Nepali

World English Bible

2 Samuel

13

1दाऊदका अब्शालोम नामका एका छोरा थिए। अब्शालोमकी सानी बहिनी तामार नामकी थिई। तामार असाध्यै राम्री थिई। दाऊदका अर्का एकजना अम्मोन नाउँ गरेको छोरा थियो जसले तामारसँग प्रेम गरेको थियो।
1It happened after this, that Absalom the son of David had a beautiful sister, whose name was Tamar; and Amnon the son of David loved her.
2तामार कुमारी थिई। अम्नोनले उसको कन्यापन भ्रष्ट पार्न सक्छ भन्ने सोचेका थिएनन्। तरैं पनि अम्नोनले उनलाई साह्रै चाहान्थ्यो। अम्नोनले उनलाई सधैं सम्झिरहने भएकोले आफैं बिरामी भयो।
2Amnon was so troubled that he fell sick because of his sister Tamar; for she was a virgin; and it seemed hard to Amnon to do anything to her.
3अम्नोनका एउटा मित्रको नाउँ योनादाब थियो जो शिमीका छोरा थिए। (शिमी दाऊदका दाजु थिए।) योनादाब साह्रै चलाक थिए।
3But Amnon had a friend, whose name was Jonadab, the son of Shimeah, David’s brother; and Jonadab was a very subtle man.
4योनादाबले अम्नोनलाई सोधे, “प्रत्येक दिन तिमी दुब्लाउँदै गइरहेका छौ। तिमी त राजकुमार हौ। खान लाउनुको कुनै अभाव छैन तरै पनि दुब्लाउँदै छौ मलाई भन त! किन?” अम्नोनले योनादाबलाई भने, “म तामारलाई प्रेम गर्छु। जो अब्शालोमकी बहिनी हुन् तर म तिमीहरूको सौतेलो भाइ हुँ।”
4He said to him, “Why, son of the king, are you so sad from day to day? Won’t you tell me?” Amnon said to him, “I love Tamar, my brother Absalom’s sister.”
5योनादाबले अम्नोनलाई भने, “ओछ्यानमा सुत र बिमारीले गरे झैं गर। त्यसपछि तिम्रा पिताजी तिमीलाई हेर्न आउनुहुन्छ। उहाँलाई भन, ‘दया गरी मेरी बहिनी तामारलाई आउन दिएर मलाई खाना खुवाउनु भन्नुहोस्। मेरै अगाडि खाना तयार गर्न लगाउनु होस्। म त्यो हेर्नेछु र उनकै हातले खाना खानेछु।”‘
5Jonadab said to him, “Lay down on your bed, and pretend to be sick. When your father comes to see you, tell him, ‘Please let my sister Tamar come and give me bread to eat, and dress the food in my sight, that I may see it, and eat it from her hand.’”
6त्यसरी अम्नोन ओछ्यानमा लडेर बिमारीले जस्तै गर्न थाले। राजा दाऊद उसका छोरालाई हेर्न आए। अम्नोनले दाऊदलाई भने, “दया गरी तामार बहिनीलाई मेरो कोठा भित्र आउन अनुमति दिनुहोस्। दया गरी भनिदिनु होस् मेरो अघिल्तिर दुइवटा रोटी बनाइदिनुहोस्। त्यसपछि म तिनकै हातबाट खान्छु।”
6So Amnon lay down and faked being sick. When the king came to see him, Amnon said to the king, “Please let my sister Tamar come, and make me a couple of cakes in my sight, that I may eat from her hand.”
7दाऊदले तामारको घरमा दूतहरू पठाए। दूतहरूले तामारलाई भने, “तिम्रा दाइ अम्नोनका घर गएर खाना बनाइदिनु अरे।”
7Then David sent home to Tamar, saying, “Go now to your brother Amnon’s house, and prepare food for him.”
8यसकारण तामार अम्नोनको घर गइन्। अम्नोन ओछ्यानमा लडिरहेका थिए। तामारले मुछेको आँटा हातमा लिएर थिच्दै रोटी पकाइदिइन्। अम्नोनले हेर्दा हेर्दै तिनीले रोटी बनाइन्।
8So Tamar went to her brother Amnon’s house; and he was laid down. She took dough, and kneaded it, and made cakes in his sight, and baked the cakes.
