Nepali

World English Bible

2 Chronicles

13

1जब राजा यारोबाम अठाह्रौं वर्षमा इस्राएलका राजा भए अबियाह यहूदाका नयाँ राजा भए।
1In the eighteenth year of king Jeroboam began Abijah to reign over Judah.
2अबियाह तीन वर्ष सम्म यरूशलेममा राजा थिए। अबियाहकी आमा माका थिइन्। माका उरीएलकी छोरी थिइन्। उरीएल गिबा शहरका थिए। अनि अबियाह र यारोबामका माझ युद्ध चलिरहेथ्यो।
2He reigned three years in Jerusalem: and his mother’s name was Micaiah the daughter of Uriel of Gibeah. There was war between Abijah and Jeroboam.
3अबियाहका सेनामा 4,00,000 साहसी सैनिकहरू थिए। अबियाहले त्यस सेनालाई युद्धमा अगुवाइ गरे। यारोबामका सेनामा 8,00,000 साहसी सैनिकहरू थिए। यारोबाम अबियाहसित युद्ध गर्न तयार भए।
3Abijah joined battle with an army of valiant men of war, even four hundred thousand chosen men: and Jeroboam set the battle in array against him with eight hundred thousand chosen men, who were mighty men of valor.
4तब अबियाह एप्रैमको पहाडी देशको समारैम डाँडामा उभिए। अबियाहले भने, “यारोबाम अनि समस्त इस्राएलीहरू, मेरो कुरा सुन।
4Abijah stood up on Mount Zemaraim, which is in the hill country of Ephraim, and said, “Hear me, Jeroboam and all Israel:
5तिमीहरूले यो जान्नु पर्छ कि इस्राएलका परमप्रभु परमेश्वरले दाऊद अनि तिनका छोराहरूलाई सदा सर्बदा इस्राएलका राजा हुने अधिकार दिनु भएको छ। परमेश्वरले दाऊदसित नूनको करार द्वारा यो दिनु भएको हो।
5Ought you not to know that Yahweh, the God of Israel, gave the kingdom over Israel to David forever, even to him and to his sons by a covenant of salt?
6तर यारोबाम आफ्ना स्वामीका विरूद्ध भए। यारोबाम नबातको नाति, दाऊदका छोरा सुलेमानका एक सेवक थिए।
6Yet Jeroboam the son of Nebat, the servant of Solomon the son of David, rose up, and rebelled against his lord.
7तब, अयोग्य दुष्ट मानिसहरू यारोबामका मित्रहरू थिए अनि तिनीहरूले एकै साथ रहबाम सुलेमानका छोराको विरोध गरे। रहबाम सानै र अनुभवहीन थिए। यसर्थ उसले यारोबाम अनि तिनका दुष्ट साथीहरूलाई रोक्न सकेनन्।
7There were gathered to him worthless men, base fellows, who strengthened themselves against Rehoboam the son of Solomon, when Rehoboam was young and tenderhearted, and could not withstand them.
8“अब, तिमी मानिसहरूले परमप्रभुको राज्यलाई त्यो राज्य जसलाई दाऊदका छोराहरूले शासन गरेका छन् परास्त गर्ने निश्चय गरेका छौ। तिनीहरू सित धैरे मानिसहरू छन् अनि तिमीहरूका ती सुनौला बाछाहरू ती ‘देवताहरू’ छन् जो यारोबामले तिम्रा निम्ति बनाए।
8“Now you think to withstand the kingdom of Yahweh in the hand of the sons of David; and you are a great multitude, and there are with you the golden calves which Jeroboam made you for gods.
9तिमीले परमप्रभुका पूजाहारीहरूलाई निकाली बाहिर गर्यौ, जो हारूनका सन्तानहरू थिए। अनि तिमीले लेवीहरूलाई निकाली बाहिर गर्यौ। त्यस पछि तिमीले, पृथ्वीका हरेक राष्ट्रले जस्तै आफ्नै पूजाहारीहरू छान्यौ। अनि अहिले कुनै पनि व्यक्ति जसले एउटा बाछा अनि सातवटा भेंडा ल्याउने छ, त्यो पूजाहारी हुन सक्छ-’ती झुट्टा देवताहरूको सेवा गर्ने पूजाहारी।’
9Haven’t you driven out the priests of Yahweh, the sons of Aaron, and the Levites, and made priests for yourselves after the ways of the peoples of other lands? so that whoever comes to consecrate himself with a young bull and seven rams, the same may be a priest of those who are no gods.
10“तर हाम्रो निम्ति, परमप्रभु हाम्रा परमेश्वर हुनु हुन्छ। हामी यहूदाका मानिसले परमेश्वरको आज्ञा पालन गर्न अस्वीकार गरेका छैनौं। हामीले उहाँलाई छाडेका छैनौं। पूजाहारीहरू जसले परमप्रभुको सेवा गर्छन् हारूनका छोराहरू हुन्। अनि लेवीहरू परमप्रभुको सेवा गर्नमा पूजाहारीहरूलाई सहयोग गर्छन्।
10“But as for us, Yahweh is our God, and we have not forsaken him; and we have priests ministering to Yahweh, the sons of Aaron, and the Levites in their work:
