Nepali

World English Bible

1 Chronicles

19

1नाहाश अम्मोनी मानिसहरूका राजा थिए। केही समयपछि नाहाशको मृत्यु भयो र तिनको सट्टामा उनका छोरा नयाँ राजा भए।
1It happened after this, that Nahash the king of the children of Ammon died, and his son reigned in his place.
2तब दाऊदले भने, “नाहाश म प्रति दयालु थिए, यसर्थ म हानून, नाहाशका छोरा प्रति दयालु हुनेछु।” यसर्थ दाऊदले तिनको पिताको मृत्यु प्रति हानूनलाई सान्त्वना दिनका निम्ति दूतहरू पठाए। दाऊदका दूतहरू अम्मोन देशमा हानूनलाई सान्त्वना दिन गए।
2David said, “I will show kindness to Hanun the son of Nahash, because his father showed kindness to me.” So David sent messengers to comfort him concerning his father. David’s servants came into the land of the children of Ammon to Hanun, to comfort him.
3तर अम्मोनी प्रधानहरूले हानूनलाई भने, “मूर्ख नबन्नुहोस्। दाऊदले वास्तवमा यी मानिसहरू तपाईलाई सहानुभूति दिन वा तपाईंका मृत पिता प्रति सम्मान जनाउन पठाएका होइनन्, दाऊदले तिनका समाचारवाहकहरूलाई तपाईंको देशको जासूसी गर्न भनी पठाएका हुन। दाऊदले वास्तवमा तपाईंको देशलाई ध्वंश पार्न चाहन्छन्।”
3But the princes of the children of Ammon said to Hanun, “Do you think that David honors your father, in that he has sent comforters to you? Haven’t his servants come to you to search, to overthrow, and to spy out the land?”
4यसर्थ हानूनले दाऊदका समाचारवाहकहरूलाई पक्रे अनि तिनीहरूका दाह्री र कपाल काटिदिए। हानूनले तिनीहरूका बस्त्रहरू पनि कम्मर सम्म काटि दिए। त्यस पछि तिनले तिनीहरूलाई पठाइदिए।
4So Hanun took David’s servants, and shaved them, and cut off their garments in the middle, even to their buttocks, and sent them away.
5दाऊदका मानिसहरूलाई घर जान अप्ठेरो पर्यो। केही मानिसहरू दाऊद कहाँ गए अनि तिनका मानिसहरू प्रति के घटना घटयो सो भने। यसर्थ राजा दाऊदले आफ्ना मानिसहरूलाई यो समाचार पठाए “तिनीहरू तिमीहरूको दाह्री फेरि नबढुञ्जेल यरीहो शहरमै बस्नु। त्यस पछि तिमीहरू घर फर्केर आउन सक्छौ।”
5Then there went certain persons, and told David how the men were served. He sent to meet them; for the men were greatly ashamed. The king said, “Stay at Jericho until your beards have grown, and then return.”
6अम्मोनीहरूले सोचे कि दाऊदले तिनीहरूलाई उसको शत्रु हो भन्ने विचार गरे। तब तिनीहरूले 1,000 तोडा चाँदी प्रयोग गरेर मिसुपुतामियाबाट रथहरू अनि सारथिहरू ज्यालामा ल्याए। तिनीहरूले अराम-माका अनि सोबाबाट पनि रथहरू अनि सारथिहरू ज्यालामा ल्याए।
6When the children of Ammon saw that they had made themselves odious to David, Hanun and the children of Ammon sent one thousand talents of silver to hire them chariots and horsemen out of Mesopotamia, and out of Arammaacah, and out of Zobah.
7अम्मोनीहरूले 32,000 रथहरू ज्यालामा ल्याए। तिनीहरूले मकाका राजा अनि तिनका सेनालाई सहायता गर्न आउनु भनी तिनीहरूलाई ज्याला दिए। माकाका राजा र उसका सैनिकहरू आए अनि मेदबा शहरको नजिकमा छाउनी बसाए। अम्मोनीहरू आफैं आफ्ना शहरहरू बाट बाहिर आए र युद्धका निम्ति तयार भए।
7So they hired for themselves thirty-two thousand chariots, and the king of Maacah and his people, who came and encamped before Medeba. The children of Ammon gathered themselves together from their cities, and came to battle.
8दाऊदले सुने कि अम्मोनी मानिसहरू युद्धका निम्ति तयार हुँदैछन्। यसर्थ तिनले योआब अनि इस्राएलका समस्त सेनालाई अम्मोनी मानिसहरूसित युद्ध गर्न पठाए।
8When David heard of it, he sent Joab, and all the army of the mighty men.
9अम्मोनीहरू बाहिर आए अनि युद्धका निम्ति तयार बसे। तिनीहरू शहरद्वारको नजिक थिए। जो राजाहरू सहायता गर्न आएका थिए तिनीहरू आफै बाहिर मैदान तिर बसे।
9The children of Ammon came out, and put the battle in array at the gate of the city: and the kings who had come were by themselves in the field.
