Nepali

World English Bible

1 Kings

10

1शबाकी रानीले सुलेमानको विषयमा सुनेकी थिइन्। यसकारण तिनी साह्रै अप्ठ्यारा प्रश्नहरू लिएर उनको जाँच गर्न आइन्।
1When the queen of Sheba heard of the fame of Solomon concerning the name of Yahweh, she came to prove him with hard questions.
2तिनले सेवकहरूको साह्रै ठूलो समूह लिएर यरूशलेम तिर यात्रा गरिन्। ठूलो संख्यामा मसाला, रत्न अनि धेरै सुन बोक्ने ऊँटहरू पनि तिनीहरूसित थिए। तिनले सुलेमान सँग भेट गरिन् अनि उनलाई ती सबै प्रश्नहरू सोधिन् जो उनले सोचेकी थिइन्।
2She came to Jerusalem with a very great train, with camels that bore spices, and very much gold, and precious stones; and when she had come to Solomon, she talked with him of all that was in her heart.
3सुलेमानले सबै प्रश्नहरूको उत्तर दिए। तिनको कुनै पनि प्रश्नको उत्तर दिनका लागि अप्ठ्यारो थिएन।
3Solomon told her all her questions: there was not anything hidden from the king which he didn’t tell her.
4शबाकी रानीले सुलेमान औधी बुद्धिमान छन् भन्ने बुझिन्। उनले त्यो महल पनि देखिन् जो राजाले बनाएका थिए।
4When the queen of Sheba had seen all the wisdom of Solomon, and the house that he had built,
5रानीले खाना खाने टेबल र खाद्य-सामग्री पनि देखिन्। तिनले राजाका अधिकारीका बस्ने ठाउँ अनि हाजिर हुने अनि उसको देखरेख गर्ने नोकरहरूले लगाएका लुगाहरू उनले उनको भोजन-सामग्री तथा मन्दिरमा गरिएको भेंट देखिन्। ती सबै चीजहरूले साँच्चै नै उनलाई चकित पारेर, ‘लामो सास फेर्ने बनाइ दिए।’
5and the food of his table, and the sitting of his servants, and the attendance of his ministers, and their clothing, and his cup bearers, and his ascent by which he went up to the house of Yahweh; there was no more spirit in her.
6यसर्थ रानीले राजालाई भनिन्, “मैले मेरो देशमा तपाईंको बुद्धि अनि गरेको सबै कामहरूको विषयमा धेरै कुरा सुनेकी थिएँ अनि प्रत्येक कुरा साँचो छ!
6She said to the king, “It was a true report that I heard in my own land of your acts, and of your wisdom.
7मैले तबसम्म विश्वास गरेकी थिइन जबसम्म म आएर आफ्ना आँखाले हेर्न पाएकी थिइन। म देख्दै छु मैले जे सुनेकी थिएँ, त्यो भन्दा बढी यहाँ छ। तपाईंको सम्पत्ति र बुद्वि मानिसहरूले बताएको भन्दा धेरै बढी छ।
7However I didn’t believe the words, until I came, and my eyes had seen it. Behold, the half was not told me! Your wisdom and prosperity exceed the fame which I heard.
8तपाईंले परमप्रभु तपाईंका परमेश्वरको प्रशंसा गर्नु पर्छ किनभने उहाँ खुशी हुनुभयो अनि तपाईंलाई इस्राएलका राजा बनाउनु भयो। उहाँले तपाईंलाई इस्राएलका राजा बनाउनु भयो ताकि तपाईंले जुन सही हो त्यही गर्नु हुन्छ अनि आफ्ना प्रजाहरूसित असल व्यवहार गर्नु भयो।
8Happy are your men, happy are these your servants, who stand continually before you, who hear your wisdom.
9परमप्रभु तपाईंको परमेश्वरको स्तुति होस्! उहाँले तपाईंलाई इस्राएलको राजा बनाएर खुशी हुनुहुन्छ। परमप्रभु परमेश्वरले इस्राएललाई सदा-सर्वदा प्रेम गर्नुहुन्छ। वहाले तपाईंलाई राजा बनाउनु भयो। यसकारण तपाईंले तपाईंको अधीनसित के सही हो अनि सच्चाइले कार्य गर्नु होस्।”
9Blessed is Yahweh your God, who delighted in you, to set you on the throne of Israel. Because Yahweh loved Israel forever, therefore made he you king, to do justice and righteousness.”
