाँ पनि सन्देश पठाऔं जो हाम्रा दाज्यू-भाईहरूसित आफ्ना शहरहरू र ती शहर नजिकका खेतहरूमा बस्छन्। सन्देशमा तिनीहरूलाई आउनु अनि हाम्रो साथ रहनु भनियोस्।
2David said to all the assembly of Israel, “If it seems good to you, and if it is of Yahweh our God, let us send abroad everywhere to our brothers who are left in all the land of Israel, with whom the priests and Levites are in their cities that have suburbs, that they may gather themselves to us;
3करारको सन्दूकलाई यरूशलेममा हामीकहाँ फर्काइ ल्याऔ। हामीले करारको सन्दूकको वास्ता गरेका थिएनौं जब शाऊल राजा थिए।”
3and let us bring again the ark of our God to us. For we didn’t seek it in the days of Saul.”
4यसर्थ इस्राएलका सबै मानिसहरू दाऊदसँग सहमत भए। तिनीहरू सबैले सोचे यसो गर्नु नै उचित हुनेछ।
4All the assembly said that they would do so; for the thing was right in the eyes of all the people.
5यसर्थ दाऊदले मिश्रदेशको शिहोर नदी देखि लेबो हमात शहर सम्मका सबै इस्राएलका मानिसहरूलाई भेला गरे। करारको सन्दूकलाई किर्यत-यारीमबाट फर्काई ल्याउँदा तिनीहरू साथमा आए।
5So David assembled all Israel together, from the Shihor the brook of Egypt even to the entrance of Hamath, to bring the ark of God from Kiriath Jearim.
6दाऊद र तिनका साथमा सबै इस्राएलका मानिसहरू यहूदाको बालाहामा गए। बालाहा, किर्यत यारीमको अर्को नाउँ हो। तिनीहरू करारको सन्दूक बाहिर ल्याउनका निम्ति त्यहाँ गए। त्यो करारको सन्दूक परमप्रभु परमेश्वरको सन्दूक हो। उहाँ करूब स्वर्ग दूतहरूको माथि बस्नुहुन्छ। यो त्यो सन्दूक हो जसलाई परमप्रभुको नाउँद्वारा पुकारिन्छ।
6David went up, and all Israel, to Baalah, that is, to Kiriath Jearim, which belonged to Judah, to bring up from there the ark of God Yahweh that sits above the cherubim, that is called by the Name.
7मानिसहरूले अबीनादाबको घरबाट करारको सन्दूक सारे। तिनीहरूले सन्दूकलाई नयाँ रथमा राखे। उज्जाह अनि अहियोले रथ हाँक्दै लगे।
7They carried the ark of God on a new cart, and brought it out of the house of Abinadab: and Uzza and Ahio drove the cart.
8दाऊद अनि इस्राएलका सबै मानिसहरू परमेश्वरको समक्ष उत्सव मनाइरहेका थिए। तिनीहरूले परमेश्वरको स्तुति गर्दै थिए अनि गीतहरू गाउँदै थिए। तिनीरू साराङ्गी, वीणा, ढोल, झ्याली, खैंजडी अनि तुरही बजाउँदै थिए।
8David and all Israel played before God with all their might, even with songs, and with harps, and with stringed instruments, and with tambourines, and with cymbals, and with trumpets.
9तिनीहरू किदोनको खलामा आए। रथ तान्ने साँढेहरू ठोक्किए अनि करारको सन्दूक झण्डै लडयो। उज्जाहले सन्दूक समात्न हात बढाए।
9When they came to the threshing floor of Chidon, Uzza put forth his hand to hold the ark; for the oxen stumbled.
10परमप्रभु उज्जाहसित खुबै रिसाउनु भयो। परमप्रभुले उज्जाहलाई मारिदिनु भयो किनभने उसले सन्दूक छोएका थिए। यसरी उज्जाह त्यतिनैखेर परमेश्वरको समक्ष मरे।
10The anger of Yahweh was kindled against Uzza, and he struck him, because he put forth his hand to the ark; and there he died before God.
11परमेश्वरले उहाँको क्रोध उज्जाह प्रति देखाउनु भयो अनि यसले दाऊदलाई अप्रशन्त तुल्यायो। त्यस समय देखि अहिले सम्म त्यस स्थानलाई “पेरेस-उज्जाह” भनिन्छ।
11David was displeased, because Yahweh had broken forth on Uzza; and he called that place Perez Uzza, to this day.
12दाऊद त्यस दिन परमेश्वर देखी भयभीत भए। दाऊदले भने, “म करारको सन्दूक यहाँ मेरोमा ल्याउन सक्तिनँ।”
12David was afraid of God that day, saying, “How shall I bring the ark of God home to me?”
13यसर्थ दाऊदले करारको सन्दूक आफूसित दाऊदको शहरमा लगेनन् तर तिनले एकातिर लगे गिन्ती ओबेद-एदोमको घरमा छोडे।
13So David didn’t move the ark to him into the city of David, but carried it aside into the house of Obed-Edom the Gittite.
14करारको सन्दूक ओबेद-एदोमका परिवारसित उनको घरमा तीन महीना सम्म रह्यो। परमप्रभुले ओबेद-एदोमका परिवारलाई अनि ओबेद एदोमका हरेक वस्तुलाई आशिष दिनुभयो।
14The ark of God remained with the family of Obed-Edom in his house three months: and Yahweh blessed the house of Obed-Edom, and all that he had.