10योआबले देखे कि तिनीसित लड्नका निम्ति दुइ सैन्यदलहरू तयार थिए। एक दल तिनको सामुन्ने थियो अनि अर्को दल तिनका पछिल्लतिर थियो। यसर्थ योआबले इस्राएलका केही सर्वोत्तम सैनिकहरूलाई छाने। तिनले तिनीहरूलाई अरामका सेना विरूद्ध लड्न पठाए।
10Now when Joab saw that the battle was set against him before and behind, he chose of all the choice men of Israel, and put them in array against the Syrians.
11योआबले इस्राएलका सैनिकहरूलाई अबीशैको अधीनमा रहने आदेश दिए। अबीशै योआबका भाइ थिए। ती सैनिकहरू अम्मोनी सेना बिरूद्ध लडन गए।
11The rest of the people he committed into the hand of Abishai his brother; and they put themselves in array against the children of Ammon.
12योअबले अबीशैलाई भने, “यदि अरामका सैनिक मेरा निम्ति अति शक्तिशाली भए तब तिमीले मलाई सहायता गर्नुपर्छ। यदि अम्मोनी सैनिक तिम्रा निम्ति अति शक्तिशाली भए भने म तिमीलाई सहायता गर्नेछु।
12He said, “If the Syrians are too strong for me, then you are to help me; but if the children of Ammon are too strong for you, then I will help you.
13हामी साहसी अनि शक्तिशाली बनौं जब हामी हाम्रा मानिसहरूका निम्ति अनि हाम्रा परमेश्वरको शहरहरूका निम्ति लड्छौ। परमप्रभुले त्यही गरून् जो उहाँले उचित ठान्नुहुन्छ।”
13Be courageous, and let us be strong for our people, and for the cities of our God. May Yahweh do that which seems good to him.”
14योआब अनि तिनीसित भएका सेनाले अरामका सेनालाई आक्रमण गरे। अरामका सेनाहरू योआब अनि तिनका सेनाहरू देखि भागे।
14So Joab and the people who were with him drew near before the Syrians to the battle; and they fled before him.
15अम्मोनी सेनाहरूले अरामका सेनाहरू भागिरहेको देखे यसर्थ तिनीहरू पनि भागे। तिनीहरू अबीशै र तिनका सेना देखि भागे। अम्मोनीहरू आफ्ना शहरमा फर्के अनि योआब यरूशलेम फर्केर गए।
15When the children of Ammon saw that the Syrians had fled, they likewise fled before Abishai his brother, and entered into the city. Then Joab came to Jerusalem.
16अरामी प्रधानहरूले देखे कि इस्राएलीहरूले तिनीहरूलाई परास्त गरे। यसर्थ तिनीहरूले यूफ्रेटिस नदीको पूर्वतिर बसेका अरामी मानिसहरू बाट सहायता पाउनका निम्ति दूतहरू पठाए। शोपक अरामका हदर-एजेरका सेनापति थिए। शोपकले ती अन्य अरामी सैनिकहरूको पनि अगुवाइ गरे।
16When the Syrians saw that they were defeated by Israel, they sent messengers, and drew forth the Syrians who were beyond the River, with Shophach the captain of the army of Hadadezer at their head.
17दाऊदले समाचार सुने कि अरामका मानिसहरू युद्धका निम्ति एकत्रित भइरहेका छन्। यसर्थ दाऊदले इस्राएलका सबै मानिसहरूलाई एकजुट गराए। दाऊदले तिनीहरूलाई यर्दन नदी पारी लगे। तिनीहरू अरामीहरूको आमने-सामने भए। दाऊदले आफ्ना सेनालाई युद्धका निम्ति तयार हुनु हुकुम गरे अनि तिनीहरूले अरामीहरूलाई आक्रमण गरे।
17It was told David; and he gathered all Israel together, and passed over the Jordan, and came on them, and set the battle in array against them. So when David had put the battle in array against the Syrians, they fought with him.
18अरामीहरू इस्राएलीहरूबाट भागे। दाऊद र तिनका सेनाले 7,000 सारथिहरू अनि 40,000 अरामी सैनिकहरूलाई मारे। दाऊद अनि तिनका सेनाले अरामी सेनाका सेनापति शोपकलाई पनि मारिदिए।
18The Syrians fled before Israel; and David killed of the Syrians the men of seven thousand chariots, and forty thousand footmen, and killed Shophach the captain of the army.
19जब हदर-एजेरका अधीकारीहरूले तिनीहरूलाई इस्राएलले परास्त पारेका देखे, तिनीहरूले दाऊदसित सन्धि गरे। तिनीहरू दाऊदका सेवक बने। यसर्थ अरामीहरूले अम्मोनीहरूलाई फेरि सहायता गर्न अस्वीकार गरे।
19When the servants of Hadadezer saw that they were defeated by Israel, they made peace with David, and served him: neither would the Syrians help the children of Ammon any more.