9त्यसपछि तावाबाट रोटी निकालेर अम्नोनलाई भाग लगाइदिन्। तर अम्नोनले खान मानेनन्। अम्नोनले आफ्ना नोकरहरूलाई बाहिर जानु भने, यसैले सबै बाहिर गए।
9She took the pan, and poured them out before him; but he refused to eat. Amnon said, “Have all men leave me.” Every man went out from him.
10तब अम्नोनले तामारलाई भन्छन्, “सुत्ने कोठामा खाना ल्याएर मलाई आफ्नै हातले खुवाइदेऊ।” त्यसरी तामारले आफूले बनाएको रोटी लिएर दाइको सुत्नेकोठामा गइन्।
10Amnon said to Tamar, “Bring the food into the room, that I may eat from your hand.” Tamar took the cakes which she had made, and brought them into the room to Amnon her brother.
11उनले अम्नोनलाई खुवाउन मात्र थालेकी थिइन्, तर अम्नोनले उनको हात समाते। तिनले उनलाई भने, “बहिनी, आऊ मसँग सुत।”
11When she had brought them near to him to eat, he took hold of her, and said to her, “Come, lie with me, my sister!”
12तामारले अम्नोनलाई भनिन्, “होइन, दाजु! मलाई जबरजस्ती नगर्नुहोस्। यस्तो लाजमर्दो काम नगर्नुहोस्। यस्तो भयानक कार्य इस्राएलमा कहिले हुनैसक्दैन।
12She answered him, “No, my brother, do not force me! For no such thing ought to be done in Israel. Don’t you do this folly.
13यस्तो लाजमर्दो अवस्थाबाट म कहिले पनि मुक्ति पाउने छैन। मानिसहरूले सोच्नेछन् तपाईं एउटा साधारण दुष्ट जस्तैं बन्नु भयो। दया गरी राजासँग भन्नुहोस्। उहाँले हामी दुवैलाई विवाह गर्न दिनुहुनेछ।”
13I, where would I carry my shame? And as for you, you will be as one of the fools in Israel. Now therefore, please speak to the king; for he will not withhold me from you.”
14तर अम्नोन तामारका कुरा सुन्न पटक्कै राजी भएनन्। तिनी तामारभन्दा बलिया थिए। उसले शारीरिक सम्बन्ध राख्न जबरजस्ती गरे।
14However he would not listen to her voice; but being stronger than she, he forced her, and lay with her.
15त्यसपछि अम्नोनले तामारलाई घृणा गर्न थाले। पहिले जति माया गर्थे त्योभन्दा ज्यादा घृणा गर्नथाले। अम्नोनले तामारलाई भने, “उठेर यहाँबाट गइहाल।”
15Then Amnon hated her with exceeding great hatred; for the hatred with which he hated her was greater than the love with which he had loved her. Amnon said to her, “Arise, be gone!”
16तामारले अम्नोनलाई भनिन्, “होइन! यसरी मलाई ननिकाल। तिमीले मलाई केही क्षण अघि जे गर्यौ त्योभन्दा खराब भएर जानेछ।” तर अम्नोनले तामारका कुरा पटक्कै सुनेनन्।
16She said to him, “Not so, because this great wrong in sending me away is worse than the other that you did to me!” But he would not listen to her.
17अम्नोनले आफ्ना नोकरहरू बोलाए र भने, “अहिले नै यस केटीलाई कोठाबाट निकाल! त्यसपछि दैलो बन्द गर।”
17Then he called his servant who ministered to him, and said, “Put now this woman out from me, and bolt the door after her.”
18अम्नोनका नोकरले तामारलाई निकालेर दैलो बन्द गरिदिए। तामारले कन्यकेटीहरूले राजदरवारमा लगाउने लुगा जस्तो लामो बाहुला भएको रङ्गी-बिरङ्गी लुगा लगाएकी थिईन्।
18She had a garment of various colors on her; for with such robes were the king’s daughters who were virgins dressed. Then his servant brought her out, and bolted the door after her.
