Nepali

World English Bible

1 Peter

1

1पत्रुस, येशू ख्रीष्टका प्रेरित द्वारा अभिवादन परमेश्वरद्वारा चुनिएको जो आफ्ना घरदेखि टाढामा पोन्टस्, गलातिया, क्यापडोसिया, एशिया अनि बिथनियाभरि फैलिएर बसेका मानिसहरु प्रति।
1Peter, an apostle of Jesus Christ, to the chosen ones who are living as foreigners in the Dispersion in Pontus, Galatia, Cappadocia, Asia, and Bithynia,
2परमेश्वरले तिमीहरुलाई पवित्र मानिस बनाउनु भएको थियो। तिमीहरुलाई पवित्र तुल्याउने कार्य आत्माको हो। परमेश्वरको आज्ञाकारी र येशू ख्रीष्टको रगतले अभिषेक गरी शुद्ध पार्न तिमीहरु चुनिएका थियै। परमेश्वरको अनुग्रह तिमीहरुमा अधिक भन्दा अधिक बढेर जावोस्। जिउँदो आशा
2according to the foreknowledge of God the Father, in sanctification of the Spirit, that you may obey Jesus Christ and be sprinkled with his blood: Grace to you and peace be multiplied.
3परमेश्वर जो हाम्रा प्रभु येशू ख्रीष्टका पिता हुन उहाँको प्रशंसा होस्। परमेश्वरमा सीमाविहिन कृपा छ र उनको कृपाको कारणले हामीलाई नयाँ जीवन दिइएको छ। यो नयाँ जीवनले मृत्युदेखि येशू ख्रीष्टको पुनरुत्थानद्वारा हामीप्रति सजीव आशा ल्याउँछ।
3Blessed be the God and Father of our Lord Jesus Christ, who according to his great mercy became our father again to a living hope through the resurrection of Jesus Christ from the dead,
4अब हामी आशीर्वादको आशा राख्छौं जो उहाँको नानीहरुका निम्ति उहाँकहाँ छ। यो आशीर्वाद तिमीहरुका निम्ति स्वर्गमा जोगाएर राखिएको छ। यी आशीर्वादहरु ध्वंश, नष्ट अथवा धमिलो हुनेछैन। जबसम्म तिमीहरुले मुक्ति पाउँदैनौ
4to an incorruptible and undefiled inheritance that doesn’t fade away, reserved in Heaven for you,
5तिम्रो विश्वास मार्फत परमेश्वरको शक्तिले तिमीहरु सुरक्षित रहन्छौ। यो मुक्ति तयार राखिएकोछ अनि यो तिमीहरुलाई समयको अन्तमा दिइनेछ।
5who by the power of God are guarded through faith for a salvation ready to be revealed in the last time.
6यसले तिमीहरुलाई अत्यन्त सुखी तुल्याउनु पर्छ यद्यपि क्षणिक समयकोलागि सबै प्रकारको कष्ट भोग्दा तिमीहरुलाई दुखी बनाँउछ।
6Wherein you greatly rejoice, though now for a little while, if need be, you have been put to grief in various trials,
7यी दुख-कष्टहरु किन हुन्छन्? तिमीहरुको विश्वास शुद्ध छ भनी प्रमाण गर्नु। विश्वासको शुद्धतामा सुन भन्दा अधिक मूल्य छ। सुनको शुद्धता अग्निद्वारा प्रमाणित गर्न सकिन्छ, तर सुन नष्ट हुन्छ। जब येशू ख्रीष्ट आउँछन् विश्वासको शुद्धताले तिमीहरुमा प्रशंसा, महिमा अनि सम्मान ल्याउनेछ।
7that the proof of your faith, which is more precious than gold that perishes even though it is tested by fire, may be found to result in praise, glory, and honor at the revelation of Jesus Christ—
8तिमीहरुले ख्रीष्टलाई देखेका छैनौ तर पनि तिमीहरु उहाँलाई प्रेम गर्छौ। तिमीहरुले अहिले उहाँलाई देख्न सक्तैनौ तर तिमीहरु उहाँमाथि विश्वास गर्छौ। तिमीहरु अकथनीय अनि गौरवमय आन्नदले परिपूर्ण छौ।
8whom not having known you love; in whom, though now you don’t see him, yet believing, you rejoice greatly with joy unspeakable and full of glory—
9तिमीहरुको विश्वासको एक लक्ष्य छ। त्यो लक्ष्य तिमीहरुको आत्मा बचाउँनु हो। अनि तिमीहरुले तिमीहरुको लक्ष्य जो मुक्तिको निम्ति हो त्यो प्राप्त गर्दैछौ।
9receiving the result of your faith, the salvation of your souls.
