Nepali

World English Bible

1 Peter

3

1त्यसरीनै तिमी पत्नीहरुले आफ्ना पतिहरु अघि समर्पण गर। तब, यदि तिमीहरु कसैका पतिले परमेश्वरको शिक्षा स्वीकार गर्दैनन् भने केही नभनी तिमीहरुको व्यवहारले नै तिनीहरु जितिनेछन्।
1In the same way, wives, be in subjection to your own husbands; so that, even if any don’t obey the Word, they may be won by the behavior of their wives without a word;
2पतिहरुले तिमीहरुको जीवनमा पवित्र, सम्मानित चरित्र देख्नेछन्।
2seeing your pure behavior in fear.
3तिमीहरुको सुन्दरता बाहिरी गहनाहरुबाट जस्तै चुल्ठो बाटेर, सुनको गहना पहिरेर अथवा बहुमूल्य लुगा लगाएर, आउनु हुँदैन।
3Let your beauty be not just the outward adorning of braiding the hair, and of wearing jewels of gold, or of putting on fine clothing;
4अहँ, तिमीहरुको सुन्दरता तिमीहरुको भित्रबाट आउनु पर्छ। त्यो नम्र अनि शान्त आत्माको सुन्दरता हो। त्यो सुन्दरता कहिले पनि धमिलिँदैन। यो परमेश्वर अघि अत्यन्तै मूल्यवान हो।
4but in the hidden person of the heart, in the incorruptible adornment of a gentle and quiet spirit, which is in the sight of God very precious.
5यस प्रकारले ती पवित्र स्त्रीहरु जो धेरै अघि जीवित थिए अनि परमेश्वरमाथि आशा गरेकाले तिनीहरु आफै सुन्दर बनिएका थिए। तिनीहरुले आफैलाई आफ्ना पतिहरुमा सुम्पेका थिए। तिनीहरुले आफैलाई आफ्ना पतिहरुमा सुम्पेका थिए।
5For this is how the holy women before, who hoped in God also adorned themselves, being in subjection to their own husbands:
6म ‘सारा’ जस्ती स्त्रीहरुको विषयमा बात गरिरहेछु। तिनले आफ्ना पति अब्राहामको आज्ञा पालन गरिन्। अनि तिनलाई आफ्ना मालिक मानिन्। अनि तिमी स्त्रीहरु ‘सारा’-का साँचो सन्तानहरु हौ, यदि तिमीहरुले सुकर्म गरेकी छौ अनि भयभीत भएकी छैनौ भने।
6as Sarah obeyed Abraham, calling him lord, whose children you now are, if you do well, and are not put in fear by any terror.
7त्यसरी नै तिमी पतिहरु आफ्ना पत्नीहरुसित समझदारीको भावमा बस्नु पर्छ। तिमीहरुले आफ्ना पत्नीहरु प्रति आदर जनाउनु पर्छ। तिनीहरु तिमीहरुभन्दा कमजोर छन्। तर परमेश्वरले तिमीहरुका पत्नीहरुलाई त्यस्तै आशीर्वाद दिनु हुन्छ जस्तो तिमीहरुलाई दिनुहुन्छ। आशीर्वाद अनुग्रह हो जसले सत्य जीवन प्रदान गर्छ। यी कर्महरु गर जसद्वारा कसैले पनि तिमीहरुको प्रार्थनालाई बाधा पुर्याउन सक्तैन।
7You husbands, in the same way, live with your wives according to knowledge, giving honor to the woman, as to the weaker vessel, as being also joint heirs of the grace of life; that your prayers may not be hindered.
8यसरी, तिमीहरु सबैले एकसाथ शान्तिसित रहनु पर्छ। तिमीहरुले एक-अर्कालाई बुझ्ने प्रयत्न गर्नुपर्छ। एक-अर्का प्रति दाज्यू-भाइलाई जस्तै प्रेम गर। दयावान अनि बिनम्र बन।
8Finally, be all like-minded, compassionate, loving as brothers, tenderhearted, courteous,
9मानिसहरुले तिमीहरुलाई नराम्रो गरे तिमीहरुले प्रतिशोधमा नराम्रो कर्म नगर। यदि कसैले तिमीहरुलाई अपमान गरे प्रतिशोधमा उसलाई कुबचन नभन। तर त्यस व्यक्तिलाई आशीर्वाद देऊ भनी परमेश्वरसित प्रार्थना गर, किनभने तिमीहरुलाई आशीर्वाद प्राप्त गर्न आह्वान गरिएको हो।
9not rendering evil for evil, or insult for insult; but instead blessing; knowing that to this were you called, that you may inherit a blessing.
10धर्मशास्त्रले भन्छ, “मानिस जसले जीवनप्रति माया गर्न चाहन्छ अनि असल समयको आनन्द भोग गर्न चाहन्छ, उसले कुवचन बोल्नुबाट जिब्रो जोगाउनु र झूटा कुरा गर्नु बन्द गर्नुपर्छ।”
10For, “He who would love life, and see good days, let him keep his tongue from evil, and his lips from speaking deceit.
11त्यस व्यक्तिले कुकर्म गर्नु छाडनुपर्छ अनि असल कार्य गर्नुपर्छ, त्यस व्यक्तिले शान्ति खोज्नु पर्छ अनि त्यसलाई प्राप्त गर्ने प्रयत्न गर्नुपर्छ।
