1एलाका छोरा होशेले सामरियामा इस्राएलमाथि शासन शुरू गरे। यो समय यहूदाका राजा आहाजको शासनकालको 12 औं वर्ष थियो। होशेले नौ वर्ष शासन गरे।
1In the twelfth year of Ahaz king of Judah, Hoshea the son of Elah began to reign in Samaria over Israel for nine years.
2होशेले ती कामहरू गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। तर होशे अघि शासन गर्ने इस्राएलका राजाहरू जस्तो खराब थिएनन्।
2He did that which was evil in the sight of Yahweh, yet not as the kings of Israel who were before him.
3अश्शूरका राजा शलमनेसेर होशेको विरोधमा युद्ध गर्न आए। शलमनेसेरले होशेलाई पराजित गरे अनि होशे उनको सेवक भए। यस प्रकार होशेले शलमनेसेरलाई कर तिर्न थाले।
3Against him came up Shalmaneser king of Assyria; and Hoshea became his servant, and brought him tribute.
4पछि होशेले मिश्रका राजालाई मद्दत माग्न दूत पठाए। त्यस राजाको नाउँ ‘सो’ थियो। त्यस वर्ष होशेले अश्शूरका राजालाई प्रत्येक वर्ष दिए जस्तै कर दिएनन्। अश्शूरका राजाले थाहपाए, होशेले उनको विरोधमा षड्यन्त्र रचेका छन्। यस कारण अश्शूरका राजाले होशेलाई बन्दी बनाए अनि जेलमा थुने।
4The king of Assyria found conspiracy in Hoshea; for he had sent messengers to So king of Egypt, and offered no tribute to the king of Assyria, as he had done year by year: therefore the king of Assyria shut him up, and bound him in prison.
5अश्शूरका राजाले इस्राएलमा धेरै ठाउँहरूमा आक्रमण गरे। त्यसपछि तिनी सामरिया आए। उनले सामरियाको विरोधमा तीन वर्ष युद्ध गरे।
5Then the king of Assyria came up throughout all the land, and went up to Samaria, and besieged it three years.
6अश्शूरका राजाले इस्राएलका राजा होशेको नवौं वर्षको अवधिमा सामरियालाई कब्जामा लिए। अश्शूरका राजाले धेरै इस्राएलीहरूलाई पक्रे र बन्दीको रूपमा अश्शूर लगे। उनले तिनीहरूलाई हलहमा गोजान, नदीको किनार हाबोर र माहीहरूका शहरहरूमा छोडी दिए।
6In the ninth year of Hoshea the king of Assyria took Samaria, and carried Israel away to Assyria, and placed them in Halah, and on the Habor, the river of Gozan, and in the cities of the Medes.
7यस्ता घटनाहरू भए किनभने इस्राएलीहरूले परमप्रभु तिनीहरूको परमेश्वरको विरूद्धमा पाप काम गरेका थिए। जसले तिनीहरूलाई मिश्र भूमिबाट बाहिर निकालेर ल्याउनु भएको थियो। परमप्रभुले तिनीहरूलाई मिश्रका राजा फिरऊनको कब्जाबाट बचाउनुभएको थियो। तर इस्राएलीहरूले अरू देवताहरूको पूजा गर्न थाले।
7It was so, because the children of Israel had sinned against Yahweh their God, who brought them up out of the land of Egypt from under the hand of Pharaoh king of Egypt, and had feared other gods,
8तिनीहरू त्यही कुराहरू गर्न थाले जो अरू मानिसहरू गर्दथे। र परमप्रभुले ती मानिसहरूलाई भूमि छोड्न वाध्य गराए जब इस्राएलीहरू आए। इस्राएलीहरूका राजाहरूले पनि तिनीहरूलाई गलत काम गर्न लगायो।
8and walked in the statutes of the nations, whom Yahweh cast out from before the children of Israel, and of the kings of Israel, which they made.
