1हीराम सोरका राजा थिए। हीराम दाऊदका मित्र थिए। यसकारण जब हीरामले दाऊदपछि सुलेमान नयाँ राजा भएको सुने, उनले सुलेमान कहाँ दासहरू पठाए।
1Hiram king of Tyre sent his servants to Solomon; for he had heard that they had anointed him king in the place of his father: for Hiram was ever a lover of David.
2सुलेमानले राजा हीरामलाई जे भने, यो होः
2Solomon sent to Hiram, saying,
3“तपाईंलाई थाहै छ, मेरा पिता दाऊदले चारैतिर धेरै नै युद्ध गर्नु परेको थियो। यस कारण परमप्रभु उहाँको परमेश्वरको सत्कारमा उहाँ एउटा मन्दिर बनाउने योग्य हुनु भएन। राजा दाऊद तब सम्म पर्खिरहे जबसम्म परमप्रभुले उनलाई सबै शत्रुहरू परास्त गर्ने वरदान दिनुभएन।
3“You know how that David my father could not build a house for the name of Yahweh his God for the wars which were about him on every side, until Yahweh put them under the soles of his feet.
4तर अहिले परमप्रभु मेरा परमेश्वरले मेरो देशको चारैतिर मलाई शान्ति दिनुभएकोछ। अब मेरो कोही शत्रु छैनन्। मेरा प्रजाहरू संकटमा छैनन्।
4But now Yahweh my God has given me rest on every side. There is neither adversary, nor evil occurrence.
5“परमप्रभुले मेरा पितासँग एउटा प्रतिज्ञा गर्नु भएको थियो परमप्रभुले भन्नुभयो, ‘तँपछि तेरो छोरालाई राजा बनाउनेछु अनि तेरो छोराले मेरा सत्कारमा एउटा मन्दिर बनाउने छ।’ अब म परमेश्वरको सत्कारमा मन्दिर निर्माण गर्ने योजना गर्दैछु।
5Behold, I purpose to build a house for the name of Yahweh my God, as Yahweh spoke to David my father, saying, ‘Your son, whom I will set on your throne in your place, he shall build the house for my name.’
6यसकारण म तपाईंलाई सहयोग गर्ने अनुरोध गर्दछु। तपाईंका मानिसहरू लबानोन दिनुहोस्। त्यहाँ तिनीहरू मेरा लागि धूपीका रूख काट्ने छन्। मेरा सेवकहरू तपाईंका मानिसहरूसँगै काम गर्नेछन्। आफ्ना मानिसहरूको मज्दुरीको रूपमा तपाईंले तोक्नु, भएको रकम म दिनेछु। मलाई तपाईंको सहयोगको खाँचो छ। हाम्रा काठकर्मीहरू सीदोनका काठकर्मीजति सिपालु छैनन्।”
6Now therefore command that they cut me cedar trees out of Lebanon. My servants shall be with your servants; and I will give you wages for your servants according to all that you shall say. For you know that there is not among us any who knows how to cut timber like the Sidonians.”
7जब हीरामले सुलेमानले मागेको कुरा सुने, उनी औधी खुशी भए। राजा हीरामले भने, “यो विशाल राष्ट्रको शासन गर्ने बुद्धिमान छोरा दाऊदलाई दिएकोमा आज म परमप्रभुलाई धन्यवाद दिन्छु!”
7It happened, when Hiram heard the words of Solomon, that he rejoiced greatly, and said, “Blessed is Yahweh this day, who has given to David a wise son over this great people.”
8तब हीरामले सुलेमान कहाँ संन्देश पठाए। सन्देशमा भनिएको थियो, “तपाईंले भन्नु भएको कुरा मैले सुने। तपाईंले मागेको सबै धूपी अनि सल्लाका रूखहरू दिनेछु।
8Hiram sent to Solomon, saying, “I have heard the message which you have sent to me. I will do all your desire concerning timber of cedar, and concerning timber of fir.