10अगमवक्ताहरुले सावधानपूर्वक अध्ययन गरे अनि यो मुक्तिको विषयमा जान्ने कोशिश गरे। ती अगमवक्ताहरुले अनुग्रहको बारेमा अगमवाणी गरे जो तिमीहरुलाई देखाइयो।
10Concerning this salvation, the prophets sought and searched diligently, who prophesied of the grace that would come to you,
11ख्रीष्टको आत्मा ती अगमवक्ताहरुमा थियो। अनि आत्माले ती दुखा-कष्टहरुको बारेमा, जो ख्रीष्टहरुको बारेमा, जो ख्रीष्टमाथि घट्ने थियो अनि त्यो महिमा जो ती दुख कष्टहरु पछि आउनेछन्, भनिरहेथ्यो। ती अगमवक्ताहरुले तिनीहरुलाई त्यो आत्माले के देखाइ रहेछन्, त्यसबारे जान्ने कोशिश गरे। ती कुराहरु कहिले घट्नेछन् अनि त्यसबेला संसारको अवस्था कस्तो हुनेछ, तिनीहरुले यो जान्ने कोशिश गरे।
11searching for who or what kind of time the Spirit of Christ, which was in them, pointed to, when he predicted the sufferings of Christ, and the glories that would follow them.
12यो तिनीहरुलाई देखाइयो कि जुन सेवा तिनीहरुले गरे तिनीहरु स्वयंका निम्ति होइन। ती अगमवक्ताहरुले तिमीहरुको सेवा गरिरहेका थिए जब तिनीहरुले यो कुराको विषयमा भने जो अहिले तिमीहरुले सुन्यौ। तिनीहरु जसले तिमीहरुलाई सुसमाचार प्रचार गरे तिमीहरुलाई ती कुराहरु भने। तिनीहरुले तिमीहरुलाई त्यो पवित्र आत्माको सहायताले भनिएका कुराहरु ती कुराहरु हुन जुन स्वर्गदूतहरु पनि जान्न उत्सुक छन्।
12To them it was revealed, that not to themselves, but to you, they ministered these things, which now have been announced to you through those who preached the Good News to you by the Holy Spirit sent out from heaven; which things angels desire to look into.
13यसर्थ सेवाको निम्ति मनलाई तयार पार अनि आत्म-नियन्त्रण गर। तिमीहरुले अनुग्रहकोलागि आशा गर्नु पर्छ जुन तिमीहरुलाई दिइनेछ, जब येशू ख्रीष्ट आउनु हुन्छ।
13Therefore prepare your minds for action, be sober and set your hope fully on the grace that will be brought to you at the revelation of Jesus Christ—
14विगतमा तिमीहरुले यस विषयमा बुझेनौ, यसर्थ तिमीहरू नराम्रा कुराहरुले डोर्याइएका थियौ। तर अहिले तिमीहरु परमेश्वरका आज्ञाकारी बालकहरु हौ। यसर्थ बितेको समयमा जसरी बाँचेका थियौ, त्यसरी नबाँच.
14as children of obedience, not conforming yourselves according to your former lusts as in your ignorance,
15तर परमेश्वर जस्तै पवित्र होऊ अनि तिमीहरुले गर्ने सबै कुरामा पवित्र बन। परमेश्वर एक हुनुहुन्छ जसले तिमीहरुलाई बोलाउनुभयो।
15but just as he who called you is holy, you yourselves also be holy in all of your behavior;
16यो धर्मशास्त्रमा लेखिएको छ, “पवित्र बन, किनभने म पवित्र छु।”
16because it is written, “You shall be holy; for I am holy.”
