1बसन्त ऋतुको समय जब राजाहरू युद्धका निम्ति बाहिर आए र दाऊदले योआब, तिनका अधिकारीहरू र सारा इस्राएली सैनिकहरूलाई अम्मोनीहरू नष्ट गर्न पठाउनु भयो। योआबका सेनाहरूले तिनीहरूको राजधानी रब्बा शहरमा पनि आक्रमण गरे। तर दाऊद यरूशलेममा नै बसे।
1It happened, at the return of the year, at the time when kings go out, that David sent Joab, and his servants with him, and all Israel; and they destroyed the children of Ammon, and besieged Rabbah. But David stayed at Jerusalem.
2साँझमा तिनी ओछ्यानबाट उठे र राजभवनको कौशिमा टहल्नथाले। त्यहि समय दाऊदले कौशिबाट एउटी स्त्रीलाई नुहाउँदै गरेको देखे। तिनी साह्रै सुन्दरी थिईन्।
2It happened at evening, that David arose from off his bed, and walked on the roof of the king’s house: and from the roof he saw a woman bathing; and the woman was very beautiful to look on.
3त्यसैकारण दाऊदले तिनको विषयमा जान्नका निम्ति आफ्ना अधिकारीहरू पठाए। एकजना अधिकारीले बुझेर खबर दिए, “त्यो स्त्री एलीआमको छोरी र हित्तीका उरियाहकी पत्नी बेतशेबा हुन्।”
3David sent and inquired after the woman. One said, “Isn’t this Bathsheba, the daughter of Eliam, the wife of Uriah the Hittite?”
4दाऊदले उसका दूतहरूलाई त्यो स्त्री बोलाउन पठाए। जब ती स्त्री आइन्, दाऊदले तिनीसँग सहवास गरे। तिनको मासिक धर्मको समय शेष भयो। तब तिनी गइहालीन्।
4David sent messengers, and took her; and she came in to him, and he lay with her (for she was purified from her uncleanness); and she returned to her house.
5र बेतशेबा गर्भबती भइन्। तिनले दाऊदलाई, “म गर्भवती भएँ’“ भनेर खबर पठाइन्।
5The woman conceived; and she sent and told David, and said, “I am with child.”
6दाऊदले योआबकहाँ खबर पठाए, “हित्तीका उरिहालाई मकहाँ पठाउनू।” यसैले योआबले ऊरियालाई दाऊदकहाँ पठाए।
6David sent to Joab, “Send me Uriah the Hittite.” Joab sent Uriah to David.
7उरियाह दाऊदकहाँ आए। दाऊदले उरियाहसँग योआबको विषयमा सोधे। सैनिकहरूको हाल खबर सोधे र युद्धको विषयमा जान्न चाहे।
7When Uriah had come to him, David asked of him how Joab did, and how the people fared, and how the war prospered.
8तब दाऊदले उरियाहलाई भने, “आराम गर र आनन्दित हौ।” उरियाहले राजभवन छोडे। राजाले उसलाई उपहारहरू पनि दिए।
8David said to Uriah, “Go down to your house, and wash your feet.” Uriah departed out of the king’s house, and a gift from the king was sent after him.
9तर उरियाह उसको घरमा गएनन्। उरियाह राजभवनको बाहिर दैलोमा सुते। राजाका अन्य नोकर चाकर झैं तिनी सुते।
9But Uriah slept at the door of the king’s house with all the servants of his lord, and didn’t go down to his house.
10नोकर चाकरले दाऊदलाई भने, “उरियाह घर गएनन्।” त्यसपछि दाऊदले उरियाहलाई भने, “तिमी टाढाबाट आएका थियौ किन घर गएनौ?”
10When they had told David, saying, “Uriah didn’t go down to his house,” David said to Uriah, “Haven’t you come from a journey? Why didn’t you go down to your house?”
11उरियाहले दाऊदलाई भने, “परमप्रभुको पवित्र सन्दूक अनि इस्राएलका सैनिकहरू र यहूदाका सैनिक सबै तम्बूमा बस्छन्। मेरा स्वामी योआब, अनि राजा दाऊदका अधिकारीहरू सबै खुल्ला मैदानमा डेरा गरेर बस्छन्। यसैले म घर गएर खाई पिई पत्नीसँग सुत्नु ठीक हैन।”
11Uriah said to David, “The ark, Israel, and Judah, are staying in tents; and my lord Joab, and the servants of my lord, are encamped in the open field. Shall I then go into my house to eat and to drink, and to lie with my wife? As you live, and as your soul lives, I will not do this thing!”
12दाऊदले उरियाहलाई भने, “आज यहीं बस। भोलि म तिमीलाई युद्ध भूमिमा पठाउँछु।” उरियाह त्यस दिन रातभरि यरूशलेममा नै बसे।
12David said to Uriah, “Stay here today also, and tomorrow I will let you depart.” So Uriah stayed in Jerusalem that day, and the next day.
13त्यसपछि दाऊदले उरियाहलाई उनलाई भेट्नु भने। उरियाहले दाऊदसँगै खान-पिन गरे। दाऊदले उरियाहलाई धेरै मताए। तरै पनि उरियाह उसको घरमा गएनन्। तिनी अन्य सेवकहरू झैं राजमहलको प्रवेशद्वार बाहिर सुते।
13When David had called him, he ate and drink before him; and he made him drunk. At evening, he went out to lie on his bed with the servants of his lord, but didn’t go down to his house.