9इस्राएलीहरूले लुकेर आफ्ना परमेश्वरको विरोधमा कामहरू गर्न थाले। अनि ती कामहरू झूटा थिए। इस्राएलीहरूले सानो शहरदेखि ठूलो शहरसम्म सबै शहरहरूमा अग्ला ठाउँहरू बनाए।
9The children of Israel did secretly things that were not right against Yahweh their God: and they built them high places in all their cities, from the tower of the watchmen to the fortified city;
10इस्राएलीहरूले प्रत्येक अग्लो पहाडमाथि अनि प्रत्येक हरियो रूखमुनि स्मारक ढुँङ्गा अशेर खाँबो खडा गरे।
10and they set them up pillars and Asherim on every high hill, and under every green tree;
11इस्राएलीहरू ती सबै पूजा स्थलहरूमा धूपबलि बाल्ने गर्दथे। तिनीहरूले यी कामहरू ती राष्ट्रहरू जस्तै गरे जसलाई परमप्रभुले उनीहरूको सामुने देश त्याग्न वाध्य गराउनुभएको थियो। इस्राएलीहरूले दुष्ट कामहरू गरे जसले परमप्रभुलाई रीस उठायो।
11and there they burnt incense in all the high places, as did the nations whom Yahweh carried away before them; and they worked wicked things to provoke Yahweh to anger;
12तिनीहरूले देवमूर्तिहरूको सेवा गरे। अनि परमप्रभुले इस्राएलीहरूलाई भन्नुभएको थियो, “तिमीले यस्तो काम गर्नु हुँदैन।”
12and they served idols, of which Yahweh had said to them, “You shall not do this thing.”
13परमप्रभुले प्रत्येक अगमवक्ता र दर्शीलाई प्रयोग गरेर इस्राएल र यहूदालाई चेताउनी दिनुभएको थियो। परमप्रभुले भन्नुभयो, “तिमीले गरेको नीच कामबाट टाढा बस। मेरा आदेश र विधिहरू पालन गर। सबै नियमहरू पालन गर जो मैले तिम्रा पुर्खाहरूलाई दिएको थिएँ। मैले यो नियम तिमीलाई दिनका लागि मेरा सेवक अगमवक्ताहरूलाई काममा लगाएँ।”
13Yet Yahweh testified to Israel, and to Judah, by every prophet, and every seer, saying, “Turn from your evil ways, and keep my commandments and my statutes, according to all the law which I commanded your fathers, and which I sent to you by my servants the prophets.”
14तर मानिसहरूले सुनेनन्। तिनीहरू आफ्ना पुर्खाहरू जस्तै ढीठ थिए। तिनका पुर्खाहरूले आफ्नो परमेश्वरमाथि विश्वास गरेनन्
14Notwithstanding, they would not listen, but hardened their neck, like the neck of their fathers, who didn’t believe in Yahweh their God.
15मानिसहरूले परमप्रभुको नियम र पुर्खाहरूसंग भएको उहाँको करार मान्न स्वीकारेनन्। तिनीहरू परमप्रभुको चेताउनी सुन्न तयार भएनन्। तिनीहरूले देवमूर्तिहरूको पूजा गरे जो कामै नलाग्ने थिए अनि तिनीहरू आफै पनि काम नलाग्ने भए। तिनीहरू आफ्ना वरिपरि भएका राष्ट्रहरूका मानिसहरू जस्तै जीवन यापन गर्न थाले। तिनीहरूले त्यस्तै खराब कामहरू गरे। अनि परमप्रभुले इस्राएलका मानिसहरूलाई चेताउनी दिनुभएको थियो। परमप्रभुले तिनीहरूलाई त्यस्ता खराब कामहरू नगर्नु भन्नुभएको थियो।
15They rejected his statutes, and his covenant that he made with their fathers, and his testimonies which he testified to them; and they followed vanity, and became vain, and followed the nations that were around them, concerning whom Yahweh had commanded them that they should not do like them.
16मानिसहरूले आफ्ना परमेश्वरको आदेश अनुसरण गर्न बन्द गरे। तिनीहरूले दुइवटा सुनको बाछाका मूर्तिहरू बनाए। तिनीहरूले अशेरा खाँबो बनाए। तिनीहरूले आकाशका सबै ताराहरूको पूजा गरे अनि बालको सेवा गरे।
16They forsook all the commandments of Yahweh their God, and made them molten images, even two calves, and made an Asherah, and worshiped all the army of the sky, and served Baal.