9मेरो सेवकहरूले यी रूखहरू लबानोनदेखि समुद्रसम्म ल्याउनेछन्। तब ती रूखहरू बाँध्नेछु अनि तपाईंले इच्छा गर्नु भएको ठाउँसम्म बगाएर पठाउने छु। त्यहाँ म तिनीहरूलाई जम्मा गर्ने छु अनि तपाईंले तिनीहरूलाई आफ्नो साथ लिएर जान सक्नु हुन्छ।” बद्लामा तपाईंले मेरो घर परिवारको लागि खान पठाईदिनुहोस्।”
9My servants shall bring them down from Lebanon to the sea. I will make them into rafts to go by sea to the place that you shall appoint me, and will cause them to be broken up there, and you shall receive them. You shall accomplish my desire, in giving food for my household.”
10यसकारण हीरामले सुलेमानलाई उसलाई चाहे जति सक्दो देवदारू अनि गोब्रेसल्लाको रूखहरू जुटाए।
10So Hiram gave Solomon timber of cedar and timber of fir according to all his desire.
11सुलेमानले हीरामलाई 20,000 मुरी गहुँ र 20 मुरी भद्राक्षको तेल प्रत्येक वर्ष उसको परिवारको निम्ति जुटाए।
11Solomon gave Hiram twenty thousand measures of wheat for food to his household, and twenty measures of pure oil. Solomon gave this to Hiram year by year.
12परमप्रभुले प्रतिज्ञा गर्नुभए अनुसार सुलेमानलाई बुद्धि दिनुभयो। हीराम र सुलेमान माझ शान्ति थियो। यी दुइ राजाहरूले आफ्समा सन्धि गरेका थिए।
12Yahweh gave Solomon wisdom, as he promised him; and there was peace between Hiram and Solomon; and they two made a treaty together.
13राजा सुलेमानले यस कार्यमा सघाउ पुर्याउन इस्राएलका तीस हजार मानिसहरूलाई बोलाए।
13King Solomon raised a levy out of all Israel; and the levy was thirty thousand men.
14राजा सुलेमानले अदोनीराम नाउँको व्यक्तिलाई प्रमुख बनाए। सुलेमानले मानिसहरूलाई तीन वटा दलमा विभाजन गरे। प्रत्येक दलमा 10,000 मानिसहरू थिए। प्रत्येक दलले लबानोनमा एक महीना काम गरे अनि तब दुइ महीना घर जाने गर्द थिए।
14He sent them to Lebanon, ten thousand a month by courses; a month they were in Lebanon, and two months at home; and Adoniram was over the men subject to forced labor.
15सुलेमानले पर्वतीय क्षेत्रमा 80,000 मानिसहरूलाई काममा लगाए। ती मानिसहरूको काम चट्टान काट्नु थियो। चट्टान बोक्ने मानिसहरू 70,000 थिए।
15Solomon had seventy thousand who bore burdens, and eighty thousand who were stone cutters in the mountains;
16काम गर्ने मानिसहरूको काम हेर्ने 3,300 नाईकेहरू पनि थिए।
16besides Solomon’s chief officers who were over the work, three thousand and three hundred, who bore rule over the people who labored in the work.
17राजा सुलेमानले मन्दिरको आधारशिलाको निम्ति तिनीहरूलाई विशाल अनि मूल्यवान ढुङ्गाहरू काट्ने आदेश दिएका थिए। ती ढुङ्गाहरू सावधानीपूर्वक काटियो।
17The king commanded, and they cut out great stones, costly stones, to lay the foundation of the house with worked stone.
18तब सुलेमानका कारीगरहरू, हीरामका कारीगरहरूले अनि गबालीहरू ढुङ्गामा बुट्टा काट्ने काम गरे। तिनीहरूले मन्दिर निर्माणको निम्ति ढुङ्गा अनि काठहरू तयार पारे।
18Solomon’s builders and Hiram’s builders and the Gebalites cut them, and prepared the timber and the stones to build the house.