11तिनीहरू हरेक साँझ विहान परमप्रभुलाई होमबलि अर्पण गर्छन् र सुगन्धीत धूप बाल्छन्। तिनीहरूले मन्दिरको विशेष मेजमा लहरमा रोटी राख्छन्। अनि तिनीहरू सुनौला सामदानमा बत्तीहरूको हेरचाह गर्छन् जसद्वारा उच्यालो रूपले प्रत्येक साँझ चम्कन्छन्। हामी अत्यन्त सावधानीपूर्वक परमप्रभु हाम्रा परमेश्वरको सेवा गर्छौ तर तिमी मानिसहरूले उहाँलाई त्याग गरेका छौ।
11and they burn to Yahweh every morning and every evening burnt offerings and sweet incense. They also set the show bread in order on the pure table; and the lampstand of gold with its lamps, to burn every evening: for we keep the instruction of Yahweh our God; but you have forsaken him.
12परमेश्वर स्वयं हाम्रो साथ हुनु हुन्छ। उहाँ हाम्रा शासक हुनु हुन्छ अनि उहाँका पूजाहारीहरू हामीसित छन्। परमेश्वरका पूजाहारीहरूले तिमीहरूलाई व्यूँझाउन् अनि तिमीहरूलाई उहाँको आगमनमा उत्तेजित तुल्याउनका निम्ति आफ्ना तुरही बजाउँछन्। इस्राएलका मानिसहरू हो, तिम्रा पुर्खाहरूका परमप्रभु परमेश्वरको विरूद्ध नलड। तिमीहरू सफल हुने छैनौं।”
12Behold, God is with us at our head, and his priests with the trumpets of alarm to sound an alarm against you. Children of Israel, don’t fight against Yahweh, the God of your fathers; for you shall not prosper.”
13तर यारोबामले सैनिकको एक दललाई अबियाहको सेनाको पछिल्तिर सुटुक्क पठाए। यारोबामका सेना अबियाहको सेना समक्ष थिए। यारोबामका सेनाका गुप्त सैनिकहरू अबियाहका सेनाका पछि थिए।
13But Jeroboam caused an ambush to come about behind them: so they were before Judah, and the ambush was behind them.
14जब अबियाहका सेनामा भएका यहूदी सैनिकहरूले वरिपरि हेरे तब तिनीहरूले यारोबामका सेनाले अघि पछि दुवै तिरबाट आक्रमण गरेका देखे। यहूदाका मानिसहरूले परमप्रभुलाई जोडले पुकारे अनि पूजाहारीहरूले तुरही बजाए।
14When Judah looked back, behold, the battle was before and behind them; and they cried to Yahweh, and the priests sounded with the trumpets.
15त्यसपछि अबियाहका सेनाका मानिसहरू जोडले कराए। जब यहूदाका मानिसहरू कराए परमेश्वरले यारोबामका सेनालाई परास्त गरिदिनु भयो। यारोबामका सबै इस्राएलका सेनाहरू अबियाहका यहूदाका सेनाहरू द्वारा परास्त भए।
15Then the men of Judah gave a shout: and as the men of Judah shouted, it happened, that God struck Jeroboam and all Israel before Abijah and Judah.
16इस्राएलका मानिसहरू यहूदाका मानिसहरूदेखि भागे। परमेश्वरले इस्राएलका सेनाहरूलाई परास्त गर्न यहूदाका सेनाहरूलाई अनुमति दिनु भयो।
16The children of Israel fled before Judah; and God delivered them into their hand.
17अनि इस्राएलका 5,00,000 सर्वोत्तम मानिसहरू मारिए।
17Abijah and his people killed them with a great slaughter: so there fell down slain of Israel five hundred thousand chosen men.
18यसरी त्यस बेला इस्राएलका मानिसहरू परास्त भए। यहूदाका मानिसहरूले विजय प्राप्त गरे। यहूदाका सेनाले विजय प्राप्त गरे किनभने तिनीहरूले आफ्ना पिता-पुर्खाहरूका परमप्रभु परमेश्वर माथि भरोसा राखे।
18Thus the children of Israel were brought under at that time, and the children of Judah prevailed, because they relied on Yahweh, the God of their fathers.
19अबियाहका सेनाले यारोबामका सेनालाई खेदे। अबियाहका सेनाले यारोबामबाट बेतेल, येशना अनि एप्रोन शहरहरू कब्जा गरे। तिनीहरूले ती शहरहरू अनि ती शहरहरू नजिकका सा-साना गाउँहरू अधिकारमा ल्याए।
19Abijah pursued after Jeroboam, and took cities from him, Bethel with its towns, and Jeshanah with its towns, and Ephron with its towns.
20जबसम्म अबियाह जीवित रहे यारोबाम फेरि कहिल्यै शक्तिशाली भएनन्। परमप्रभुले यारोबामलाई मारिदिनु भयो।
20Jeroboam didn’t recover strength again in the days of Abijah. Yahweh struck him, and he died.
21अनि अबियाह शक्तिशाली बने। तिनले चौध जना स्त्रीहरू विवाह गरे अनि बाईस जना छोरा र सोह्रजना छोरीहरूका पिता थिए।
21But Abijah grew mighty, and took to himself fourteen wives, and became the father of twenty-two sons, and sixteen daughters.
22अन्य सबै कुरा जो अबियाहले गरे सो अगमवक्ता इद्दोका पुस्तकहरूमा लेखिएका छन्।
22The rest of the acts of Abijah, and his ways, and his sayings, are written in the commentary of the prophet Iddo.