17तिनीहरूले आफ्ना छोरा छोरीहरू आगोमा बलि दिए। तिनीहरूले भविष्यको जानकारी प्राप्तका लागि तंत्र-मंत्र जादू-प्रेत, विद्याको प्रयोग गरे। तिनीहरूले त्यस्तो काम गर्नका लागि आफूलाई बेचे जसलाई परमप्रभुले नराम्रो भन्नुभएको थियो। तिनीले यस्तो काम परमप्रभुको रीस जगाउनका लागि गरे।
17They caused their sons and their daughters to pass through the fire, and used divination and enchantments, and sold themselves to do that which was evil in the sight of Yahweh, to provoke him to anger.
18यस कारण परमप्रभु इस्राएलमाथि साह्रै रिसाउनुभयो अनि आफ्नो नजर देखि टाढामा राख्नुभयो। यहूदाका परिवार समूहबाहेक कोही इस्राएली रहेको थिएन।
18Therefore Yahweh was very angry with Israel, and removed them out of his sight: there was none left but the tribe of Judah only.
19तर यहूदाका मानिसहरूले आफ्ना परमप्रभुको आदेश पालन गरेनन्। यहूदाका मानिसहरूले इस्राएलका मानिसहरू जस्तै जीवन यापन गरे।
19Also Judah didn’t keep the commandments of Yahweh their God, but walked in the statutes of Israel which they made.
20परमप्रभुले इस्राएलका सबै मानिसहरूलाई अस्वीकार गर्नुभयो। उहाँले तिनीहरूमाथि धेरै संकटहरू ल्याउनुभयो अनि, अन्तमा उहाँले तिनीहरूलाई बाहिर फ्याँकी दिनुभयो अनि आफ्नो नजरबाट बाहिर राख्नुभयो।
20Yahweh rejected all the seed of Israel, and afflicted them, and delivered them into the hand of spoilers, until he had cast them out of his sight.
21परमप्रभुले इस्राएललाई दाऊदको परिवारबाट छुट्ट्याउनुभयो अनि इस्राएलीहरूले नाबातका छोरा योरोवामलाई आफ्नो राजा बनाए। यारोवामले इस्राएलीहरूलाई परमप्रभुको अनुसरण गर्न नदिएर टाढ राखे यारोवामले इस्राएलीहरूलाई ठुलो पाप गर्न लगाए।
21For he tore Israel from the house of David; and they made Jeroboam the son of Nebat king: and Jeroboam drove Israel from following Yahweh, and made them sin a great sin.
22यस प्रकार इस्राएलीहरूले सबै पाप कामहरू अनुसरण गरे जो यारोबामले गरे। तिनीहरूले ती पाप कामहरू परमप्रभुले इस्राएललाई नजरबाट पर नगरूञ्जेल सम्म बन्द गरेनन्।
22The children of Israel walked in all the sins of Jeroboam which he did; they didn’t depart from them;
23अनि परमप्रभुले भन्नुभयो यस्तो हुनेछ। उहाँले आफ्ना अगमवक्ताहरू मानिसहरूलाई यस्तो भन्न पठाउनुभयो। यसकारण इस्राएलीहरूलाई आफ्नो देशबाट बाहिर अश्शूर पुर्याइयो अनि तिनीहरू आजसम्म त्यहीं छन्।
23until Yahweh removed Israel out of his sight, as he spoke by all his servants the prophets. So Israel was carried away out of their own land to Assyria to this day.
24अश्शूरका राजाले इस्राएलीहरूलाई सामरियाबाट बाहिर लगे। त्यसपछि अश्शूरका राजाले बाबेल कूता, अब्बा, हमात र सपर्वेमबाट मानिसहरू ल्याए। उनले ती मानिसहरूलाई सामरियामा बस्न लगाए। ती मानिसहरूले सामरियामा अधिकार जमाए अनि वरिपरि शहरहरूमा बस्न थाले।
24The king of Assyria brought men from Babylon, and from Cuthah, and from Avva, and from Hamath and Sepharvaim, and placed them in the cities of Samaria instead of the children of Israel; and they possessed Samaria, and lived in the cities of it.