10तब शीबाकी रानीले राजालाई लगभग 120 तोडा सुन दिइन्। उनले तिनलाई धेरै मसालाहरू र रत्नहरू पनि दिइन्। शीबाकी रानीले सुलेमानलाई अरू कसैले इस्राएलमा ल्याएको भन्दा बढी नै मसाला दिइन्।
10She gave the king one hundred twenty talents of gold, and of spices very great store, and precious stones. There came no more such abundance of spices as these which the queen of Sheba gave to king Solomon.
11हीरामको जहाजले ओपीरबाट सुन ल्याएको थियो। ती जहाजले धेरै नै विशेष काठ र रत्नहरू पनि ल्याएका थिए।
11The navy also of Hiram, that brought gold from Ophir, brought in from Ophir great plenty of almug trees and precious stones.
12सुलेमानले मन्दिर र महलमा अघि दलानी बनाउन काठ प्रयोग गरे उसले गाउने बजाउनेहरूका निम्ति वीणा र साराङ्गाी बनाउनमा काठ प्रयोग गरे। कसैले पनि यस प्रकारको काठ इस्राएलमा ल्याएको थिएन अनि कसैले पनि त्यस प्रकारको काठ कहिल्यै देखेको थिएन।
12The king made of the almug trees pillars for the house of Yahweh, and for the king’s house, harps also and stringed instruments for the singers: there came no such almug trees, nor were seen, to this day.
13तब राजा सुलेमानले शीबाकी रानीलाई ती उपहारहरू दिए जुन तिनले आफ्नो लागि चुनिन। तब उनले तिनलाई यस्ता वस्तुहरू दिए जो तिनले मागिन्। त्यसपछि, रानी र उनका सेवकहरू आफ्नो देश फर्किए।
13King Solomon gave to the queen of Sheba all her desire, whatever she asked, besides that which Solomon gave her of his royal bounty. So she turned, and went to her own land, she and her servants.
14राजा सुलेमानले प्रत्येक वर्ष तौल 666 तोडा सुन प्राप्त गर्दथे।
14Now the weight of gold that came to Solomon in one year was six hundred sixty-six talents of gold,
15व्यापारिक जहाजहरूमा सुन ल्यान छोडेर उनी पसले र व्यापारीहरू अनि अरबका राजा तथा देशका प्रशासहरूबाट पनि सुन प्राप्त गर्दथे।
15besides that which the traders brought, and the traffic of the merchants, and of all the kings of the mixed people, and of the governors of the country.
16राजा सुलेमानले 200 वटा सुनको पाताका ठूला ढालहरू बनाएका थिए। प्रत्येक ढालमा लगभग 600 शेकेल कुटेको सुन थियो।
16King Solomon made two hundred bucklers of beaten gold; six hundred shekels of gold went to one buckler.
17तीन सयवटा सुनको पाताका साना ढालहरू पनि बनाए। प्रत्येक ढालमा लगभग तीन मीना सुन लागेको थियो। राजाले तिनीहरूलाई “लबानोनको वन” नाउँ भएको महलमा राखेका थिए।
17he made three hundred shields of beaten gold; three minas of gold went to one shield: and the king put them in the house of the forest of Lebanon.
18राजाले ठूलो हात्तीको दाँतको सिंहासन पनि बनाए। उनले त्यसलाई शुद्ध सुनले ढाके।
18Moreover the king made a great throne of ivory, and overlaid it with the finest gold.
19सिंहासनमा पुग्ने छःवटा सिंढीहरू थिए। सिंहासनको पछिल्लो भागको आकार गोलो थियो। आसनको दुवैतिर बाहुहरू थिए। आसनको बगलहरूको प्रत्येक सिंढीमा दुइवटा सिंहहरूको मूर्तिहरू।
19There were six steps to the throne, and the top of the throne was round behind; and there were stays on either side by the place of the seat, and two lions standing beside the stays.
20छःवटा सिंढीहरुमध्ये पनि प्रत्येकमा दुइवटा सिंह थिए। प्रत्येकको अन्तमा एउटा सिंह थियो। अरू राज्यमा यस प्रकारको केही थिएन।
20Twelve lions stood there on the one side and on the other on the six steps: there was nothing like it made in any kingdom.