19तामारले लगाएका विभिन्न रंगको लुगा च्यातेर टाउकोभरि खरानी दलिन्। अनि टाउकोमा हात राखेर रून थालिन।
19Tamar put ashes on her head, and tore her garment of various colors that was on her; and she laid her hand on her head, and went her way, crying aloud as she went.
20तब, तामारका दाजू अब्शालोमले तिनलाई भने, “के तेरो ठूलो दाजु अम्नोन तँसित थिए? उसले तँलाईं चोट पुर्यायो? अब, शान्त हो बहिनी। अम्नोन तेरै दाज्यू हो। अब यी कुरा तेरो हृदयमा नली।” त्यसपछि तामार चुप लागिन्। तिनी अपमानित स्त्री भई अब्शालोमको घरमा बसिन्।
20Absalom her brother said to her, “Has Amnon your brother been with you? But now hold your peace, my sister. He is your brother. Don’t take this thing to heart.” So Tamar remained desolate in her brother Absalom’s house.
21राजा दाऊदले त्यो कुरा सुनेर साह्रै रिसाए तर दाऊदले तिनको पहिला जम्मेका अतिप्रिय छोरो अम्मोनलाई भड्काउँन चाहेनन् यसकारण केही गरेनन्।
21But when king David heard of all these things, he was very angry.
22अब्शालोमले अम्नोनलाई घृणा गर्नथाले। अम्नोनका बारे राम्रो नराम्रो कुनै कुरै गरेनन् अब्शालोमले। आफ्नी बहिनीलाई अम्नोनले व्यविचार गरेको हुनाले घृणा गरे।
22Absalom spoke to Amnon neither good nor bad; for Absalom hated Amnon, because he had forced his sister Tamar.
23दुइ वर्ष पछि केही मानिसहरू बाल्हासोरमा अब्शालोमका भेडाका ऊन कात्न आए। यस समय अब्शालोमले राजाका सबै छोराहरूलाई निम्त्याए।
23It happened after two full years, that Absalom had sheepshearers in Baal Hazor, which is beside Ephraim: and Absalom invited all the king’s sons.
24अब्शालोमले राजालाई भने, “मैले भेडाको ऊन कात्न केही मानिसहरू बोलाएको छु। दया गरी राजा अनि उसका अधिकारीहरू पनि आइदिनु होस्।”
24Absalom came to the king, and said, “See now, your servant has sheepshearers. Please let the king and his servants go with your servant.”
25राजाले अब्शालोमलाई भने, “होइन, छोरा। हामी सबै जाँदैनौं। यसले तिमीलाई धेरै बोझ हुनेछ।” अब्शालोमले अनेक बिन्ति गरे। दाऊद नजाने नै भए, तर उसले आशीर्वाद दिए।
25The king said to Absalom, “No, my son, let us not all go, lest we be burdensome to you.” He pressed him; however he would not go, but blessed him.
26अब्शालोमले भने, “तपाईं जानु हुँदैन भने मेरा भाइ अम्नोनलाई मसँग जानदिनुहोस्।” राजा दाऊदले भने, “किन उ तिमीसँग जाने?”
26Then Absalom said, “If not, please let my brother Amnon go with us.” The king said to him, “Why should he go with you?”
27अब्शालोमले दाऊदलाई धेरै बिन्ती चढाएपछि अन्त्यमा दाऊदले अम्नोन र अरू छोराहरूलाई जान दिने भए।
27But Absalom pressed him, and he let Amnon and all the king’s sons go with him.
28तब अब्शालोमले आफ्ना सेवकहरूलाई आदेश दिए, “अम्नोनलाई होशियार साथ ख्याल राख्नु। जब उ मातेर बेहोस हुन्छ म आदेश दिन्छु। तिमीहरूले अवश्यै अम्नोनलाई मारिदिनु। दण्ड पाउने डर नलिनू। मैले आदेश दिएकोले तिमीलाई कुनै सजायय हुनेछैन। अब बलिया र सहासी बन।”
28Absalom commanded his servants, saying, “Mark now, when Amnon’s heart is merry with wine; and when I tell you, ‘Strike Amnon,’ then kill him. Don’t be afraid. Haven’t I commanded you? Be courageous, and be valiant!”