25जब ती मानिसहरू सामरियामा बस्न थाले। तिनीहरूले परमप्रभुको सम्मान गरेनन्। यसकारण परमप्रभुले तिनीहरूमाथि आक्रमण गराउन सिंहहरू पठाउनुभयो। ती सिंहहरूले ती मानिसहरूमध्ये केहीलाई मारे।
25So it was, at the beginning of their dwelling there, that they didn’t fear Yahweh: therefore Yahweh sent lions among them, which killed some of them.
26केही मानिसहरूले अश्शूका राजालाई भने, “ती मानिसहरू जसलाई तिमीले लग्यौ अनि सामरियाका शहरहरूमा बस्न लगायौ। त्यस देशका देवताको नियमहरू जान्दैनन्। यसकारण देवताले तिनीहरूमाथि आक्रमण गराउन सिंहहरू पठाए। सिंहहरूले ती मानिसहरूलाई मारे किन भने तिनीहरू त्यस देशका देवताको नियम जान्दैन थिए।”
26Therefore they spoke to the king of Assyria, saying, “The nations which you have carried away, and placed in the cities of Samaria, don’t know the law of the god of the land. Therefore he has sent lions among them, and behold, they kill them, because they don’t know the law of the god of the land.”
27यसकारण अश्शूरका राजाले यस्तो आदेश दिएः “तिमीले सामरियाबाट केही पूजाहारी ल्याउ। ती पूजाहारीहरूमध्ये एक जनालाई पठाऊ जसलाई बन्दी बनाएर सामरिया लगेको थिए। त्यो पूजाहारी जाओस् अनि त्यही बसोस। तर त्यस पूजाहारीले मानिसहरूलाई त्यस देशको देवताको नियम पढाउन सक्नेछन्।”
27Then the king of Assyria commanded, saying, “Carry there one of the priests whom you brought from there; and let them go and dwell there, and let him teach them the law of the god of the land.”
28यसकारण पूजाहारीहरूमध्ये एक जना जसलाई अश्शूरीहरूले सामरियाबाट ल्याएका थिए,उनी बेतेलमा बस्न आए। यस पूजाहारीले मानिसहरूलाई कसरी तिनीहरूले परमप्रभुको सम्मान गर्नुपर्छ बताए।
28So one of the priests whom they had carried away from Samaria came and lived in Bethel, and taught them how they should fear Yahweh.
29तर ती सबै मानिसहरूले आ-आफ्नो देवताहरू बनाए अनि अग्लो ठाउँहरूमा भएका मन्दिरहरूमा तिनीहरूलाई स्थापित गरे जो सामरीहरूले बनाएका थिए। ती मानिसहरूलाई यस्तै गरे जहाँ-जहाँ तिनीहरू बस्थे।
29However every nation made gods of their own, and put them in the houses of the high places which the Samaritans had made, every nation in their cities in which they lived.
30बाबेलका मानिसहरूले झूटा देवता सुक्कोत-बनोत बनाए। कूतका मानिसहरूले झूटा देवता नेगेल बनाए। हमातका मानिसहरूले झूटा देवता अशीमा बनाए।
30The men of Babylon made Succoth Benoth, and the men of Cuth made Nergal, and the men of Hamath made Ashima,
31अब्बाका मानिसहरूले झूटा देवता नेभज र तर्ताक बनाए अनि सपर्वेका मानिसहरूले आफ्ना झूटा देवताहरूको सम्मान गर्नका लागि आफ्ना नानीहरू आगोमा जलाए। झूटा देवताहरू अद्रमेलेक र अनमेलेक थिए।
31and the Avvites made Nibhaz and Tartak; and the Sepharvites burnt their children in the fire to Adrammelech and Anammelech, the gods of Sepharvaim.
32तर ती मानिसहरूले परमप्रभुको पनि आराधना गरे। तिनीहरूले मानिसहरूबाट अग्ला पूजा स्थलका लागि पूजाहारीहरू रोजे। ती पूजाहारीहरूले ती पूजा स्थलहरूमा मन्दिरभित्र मानिसहरूका लागि बलि दिए।
32So they feared Yahweh, and made to them from among themselves priests of the high places, who sacrificed for them in the houses of the high places.