14अर्को बिहान दाऊदले योआबलाई पत्र लेखे। दाऊदले उरियाहलाई नै पत्र थमाए।
14It happened in the morning, that David wrote a letter to Joab, and sent it by the hand of Uriah.
15पत्रमा दाऊदले लेखेका थिएः “उरियाहलाई जहाँ घमासन युद्ध हुन्छ त्यही पठाउनु। एक्लो छोडिदिनु अनि युद्धमा नै मरोस्।”
15He wrote in the letter, saying, “Send Uriah to the forefront of the hottest battle, and retreat from him, that he may be struck, and die.”
16जब योआबले शहरलाई कब्जा गरे, उसले जहाँ साहसी अम्मोनीहरू थिए ती भेट्टाए। उनले उरियाहलाई त्यही ठाउँमा जान छाने।
16It happened, when Joab kept watch on the city, that he assigned Uriah to the place where he knew that valiant men were.
17रब्बाका मानिसहरू योआबको विरूद्ध युद्ध गर्न आए। दाऊदका कतिपय मानिसहरू मरे। मर्नेहरूमा उरियाह पनि थिए।
17The men of the city went out, and fought with Joab. Some of the people fell, even of the servants of David; and Uriah the Hittite died also.
18तब योआबले दाऊदलाई युद्धको विषयमा खबर पठाए।
18Then Joab sent and told David all the things concerning the war;
19योआबले दूतलाई युद्धमा के भएको थियो भन्नु भनेर पठाए।
19and he commanded the messenger, saying, “When you have finished telling all the things concerning the war to the king,
20योआबले भने, “हुनसक्छ राजा रिसाउनु हुनेछ अनि सोध्नु हुनेछन्, ‘योआबका सेनाहरू शहरका पर्खाल नजिक किन लडे? साँच्चैनै योआबलाई थाहा हुनुपर्ने पर्खालमाथिबाट मानिसहरूले तल वाण चलाउन सक्छन्।
20it shall be that, if the king’s wrath arise, and he asks you, ‘Why did you go so near to the city to fight? Didn’t you know that they would shoot from the wall?
21के उसलाई थाहा छैन यरूब्बेशेतका छोरा अबीमेलेकलाई कसले मार्यो? एउटी आइमाईले जाँतोको ढुङ्गाले हानेर अबीमेलेक मरेका थिए। त्यस्तो जान्दा-जान्दै पनि किन पर्खालकै नजिक गएको?’ यदि राजाले यी कुराहरू सोधे भने भन्नु, ‘तपाईंको अधिकारी उरियाह पनि मरे।”‘
21who struck Abimelech the son of Jerubbesheth? Didn’t a woman cast an upper millstone on him from the wall, so that he died at Thebez? Why did you go so near the wall?’ then you shall say, ‘Your servant Uriah the Hittite is dead also.’”
22दूत गएर योआबले आज्ञा दिएका कुरा सबै दाऊदलाई सुनाए।
22So the messenger went, and came and showed David all that Joab had sent him for.
23दूतहरूले दाऊदलाई भने, “अम्मोनका मानिसहरूले हामीलाई मैदानमा धावा बोले। हामी लड्यौं र शहरको फाटकसम्म खेद्दै भगायौं।
23The messenger said to David, “The men prevailed against us, and came out to us into the field, and we were on them even to the entrance of the gate.
24तब शहरको पर्खालबाट तपाईंका अधिकारीहरूलाई मानिसहरूले बाण चलाए। तपाईंका केही अधिकारीहरू मरे। तपाईंका अधिकारी उरिययाह पनि यसरी मरे।”
24The shooters shot at your servants from off the wall; and some of the king’s servants are dead, and your servant Uriah the Hittite is dead also.”
25दाऊदले दूतहरूलाई योआब कहाँ खबर पठाएः “दुःख मान्ने केही कारण छैन। तरवारले एकजना मानिस पनि मार्न सक्छ अर्को पनि। रब्बाको बिरूद्धमा शक्तिशाली आक्रमण चलाएर विजय प्राप्त गर। यी शब्दहरूले योआबलाई उत्साह प्रदान गर।”
25Then David said to the messenger, “Thus you shall tell Joab, ‘Don’t let this thing displease you, for the sword devours one as well as another. Make your battle stronger against the city, and overthrow it.’ Encourage him.”
26बेतशेबाले आफ्ना पति उरियाह मरेको थाहा पाउँछिन्। आफ्ना लोग्नेको निम्त रोइकराई र्गछिन्।
26When the wife of Uriah heard that Uriah her husband was dead, she made lamentation for her husband.
27तिनले शोकाकुल अवस्था पार गरेपछि दाऊदले नोकरलाई बोलाउन पठाउँछन्। तिनी दाऊदकी पत्नी बन्छिन् र दाऊदको छोरा जन्माउँछिन्। तर परमप्रभुलाई दाऊदको कुकर्म ठीक लागेको थिएन।
27When the mourning was past, David sent and took her home to his house, and she became his wife, and bore him a son. But the thing that David had done displeased Yahweh.