29अब्शालोमका जवान सिपाहीहरूले आदेशको पालन गरे। अम्नोनलाई मारे। दाऊदका अरू छोराहरू आ-आफ्ना खच्चरमा चढेर भागे।
29The servants of Absalom did to Amnon as Absalom had commanded. Then all the king’s sons arose, and every man got up on his mule, and fled.
30राजकुमारहरू शहरमा अझ आइपुगेका थिएनन्। तर राजा दाऊदले घट्नाको खबर पाइहाले। तर उसले सुनेको खबर थियो, “अब्शालोमले राजाका सबै छोराहरूको हत्या गरिदिए। कुनै पनि छोराहरू जीवित छैनन्।”
30It happened, while they were in the way, that the news came to David, saying, “Absalom has slain all the king’s sons, and there is not one of them left!”
31राजा दाऊदले लगाएको लुगा सबै च्यातेर भुँइमा पछारिए। राजाका सबै अधिकारीहरूले पनि आ-आफ्ना लगाएका लुगा च्याते।
31Then the king arose, and tore his garments, and lay on the earth; and all his servants stood by with their clothes torn.
32तर दाऊदका दाज्यू शिमीका छोरा योनादाबले भने, “राजाका सबै छोरा मारिइएका छन् भनेर नसोचौं। खालि अम्नोन मारिइएको हो। अब्शालोमले जुन दिन अम्नोनले आफ्नी बहिनीको व्यविचार गरेको थियो त्यसै दिन देखि योजना बनाएको हो।
32Jonadab, the son of Shimeah, David’s brother, answered, “Don’t let my lord suppose that they have killed all the young men the king’s sons; for Amnon only is dead; for by the appointment of Absalom this has been determined from the day that he forced his sister Tamar.
33मेरा मालिक राजा, तपाईं यो नसोच्नुहोस् सबै छोरा मारिए। खालि अम्नोन मर्यो।”
33Now therefore don’t let my lord the king take the thing to his heart, to think that all the king’s sons are dead; for Amnon only is dead.”
34अब्शालोम भागे। शहरको पर्खालमाथि एउटा रक्षक उभिरहेका थिए। तिनले धेरै मानिसहरू पहाडको अर्को भागवाट आउँदै गरेका देखे।
34But Absalom fled. The young man who kept the watch lifted up his eyes, and looked, and behold, many people were coming by way of the hillside behind him.
35यसैले योनादाबले राजा दाऊदलाई भने, “हेर्नुहोस्, मैले भनेको कस्तो लाग्यो। राजाका छोराहरू आउँदै छन्।”
35Jonadab said to the king, “Behold, the king’s sons are coming! It is as your servant said.”
36योनादाबले भन्दा भन्दै राजकुमारहरू आइपुगे। उनीहरू जोड-तोडले रून लागे। दाऊद र अन्य अधिकारीहरू पनि रून थाले। तिनीहरू साह्रै रोए।
36It happened, as soon as he had finished speaking, that behold, the king’s sons came, and lifted up their voice, and wept. The king also and all his servants wept bitterly.
37दाऊद प्रत्येक दिन आफ्ना छोरा अम्नोनका लागि रून्थे। अब्शालोम भागेर अम्मीहूदका छोरा तल्मैकहाँ गए। तल्मै गेशूरका राजा थिए।
37But Absalom fled, and went to Talmai the son of Ammihur, king of Geshur. David mourned for his son every day.
38भागेर गएपछि अब्शालोम तीन र्बषसम्म गशूरमा बसे। 39राजा दाऊदको अम्नोनको मृत्यु माथि शोक घटूयो, तर उसले अब्शालोलाई एकदमै हराए अनि उसलाई अतिनै हेर्न चाहन्थे।
38So Absalom fled, and went to Geshur, and was there three years.
39[This verse may not be a part of this translation]
39King David longed to go forth to Absalom: for he was comforted concerning Amnon, since he was dead.