33तिनीहरूले परमप्रभुको आदर गरे तर तिनीहरूले आफ्ना देवताहरूको पनि सेवा गरे। ती मानिसहरू आफ्ना देवताहरूको सेवा त्यसरी नै गर्दथे जसरी तिनीहरू ती देशमा गर्दथे जहाँबाट तिनीहरूलाई ल्याइयो।
33They feared Yahweh, and served their own gods, after the ways of the nations from among whom they had been carried away.
34आजसम्म ती मानिसहरू त्यसरी बस्छन् जसरी तिनीहरू अतीतमा बसेका थिए। तिनीहरूले परमप्रभुको डर मान्छन् नत भक्ति नै गर्छन्। तिनीहरूले नियमको, निर्देशन, व्यवस्था अथवा आदेशहरू जुन परमप्रभुले याकूबको सन्तानहरूलाई दिएको थियो पालन गर्देनन्।
34To this day they do what they did before: they don’t fear Yahweh, neither do they follow their statutes, or their ordinances, or the law or the commandment which Yahweh commanded the children of Jacob, whom he named Israel;
35परमप्रभुले इस्राएलका मानिसहरूसँग एउटा करार गर्नुभयो। परमप्रभुले तिनीहरूलाई आदेश दिनुभयो, “तिमीहरूले अरू देवताहरूको आदर नगर। तिमीहरूले तिनीहरूको पूजा गर्नु हुँदैन, सेवा गर्नु हुँदैन अथवा बलि चढाउनु हुँदैन।
35with whom Yahweh had made a covenant, and commanded them, saying, “You shall not fear other gods, nor bow yourselves to them, nor serve them, nor sacrifice to them;
36तर तिमीहरूले परमप्रभुको अनुसरण गर्नु पर्छ। परमप्रभु नै परमेश्वर हुनुहुन्छ जसले तिमीलाई मिश्रबाट बाहिर ल्याउनुभयो। परमप्रभुले तिमीलाई बचाउनका लागि आफ्नो महाशक्ति प्रयोग गर्नुभयो। तिमीले परमप्रभुको आराधना गर्नुपर्छ अनि उहाँका लागि बलि चढाउनु पर्छ।
36but you shall fear Yahweh, who brought you up out of the land of Egypt with great power and with an outstretched arm, and you shall bow yourselves to him, and you shall sacrifice to him.
37तिमीले विधिहरू, नियमहरू, उपदेशहरू तथा आदेश पालन गर्नु पर्छ जो उहाँले तिम्रो निम्ति लेख्नुभएको थियो। तिमीले यी कुराहरू सँधै हर समय पालन गर्नु पर्छ। तिमीले अरू देवताहरूको आदर गर्नुहुँदैन।
37The statutes and the ordinances, and the law and the commandment, which he wrote for you, you shall observe to do forevermore. You shall not fear other gods.
38तिमीले त्यो करार बिर्सिनु हुँदैन जो मैले तिमीहरूसित गरेको थिएँ। तिमीले अरू देवताहरूको आदर गर्नुहुँदैन।
38You shall not forget the covenant that I have made with you; neither shall you fear other gods.
39तिमीले परमप्रभु तिनीहरूको परमेश्वरको मात्र डर मान्नु पर्छ अनि आदर गर्नुपर्छ। तब उहाँले तिमीलाई तिम्रा सबै शत्रुहरूबाट बचाउनु हुनेछ।”
39But you shall fear Yahweh your God; and he will deliver you out of the hand of all your enemies.”
40तर इस्राएलीहरूले सुनेनन्। तिनीहरू त्यही कामहरू गरिनैरहे जस्तो पहिला गर्दथे।
40However they did not listen, but they did what they did before.
41यस प्रकार अहिले अरू राष्ट्रहरू परमप्रभुको सम्मान गर्छन् तर तिनीहरू आफ्ना देवताका मूर्तिहरूको पनि सेवा गर्दछन्। तिनका छोरा छोरी र नाता नातिनीहरू त्यही काम गर्छन जो उनका पुर्खाहरू गर्दथे। तिनीहरू अझै पनि ती कामहरू गर्छन्।
41So these nations feared Yahweh, and served their engraved images. Their children likewise, and their children’s children, as their fathers did, so they do to this day.