17तिमीहरू परमेश्वरलाई प्रार्थना गर्छौ अनि उहाँलाई पिता भनी सम्बोधन गर्छौ। परमेश्वरले मानिसको कार्यलाई पक्षपात बिना जाँच गर्नुहुन्छ। यसर्थ, पृथ्वीमा प्रवासीहरु झैं बाँचिरहेको समयमा परमेश्वरको भय मानेर तिमीहरु बाँच्नु पर्छ।
17If you call on him as Father, who without respect of persons judges according to each man’s work, pass the time of your living as foreigners here in reverent fear:
18तिमीहरु जान्दछौ कि विगत समयमा तिमीहरु लक्ष्यहीन भई बाँचेका थियौ। तिमीहरुले त्यस तरिकाले जीवित रहने कुरा ती मानिसहरुबाट सिक्यौ जो तिमीहरु भन्दा अघि बाँचिरहेका थिए। तर तिमीहरुलाई त्यस तरिकाले बाँच्नबाट बँचाइयो। तिमीहरु किनियौ ती वस्तुहरुद्वारा होइन जो सुन वा चाँदी जस्तै नष्ट हुन्छ।
18knowing that you were redeemed, not with corruptible things, with silver or gold, from the useless way of life handed down from your fathers,
19तर तिमीहरु ख्रीष्टको बहुमूल्य रगतले किनियौ, दोषरहित भेडाको पाठो।
19but with precious blood, as of a faultless and pure lamb, the blood of Christ;
20विश्व निर्माण अघि नै ख्रीष्ट चुनिनु भएको थियर्यो। तर तिमीहरुको लागि यो अन्तिम समयमा उहाँलाई संसारमा चिनाइयो।
20who was foreknown indeed before the foundation of the world, but was revealed at the end of times for your sake,
21ख्रीष्टद्वारा तिमीहरु परमेश्वरमाथि विश्वास गर्छौ। परमेश्वरले ख्रीष्टलाई मृत्युबाट बौरी उठाए। तब परमेश्वरले उहाँलाई महिमा दिनु भयो। यसर्थ तिमीहरुको विश्वास अनि आशा परमेश्वरमा छ।
21who through him are believers in God, who raised him from the dead, and gave him glory; so that your faith and hope might be in God.
22अहिले, तिमीहरुले साँचो भातृप्रेम देखाऊ सत्यको पालन गरेर स्वयंलाई शुद्ध तुल्याएका छौ। यसर्थ एक-अर्कामा पूर्ण ह्रदयबाट गहिरो प्रेम गर।
22Seeing you have purified your souls in your obedience to the truth through the Spirit in sincere brotherly affection, love one another from the heart fervently:
23तिमीहरु फेरि जन्मेका छौ। यो नयाँ जीवन नष्टमय वस्तुबाट आएको होइन तर यो जीवन नष्ट नहुने वस्तुबाट आएको छ। तिमीहरु सर्वदा रहिरहने परमेश्वरको अन्त नहुने सजीव सन्देशद्वारा जन्माइएका हौ।
23having been born again, not of corruptible seed, but of incorruptible, through the word of God, which lives and remains forever.
24धर्मशास्त्रले भन्छ “मानिसहरु सँधैं बाँच्तैनन्, तिनीहरु घाँस झै हुन् तिनीहरुको माहिमा घाँसको फूल झै हो। घाँस ओइलिन्छ, अनि फूलहरु झर्छन्।
24For, “All flesh is like grass, and all of man’s glory like the flower in the grass. The grass withers, and its flower falls;
25तर परमेश्वरको वाणी सदैव रहिरहन्छ।” यशैया 40:6-8 अनि त्यो, यो वचन हो जुन तिमीहरुलाई भनियो।
25but the Lord’s word endures forever.” This is the word of Good News which was preached to you.