11Let him turn away from evil, and do good. Let him seek peace, and pursue it.
12प्रभुले धार्मिक मानिसहरुलाई हेर्छन् अनि प्रभुले तिनीहरुको प्रार्थना सुन्छन् तर प्रभु ती मानिसहरुको विरुद्ध हुनुहुन्छ जसले कुकर्म गर्छ।” भजनसंग्रह 34:12-16
12For the eyes of the Lord are on the righteous, and his ears open to their prayer; but the face of the Lord is against those who do evil.”
13यदि तिमीहरु सदैव असल गर्ने प्रयत्न गरिरहेछौ भने तिमीहरुलाई कसले नोक्सान गर्न सक्छ?
13Now who is he who will harm you, if you become imitators of that which is good?
14तर, धर्म गर्दा तिमीहरुले दुखको सामना गर्न सक्छौ। यदि तिमीहरुलाई त्यस्तो भए तिमीहरु धन्य हुनेछौ। “तिमीहरुलाई कष्ट दिने मानिसहरुसित भयभीत नहौऊ; चिन्तामा नपर।”
14But even if you should suffer for righteousness’ sake, you are blessed. “Don’t fear what they fear, neither be troubled.”
15तर तिमीहरुको ह्रदयमा ख्रीष्टलाई प्रभु मानेर पवित्ररुपले सम्मान गर। तिमीहरु प्रत्येकलाई व्याख्या दिन तैयार बस जसले तिमीहरुसंग। भएको आशाको विषयमा पुष्टी गराउन विन्ती गर्छ।
15But sanctify the Lord God in your hearts; and always be ready to give an answer to everyone who asks you a reason concerning the hope that is in you, with humility and fear:
16तर ती मानिसहरुलाई आदर सहित नम्र प्रकारले उत्तर देऊ। यो अनुभव गर्न समर्थ बन कि तिमीहरुले सही कार्य गरिरहेका छौ। जब तिमीहरु यस्तो प्रकारले काम गर्छौ ख्रीष्टमा तिमीहरुको चरित्रको विषयमा निन्दा गर्नेहरु लज्जित हुनेछन्।
16having a good conscience; that, while you are spoken against as evildoers, they may be disappointed who curse your good way of life in Christ.
17सुकर्म गरेर यातना भोग्नु कुकर्म गरेर सुख भोग्नु भन्दा उत्तम हो। यही सबै भन्दा उत्तम हो, यदि परमेश्वरले चाहनु भएको त्यही हो भने।
17For it is better, if it is God’s will, that you suffer for doing well than for doing evil.
18तिमीहरुको निम्ति ख्रीष्टले सधैंको निम्ति जीवन वलिदान दिनुभयो। उहाँ दोषी हुनु हुन्न थियो, तर उहाँ तिनीहरुको निम्ति मर्नु भयो जो दोषी थिए। तिमीहरु सबैलाई परमेश्वरकहाँ ल्याउनु उहाँले यसो गर्नु भयो। उहाँ शरीरमा मर्नुभयो, तर उहाँलाई आत्मामा जीवित तुल्याइयो।
18Because Christ also suffered for sins once, the righteous for the unrighteous, that he might bring you to God; being put to death in the flesh, but made alive in the spirit;
19अनि उहाँ आत्मा स्वरुप बन्दी आत्माहरुलाई शिक्षा दिनु जानुभयो।
19in which he also went and preached to the spirits in prison,
20ती आत्माहरु तिनीहरु हुन् जसले नूहको समयमा परमेश्वरको आज्ञा पालन गर्न अस्वीकार गरेका थिए। परमेश्वरले तिनीहरुलाई धैर्यसित प्रतिक्षा गरिरहनु भएको थियो जुन बेला नूहले जहाज बनाइरहेका थिए। केवल जम्मा आठजना त्यस जहाजमा बाँचेका थिए। ती मानिसहरुलाई पानीले बचाएको थियो।
20who before were disobedient, when God waited patiently in the days of Noah, while the ship was being built. In it, few, that is, eight souls, were saved through water.
21त्यो पानी बप्तिस्मा जस्तै थियो जसले आहिले तिमीहरुलाई बचाउँछ। बप्तिस्मा शरीरको मैला धुने होइन। बप्तिस्मामा हामी परमेश्वरसित पवित्र ह्रदयको निम्ति याचना गरिरहेकाछौं। यसले तिमीहरुलाई बचाउँछ किनभने येशू ख्रीष्टलाई मृत्युबाट उठाइएको थियो।
21This is a symbol of baptism, which now saves you—not the putting away of the filth of the flesh, but the answer of a good conscience toward God, through the resurrection of Jesus Christ,
22अहिले येशू स्वर्गमा जानु भएकोछ। उहाँ परमेश्वरको दाहिने तर्फ हुनुहुन्छ। उहाँ स्वर्गदूतहरु, अधिकारीहरु अनि शक्तिहरुमाथि शासन चलाउनु हुन्छ।
22who is at the right hand of God, having gone into heaven, angels and authorities and powers being made subject to him.