21सुलेमानका सबै प्याला र गिलासहरू सुनका थिए। अनि “लबानोनको वन” नाउँक महलमा सबै भाँडा-कुँडाहरू शुद्ध सुनका बनाइएका थिए। महलमा केही पनि चांदीको बनाइएको थिएन। सुलेमानको समयमा सुन यति ज्यादा थियो कि मानिसहरू चाँदीलाई महत्वपूर्ण सम्झिदैन थिए।
21All king Solomon’s drinking vessels were of gold, and all the vessels of the house of the forest of Lebanon were of pure gold: none were of silver; it was nothing accounted of in the days of Solomon.
22राजासित धेरै व्यापारिक जहाजहरू थिए। ती जहाजहरू हीरामका जहाजहरू सितैं यात्रा गर्थ्यो। प्रत्येक तीन वर्षमा एक पल्ट यी जहाजहरूले सुन, चाँदी, हात्तीको दाँत पुच्छर नभएको वाँदहरू र मजुरहरू ल्याउने गर्थ्यो।
22For the king had at sea a navy of Tarshish with the navy of Hiram: once every three years came the navy of Tarshish, bringing gold, and silver, ivory, and apes, and peacocks.
23सुलेमान धर्तीमा सबैभन्दा महान, राजा थिए। उनी सबै राजाहरू भन्दा बढी धनी र बुद्धिमान थिए।
23So king Solomon exceeded all the kings of the earth in riches and in wisdom.
24सबै ठाउँका मानिसहरू राजा सुलेमानलाई हेर्न चाहन्थे। तिनीहरू परमेश्वरले उनलाई दिएको ज्ञान-बुद्धि सुन्न चाहन्थे।
24All the earth sought the presence of Solomon, to hear his wisdom, which God had put in his heart.
25प्रत्येक वर्ष मानिसहरू राजालाई हेर्न आउँथे। अनि प्रत्येक मानिसले उपहार ल्याउने गर्दथे। तिनीहरू सुन र चाँदीले बनाएको बस्तुहरू, लुगाफाटा, हतियार, मसाला, घोडाहरू र खच्चर ल्याउने गर्दथे।
25They brought every man his tribute, vessels of silver, and vessels of gold, and clothing, and armor, and spices, horses, and mules, a rate year by year.
26यसकारण सुलेमानसँग धेरै-धेरै रथहरू र घोडाहरू थिए। उनीसँग 1,400 रथ अनि 12,000 घोडाहरू थिए। सुलेमानले ती रथहरूका लागि विशेष शहरहरू बनाए। यसकारण रथहरू ती शहरहरूमा राखिएको थिए। राजा सुलेमानले केही रथहरू यरूशलेममा आफूसँग पनि राखेका थिए। राजाले इस्राएललाई समृद्ध बनाएका थिए।
26Solomon gathered together chariots and horsemen: and he had a thousand and four hundred chariots, and twelve thousand horsemen, that he bestowed in the chariot cities, and with the king at Jerusalem.
27राजाले इस्राएललाई एउटा धनी देश बनाए। यरूशलेम शहरमा चाँदी, चट्टान जस्तैं सामन्य थियो अनि देवदारको काठ निम्ति भूमितिर उगने प्रशस्त अञ्जीरको रूख जस्तैं सामान्य थियो।
27The king made silver to be in Jerusalem as stones, and cedars made he to be as the sycamore trees that are in the lowland, for abundance.
28सुलेमानले मिश्र अनि क्यूएबाट घोडाहरू ल्याएका थिए। उनका व्यापारीहरूले तिनीहरूलाई क्यूएमा किने अनि इस्राएलमा ल्याए।
28The horses which Solomon had were brought out of Egypt; and the king’s merchants received them in droves, each drove at a price.
29मिश्रको एउटा रथको मोल लगभग 600 शेकेल चाँदी थियो अनि एउटा घोडाको मोल पौने 150 शेकेल चाँदी थियो। सुलेमानलेलाई हित्ती र अरामीका राजाहरूलाई घोडा र रथहरू बिक्राी गरिदिए।
29A chariot came up and went out of Egypt for six hundred shekels of silver, and a horse for one hundred fifty; and so for all the kings of the Hittites, and for the kings of Syria, they brought them out by their means.