Nepali

World English Bible

2 Kings

1

1आहाब मरेपछि मोआब इस्राएलको विरूद्ध बागी भए।
1Moab rebelled against Israel after the death of Ahab.
2एक दिन अहज्याह सामारियामा काठले बारेको आफ्नो घरको माथिल्लो कोठाबाट लडे। उनी नराम्रो पाराले घाइते भए। अहज्याहले आफ्ना दूतहरूलाई बोलाए र तिनीहरूलाई भन्यो, “एक्रोनका देवता बालजबूबका पूजाहारीहरूकहाँ जाऊ। उनीहरूलाई सोध यदि म आफ्नो चोटबाट निको हुन सक्छु।”
2Ahaziah fell down through the lattice in his upper room that was in Samaria, and was sick. So he sent messengers, and said to them, “Go, inquire of Baal Zebub, the god of Ekron, whether I will recover of this sickness.”
3तर परमप्रभुको स्वर्गदूतले तिश्बी एलियालाई भने, “राजा अहज्याहले सामरीयाबाट केही स्वर्गदूतहरू पठाए। जाऊ अनि ती मानिसहरूसित भेट गर। तिनीहरूलाई भन, ‘इस्राएलमा एक परमेश्वर हुनुहुन्छ। सकारण तिमीहरू किन एक्रोनका देवता बालजबूबलाई प्रश्न सोधि रहेका छौ?
3But the angel of Yahweh said to Elijah the Tishbite, “Arise, go up to meet the messengers of the king of Samaria, and tell them, ‘Is it because there is no God in Israel, that you go to inquire of Baal Zebub, the god of Ekron?
44तिमीले यस्तो गरेको हुनाले परमप्रभुले भन्नुहुन्छ अहज्याहलाई तिमी आफ्नो ओछ्यानबाट उठ्नपाउने छैनौ। तिमी मर्ने छौ।” त्यसकारण एलिया हिंडे।
4Now therefore thus says Yahweh, “You shall not come down from the bed where you have gone up, but shall surely die.”’” Elijah departed.
5दूतहरू अहज्याहकहाँ फर्केर आए। अहज्याहले दूतहरूलाई भने, “तिमी किन यति चाँडै फर्केर आयौ?”
5The messengers returned to him, and he said to them, “Why is it that you have returned?”
6दूतहरूले अहज्याहलाई भने, “एकजना मानिस हामीसँग भेट गर्न आयो। उसले हामीलाई राजाकहाँ फर्केर जानु अनि उनलाई परमप्रभुले भनेको कुरा भन्नु भन्यो। परमप्रभु भन्नुहुन्छ, ‘इस्राएलमा एक परमेश्वर हुनुहुन्छ। यसकारण तिमीले किन एक्रोनका देवता, बालजबूबसमक्ष प्रश्न सोध्न दूतहरू पठायौ? तिमीले यस्तो काम गरेको हुनाले तिमी ओछ्यानबाट उठ्ने छैनौ। तिमी मर्ने छौ।”‘
6They said to him, “A man came up to meet us, and said to us, ‘Go, return to the king who sent you, and tell him, “Thus says Yahweh, ‘Is it because there is no God in Israel, that you send to inquire of Baal Zebub, the god of Ekron? Therefore you shall not come down from the bed where you have gone up, but shall surely die.’”’”
7अहज्याहले दूतहरूलाई भने, “त्यो मानिस कस्तो देखिन्थ्यो जसले तिमीलाई भेट्यो अनि तिमीलाई यी कुराहरू भन्यो।”
7He said to them, “What kind of man was he who came up to meet you, and told you these words?”
8दूतहरूले जवाफ दियो, “त्यो मानिस रौमयुक्त थियो र कम्मरमा एउटा छालाको पेटी बाँधेको थियो।” तब अहज्याहले भने, “उनी तिश्बी एलिया हुन्।”
8They answered him, “He was a hairy man, and wearing a leather belt around his waist.” He said, “It is Elijah the Tishbite.”
9अहज्याहले एक जना कप्तान र पचास जना मानिसहरू एलियाकहाँ पठाए। कप्तान एलियाकहाँ गए। त्यस बेला एलिया पर्वतको टाकुरामाथि बसेका थिए। कप्तानले एलियालाई भने, “परमेश्वरको जन, राजाले तपाईंलाई ओर्लेर, ‘आउनु भनी हुकूम गर्नु भएको छ।”‘
9Then the king sent a captain of fifty with his fifty to him. He went up to him; and behold, he was sitting on the top of the hill. He said to him, “Man of God, the king has said, ‘Come down!’”
