1हामी अब तिमीहरुलाई संसारको सृष्टि अघिबाट जे अस्तित्वमा थियो त्यस विषयमा भन्छौं हामीले यो सुन्यौं हामीले आफ्नै आँखाले देख्यौं, हामीले हेर्यौं यो, हामीले हाम्रा हातले स्पर्श ग्यौं। हामी तिमीहरुलाई त्यो वचनको बारेमा भन्दैछौ जसले जीवन प्रदान गर्छ।
1That which was from the beginning, that which we have heard, that which we have seen with our eyes, that which we saw, and our hands touched, concerning the Word of life
2त्यो जीवन हामीमा देखापरेको छ। हामीले त्यसलाई देख्यौं। हामी यस बारे तिमीहरुलाई प्रमाण दिन सक्छौं। अब हामी तिमीहरुलाई त्यो जीवनको विषयमा भनी रहेका छौं। यो त्यो जीवन हो जो चिरस्थायी छ। यो त्यो जीवन हो जो परमेश्वर पितासित थियो अनि हाम्रो अघि देखा पर्यो।
2(and the life was revealed, and we have seen, and testify, and declare to you the life, the eternal life, which was with the Father, and was revealed to us);
3अब हामी तिमीहरुलाई हामीले देखेका अनि सुनेको कुराहरु भन्छौं। किनभने हामी चाहन्छौ कि हामीसित तिमीहरुको सङ्गति रहोस्। सङ्गति जो हामी एक साथ सहभोग गर्छौ त्यो पिता परमेश्वर अनि उनको पुत्र येशू ख्रीष्टसित हुन्छ।
3that which we have seen and heard we declare to you, that you also may have fellowship with us. Yes, and our fellowship is with the Father, and with his Son, Jesus Christ.
4हामी तिमीहरुलाई यी कुराहरु लेखिरहेकाछौं जसद्वारा तिमीहरु आनन्दले परिपूर्ण हुन सक्नेछौ।
4And we write these things to you, that our joy may be fulfilled.
5हामीले परमेश्वरबाट साँचो सन्देश सुन्यौं। अब हामी यो तिमीहरुलाई भनिरहेकाछौं कि परमेश्वर ज्योति हुनुहुन्छ। परमेश्वरमा अन्धकार हुँदैन।
5This is the message which we have heard from him and announce to you, that God is light, and in him is no darkness at all.
6यसर्थ, यदि हामी परमेश्वरसित हाम्रो सङ्गति भएको दावी गर्छौं, तर हामी अन्धकारमा बस्छौं भने हामी झूटो हौ, हामी सत्यको अनुसरण गरिरहेका छैनौ।
6If we say that we have fellowship with him and walk in the darkness, we lie, and don’t tell the truth.
7परमेश्वर ज्योतिमा रहनु हुन्छ। हामी पनि ज्योतिमा बस्नुपर्छ। यदि हामी ज्योतिमा बस्यौं भने हामी एक अर्कोमा सङ्गतिको सहभागी हुन्छौ। अनि जब हामी ज्योतिमा बस्छौं, येशूको रगतले हामीलाई सम्पूर्ण पापबाट धुन्छ।
7But if we walk in the light, as he is in the light, we have fellowship with one another, and the blood of Jesus Christ, his Son, cleanses us from all sin.
8यदि हामी, हामीमा पाप छैन भन्छौ भने हामीले स्वयंलाई धोका दिइरहेछौ, अनि हामीमा सत्य छैन।
8If we say that we have no sin, we deceive ourselves, and the truth is not in us.
9तर यदि हामी हाम्रा पापहरु स्वीकार गर्छौ तब परमेश्वर जो विश्वासयोग्य अनि धर्मी हुनुहुन्छ हाम्रा पापहरु अनि हामीले गरेको जम्मै गल्तीहरु क्षमा गर्नुहुनेछ। परमेश्वरमा जे उचित छ त्यही गर्नुहुन्छ।
9If we confess our sins, he is faithful and righteous to forgive us the sins, and to cleanse us from all unrighteousness.
10यदि हामी भन्छौ, हामीले पाप गरेका छैनौं तब हामीले परमेश्वरलाई झूटो बनाउँछौ। यसैले देखाँउछ कि हाम्रो हृदयमा परमेश्वरको साँचो सन्देश राखेका छैनौं।
10If we say that we haven’t sinned, we make him a liar, and his word is not in us.