1जब रहबाम यरूशलेम आए, तिनले 1,80,000 सर्वोत्तम सैनिकहरू भेला गरे तिनले ती सैनिकहरू यहूदा अनि बिन्यामीनका कुल समूहबाट भेला गरे। उसले राज्यलाई आफ्नो निम्ति फर्काएर ल्याउन र तिनीहरूलाई इस्राएलको विरूद्ध युद्ध गर्न भेला गरे।
1When Rehoboam had come to Jerusalem, he assembled the house of Judah and Benjamin, one hundred eighty thousand chosen men, who were warriors, to fight against Israel, to bring the kingdom again to Rehoboam.
2तर परमप्रभुबाट शमायाह कहाँ संन्देश आयो। शमायाह परमेश्वरका मानिस थिए। परमप्रभुले भन्नुभयो,
2But the word of Yahweh came to Shemaiah the man of God, saying,
3“शमायाह, सुलेमानका छोरा रहबाम अनि यहूदाका राजासित कुरा गर। यहूदा बिन्यामीनमा बस्ने सबै इस्राएली मानिसहरूसित कुरा-कानी गर। तिनीहरूलाई भनः
3“Speak to Rehoboam the son of Solomon, king of Judah, and to all Israel in Judah and Benjamin, saying,
4परमप्रभु यसो भन्नु हुन्छः ‘तिमीहरू आफ्ना भाइहरूसित लड्नु हुँदैन। हरेक व्यक्ति घर फर्की जाओस्। मैले नै यसो हुन दिएको हुँ।”‘ यसर्थ रहबाम अनि तिनका सेनाले परमप्रभुको संन्देश मानेर फर्किए। तिनीहरूले यारोबाम माथि आक्रमण गरेनन्।
4‘Thus says Yahweh, “You shall not go up, nor fight against your brothers! Return every man to his house; for this thing is of me.”’” So they listened to the words of Yahweh, and returned from going against Jeroboam.
5रहबाम यरूशलेममा बस्थे। तिनले आक्रमणको विरूद्ध रक्षा गर्नका निम्ति यहूदामा मजबूत शहरहरू बसाले।
5Rehoboam lived in Jerusalem, and built cities for defense in Judah.
6तिनले बेतलेहेम, एताम, तको,
6He built Bethlehem, and Etam, and Tekoa,
7बेतसर, सोको, अदुल्लाम,
7Beth Zur, and Soco, and Adullam,
8गात, मरेशा, जीप,
8and Gath, and Mareshah, and Ziph,
9अदोरेम, लाकीश, अजेका,
9and Adoraim, and Lachish, and Azekah,
10सोरा, अय्यालोन अनि हेब्रोन शहरहरूको मरम्मत गरे। यहूदा अनि बिन्यामीनका यी शहरहरूलाई मजबूत तुल्याइयो।
10and Zorah, and Aijalon, and Hebron, which are in Judah and in Benjamin, fortified cities.
11जब रहबामले ती शहरहरूलाई सुदृढ तुल्याए तब तिनले त्यसमा सेनापतिहरू राखे। तिनले ती शहरहरूमा भोजन, तेल र दाखरसको आफ्ूर्तिको व्यवस्था पनि गरिदिए।
11He fortified the strongholds, and put captains in them, and stores of food, and oil and wine.
12रहबामले हरेक शहरमा ढाल र भालाहरू पनि राखे र शहरहरूलाई अत्यन्त मजबूत तुल्याए। रहबामले यहूदा अनि बिन्यामीनका मानिसहरू अनि शहरहरू आफ्ना अधिकारमा राखे।
12He put shields and spears in every city, and made them exceeding strong. Judah and Benjamin belonged to him.
13इस्राएल भरिका पूजाहारी अनि लेवीहरू रहबाम सित सहमत भए अनि तिनीसित मिले।
13The priests and the Levites who were in all Israel resorted to him out of all their border.