10एलियाले पचास जना मानिसहरूका कप्तानलाई उत्तर दिए, “यदि म परमेश्वरको जन हुँ, भने स्वर्गबाट आगो आओस्, अनि कप्तान अनि उनका पचास जना मानिसहरूलाई नष्ट पारोस्!” तब स्वर्गबाट परमेश्वरको आगो तल आयो अनि कप्तान तथा उनका पचास जना मानिसहरूलाई नष्ट पार्यो।
10Elijah answered to the captain of fifty, “If I am a man of God, let fire come down from the sky, and consume you and your fifty!” Fire came down from the sky, and consumed him and his fifty.
11अहज्याहले अर्का कप्तानलाई पचास जना मानिसहरूसँगै एलियासमक्ष पठाए। कप्तानले एलियालाई भने, “परमेश्वरको जन, राजाले भनेका छन्, ‘चाँडै तल आऊ!”‘
11Again he sent to him another captain of fifty and his fifty. He answered him, “Man of God, the king has said, ‘Come down quickly!’”
12एलियाले कप्तान र उनका पचास जना मानिसहरूलाई भने, “यदि म परमेश्वरको मानिस हुँ, भने स्वर्गबाट आगो आओस् र तिमी र तिम्रा मानिसहरूलाई नष्ट पारोस्।” तब स्वर्गबाट आगो आयो र कप्तान तथा उनका पचास जना मानिसहरूलाई नष्ट पार्यो।
12Elijah answered them, “If I am a man of God, let fire come down from the sky, and consume you and your fifty!” The fire of God came down from the sky, and consumed him and his fifty.
13अहज्याहले तेस्रो कप्तान पचास जना मानिसहरूसँग पठाए। तेस्रा कप्तान एलियाकहाँ आए। कप्तान घुँडा टेकेर निहुरिए। कप्तानले एलियासमक्ष यसो भनेर बिन्ती चढाए, “परमेश्वरको जन, मेरो जीवन र तपाईंका पचास जना सेवकहरूको जीवनलाई मूल्यावान सम्झनु होस्, भनी बिन्ती गर्छु।
13Again he sent the captain of a third fifty with his fifty. The third captain of fifty went up, and came and fell on his knees before Elijah, and begged him, and said to him, “Man of God, please let my life, and the life of these fifty your servants, be precious in your sight.
14स्वर्गबाट आगो आयो अनि पहिला दुइजना कप्तानहरू तथा उनीहरूका पचास जना मानिसहरूलाई नष्ट पार्यो। तर अब दया गर्नुहोस् अनि हामीलाई बाँच्न दिनुहोस्।”
14Behold, fire came down from the sky, and consumed the two former captains of fifty with their fifties. But now let my life be precious in your sight.”
15परमप्रभुको स्वर्गदूतले एलियालाई भने, “कप्तानसँग जाऊ। उनीसित नडराऊ।” यसकारण एलिया कप्तानसँग राजा अहज्याहलाई भेट्न गए।
15The angel of Yahweh said to Elijah, “Go down with him. Don’t be afraid of him.” He arose, and went down with him to the king.
16एलियाले अहज्याहलाई भने, “इस्राएलमा परमेश्वर हुनुहुन्छ। यसकारण किन तिमीले एक्रोनका देवता बालजबूबसित प्रश्नहरू सोध्नलाई दूतहरू पठायौ। तिमीले यस्तो काम गरेको हुनाले, तिमी आफ्नो ओछ्यनबाट उठ्ने छैनौ। तिमी मर्ने छौ।”
16He said to him, “Thus says Yahweh, ‘Because you have sent messengers to inquire of Baal Zebub, the god of Ekron, is it because there is no God in Israel to inquire of his word? Therefore you shall not come down from the bed where you have gone up, but shall surely die.’”
17परमप्रभुले एलिया मार्फत भन्नुभए अनुसार अहज्याहको मृत्यु भयो। अहज्याहको छोरा थिएन। त्यसकारण अहज्याह पछि योराम नयाँ राजा भए। योरामले यहोशापातका छोरा योहोराम यहूदाका राजा भएको दोस्रो वर्षमा शासन गर्न शुरू गरे।
17So he died according to the word of Yahweh which Elijah had spoken. Jehoram began to reign in his place in the second year of Jehoram the son of Jehoshaphat king of Judah; because he had no son.
18अहज्याहले अरू जे कामहरू गरे ती सबै नै ‘इस्राएलका राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएको छ।
18Now the rest of the acts of Ahaziah which he did, aren’t they written in the book of the chronicles of the kings of Israel?