14लेवीहरूले आफ्ना भूमि र तिनीहरूका आफ्नै खेतहरू छोडे अनि यहूदा र यरूशलेममा आए। लेवीहरूले यसो गरे किनभने यारोबाम अनि तिनका छोराहरूले परमप्रभुको सेवकको रूपमा तिनीहरूलाई सेवा गर्न दिन अस्वीकार गरेका थिए।
14For the Levites left their suburbs and their possession, and came to Judah and Jerusalem: for Jeroboam and his sons cast them off, that they should not execute the priest’s office to Yahweh;
15यारोबामले उच्च स्थानहरूमा सेवा गर्नका निम्ति, जहाँ तिनले बनाएका बाख्रा अनि बाछाका मूर्तिहरू स्थापना गरेका थिए, आफ्नै पूजाहारीहरू छाने।
15and he appointed him priests for the high places, and for the male goats, and for the calves which he had made.
16जब लेवीहरूले इस्राएल छाडे तब इस्राएलका सम्पूर्ण परिवार समूहका ती मानिसहरू, जो इस्राएलका परमप्रभु परमेश्वर प्रति विश्वसनीय थिए, आफ्ना पिता पुर्खाहरूका परमप्रभु परमेश्वरलाई बलि चढाउन यरूशलेम आए।
16After them, out of all the tribes of Israel, such as set their hearts to seek Yahweh, the God of Israel, came to Jerusalem to sacrifice to Yahweh, the God of their fathers.
17ती मानिसहरूले यहूदा राज्यलाई शक्तिशाली बनाए। तिनीहरूले सुलेमानका छोरा रहबामलाई तीन वर्षसम्म सम्मर्थन गरे। तिनीहरूले यसो गरे किनभने त्यस समयमा तिनीहरूले दाऊद अनि सुलेमानको अनुशरण गरे। रहबामका परिवार
17So they strengthened the kingdom of Judah, and made Rehoboam the son of Solomon strong, three years; for they walked three years in the way of David and Solomon.
18रहबामले महलतलाई विवाह गरे। तिनका पिता यरीमोत थिए। तिनकी आमा अबीहेल थिइन्। यरीमोत दाऊदका छोरा थिए। अबीहेल एलीआबकी छोरी थिइन्, अनि एलीआब यिशैका छोरा थिए।
18Rehoboam took him a wife, Mahalath the daughter of Jerimoth the son of David, and of Abihail the daughter of Eliab the son of Jesse;
19महलतबाट रहबामका यी छोराहरू भएः येयूश, शमर्याह अनि साहम।
19and she bore him sons: Jeush, and Shemariah, and Zaham.
20तब रहबामले माकालाई विवाह गरे। माका अब्शालोमको नातिनी थिइन्। अनि माकाबाट रहबामका यी छोरा-छोरीहरू भएः अबियाह, अत्तै, जीजा अनि शलोमीत।
20After her he took Maacah the daughter of Absalom; and she bore him Abijah, and Attai, and Ziza, and Shelomith.
21रहबामले माकालाई तिनका अरू सबै पत्नीहरू र सेविकाहरूलाई भन्दा अधिक प्रेम गर्थे। माका अब्शालोमकी नातिनी थिइन्। रहबामका अठ्ठार जना पत्नीहरू र साठ्ठीजना सेविकाहरू थिए। रहबाम अठ्ठाईस जना छोरा अनि साठ्ठी जना छोरीहरूका पिता थिए।
21Rehoboam loved Maacah the daughter of Absalom above all his wives and his concubines: (for he took eighteen wives, and sixty concubines, and became the father of twenty-eight sons and sixty daughters.)
22रहबामले अबियाहलाई आफ्ना भाइहरूका प्रमुख छाने। रहबामले यसो गरे किनभने तिनले अबियाहलाई राजा बनाउने योजना गरेका थिए।
22Rehoboam appointed Abijah the son of Maacah to be chief, the prince among his brothers; for he intended to make him king.
23रहबामले बुद्धिमत्ता पूर्वक काम गरे अनि आफ्ना सबै छोराहरूलाई यहूदा अनि बिन्यामीन देश भरिका हरेक सुदृढ शहरमा फैलाए। अनि रहबामले आफ्ना छोराहरूलाई प्रशस्त आफ्ूर्तिको व्यवस्था गरिदिए। तिनले आफ्ना छोराहरूका निम्ति पत्नीहरू खोजि दिए।
23He dealt wisely, and dispersed of all his sons throughout all the lands of Judah and Benjamin, to every fortified city: and he gave them food in abundance. He sought for them many wives.